Posts

विश्व कविता दिवस मार्च २१को उपलक्षमा“नयाँ राम” कविता “शान्ति सम्झौता" कथा सङ्ग्रहको “नयाँ राम” मै कथाबाट उद्ध्रित

विश्व कविता दिवस मार्च २१को उपलक्षमा मेरो यो “नयाँ राम” कविता “शान्ति सम्झौता शीर्षकको कथा सङ्ग्रहको “नयाँ राम” मै कथाबाट उद्ध्रित गरी यहाँ पाठकवृन्द समक्ष पेश गरेको छु ।  ...म बै...री हुँ फूल...वारी,  ए मु...हार दुरा...चारी ।  के सो.च छ तिम्रो धरी,  हुँ म तिम्रो साक्खै परी ।  भनी उनी मेरो सामु,  बच्ची खै नि भन्नी मामु ।  आँखा बाट आँसुु टोली,  मन मनै मन डोली ।  बोली खोल्न तर्सी तर्सी,  आँखा...बाट बर्सी बर्सी ।  सखी कुन देश बाट,  कस्तो हो यो तिम्रो ठाँट,  मैले केही आँखा भेदेँ,  मैले केही शेष छेडेँ ।  उनी झनै शान्त भई,  आँखा दुई बन्द गरी,  गाह्रो भाव सुझ्न साह्रो,  बुझ्न चाहेँ बढ्यो पारो ।  फेरि होस आए जस्ती,  फेरि ठेस लाए जस्ती,  फेरि केही बोल्न खोजी,  जालो साङ्लो तोड्न खोजी ।  यही हाल मेरो पनि,  मैले पनि भन्नु छ नि,  कुन देश थियो प्यारीे !  केही छैन बोली न्यारी ।  फेरि कता गई कता,  हावा जस्तो भयो छटा,  खोज्न थालेँ बिली गयो,  छायाँ सुद्ध हर...

प्रशङ्ग प्रकाश सपुतको “पिर”

  प्रशङ्ग प्रकाश सपुतको “पिर” प्रायः मैले कथामा रुचि जगाइरहेको छु । थुप्रै कथा लेखिसकेको छु । कथाका बारे यस्तो अध्ययनबाट धेरै कुरा थाहा पाएँ । एउटा कथाको अन्वेषकका रुपमा आफूलाई पाठक माझ उभ्याइरहेको छु विगत २ दशकदेखि । यसपाली “शान्ति सम्झौता” शीर्षकको पुस्तकमा ६४ कथाहरुसहित एउटा “कथाको कथा” शीर्षकको कथाका परिभाषादेखि सबै पार्टपुर्जाहरु केस्रा केस्रा केलाएर लिएर आउँदैछु । तैपनि आफूलाई विद्यार्थी नै लाग्दछ । तैपनि आफुले बुझेसरि अरुहरु प्रायःले अर्कै व्याख्या गरिरहेको देख्दा प्रकाश सपुतको पक्षमा यथार्थ कुरा लेख्न बाध्य भएको छु । प्रशङ्ग “पिर” शीर्षकको प्रकाश सपुतको म्युजिक भिडियोले धेरैको मथिङ्गल ख्रल्बल्यायो । माथा पच्चीस गर्न बाध्य बनायो । जनयुद्धको फल आज कागजमा मात्रै सीमित भएको प्राःयले स्वीकारेको देखिएन बरु फोटो क्रस गरेर बहिष्कार गरेर जनयुद्धको अपमान भएको अती व्याख्या गरी सबै कुर्लिरहेका छन् । नेताज्युहरु ! यस्ता भाइरसहरु बेलैमा खत्तम पानुहोस् । बास्तबमा आज समाज कतातिर जाँदैछ ? किन अधोगतितर्फ जाँदैछ ? नेताहरु चिल्ला गाडीभित्र मात्र बसेर आम सर्वसाधारण जनताको पीर व्यथा कदापि मनन गर...

