लघुकथा :– मोहम्मदको अन्तिम वाणी
लघुकथा :– मोहम्मदको अन्तिम वाणी बिजु सुवेदी “विजय” मोहम्मदको वाणी नै कुरान लगायत मुस्लिम धर्मका सम्पूर्ण धर्मग्रन्थहरु हुन् । मोहम्मद यत्ति परम्पिता परमात्मा अल्लाहलाई विश्वास गर्दथे कि आज उनले जति पनि कमाउँथे अथवा आफूसँग आज जत्ति पनि पैसा हुन्थ्यो ती सम्पूर्ण सधैं राम्रा कार्यहरुका लागि खर्च गर्ने गर्दथे । यी सब मोहम्मदको अल्लाह प्रतिको भरोसा कै कारण थियो । भोलिपल्ट मोहम्मदसँग कताबाट कताबाट पैसा हुन्थ्यो । अझ भनुँ मोहम्मदलाई राम्रा कार्यहरु गर्न अल्लाहले आफ्ना अलौकिक शक्तिले उनलाई चाँजोपाँजो मिलाइदिन्थे । दैनिक रातिसम्ममा सबै खर्च गरिसकेपछि मात्रै मोहम्मदलाई आरामको निन्द्रा लाग्थ्यो । सधैं नै सबै पैसा खर्च नभएसम्म मोहम्मदले आरामको सास फेर्दैनथे । एकदिन मोहम्मद धेरै बूढो भए । उसको परलोक जाने दिन नजिकै आयो । बूढो भएपनि उसकी श्रीमतीले पनि सबै पैसा खर्च गर्ने गर्थी । अनि एकदिन मोहम्मद चल्नै नसक्ने गरी थला परे । उक्त दिन उसकी श्रीमतीले एउटा सिक्का मोहम्मदले थाहा नपाउने गरी बचत गरेकी थिइन् । मोहम्मदले आफ्नी अर्धाङ्गिनीको अनुहार नुहेको देखेर “आज तिमीले के अपराध गरेकी...