भ्रष्टाचारी भमराको घार पत्ता लगाउन सके जनतालाई सञ्जीवनी हुने ।
भ्रष्टाचारी भमराको घार पत्ता लगाउन सके जनतालाई सञ्जीवनी हुने । जनताको अजेय शक्तिको जनयुद्धलगायत जनआन्दोलनहरुका पराकाष्ठासम्मका बलिदानी, अनुभव, कहरका भट्टीबाट खारिएर आएको सशक्त एवम् बुलन्द आवाजहरुको एकमुष्ट समाधानको अभिव्यक्ति हो शान्ति सम्झौता ! कोरोनाको लकडाउनले थिलथिलो पारिएको काल समयमा लेखिएको यस शान्ति सम्झौता कथा सङ्ग्रहमा कोरोनाका कहरहरू छताछुल्ल पोखिएका छन् । यसमा कोरोनाको लकडाउनको सकारात्मक अनि नकारात्मक पाटाहरू पनि केलाइएका छन् । त्यस्तै यस शान्ति सम्झौता कथा सङ्ग्रहमा सोझा, सिधा, निमुखा, निम्न वर्गमाथि भएको व्यापक शोषण, दमन, उत्पीडन, अन्याय, थिचोमिचो, गैरन्यायिक विभेद सत्यतथ्यमूलक किसिमले आलोचनात्मक यथार्थका रूपमा चित्रण गरिएको पाइन्छ । शान्ति सम्झौता मा यस्ता यी सबै प्रकारका असहाय वर्गप्रति सहानुभूति प्रकट भएको पाइन्छ । प्रायः समग्र कथाहरू निम्न वर्ग, निम्न मध्यम वर्ग तथा मध्यम वर्गको सेरोफेरोमा रहेर कथिएका पाइन्छन् र ती वर्गप्रति नै पक्षपोषण गरिएको पाइन्छ । भाषा शैली सरल किसिमको छ । थोरै कथाहरूमा स्वैर कल्पनात्मक उडान, मनोविश्लेषणात्मक तथा कल्पनात्मक किसिमले पन...