पुनर्मिलन

लघुकथा ः– पुनर्मिलन

कथाकार ः–  बिजु सुवेदी “विजय”

युट्युब, टिकटक, फेसबुक, ट्विटरमा एक्लाएक्लै मस्त मानिसहरू । परिवारबाट अलग । सबै आ–आफ्नै धुनमा मस्त । इन्टरनेटको लाइन गयो । सबैजना एक्जुट हुन थाले “खै खै राउटर चेक गरुँ त ?, खै खै माइनेटवर्क चेक गरुँ त । भाइरस हो कि ? अनि ह्याङ्ग पो हो की ?” सबै परिवारको नेटको लाइन अफमा मिलन भयो । सबै घरमा दाजुभाइ, दिदीबहिनी, काकाकाकी, आमाबुबा बीच एक आपसमा कुराकानी हुन थाल्यो । जस्तो विछोड पछिको मीलन जस्तो ।

झ्याप्प विजुलीको लाइन गयो । इन्भर्टर चलाउन खोज्यो, चलेन । मैनबत्ती खोज्न थाल्यो । टर्चलाइट बाले । मोबाइलको लाइट बाले । एकले के गर्यो अर्कोले थाहा नहुने । एउटा कोठामा के भयो अर्को कोठामा थाहा नहुने । यस्तो त कत्ति भो कत्ति भो जुगौँ भइसकको थियो यस्तो सिसीफस तर आज अचम्म भो । छरछिमेकीसँग मिलेर विद्युत प्राधिकरणमा खबर गर्न थाले । छरछिमेकसँगको पहिलेको लोडसेडिङ्ग पछिको विछोड पछिको मिलन । 

टेलिफोन, मोबाइलको पनि लाइन गयो । सबैजना झनै एक्जुट भइ रुष्ट हुन थाले । सबैजनाको एकै गाउँलेजस्तो प्रेमको पुनर्मिलनको पुनर्सुरुवात भयो ।

बिरालाहरूले आफ्नै बच्चा खान थाले । कुकुरहरू रातभरि भुक्न थाले । कागहरू तथा चराचुरुङ्गीहरू आकाशमा मडारिन थाले । गाईहरूले मुखबाट पानीको फोहोरा निकाल्न थाले । असङ्ख्य कमिला सेताम्य भएर बसाइसराइ गर्न थाले । बाँदरहरू चराजस्तै कराउन थाले । चराहरू भुक्न थाले । आकाश पूरै छिरबिरे भइकन वादलहरू टहटह देखिन थाले । ताराहरू झर्न थाले ।

ऐनामा आफ्नै शरीर तलको माथि माथिको तल देखिन थाल्यो । उज्यालोमा आफ्नै छायाँ गायब हुन थाल्यो । पुतलीहरू झुसिलकीरा बन्न थाले । नवजात शिशुहरूले आफ्नै गुहुमुत खान थाले । देवताहरूको मुर्तिमा त के हरे ! ढुङ्गाहरूबाट पसिना आउन थाले । तस्विरहरू सबै रुन थाले ।

धरहरातिरका बुढापाकाहरूले भनेका “पुरै नाङ्गै मानिस तथा नाङ्गै जनावरहरू हुलकाहुल आएर धरहरा घेरिरहेका थिए ।” 

दैबको लिला होला, भौतीकवादीका व्रह्माण्डीय कानुनको रिभेन्ज होला अथवा क्वान्टमको प्रभाव होला, ज्योतिषिको लेनाका देना होला, जो धावे सो फल पावे होला, अ्ँउँ्उँ् अ्ँउँ्उँ् मेरो त बोली नै फुटेन । कोलाहल भागाभाग भएन बरु कोलाहलका बीच भागाभाग भो । आफुले टेकेको भूमि नै भाँस्सियो । खै के भो के भो एकैछिनमा २०७२ बैशाख १२को महाभूकम्पको उद्घाटित भयो ।

सबैभन्दा पहिले धरहरा ढल्यो ।

देशैभर भुइँचालो गयो । भागाभाग भए सबैजना । सम्पत्ति हराउने पनि कुनै मतलब भएन । सबैजना टेण्ट हाली चउरमा बास बस्न थाले । सबै ठाउँमा प्रेमैप्रेमको बर्षात भयो । जतिजति पराकम्प जान्थ्यो । प्रेमैप्रेमले भरिपुर्ण सबैजनामा आपसी भाइचारा र प्रेम बर्सिरहन्थ्यो । सबैजना एकजुट भएर भगवानको नाम लिन थाले । नास्तिकताको नामनिशानै थिएन न त धर्मकै विभाजन नै थियो सबै धर्मकाहरूले भनिरहेका थिए । हरे राम यो के भो ! हरे शिव अब के हुने हो ! हे धर्तीमाता कति काँप्छ्यौ ! हामीलाई रक्षा गर । कसैसँग पनि आपसी वैरभाव थिएन । सबै एकै स्वरमा थिए । अचाक्ली सूरताल भोलम अनि च्यानल मिलिरहेको थियो । सबैले सबैलाई सहयोग गरिरहेका थिए ।

२०८१ असोज २३

बिजु सुवेदी “विजय”

भकतजनमार्ग, काठमाण्डौं

bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा