Posts

पुनर्मिलन

लघुकथा ः– पुनर्मिलन कथाकार ः–  बिजु सुवेदी “विजय” युट्युब, टिकटक, फेसबुक, ट्विटरमा एक्लाएक्लै मस्त मानिसहरू । परिवारबाट अलग । सबै आ–आफ्नै धुनमा मस्त । इन्टरनेटको लाइन गयो । सबैजना एक्जुट हुन थाले “खै खै राउटर चेक गरुँ त ?, खै खै माइनेटवर्क चेक गरुँ त । भाइरस हो कि ? अनि ह्याङ्ग पो हो की ?” सबै परिवारको नेटको लाइन अफमा मिलन भयो । सबै घरमा दाजुभाइ, दिदीबहिनी, काकाकाकी, आमाबुबा बीच एक आपसमा कुराकानी हुन थाल्यो । जस्तो विछोड पछिको मीलन जस्तो । झ्याप्प विजुलीको लाइन गयो । इन्भर्टर चलाउन खोज्यो, चलेन । मैनबत्ती खोज्न थाल्यो । टर्चलाइट बाले । मोबाइलको लाइट बाले । एकले के गर्यो अर्कोले थाहा नहुने । एउटा कोठामा के भयो अर्को कोठामा थाहा नहुने । यस्तो त कत्ति भो कत्ति भो जुगौँ भइसकको थियो यस्तो सिसीफस तर आज अचम्म भो । छरछिमेकीसँग मिलेर विद्युत प्राधिकरणमा खबर गर्न थाले । छरछिमेकसँगको पहिलेको लोडसेडिङ्ग पछिको विछोड पछिको मिलन ।  टेलिफोन, मोबाइलको पनि लाइन गयो । सबैजना झनै एक्जुट भइ रुष्ट हुन थाले । सबैजनाको एकै गाउँलेजस्तो प्रेमको पुनर्मिलनको पुनर्सुरुवात भयो । बिरालाहरूले आफ्नै बच्चा खान...

प्रदर्शनीमा मानवअधिकार गतिविधिलाई नियाल्दा

  प्रदर्शनीमा मानवअधिकार गतिविधिलाई नियाल्दा — विजु सुवेदी विजय १९ दिने जनआन्दोलनमा कीर्तिपुर, कलङ्की हुँदै गोङ्गबुदेखि पुरै चक्रपथ डोलायमान भएका बेला मानवअधिकारकर्मीहरूले ती स्थानहरूमा आफ्नो ज्यानको परवाह नगरी एकदम, सन्त्रास विभत्स तथा सकसमय समयमा पनि आफ्नो पेशाप्रति उत्तरदायी भई कर्तव्यपुर्ण भूमिका निभाइरहेका थिए, घाइतेहरूको उद्धार गरिरहेका थिए । कतिपय ठाउँमा आन्दोलनकारीहरूले सत्ता पक्षका दमनकारी भनी पनि मानव अधिकारकर्मीका गाडीहरू तथा मानवअधिकारकर्मीहरूलाई समेत पनि धेरै भौतीक चोट पु¥याएका थिए तरै पनि मानवअकिारकर्मीहरूले ती आन्दोलनकारीहरू जुन दमीत अवस्थामा थिए तिनीहरूप्रति संयमित भई सौहार्दताका साथ आफ्नो कर्तव्य निभाइरहेका थिए । जुन कुरा मानवअधिकारकर्मीहरूले मानव अधिकार अयोगको प्रदर्शनीमा आफ्नो गतिविधिमा उल्लेख गरेका छन् । जनयुद्धकालमा नेकपा माओवादीले धरपकड, अपहरण, हत्या गरेका भए पनि उनीहरूलाई शाही सत्ताले टाउकाको मोल दिइरहेका बेलामा पनि उनीहरूलाई शाही सत्ता समक्ष सपुर्दगी नगरी उनीहरूको  जनताप्रतिको जायज कर्मलाई हिँसात्मक मात्र नगराउन मानवअधिकारकर्मीहरूले खोटाङको विजयखर्कमा...

