Posts

बैद्य :– “स्वाधिनता सहितको संबिधान दिन नसक्ने”

Image
बैद्य :– “स्वाधिनता सहितको संबिधान दिन नसक्ने” माओेवादीका अध्यक्ष मोहन वैद्यले नेपालमा संसदवादी पार्टीहरु हुतीहारा भएको टिप्पणी गर्नु भएको छ । देशमा निर्वाचनको नाममा चार दलले युद्ध थोपर्न चाहेको उल्लेख गर्दै उहाँले यस्तो षडयन्त्रलाई आपूmहरुले जनताको बीचमा लगेर छर्लङ्ग बनाउने बताउनुभयो । नेपालमा राष्ट्रियताको सवाल प्रमुख बनेर आएको र वैदेशिक प्रतिक्रियावादले आफ्नो दलाल एजेण्ट मार्फत आफ्नो हितको सुरक्षा गर्ने काम उत्कर्षमा पुगेको उहाँको भनाइ थियो । नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल शर्माद्वारा लिखित “राष्ट्रियता र राप्ती दून” पुस्तकको सार्वजनिक गर्दै उहाँले अहिलेको निर्वाचन बहिस्कार आन्दोलन पनि राष्ट्रिय स्वाधिनतासँग जोडिएकोले यसको ऐतिहासिक महत्व हुने स्पष्ट पार्नुभयो । बैद्यले भन्नुभयो ः– “जनताको संबिधान नबनाउन जुन षडयन्त्र रचिएको छ । यसको बिरोधको जनवादी नेपाली क्रान्तिको आन्दोलनमा विशेष महत्व छ । यो जनतन्त्रको रक्षासँग मात्र होइन राष्ट्रिय स्वाधिनताको  रक्षाको अस्तित्वसँग पनि गाँसिएको छ । अध्यक्ष वैद्यले “भारतले आफ्नो सत्तामा दलाल राखेर निर्दलीय सरकार ...

२०७०मा दशैंको लेखाजोखा

Image
२०७०मा दशैंको लेखाजोखा यसपालीको दशैं पनि समाप्त भयो । दशैंको यो लेखाजोखा पछि आउने दशैंका लागि गरेको छु । यसबाट पाठकहरुले केही मनन गरी फाइदा लिइदिनुहुन अनुरोध पनि गर्दछु । यसपालीको दशैंमा सधैंका दशैंमा झैं टीका लगाउन गएँ तर वाल्यकालमा जस्तो मज्जा दशैं मनाउँदै बूढो हुँदै गएपछि नहुने रहेछ । किनकी दशैं किन मनाउने , यसका फाइदाहरु के के हुन् ? यसका बेफाइदाहरु के के हुन् ? भनी लेखाजोखा गर्दै जान आवश्यक छ भन्ने महसूस हुँदो रहेछ । अनि दशैंलाई केही न केही त परिवर्तन गर्नै पर्ने रहेछ तथा दशैंलाई पहिलेको आँखाले नहेरी अहिलेको वर्तमान परिस्थिति अनुसार हेर्नु पर्ने रहेछ भन्ने कुराहरु पनि मनमा उब्जिएर आयो । त्यसैले दशैंको महत्व त छँदैछ “यो नेपालीहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड हो ” भन्ने कुरामा दुईमत त छैन तर यसलाई अझ सार्थक बनाउने हो भने सुनमा सुगन्ध हुन्छ र यसलाई बच्चाले मात्र होइन युवा , वृद्ध सबैले तथा काँग्रेस , कम्युनिष्ट सबैले तथा अझ अहिले कामका सिलसिलामा बिदेशीएका ६० लाख जति नेपालीहरुले बिदेशमा पनि दशैं चलाएपछि स्वदेशी तथा विदेशीले पनि त्यत्तिक्कै श्रद्धासँग मनाउन सक्ने बनाउन नितान्...

एक रुपियाँमा ३ दाना स्याउ

Image
भौगोलिक बिकटताका कारण यातायातको सुृविधा नहुँदा बागलुङ जिल्लाको सुदुरपश्चिमवर्ती ढोरपाटनमा उत्पादित स्याउलाई बजारको समस्या परेको छ । लगातारको वर्षासँगै सदरमुकाम बागलुङ बजारदेखि बोहरा गाउँसम्मको ग्रामीण सडक अबरुद्ध हुँदा केहीमात्रामा भएपनि बजारसम्म पुग्ने ढोरपाटनको स्याउ यसपटक निर्यात हुन सकेको छैन । ढोरपाटनमा उत्पादित स्याउ यसअघि केहिमात्रामा बागलुङको पश्चिमवर्ती ब्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि बागलुङ र बुटवल हुँदै देशका बिभित्र शहरमा निर्यात हुन्थ्यो । ढुवानीका लागि केहि हदसम्म भएपनि मोटरबाटोको सुबिधा थियो । तर बाटो धेरै ठाउँमा बिग्रँदा ढुवानी गर्न समस्या प¥यो । कृषक प्रेमबहादुर घर्तीले भत्रुभयो – ‘ खच्चरमा ढुवानी गर्दा स्याउको भाउ महँगो पर्दा बिक्रीनै नहुने समस्या छ । ’ ढोरपाटनको सिमाना रुकुम जिल्लाको टकसेरादेखि निसेलढोर , भुजी , मस , काङ , स्यालपाखी , पाखाथर , छेन्तुङ , नबीलगायतका बासिन्दाहरुले ८३ हेक्तर जमीनमा ३ बोटदेखि ३ शय बोटसम्म स्याउखेती गरेका छन् । बजार नपाएपछि लाखौंको स्याउ रक्सीमा परिणत हुने भएको छ । १ शय ५० स्याउ बोटका पीडित मालिक कृषक जीवलाल घर्...

