Posts

परमात्मा खोजिरहेको छु

"पटक्कै जान्दैन यसले धेरै जानेको छु मैले !” यो दुनियाँ यस्तै छ यस्तै छ यहाँको चलन धार्मिक सँस्थाको स्लोगनजस्तो अरू जति सबै उदासीन ! सबै बकम्फुस्से ! मेरो जति राम्रो विचार अरू कसैकै छैन ! र हुँदैन पनि ! मैले गरेको धेरै उत्कृष्ट अरू जम्मै निम्छरा ! विचरा ! “अरूलाई दास नबनाउने सिद्धान्त मेरो छ”  हात हेरेर हुन्छ कि चिना, टिप्पणी हेरेर हुन्छ कि बसमा पारी सम्मोहित पारी मिस्मेरिजम् गरी अञ्जानहरूलाई कलिला माटाहरूलाई हिप्नोटाइज गरी डमी बनाउन सिपालु तिम्रो यस्तो नखरा बेजोड छ अनि तिमी सबैका कृपालु दास सङ्कलन गर्छौ ए गद्दा स्वाँठ ! कति दास बनाउँदै हिँड्छौ ? सकेसम्म मेहनतै नगरी कमाउने त्यसैको सूत्रमा ऐश नतिजा छ तिम्रो यो तिम्रो लगन कर्म होइन जुक्ति हो निम्छरा जन्माउने सरासर छल हो ! तीकडमीको डंक हो श्रमजीवीलाई मानिस नदेख्ने श्रमको कमाइ खान्छु भन्नेलाई अनेकौँ लान्छना लगाउने अनेकौँ किसिमको प्रसादमा बल्छी हाल्ने !  जालीभन्दा पनि महाजाली उसले उसलाई उसले उसलाई दासको तहतह बनाउँदै जाओ यही हो सिद्धान्तीय पीरामिड तिम्रो ! तर सच्च नागरिकले देख्छ यो त तासको घरजस्तो नै हो त्यसैले ऊ यसरी यस्तरी विचलन हु...

नयाँ अडिटर

  नयाँ अडिटर विजयजीले आफुलाई स्वच्छ, निस्पक्ष अनि निस्कलङ्क कहिल्यै प्रमाणित गर्न सकेनन् पनि पाएनन् पनि । उनले जति राम्रो काम गर्न खोज्थे हजारौँ नराम्रा कामका घेराबन्दीले उनलाई विथोलेर हराइरहेको हुन्थ्यो । “हेर्नुुस् विजयजी ! तपाई मसँग सरासर झुट बोल्दै हुनुहुन्छ । तपाईंले यो बिल सबै नकली बनाउँदै हुनुहुन्छ र खर्चको सपोर्टिङ डकुमेन्ट पनि कुनै पनि म्याच खाँदैन ।” “हैन नि गोएन्काजी ! यी सबै बिल सक्कली नै हुन् ।” “तर यहाँ त मेरो केरकारमा त्यस्तो देखा परेन त बाबै ! वास्तबमा हामीले तपाईंले कहाँबाट विल ल्याउनुहुन्छ त्यै ठाउँबाट अनुसन्धान गरेका हौँ । विजयजी ! अब तपाईं फस्नुभो ।” “ठिकै छ विलको तपाईंले कुरा गर्नु भो । त्यसमा हामी सम्बन्धित कम्पनीको हस्ताक्षर र छापसहितको स्टेटमेन्ट पनि उपलब्ध गराउँछौँ गोएन्काजी !” “त्यसो भनेर कहाँ हुन्छ र ! ‘एक कदम आगे चोरी फिर सिनाजोरी’ भनेजस्तो भइहाल्यो नि ! अनि त्यो प्रमाण पनि डिफल्ट भयो भने, अर्को फेरि झूठ कति वटा ल्याउनुहुन्छ ?” “गोएन्काजी ! तपाईं त कस्तो, मैले सद्दे कार्य गर्दा पनि तपाईं नक्कली देख्नुहुन्छ ।” “ठिक छ नि विजयजी ! यो विलमा मात्र डिफेक्ट देख...

रणसङ्ग्राम म एक्लै लड्छु

Image
         रणसङ्ग्राम म एक्लै लड्छु सुत्दा !,  उठ्दा !,  झल्याँस्स ब्युँझँदा !, बिझाउँछ मलाई बैरीका परेडहरूले ! एकदमै असह्य हुन्छ , छटपटी भइरहन्छ सधैंभरी । आजको मेरो स्वदेश ! मेरो धुकधुकी ! मेरो परम् आत्मा ! पूर्खाले स्वाभिमान बनाएको मेरो देश ! भोलि पराधिन हुने क्रम छ ! भोलि पराइ हुने क्रम छ ! आजको मेरो प्यारो आकाश ! किच्चिएर संकुचन हुने क्रम छ ! मेरो प्यारो ज्यान टुक्रिएको छ  मेरो सर्वस्व टुक्रिएको छ ! मेरो घरको आँगन आज यहाँ छैन ! मेरो सधै माछाको स्तब्ध आँखा भइरहेको छ ! लठ्ठक भएर कति बाँचुँ म ? मेरो देश किन परदेश जान्छ ? मेरो देशको शेष किन निःशेष हुन्छ ? अनिँदो बसिरहँदै पनि ! अँध्यारोमै मेरो देश किन गायब हुन्छ ? आज म बसेको स्वर्गतुल्य देश ! किन पराया भूमि हुन्छ ? बिहानीको प्रभातको मिर्मिरेमा हेर्दा ! किन साँझ हुन्छ ? किन हाम्रो बंकर सब छियाछिया भइसकेको हुन्छ ? किन सुरक्षा दिने सुरुङ्गहरू पुरिइसकेको हुन्छ ? किन जङ्गे पिल्लरहरू सारिइसकेको हुन्छ ? वाटुली भावी आफ्ना सन्तान दरसन्तान बोकी, अँध्यारैमा पहाडतिर डेरा सर्छिन् ! उनले गरेको तराईको बिर्ता ! उनको...

