Posts

मुक्त नदी

Image
  मुक्त नदी जब तिमी आउँछौ आकाश गजधम्म पारी सौर्य किरण पनि हार्दछन् तिम्रो सौन्दर्य अगाडि घरि नाच्दै आफ्नो ताण्डव देखाउँछौ घरि तिम्रा प्रेमीलाई मोहित तुल्याउँछौ सेतो कपासबाट हिमाललाई सिरक उनीदिन्छौ पहाडलाई त्यो हरियो सावने सारी सिलाइदिन्छौ गुराँसे तीे राता चुरा लगाइदिन्छौ आफ्नो सुधातुल्य दूग्ध प्रवाह वर्षाई, घरि प्यासीको प्यास मेटिदिन्छौ घरि भोकोलाई आहार दिलाइदिन्छौ संसारलाई जीवन तिमी नै दिन्छौ तर   तर ! तर !!! यी तिम्रा सन्तान तिमीमा कृतज्ञ भएनन् हगि   विजुलीका अनेक कोर्रा सहँदासहँदै, तिमीले सेवाभाव कहिल्यै त्यागिनौ तिमीले आफ्नो वात्सल्यलाई कहिलेत्यागेको होइन नि   तिम्रो चिच्याहट त समग्र संसारले सुन्छन् नि   तर ! तर ! किन !? आफ्ना आमालाई रोएको देख्दा तिम्रा सबै सन्तान !! हो सबै !! सबै तिम्रो दोहन गर्न लागेका ! जब त्योे निष्ठूरी विजुली तिम्रो कोमल शरीरमा ठोक्किन्छ तब तिम्रो कोमल शरीर !! तितरवितर बन्न पुग्छन्‌ तिमी रुन्छौ तिमी चिच्याउँछौ तर  यी तिम्रा सन्तान तिम्रो थप अश्रुसरिता मागिरहन्छन्‌ कसरी सहन सक्छौ तिमी यति पीडा !! पीडा असह्य बनेर ...

“सामानको सौदा कि स्वाभिमानको?”

 “सामानको सौदा कि स्वाभिमानको?” बाहिर चर्को घाम थियो । सडक धुलाम्मे, र पसलहरू थाकेका मान्छेझैँ अलिक अलिक खुल्दै थिए । म श्रीमतीले बनाइदिएको किनमेलको सुची बोकेर गल्लीतिर लागेँ । हिजो कोरोनाको दिन थियो—तर श्रीमतीको सामानप्रतिको असन्तुष्टि चाहिँ पुरानै रोगझैँ बाँकी थियो । पसलमा पुगेँ । साहुजी झ्याप्प झ्याप्प बढार्दै थिए—दाङ्ग्राले भन्दा बढी त नजरले सफा गरिरहेजस्तो लाग्थ्यो । म नमस्कार गर्दै सुची देखाउँदै भनेँ, “यी सामान चाहिन्छ, हजूर ।” साहुजीले हाँसो छर्दै भनीहाल्यो, “सबै छैन है, केके हो हेर्छु नि ।” उसको “हेर्छु” भन्नुको अर्थ थियो—आधा सामान छैन, र आधा दिन मन छैन । मैले मोबाइल निकालेर श्रीमतीलाई भिडियो कल गर्न खोजेँ । अरुबेला कल गर्नासाथ उठाउने मोबाइल, आज चुपचाप थिएन—स्वीच अफ । म केही छक्क परेँ, झसङ्ग भएँ पनि । “नम्बर देऊ न,” साहुजी भन्यो—त्यो आवाजमा जति मिठास थियो, त्यति नै विकराल नियतको गन्ध पनि । “के गर्नुहुन्छ ?” मैले शंका व्यक्त गरेँ । “सोध्न त,” उसले भन्यो, “उहाँलाई नै बुझेर ल्याइदिन्छु न सामान ।” नम्बर दिएँ । उसले तुरुन्तै ह्वाट्सएप खोल्यो । श्रीमती अनलाइन थिइन् । साहुजीको कल ...