शाकाहारी

  शाकाहारीवादलाई मानव अधिकारको मुद्दाको रूपमा सोच्नु अनौठो लाग्न सक्छ ,  तर शाकाहारीवाद विश्वव्यापी कृषि - उद्योगमा उत्पादन र उपभोगको संरचनात्मक असंतुलनलाई चुनौती दिन ,  भोक र धनी र गरिब बीचको असमानताको राजनीतिलाई पर्दाफास गर्न र सामाजिक न्यायको प्रवर्द्धन गर्न अभिन्न अंग हो। र अहिंसा। गाईवस्तुको चरन र दाना बालीको लागि वन विनाशले ठूलो पर्यावरणीय र सामाजिक क्षति निम्त्याउँछ र ग्रामीण समुदायहरूलाई विस्थापित गर्दछ। मध्य अमेरिकामा , ४ दशकमा करिब ४० % जङ्गल सफा गरिएको छ , यस समयमा चरन र गाईवस्तुको जनसंख्या द्रुत गतिमा बढ्दै गएको छ। थप रूपमा , भटमास र अनाज उत्पादन मुख्यतया पशु आहारको लागि नियतले विशाल क्षेत्रहरूमा प्राकृतिक बासस्थानको विनाश र वन विनाश निम्त्यायो। 2004 र 2005 बीच एक अनुमानित 1.2 मिलियन हेक्टेयर वर्षावन सोयाबीन विस्तार को परिणाम को रूप मा काटिएको थियो - भटमास जनावरहरुलाई खुवाउन उब्जनी। वधशाला कार्यकर्ताहरूको बारेमा थोरै भनिएको छ। कोही - कोहीले मासु उद्योगको समस्याको हिस्सा हो भनी विचार गर्न सक्छन् , तर तिनीहरू पनि एक हिसाबले यसका पीडित हुन्। वधशालाको ...

शाकाहारी

शाकाहारीवादलाई मानव अधिकारको मुद्दाको रूपमा सोच्नु अनौठो लाग्न सक्छ , तर शाकाहारीवाद विश्वव्यापी कृषि - उद्योगमा उत्पादन र उपभोगको संरचनात्मक असंतुलनलाई चुनौती दिन , भोक र धनी र गरिब बीचको असमानताको राजनीतिलाई पर्दाफास गर्न र सामाजिक न्यायको प्रवर्द्धन गर्न अभिन्न अंग हो। र अहिंसा। गाईवस्तुको चरन र दाना बालीको लागि वन विनाशले ठूलो पर्यावरणीय र सामाजिक क्षति निम्त्याउँछ र ग्रामीण समुदायहरूलाई विस्थापित गर्दछ। मध्य अमेरिकामा , ४ दशकमा करिब ४० % जङ्गल सफा गरिएको छ , यस समयमा चरन र गाईवस्तुको जनसंख्या द्रुत गतिमा बढ्दै गएको छ। थप रूपमा , भटमास र अनाज उत्पादन मुख्यतया पशु आहारको लागि नियतले विशाल क्षेत्रहरूमा प्राकृतिक बासस्थानको विनाश र वन विनाश निम्त्यायो। 2004 र 2005 बीच एक अनुमानित 1.2 मिलियन हेक्टेयर वर्षावन सोयाबीन विस्तार को परिणाम को रूप मा काटिएको थियो - भटमास जनावरहरुलाई खुवाउन उब्जनी। वधशाला कार्यकर्ताहरूको बारेमा थोरै भनिएको छ। कोही - कोहीले मासु उद्योगको समस्याको हिस्सा हो भनी विचार गर्न सक्छन् , तर तिनीहरू पनि एक हिसाबले यसका पीडित हुन्। वधशालाको काम स्वाभाविक रूपमा खत...