तपस्वी धर्मगुरु राम बहादुर बम्जन पक्राउपछि वाहाले बयानमा भन्नुभएका केही शब्दहरू...

Image
  तपस्वी धर्मगुरु राम बहादुर बम्जन पक्राउपछि वाहाले बयानमा भन्नुभएका केही शब्दहरू... # मेरा लागि वा समर्थनमा कुनै आन्दोलन अरूलाई दु:ख दिने केही पनि कार्य नगर्नु होला । सबै शान्त भएर बसिदिनुहोला। # मेरा खानामा लसुन प्याज र बेसार नभएको दिनुहोला। # म एक तपस्वी हु कारागारमा रहदा जति बेलापनि ध्यानमा हुनसक्छु ४/५ घन्टासम्म ध्यानमा हुन्छु त्यो बेला मलाई कुनै बाधा अड्चन नगर्नुहोला। # म ध्यानमा नै रहने हुदा मेरो आश्रममा को को आए गए भन्ने कुराको मलाई कुनै जानकारी नै छैन। # यी सबै आरोपमा कुनै सत्यता नै नभएको र मलाई मेरा बिरोधीहरूले लगाएका झुटा आरोप मात्र हुन् ।

अब त म अडिट गर्दै गर्दिन

 “भो अब त म अडिट गर्दै गर्दिन” कथाको दोस्रो भाग “ अब त म अडिट गर्दै गर्दिन ” शीर्षकको कथा  यहाँ प्रस्तुत छ :— अब त म अडिट गर्दै गर्दिन विश्वासले राम्रोसँग नियमानुसार विद्यालयको कार्य गर्छु भन्दाभन्दै उसलाई सबैले लप्पनछप्पनका कुराहरू सिकाइरहे र भने “तिमीले काम गर्न जानेका छैनौ । यो ट्रेनिङ पिरियडमा तिमीले राम्रो गरेमा मात्र तिम्रो तरक्की हुन्छ , नत्र तिमीले ठूलो दुःख पाउनेछौ ।” तर विश्वासले टेरपुछर लाएन । हुन पनि विश्वासले आफुले जानेजतिका हिसाबका प्रविधिका सूत्रहरू पढाएर थुप्रै सि.ए. जन्माइसकेको थियो तर यहाँ उसले कार्य गरेको ठाउँमा गर्नुपर्ने तिकडम उसले उसको शिक्षामा पाएको थिएन र ऊ यसमा अनभिज्ञ नै थियो । उसले कहिल्यै कसैलाई पनि यस्ता कुत्सित भ्रष्टाचारी कुराहरू सिकाएको थिएन । उसले जतिसुकै सफा, स्पष्ट, सरल तथा एकदम ठिकसँग जति नै हिसाबको पर्फमेन्स देखाए पनि साहुलाई खुसी पार्न सकेन । यसका कारण उसको पारिश्रमिक धेरै कटौती भइसकेको थियो । यही कारण उसले जीवन धान्न धौधौ भइसकेको थियो । साहुको यस्तो छलछाम प्रपञ्च उसले बुझ्नै सकेन । उसले जति नै विद्यालयका कार्य गरेर इमेलबाट पठाइदिए पनि उसल...

शून्य

 शून्य ब्रह्माण्ड अनगिन्ती ठूलो छ । यसको नापो अनन्तभन्दा विशाल छ । आकाश र शून्य एक अर्काका पर्यायजस्ता छन् । आकाश हेर्दामा ऊजति सानो कुनै छैन, ऊ त शून्यभन्दा महाशून्य हो । यावत् जति पनि ग्रह तारा अवयवहरू छन् आकाशमा अटाएका कारण ब्रह्माण्डका जति पनि महाअनन्तसम्मका अरबौँ खरबौँ ग्रह नक्षत्रहरू पनि उसको अगाडि एउटा सियोको टुप्पोभन्दा खरबौँ गुणा सानो देखिन्छ । यही सबभन्दा सानो र सबभन्दा ठूलो शून्यको चामत्कारिकता अझ रहस्यमय एवम् लोमहर्षकताले भरिपूर्णरूपको चौँकाउने किसिमको छ ।  शून्य एउटा यस्तो सँख्या हो जसलाई सबभन्दा सानो रूपमा लिन सकिन्छ र मानिन्छ । ब्रह्माण्डका जति पनि अनन्त सँख्या छन् ती प्रत्येकलाई शून्यले भाग लगाउँदा अनन्त प्रकारका इन्फिनिटीका परिणमहरू आउँछन् । यस्ता अनन्तसम्मका नापोका इन्फिनिटीलाई यस्ता अनन्त प्रकारका शून्यहरूले भाग लगाउँदा आउने इन्फिनिटी पनि त्यत्तिकै अनगिन्ती हुन्छन्, त्यत्तिकै भिन्न हुन्छन् । त्यस्तै ती अनन्त सँख्याका यस्ता शून्यलाई अनन्तसम्मका प्रत्येक सुरुदेखि अनन्तसम्मका सँख्याले भाग लगाउँदा ती शून्यका मानक पनि अनन्तसम्मका शून्यका अनन्तै फरकफरक शून्यहरू पर...