1+1=3

Image
 शान्ति सम्झौता शीघ्र प्रकाशन हुँदैछ । लेखक बिजु सुवेदी विजय प्रकाशक रत्न पुस्तक भण्डार, वागवजार, काठमाण्डौँ, नेपाल २०७८ फागुन २६ Peace process puplishing soon Writer Biju Subedi Bijay Publisher Ratna Pustak Bhandar, bagbazar, Kathmandu, Nepal 2078 Fagun 26

बेलाको बोली — एमसिसी फेल गरौँ ।

बेलाको बोली — एमसिसी फेल गरौँ । एमसिसी बहस पिंधदेखि टाकुरासम्म उत्कर्षमा छ । भोलि ०७८ फागुन १२को चरम उत्कर्षको संसदबाट पास गर्न लालायित दलहरूको छेपारोको रूप छर्लङ्गिने स्पष्ट खाका देखिएको छ । “यो यस्तो होला, ऊ उस्तो होला अनि चुनावमा मुल्याङ्गन गरी ठेगान लाउँला” भनी सर्वसाधारण जनता सचेत भइरहेका छन् । त्यसलाई धुमिल चरित्र देखाई चुनावको परिणाममा क्यास गर्न अनेकौँ च्याँखे थाप्न नेताहरू माहिर देखिरहेका छन् । पत्रकार जगतसमेत एमसिसीको बखानबाजीमा मस्त लागेको देख्दा उनीहरूले पनि लालीपप पाएको आभाष हुन्छ । नेताहरूले पास हुन अगाडि कडा सङ्घर्ष गरी विरोध देखाए पनि त्यो अहिले भने सेलाएको अवस्था छ । बिरोधीहरूको भने जनतालाई छारो हाल्न फितलो विरोध जारी देखिएको छ । अब भ्रष्टहरुसबलाई करिवकरिव भाग लागेको छर्लङ्ग देखिन्छ । “एमसिसी के हो ? कस्तो हो ?” त्यतापट्टि जाँदा त्यसको बेफाइदा नै बेफाइदा छर्लङ्ग देखिन्छ तर सञ्चार जगत सबै फाइदाको बखानबाजीमा लागेको छन् । सायद उनीहलाई पनि भाग आउँदो भनी भ्रष्ट भएको प्रष्ट देखिन्छ । आजकाल जनमानसमा पनि “सर ! यो बैङ्गको कामका लागि हो साइन गरेपछि पैसा आउँछ” भनी आँखा चिम्लेर २—...

एमसीसी तत्कालै खारेज गरियोस्

एमसीसी तत्कालै खारेज गरियोस् हालै युक्रेनको सिमानामा रसियाले सेना राख्यो भनेर जर्मनी, पोल्याण्ड तथा रोमानियामा अमेरिकाले अमेरिकी सेना पठायो । यसले गर्दा विश्व अहिले युद्धको उन्मादमा रहेको झल्को दियो । बौद्धिक जगतले यसलाई दोस्रो विश्व युद्धको पुर्वसन्ध्याभन्दा भयावह स्थिति भएको संज्ञा दिएका छन् । विश्व राजनीति भनौँ या हाम्रो राजनीति क्षेत्र सत्तामा हुँदा जो पनि दोहनमै व्यस्त हुने, कानले नसुन्ने तर जब प्रतिपक्षमा हुन्छन् ती जनताका भित्रि मनकै कुरा गर्छन् । अहिले जनताले चेतिसकेका छन् त्यसैले जनता विलखवन्दमा परिरहेका छन् । अनि यसैलाई पनि क्यास गरि ब्ल्याकमेलिङ गर्ने अर्का तप्काकाहरू ¥याल चुहाइरहेको कुरा छर्लङ्गै जनताहरूले बुझिरहेका छन् । हामी छौँ अहिले रूसी सेना विरुद्ध अमेरिकी रणनीति भनौँ या युद्धको उन्मादको त्रासमा कि कतै अब फेरि महायुद्ध पो हुने हो कि भनी ! हिजोसम्म उत्तर कोरियाप्रति मोडिएको अमेरिका अहिले युक्रेनतिर फोकस भएको छ । यद्यपि त्यो सेना युक्रेनभन्दा धेरै टाढा रूसकै भूमिमा ल्याइएको थियो तर अमेरिकालाई शंका लाग्यो । यो लेख तयार पार्दासम्म पनि रूसले आफ्नो यस्तो मनसाय कुनै पनि नभएक...

