Posts

सरस्वतीको वास

 सरस्वतीको वास १ एउटा वर्षको श्रीपञ्चमी ! झिसमिसे विहानी तर मन्दिरमा भक्तजनहरूको घुँइचो । कसैले सन्तानलाई विद्वान् बनाउन, कसैले परीक्षामा पास गराउन, त कसैले ठूलो पद प्राप्त गराउन देवी सरस्वतीसामु हारगुहार गरिरहेका थिए । त्यही भिडमा थिए आचार्य हरिहर—जसले जीवनभर ज्ञानको सेवा गरे, तर अहिले उनी गरिबीले थलिएका थिए । उनले आफ्नो पुरानो टोपी मिलाउँदै देवीको मूर्तितर्फ हेरे । हरिहरः (मनमनै) “हे माता ! सारा जीवन तपाईंकै भजन गरें, शिक्षित बन्न दिलोज्यान दिएँ तर आज पेट पाल्न सक्दिनँ । विद्वानहरू त यहाँ दीनहीन भएका छन्, धूर्तहरू महलमा बसिरहेका छन् । के यो अन्याय होइन ?” त्यसै बेला एकजना धनी व्यापारी अघिपछि जुलुस लिएर आयो । उसले हात जोड्दै देवीसामु प्रार्थना गर्यो— “हे माता ! मलाई अझ धेरै सम्पत्ति दिनुहोस्, मेरो व्यवसाय दुनियाँकै नम्बर एक होस् ।” देवी सरस्वतीको मूर्तिले एकाएक जीवित रूप लिइन् ! मन्दिरभरि उज्यालो फैलियो । सबै अचम्मित भए । देवीले गम्भीर स्वरमा भनिन्— “मान्छेहरू ! तिमीहरू मेरो भजन गर्न आउँछौ, तर मलाई केवल अवसरको सिँढी बनाउँछौ ! म शिक्षाकी देवी हुँ, तर तिमीहरू मलाई पैसाका लागि प्रयोग...

शिक्षाको व्यापार

 शिक्षाको व्यापार महँगीको यो समयमा तलबबिनै परिवार पाल्नुपर्ने बाध्यता आयो । उनीसँग सत्य थियो, न्यायको खोजी थियो, तर समाजमा न्याय खोज्ने ठाउँ थिएन । नेपालको शिक्षा प्रणाली व्यापारिक रूप धारण गरिसकेको छ । विद्यालयहरू शिक्षा दिने पवित्र मन्दिर हुनुपर्ने हो, तर आज ज्ञानको नाममा तिनीहरू मुनाफामुखी संस्थामा रूपान्तरण भइसकेका छन् । विद्यार्थी, अभिभावक, र शिक्षकहरू यसै अन्यायको शिकार भइरहेका छन् । सुजन सर विगत पाँच वर्षदेखि एक प्रतिष्ठित भनिने बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका थिए । बिहान सबेरै ट्युशन, त्यसपछि नियमित कक्षा, फेरि बेलुकी अर्को ट्युशन—यसरी दिनभर शिक्षकहरूलाई खटाइन्थ्यो ।  सुजन सरले बिहान ५ बजे उठे । उनको दिनको सुरुवात नै ट्युशनबाट हुन्थ्यो । बिहान ६ बजे देखि ८ बजेसम्म उनले कक्षा १० का विद्यार्थीहरूलाई गणित पढाउनु पथ्र्यो । ट्युशन सकिएपछि उनी विद्यालयको लागि तयार हुन्थे । विद्यालय पुग्दा ९ बजे हुन्थ्यो, र त्यहाँ उनले दिनभर नियमित कक्षा लिनु पथ्र्यो । बेलुका ४ बजे विद्यालय सकिन्थ्यो, तर सुजन सरको दिन सकिएको थिएन । बेलुका ५ बजे देखि ७ बजेसम्म उनले अर्को ट्युशन लिनु पथ्र्...

