प्रेमको सन्देश
प्रेमको सन्देश सहरको आकाशमा धुवाँका बादल मडारिरहेका थिए । विस्फोटको आवाज कानका पर्दा च्यात्ने गरी गुन्जिरहेको थियो । गोली, बम र तोपका आवाजले शान्ति खोज्ने मनहरूलाई डरको पर्खालभित्र थुनेको थियो । एक समय समृद्ध र सुन्दर मानिएको सहर अब भग्नावशेषमा परिणत भइसकेको थियो । शान्तिले आफ्ना साना हातहरूले ढुंगाका टुक्राहरू हटाउँदै आमाको हात समात्न खोज्यो, तर आमा निःशब्द भइसकेकी थिइन् । उनको आँखामा आँसु थिएन, किनभने रुनसमेत बाँकी थिएन । युद्धले सबैका सपना चकनाचूर पारेको थियो । यस सहरमा युद्ध कसरी सुरु भयो ? कुनै बेला यहाँको जनता खुशी थिए, व्यापार फस्टाइरहेको थियो, बालबालिका विद्यालय जान्थे, युवाहरू आफ्नो भविष्यको सपनाहरू बुन्थे तर, सत्ताको लोभ, शक्तिको खेल, अनि सिमानाको विवादले गर्दा दुई देशबीचको मनमुटावले युद्धको रूप लियो । राजनीतिज्ञहरूको असमझदारी र घृणाले गर्दा निर्दोष जनता मारिए । रक्तपात फैलिँदै गयो । सुरुवातमा युद्ध केही हप्तामा सकिने विश्वास गरिएको थियो, तर महिनौं बिते, वर्षौं बिते । जसले गर्दा खेतीयोग्य जमिन बाँझो बन्यो, उद्योग–व्यापार तहसनहस भयो, अनि लाखौं निर्दोष मानिसहरू विस्थापित भ...