लघुकथा : “भिनाजुको खुचिङ र सुकेधाराको बोलावट”

 लघुकथा : “भिनाजुको खुचिङ र सुकेधाराको बोलावट” वर्तमान, ५० वर्षीय पात्रको मनोवाद म (मनमनै)ः “अब पो बुझ्दैछु... त्यो दिनको उन्माद, त्यो बाजा, त्यो दोहोरी, त्यो सिडी उपहार... त्यो सबै मेरो उत्साह थिएन, त्यो त मेरो ’खुचिङ’ थियो !” फ्ल्यासब्याक, २५ वर्षअगाडिे सालीको बिहे थियो । साली त्यो नजिकको थिइन्, जुन नाताभन्दा धेरै आत्मीय लाग्ने । म एकदमै उत्साहित। बिहेको चाँजोपाँजो, जाडोमा जन्ती सम्हाल्ने, बाजा बजाउन जाँदा सजिलो व्यवस्था, सब कुरा मेरै टाउकोमा । म (भिनाजु)ः “हेर बहिनी ! आज तिमी मेरो घरकी चेली जस्तै बनिस् । सबै कुरा मेरो जिम्मा । तिमी चिन्ता नगर, म छु नि !” साली (हास्दै)ः “भिनाजु, तपाईं बिना त यो बिहे अधुरो हुने थियो होला !” म (मोबाइल निकाल्दै)ः “ए, ए ! यो बाजा र यो नाच रेकर्ड गर्नैपर्छ है ! तिमीलाई उपहार दिनुपर्छ !” बाजामा दमाइले दोहोरीमा भन्छन्ः दमाइ धेरै लामो राग तान्दै “भिनाजु अब पीर नगर, खुचिङ तँलाई पर्नु पीर पर्यो, अब रोएर बस !” जन्तीहरू (हास्दै)ः “वाह ! यो त सान्दर्भिक प¥यो, भिनाजु त नाच्नमै व्यस्त !” भिनाजु कम्प्युटर ठिभाइसमा एक्सपर्ट “मैले त रेकर्ड पनि गरेँ, सिडी बनाएँ । त...

कथा :— नेपालआमाले ३ बाकस कमाइन्

 कथा ः— नेपालआमाले ३ बाकस कमाइन् बिजु सुवेदी विजय गडगडाहटका साथ गाउँमा पहिलो पल्ट हेलिकप्टर मडारिरहेको थियो । “छालिवान गाउँ भनेको यही हो ?” हेलिकप्टरबाट चिच्याईचिच्याई सोधिरहेको थियो । चिलगाडी नजिक आयो भन्दै गाउँलेहरु बाक्लिँदै थिए अनि तत्कालै गाउँलेहरु सबै चिच्याएर हो ! हो !!  भन्दै थिए । गाउँनै थर्काउने गरी हेलिकप्टर गजधम्म रोकियो । हेलिकप्टरको पंखा घुमिरहेको थियो । म त्यही चिलगाडी भित्र थिएँ । मैले जनयुद्धको सपना बोकेको, तर अब घोषणापत्र नै राखेर झिलिमिली बाकसमा पठाइएको थियो — “देश बनाउने टेन्डरमा भाग नपाएको हर्के म नै हुँ !” गाउँ फर्केको हुँ म— काठको बाकसमा, पहिले बन्दुक बोकेको हात, अब शलले बेरिएको छ, सपनाको गोली थियो– जनयुद्ध, तर टुक्रिएको छ– जनगणनामा हराएको नाम । म मरेको थिएँ झन्डा समाएर, तर फर्केर आएँ बाकस समाएर,“शहीद” भनियो, तर परिवारले खायो— ‘सहिद ग्यारेन्टी छैन’ को सुक्खा चिठ्ठा । गाउँले करायो — “यो त हाम्रो छोरो हो !” नेताले कराए — “यो त पार्टीको इतिहास हो !” तर इतिहासमा फोटो नै छैन मेरो, केवल बाँकी छ त केवल एउटा कुहिएको कफिन– र केही अधुरा नारा । “नयाँ नेपाल” का लागि...

ल नेपाली जनता तिमीहरुको सधैँ राम्रो होस् ।

  म आज नेपाल हेर्न आएको छु गणतन्त्रको कार्यक्रममा पस्छु गणतन्त्रका समर्थकहरु हेर्छु कार्यक्रम त गरिरहेका छन् तर सबैका अनुहार फुस्राफुस्रा ल हेरुँ न त यता पनि भनी राजतन्त्रको कार्यक्रममा पनि छिर्छु त्यहाँ पनि सबैका अनुहार फुस्राफुस्रा दुबैतिरका जनतालाई सोध्छु आखिर तपाईं के चाहनुहुन्छ ? यहाँ किन कुन लक्ष्यका लागि आउनुभएको ? उहाँहरु अवाक भइरहेछन् बरु पन्छिन खोजिरहेछन् दुबैतिर कुनै चालमा हारेजस्तो कतै मेसो नपाएजस्तो गन्तव्य केहो ? सोधिरहेजस्तो मैले अनुसन्धान गरेँ र सोधेँ तपाईंहरु कुन ठाउँमा हो ? उहाँहरुबाट नैराश्यका भाव झल्किरहेथ्यो कुनै विकल्प नपाएजस्तो कुनै समाधान नभएजस्तो कुनै निकास नपाएजस्तो होइन ! होइन !! होइन !!! उहाँहरु कदापि दास कार्यकर्ता होइन उहाँहरु कुनै तन्त्र खोजिरहनुभएको छ त्यसका लागि ग्राण्डमास्टरलेजस्तो ब्रिलियन्ट चाल चाल्ने कोही आइदेओस् म शहीदले देखेको यत्ति हो बस् यत्ति हो ल नेपाली जनता तिमीहरुको सधैँ राम्रो होस् । २०८२ जेठ पन्ध्र बिजु सुवेदी विजय

कथाः “स्मृतिको पूर्णिमा प्रेमकथा”

 कथाः “स्मृतिको पूर्णिमा प्रेमकथा” धुलो उड्दै गरेका बाटाहरू, टाढा पहाडको फेदमा हरियालीले ढाकिएको गाउँ थियो – फूलपाती गाउँ । यहाँ बिहानै पन्छीको चिरबिर, चौतारीमा बसेर गफ गर्ने बृद्धबृद्धा, र खेतमा झुकेर काम गरिरहेकी आमा– यी सबैले एउटा शान्त र रमणीय वातावरण बनाउँथे । स्मृति, बीस बर्षकी सुन्दरी तर विचारशील केटी थिइन् । उनी पढेलेखेकी थिइन् र गाउँकै विद्यालयमा पढाउने सपना बोकेकी थिइन् । उनी आफ्नो जीवन आफैं बनाउन चाहन्थिन्, तर उनका आमा–बुबाको सोच त्यो सपनासँग ठ्याक्कै मेल खाँदैनथ्यो । एक साँझ, खेतको डिलमा बसेर स्मृति आकाशतिर हेर्दै थिइन् । बुबा, हरिकृष्ण, खेतबाट फर्कँदै आउँदै थिए । बुबाः “स्मृति, किन यति गहिरो सोचिरहेकी जस्ती देखिन्छ्यौ नि ?” स्मृतिः (हल्का मुस्काउँदै) “बुबा, जीवन कता जान्छ होला भनेर सोचिरहेकी थिएँ ।” बुबाः (बस्दै) “जीवन भनेको नदी हो नि... कहिलेकाहीँ उर्लिन्छ, कहिलेकाहीँ शान्त बग्छ तर तिमी आफैं त्यसको दिशा रोज्न सक्छौ ।” स्मृति बुबाको कुरा सुन्दै थिइन् । उनलाई थाहा थियो, उनका बुबा गाउँका अरु पुरूषभन्दा फरक थिए । छोरीको पढाइ र सपना उनी समर्थन गर्थे तर घरभित्र भने वातावरण ...

पुस्तागत अध्ययन : एक अध्ययन

  पुस्तागत अध्ययन  : एक अध्ययन (पहिलो खण्ड) Generational Analysis: A Study   != kl/ro १. परिचय पुस्तागत अध्ययनको परिभाषा यसको महत्त्व र प्रयोजन सामाजिक विज्ञान तथा अन्य क्षेत्रहरूसँग यसको सम्बन्ध २. पुस्ताहरूको वर्गीकरण र विशेषताहरू पुस्ताहरूको ऐतिहासिक विभाजन (जस्तैः बेबी बुमर, जेन एक्स, मिलेनियल, जेन जेड आदि) प्रत्येक पुस्ताको सांस्कृतिक, आर्थिक, राजनीतिक, तथा प्रविधिसँगको सम्बन्ध प्रत्येक पुस्ताको सोच, व्यवहार र मूल्य प्रणालीको तुलना ३. पुस्तागत भिन्नता र प्रभाव प्रविधि र पुस्ताहरू (डिजिटल युग र यसको प्रभाव) शिक्षा प्रणाली र पुस्तागत परिवर्तन रोजगारी, व्यवसाय र आर्थिक दृष्टिकोण सामाजिक संरचना र पारिवारिक सम्बन्धहरूमा परिवर्तन ४. नेपालको सन्दर्भमा पुस्तागत अध्ययन नेपाली समाजमा पुस्तागत अन्तर परम्परागत र आधुनिक पुस्ताबीचको द्वन्द्व वा समायोजन नेपाली राजनीतिमा पुस्तागत प्रभाव रोजगारी, प्रवासन र पुस्तागत सोच ५. वैश्विक सन्दर्भ र तुलनात्मक अध्ययन विकसित र विकासशील देशहरूको पुस्तागत भिन्नता पुस्तागत विचारधाराको विश्वव्यापी प्रभाव सांस्कृतिक अन्तर र पुस्तागत अध्ययन ६. पु...