#देश मै गरौँ जागरण पिपुल्समुभमेन्टअफवल्र्ड

 #देश मै गरौँ जागरण पिपुल्समुभमेन्टअफवल्र्ड “रगतले लेखिएको इतिहास“ नेपाल, जहाँ परिवर्तन शब्द केवल नारामा सीमित भइरह्यो । २०४६, २०६२/६३ अनि २०७२—तीन वटा प्रमुख राजनीतिक परिवर्तनहरू भए तर शासन गर्ने प्रवृत्ति फेरिएन । यहीँ कतै थियो एक योद्धा—प्रभात । प्रभातको जीवन संघर्षले भरिएको थियो । बाल्यकालदेखि नै बुबा भूमिगत राजनीतिमा थिए । आमाले छोराछोरीको पालनपोषण गरिन्, तर उनीहरूको जीवन सधैँ भागदौडमै बित्यो । जब माओवादी द्वन्द्व उत्कर्षमा थियो, प्रभातले आफ्ना नजिकका साथीहरूलाई माटोमा विलीन भएको देखेको थियो । उनी प्रतिशोधले होइन, न्यायले प्रेरित थिए । यही कारणले गर्दा उनले परिवर्तनको यात्रामा पाइला राखे । २०५२ सालको विद्रोह उनको किशोर मनमा गढ्यो । उनी युद्ध लड्न चाहँदैनथे, तर युद्धबाट टाढा पनि रहन सकेनन् । उनको परिवारले सरकारी दमन भोग्यो, सिंगो गाउँलेहरूले दुःख सहनु प¥यो । एकातिर माओवादीहरू समाजवादको सपना बाँडिरहेका थिए, अर्कोतिर राज्यसत्ताले उनीहरूलाई आतंककारीको संज्ञा दिइरहेको थियो । प्रभातले देखे—न त राज्यको भर पर्न सकिन्छ, न त क्रान्तिका नाममा भएका सबै घटनाहरू न्यायसंगत छन् । २०६२/६३ को आ...

शान्ति–प्रेम ः अनन्त प्रेम कथा

 शान्ति–प्रेम ः अनन्त प्रेम कथा १ बिहानीको नीलो आकाशमा हल्का रातो आभा मिसिँदै थियो । बगरमा शीतका थोपा चम्किरहेका थिए । नदीको किनारमा उभिएर शान्ति टोलाइरहेकी थिइन् । उनको मनको धड्कन तीव्र थियो । उनी प्रेमको बाटो ताकिरहेकी थिइन् । प्रेम, जसलाई उनले आत्माको गहिराइबाट प्रेम गरेकी थिइन् । “प्रेम !” उनले एकाएक बोलिन्, “तिमीले मेरो प्रेमको गहिराइलाई कहिले महसुस गर्नेछौ ?” त्यही बेला प्रेम परबाट आइरहेको देखिए । उनको आँखा आँसुले भरिए । प्रेमले अघि बढ्दै भने, “शान्ति, प्रेम केवल नामको सन्दर्भमा मात्र सीमित हुँदैन, यो त आत्माको मिलन हो ।” शान्तिले हल्का मुस्कानका साथ भनिन्, “तर यो दुनियाँलाई हाम्रो प्रेम बुझ्ने क्षमता छैन प्रेम ! उनीहरू हामीलाई बदनाम गर्न खोज्छन्, हाम्रो भेटलाई पाप ठान्छन् ।” प्रेम मुस्कुराए । उनले शान्तिको हात समाउँदै भने, “प्रेमलाई कसैले बदनाम गर्न सक्दैन, शान्ति ! प्रेमको शुद्धता आकाशको चन्द्रमाजस्तै स्वच्छ छ, जसलाई कुनै बादलले सधैं लुकाएर राख्न सक्दैन ।” त्यसै बेला हावाले सारा फूलहरू हल्लायो, मानौं प्रकृति पनि उनीहरूको प्रेमको समर्थन गरिरहेको थियो । प्रेम कसरी जन्मिन्छ ? ...