मेरो अपील
मतगणना भइरहेको छ । मतको परिणाम काँग्रेस र एमालेको पोल्टामा आइरहेको छ । यसको अर्थ हुन्छ जनताले प्रचण्ड , ज्ञानेन्द्रको तानाशाही र लुटेरा सत्तालाई परास्त गरिदिएका छन् ।
काँग्रेस र एमालेको सत्ता जनताले धेरै हेरिसकेका थिए । उनीहरुले नेपालका टनकपुर , महाकाली बेचेको जनतालाई राम्ररी थाहा थियो । नदीनाला उनीहरुले भारतलाई बेचेका कारणले हाम्रो देशले विश्वको दोस्रो जलस्रोतको धनी देश भएर पनि लोडसेडिङ्गको मारमा बस्नु परेको छ ।
हाम्रो देशमा यसपाली उठ्ने सबै ठग दलहरुलाई भोटदिन मननलागे पनि निर्वाचनमा भाग लिन्न भन्नेहरुलाई खत्तम पारुँला झैं सेना परिचालन भएकोले गर्दा थर्कमान जनताहरुलाई आतंककारी बैद्य पार्टी भन्लान् भनेर अथवा उनीहरुलाई जेलमा कोच्लान् भनेर बिद्रोह गर्न नसकेकोले गर्दा सोझा सीधा जनताहरुले भोट खसाल्न गए ।
एउटा कुरा ख्याल गरिदिनुस् यदि राजा ,काँग्रेस र एमालेले चाहेका भए हाम्रो देश अहिलेसम्ममा लोडसेडिङ्गबाट मुक्त भएर बिजुली भारत र चीनलाई बेच्न पुग्थ्यो ।
तर ठीकै छ निर्वाचन परिणामको पूर्व सन्ध्यामा नेपाली जनतालाई धन्यवाद दिनै पर्छ । धन्यवाद नेपाली जनता , यहाँहरुले प्रचण्ड , ज्ञानेन्द्रको तानाशाही सरकार लुटको सरकारलाई परास्त गरिदिनुभएको छ बरु देश बेचुवाहरुलाई भएपनि साथ दिएर अन्धकारमा बस्न स्वीकार्नुभएको छ । यो कटुसत्य हो सबैलाई चेतना भया ।
जहाँसम्म मेरो भोटको आफ्नो प्रश्न छ मैले ज्ञानेन्द्र , प्रचण्डलाई त भोट राख्ने कुरै थिएन अनि एमाले काँग्रेसलाई पनि भोट राख्न भित्री आत्माले स्वीकृति दिएन । त्यसैले मैले यसपाली भोट दिइन यो कुराले म अत्यन्तै सन्तुष्ट छु । आमाबुबा , दाजुभाइ , दिदीबहिनीहरुलाई राम्ररी बुझाउन , सम्झाउन सकेको भए उहाँहरुले यसपाली भोट खसाल्नुहुने थिएनन् । एउटा कुरो यो पनि हो कि हामीले यसपाली ज्यानको माया मारेर देश बचाउन खातिर भोट खसालेनौं त्यो ज्यानको ग्यारेन्टी पनि त हामीले यहाँहरुलाई दिन सकेनौं ।
त्यसैले भोट नहालेकोमा धेरै सन्तुष्ट छु । आफूले कलमले , बिचारले , तर्कले आमाबुबा , दाजुभाइ , दिदीबहिनीहरुलाई सधैं देशको समाचार सधैं सुनिराखेर देशका बारेमा सचेत भइरहेर रहन अनुरोध गर्दछु । सधैं , सिरियल , हिन्द्री फिलिम , हिन्दी गीतमा मात्र भुलिरहने बानी छोड्नुस् । अहिले जुन चुनावी परिणाममा उत्सुक बन्नु भएको हो देशका हरेक कुरामा सधैं संबेदनशील र सचेत बन्नुहोस् नत्र यसपाली झैं देश बेचुवा काँग्रेस र एमालेको पञ्जामा पर्नुहुनेछ ।
सम्पूर्ण शुभचिन्तकहरुले यी महत्वपूर्ण कुराहरुलाई मनन गरिदिनुहुनेछ भन्ने आशा गरेको छु ।
२०७० मंसीर ६ बिहान
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाडौं
bijusubedi@gmail.com

Comments
Post a Comment