लेख :– दशैंमा काठमाडौं नियास्रो

लेख :– दशैंमा काठमाडौं नियास्रो बिजु सुवेदी “विजय” आजसम्म दशैंका लागि उपत्यकाबाट बाहिर जानेको सँख्या १५ लाख नाघिसकेको छ । काठमाडौंमा अस्थायि रुपमा बसोवासमा रहनेहरु तथा काठमाडौंमै स्थायि बसोवास गर्नेहरु पनि पुख्र्यौली घरमा दशैं मनाउनुपर्ने कारण यत्ति ठूलो सँख्यामा काठमाडौंबाट बाहिरिएका हुन् । त्यसो त त्यो बाहेक २–३ लाखका सँख्यामा काठमाडौंमा दशैं मनाउनेहरु पनि बिदेश तथा बाहिर जिल्लाबाट आएका पनि छन् । त्यस्तै २० वर्षभन्दा अगाडिका सबै वर्षहरुमा फुलपातीका दिन चङ्गा उडाउनै पर्छ भनेर आकाशै ढकमक्क हुनेगरी रङ्गीचङ्गी हुने काठमाडौंको आकाशमा धेरै वर्षदेखि दशैंमा पनि शून्यता छाउँदै आएको यो नियास्रोता को समाचार पनि छ । शायद यो भिडियो गेमप्रतिको तथा घरबाहिर खेल्ने खेल प्रति भन्दा घरभित्र खेल्ने खेलमा युवाहरु पलायन जस्ता पछिल्ला युवापुस्ताको मोहले पनि भएको हो । समग्रमा  अहिलेको समयमा काठमाडौं कर्फ्यु लागेको तथा नेपालबन्द भएको समयभन्दा नियास्रो भइरहेको अवस्था छ । २०७०—०६—२६ बिजु सुवेदी “विजय” कुलेश्वर काठमाडौं bijusubedi@gmail.com

कविता :– पशु वलि नगरौं

कविता :– पशु वलि नगरौं बिजु सुवेदी “विजय” हे ! पशु वलि गरी खानेहरु हो वलिजस्तो आध्यात्मिक अपराध गरिरहेका छौ तिमीहरु जेलाई पनि भोग भनी चढाई हसुर्छौ तिमीहरु तिमीहरुले पशु वलि अपराध हो भन्नेलाई पनि बाँच्न देओ उनीहरुका राम्रा कुरालाई पनि मनन गरी देओ निरिह  सोझा पशुलाई त बाँच्न दिएनौ दिएनौ तिमीहरुले पशुलाई माया गर्ने मानवीय गुणका मानवलाई पनि चैनले बाँच्न दिएनौ तिमीहरुले कुरोले एउटा बोले पनि कामले अर्कै गर्छौ तिमीहरु मासु शब्द नै  एउटा पापको घडा हो जसमा हिँसै हिँसा छ त्यसमाथि मासु खाने अनेकौं बहानाहरु झिक्छौ तिमीहरु के दशैंको राक्षशी प्रवृत्ति त्याग्ने सन्देश दिन यसरी नै खोजेका तिमीहरुले ? तिमीहरु मानव होइनौ तिमीहरु दानव हौ , दानव हौ तिमीहरु सबैका माता जननी दुर्गामाता भनेको बाटै स्पष्ट छ त्यसैले शुम्भ निःशुम्भलाई झैं दुर्गामाताले तिमीहरुलाई सूलीमा चढाउने छिन् । २०७०/०६/२६ बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाण्डौं bijusubedi@gmail.com

“ संबिधानका लागि यक्ष्य कुराहरु ”

Image
१)माओवादीहरुमा धेरै इमान्दारहरु छन् नभए यो दशवर्षे जनयुद्ध सफल हुने थिएन । माओवादीलाई कुरा मात्रै राम्रो गर्ने टाक्टिस गर्ने तर भनेको कुरा नगर्ने भन्ने मोहर लाग्नुको कारण खाओवादी खालकाहरु हाबी भएकाले गर्दा हो । पार्टीले यसलाई फिल्टर गर्न नसकेर पनि हो । २)निर्वाचन सार्ने नियत बैद्य माओवादी बाहेक अरु पार्टीहरुमा पनि थियो तर त्यो बैद्य माओवादीलाई चुनावमा ल्याउन नै भएको थियो । ३)शान्तिका लागि राज्यले जति खर्च गरेको भनेको छ यदि बैद्य पक्षलाई पनि समेट्ने प्रयत्न गरेका भए त्यो प्रक्रियालाई शान्ति प्रक्रिया भन्न सकिन्थ्यो । शान्ति प्रक्रिया कम्प्लिट गर्ने भनेको राष्ट्रको दर्शन यानेकी संबिधान हो । त्यसैले बैद्य माओवादी पनि शान्ति प्रक्रियाको अंग हो । ४)बैद्य माओवादीले बृहद शान्ति प्रक्रियालाई नअङ्गाल्ने भनेका छैनन् । उहाँहरुले यी कुराहरु मान्दासम्म उहाँहरुलाई अतिवादी भन्न मिल्दैन । यहाँ अर्काथरी अतिवादीहरु पनि छन् “उहाँहरुको यो नाटक मात्र हो त्यसैले उहाँहरु चुनावमा भाग लिन चाहँदैनन् ” भन्नेहरु । त्यसैले यस्ता अतिवादीहरु पनि त्यत्तिक्कै जिम्मेवार छन् । त्यसैले यस्तो अतिवाद बैद्...