वसन्त आयो

 वसन्त आयो अस्तिको एकदिन अगाडि बल्खुमा थियो सरलको अफिस । ऊ त्यहाँको वरिष्ठ लेखापाल थियो । उसको अफिसमा ओभरटाइमको पैसा २ वर्ष जतिको पाएको थिएन । जुन हिसाब गर्दा १ लाखभन्दा बढी हुन्थ्यो । कहिलेकाहीँ तलबबाहेक थप एकदुई हजार जुन समय पनि उसले लिनसक्ने सुविधा थियो । काकु वितेको खबर आउनेवित्तिकै उसले अफिसमा क्यासियरसँग १ हजार पेश्की माग्यो तर क्यासियरले दिएन । उसले तत्कालै हाकिमलाई फोन लगायो र आफ्नो काकु वितेको र आफूसँग १ पैसा पनि नभएको बतायो तर उसले पनि केही मद्दत गर्न नसक्ने बतायो न नै क्यासियरले नै कुनै मद्दत ग¥यो । ऊ खाली खुट्टा पशुपतिसम्म हिँडेर गयो । ठिक गौशाला चोकमै काकुको लास उसका भाइहरूले चारैतिरबाट बोकी हिँडेको उसले देख्यो । ऊ तत्कालै त्यहीँबाट खिन्न हुँदै मलामी गएको थियो । सबै जना कठ्याङ्ग्रिने चिसोमा लासको पछिपछि शोक व्यक्त गर्दै गएका थिए । उसलाई उसको काकुको उक्त लासले केही भनिरहेझैँ लागेको थियो । उसको मनमा लासबाट बौरिएर आकाशवाणी भई आएका यही वाणीहरूले उद्वेलित पारिररहेको थियो, ‘पञ्छी बनी जाँदैछु मुक्त भई आत्मा घुम्दैछु , रीत यो हो आउने जाने चोला फेर्न घुम्दैछु । खाली हात आएको थि...

नेपाल कायापलट गर्ने मार्गचित्र

 नेपाल कायापलट गर्ने मार्गचित्र नेपाल ! शब्दैमा सबैलाई पाल्ने देशको सुगन्ध छ । अनि प्रकृतिका खानीहरू व्याप्त छन्, त्यसैले त नाम अनुसारकै नेपाल छ । यस्तो भएरै पनि हामीले तेस्रो विश्व भएर अनि विकासोन्मुख, अविकसित देश भनी सहेर बस्नु परिरहेको छ । हाम्रो प्रतिव्यक्ति आय अत्यन्त कम छ । नेपालको विकासमा कुन नेपाली खुसी नहोला । यसका लागि सबैले आआफ्नो तर्फबाट योगदान दिन तँछाडमछाड गर्नसक्नुपर्छ । नेपालले सानो एउटा पदक पायो भनेपछि पनि हामी कति खुसी हुन्छौँ तर नेपाल देश पुरै भारतमा निर्भर भई बस्नुपरेको अवस्था छ । भारतलाई यस मानेमा यसैमा फाइदा छ , त्यसैले हामीलाई परेको असुविधा हामीले नै उजागर गर्नुपर्छ । आज यहाँ भारत, सार्कलाई हेरेर हामी हाम्रो नेपाललाई कसरी समुन्नत गर्न सक्छौँ यही केन्द्रविन्दुमा यो लेख सुरु गरिरहेको छु । हाम्रो देशका जलका खानी जुन विश्वकै दोस्रो ! यसबाट धेरै लाभ लिन सकिन्छ । उत्तरका पुरै हिमालयका शृङ्खला विश्वलाई ट्रेकिङका लागि आकर्षण गर्ने ! अनि पहाड पुरै जडिबुटीका भण्डार नै हुन् । हावापानी त्यत्तिकै राम्रो ! प्रकृतिका तालतलैया, पहाड, गरा, थुम्काथुम्की, उपत्यका, हिमालआदि मनोर...