बाढीपहिरोको चपेटामा नेपाल

 बाढीपहिरोको चपेटामा नेपाल २०८१ असोज १२ नेपालका लागि कालो दिन भयो । बाढी र पहिरोको चपेटामा परेर दारुण स्थिति बनायो । इतिहास हेर्ने हो भने अहिलेको नेपालमा भएको औसत वर्षा ३०० मिमिकोसँग तुलना गर्ने हो भने १०-१२ मिमि मात्र कम वर्षा आजभन्दा साठी वर्ष पहिले हुँदा अहिले जति नोक्सान भएको थिएन । त्यसपछि आजभन्दा २२ वर्ष पहिले मात्र आजभन्दा आधी जति मात्र वर्षा हुँदा पनि धेरै नोक्सान पारेको थियो । यसको प्रमुख कारणमा रुख विरुवाहरु राम्ररी प्रशस्त रोपी नदिँदा कँक्रितको जङ्गल बनाउने लालसाले पहिरोको जोखिम बढिरहेको छ । खोला किनारका आलिसान भवन पनि गल्र्याम्मै ढलेको पनि पाइयो । कति ठाउँ भास्सिएको पनि पाइयो । सयभन्दा बढी नेपालीले इहलीला समाप्त गरिसकेका छन् । अहिले रात्रिकालीन बसका यात्रा सबै स्थगित गरिएका छन् । डोमेस्टिक उडान पनि रद्द भइरहेको छ । खोलाको सतह बढेर बाटोमा बग्न थालेको छ । लगातारको ३ दिनको वर्षपछि अहिले पानी रोकिँदा धेरै राहतको महसुस भइरहेको छ । काठमाडौँ उपत्यकाजस्तो ठाउँमा समेत पानीले धेरै नै हृदयविदारक नोक्सान गरेको छ । बाहिर जाने नाका सबै बाढी र पहिरोको नोक्सानले नाकाबन्दी भइरहेको छ । य...

शाकाहारी बनौँ

Image
शाकाहारी बनौँ आज महाअष्टमी कालरात्रिको उपासना, भक्ति, पुजा, बन्दना, अर्चना, पाठ, जप, तप, यन्त्र, ध्यान, मुद्रा आदिले भावनाले युक्त भई गर्ने महाअवसर हो । यस कालरात्रिमा अमृतको वर्षा गराएर सबै उजाड ठाउँमा अमृत वहार ल्याई शिशिररूपि समयलाई वसन्तमा कायापलट गर्न अहिँसात्मक आन्दोलन गर्न जरूरी छ । शान्ति कारक हानी रहित, शाकाहारको प्रत्येक अक्षरको मूख्य भाव हो । प्रस्तुत छ आज हामी शाकाहार र अहिँसा मूल विषयको वरिपरि रहेर आध्यात्मिक एवम् भौतीक दृष्टिकोणले विस्तृत अध्ययन अनुसन्धान तथा विश्लेषण गरौँँ । अहिँसा मानवीय मूल्यको मार्ग भगवत प्राप्ती सबैभन्दा ठुलो कर्म हो । यो एउटा निस्छल, निर्मल अनि निस्कलङ्क कार्य हो । यसमा निकै ठूलो ऊर्जा हुन्छ । व्रह्माण्ड अनि व्रह्माण्डीय शक्तिसँग साक्षत्कार हुन्छ । यो ठूलो पुन्य अनि सोपान हो । हामी सत्त्वगुणी भएमा मात्र भगवत प्राप्ती हुन्छ । सत्त्वगुणी हुन शाकाहार अभिन्न आवश्यक हुन्छ । त्योभन्दा झन् अहिँसा आवश्यक हुन्छ । त्यसैले अहिँसाविना भगवत् प्राप्ति हुनै सक्दैन । त्यसैले अहिँसा भागवत प्राप्ति हो । अहिँसा नौरथाकी दुर्गामाता हुन् । अहिँसा भगवती हुन् । अहिँसा प्रि...