बेलाको बोली — एमसिसी फेल गरौँ ।

बेलाको बोली — एमसिसी फेल गरौँ ।


एमसिसी बहस पिंधदेखि टाकुरासम्म उत्कर्षमा छ । भोलि ०७८ फागुन १२को चरम उत्कर्षको संसदबाट पास गर्न लालायित दलहरूको छेपारोको रूप छर्लङ्गिने स्पष्ट खाका देखिएको छ । “यो यस्तो होला, ऊ उस्तो होला अनि चुनावमा मुल्याङ्गन गरी ठेगान लाउँला” भनी सर्वसाधारण जनता सचेत भइरहेका छन् । त्यसलाई धुमिल चरित्र देखाई चुनावको परिणाममा क्यास गर्न अनेकौँ च्याँखे थाप्न नेताहरू माहिर देखिरहेका छन् । पत्रकार जगतसमेत एमसिसीको बखानबाजीमा मस्त लागेको देख्दा उनीहरूले पनि लालीपप पाएको आभाष हुन्छ । नेताहरूले पास हुन अगाडि कडा सङ्घर्ष गरी विरोध देखाए पनि त्यो अहिले भने सेलाएको अवस्था छ । बिरोधीहरूको भने जनतालाई छारो हाल्न फितलो विरोध जारी देखिएको छ । अब भ्रष्टहरुसबलाई करिवकरिव भाग लागेको छर्लङ्ग देखिन्छ ।


“एमसिसी के हो ? कस्तो हो ?” त्यतापट्टि जाँदा त्यसको बेफाइदा नै बेफाइदा छर्लङ्ग देखिन्छ तर सञ्चार जगत सबै फाइदाको बखानबाजीमा लागेको छन् । सायद उनीहलाई पनि भाग आउँदो भनी भ्रष्ट भएको प्रष्ट देखिन्छ । आजकाल जनमानसमा पनि “सर ! यो बैङ्गको कामका लागि हो साइन गरेपछि पैसा आउँछ” भनी आँखा चिम्लेर २—४ हजारको लोभमा पल्केकाहरू हाम्रो समाजमा प्रशस्तै नभेटिएको होइन तर यो देशको मुद्दा हो । यसमा यसरी नचल्नुपर्ने हो तर सबै लम्पसार परिरहेको छन् । एउटा सानो पोस्टको अमेरिकी नागरिकले अहिले त नेपाल थर्काउँछ भने पछि हाम्रो के स्वाभिमान होला ? त्यो सहजै लाटोले पनि बुझ्ने कुरो हो । चुरो कुरो त के भने सञ्चार माध्ययमहरू पुरै एमसिसीमा यो फाइदा छ ऊ फाइदा छ भनी योभन्दा राम्रो प्रोजेक्ट अरु हुनै सक्दैन भनी बखानबाजीमा लागिरहेका छन् ।


त्यसैले अहिले कुनै पनि जनताले बुद्ध बन्ने बेला होइन । प्रस्टै छ एमसिसीमा नेपालका लागि व्यापक असङ्गत कुराहरू छन् । त्यसलाई हटाएमा मात्र नेपालका लागि केही राम्रो हुने देखिन्छ , फेरि “एमसिसी खारेज गरौँ” भन्ने बुद्धिजीवीहरूलाई, नेताहरूलाई, मन्त्रीहरूलाई अहिलेदेखि नै ब्य्रोक्रासिका तल्लोदेखि माथिल्लो कर्मचारीतन्त्रले टेर्न छोडेको खबरले हाम्रा सरकारी सञ्जाल कति भ्रष्ट छन् भन्ने छर्लङ्गै भइसको छ । यसले सबै न्यायप्रेमी जनतालाई स्तभ्दित तुल्याएको छ । महाकाली सन्धी हुँदा कमसेकम “देशका लागि घाटा हुन्छ” भनी थुप्रै सरकारी गैर सरकारी सङ्गठनहरू लागेका थिए तर अहिले सबै एमसिसीको बखानबाजीमा लागेर “योभन्दा राम्रो अर्को कुनै प्रोजेक्ट हुनै सक्दैन । यसलाई जसरी पनि पास गर्नुपर्छ अनिमात्र नेपालको कायापलट हुन्छ” भनी मुख मिट्ठ््याउन दलाली दुश्चक्रीय खेल ब्यापकरूपमा भइरहेको छ । भ्रष्ट हुने क्रम बढ्दो छ ।


तपाईंहरूले भनेजस्तै “राम्रो नै राम्रो अनि योभन्दा राम्रो अरु हुनै सक्दैन भनेर लिखतको एमसिसी सम्झौतामा उल्लेख गरेर देखाउन सक्नुहुन्छ ?” कुनै पनि कोणबाट सक्नुहुन्न । म जोडदार रूपमा भन्छु कि मैले पनि यो सम्झौता पढेको छु । यसमा नेपालराष्ट्रघातका थुप्रै कुराहरू छन् । अवश्य नै यसमा बेफाइदाहरू धेरै छन् त्यति भएरै पनि यस एमसिसीमा लागेकाहरूले किन आखाँ चिम्लेर पास गर्न खोज्दैछन् ? के कमिशन पाए भने देशको अस्तित्त्व नै मेटाउन सकिन्छ ? कृपया देशलाई भड्खालोमा नपु¥याउनुहोस् । हाम्रो देशको जिम्मा अमेरिकाले होइन नेपाल र नेपालीको सार्वभौम संबिधानले लिनुपर्छ । यो एमसिसी “जस्ताको तस्तै कुनै पनि संशोधनै गर्नै नहुने” अहिले नै यति पेलान गर्ने सम्झौताले भोलि कत्ति सारो दुःख दिने हो ? यो प्रष्टै छ । कृपया यो ललिपपमा नभुलौँ । यति याद गर्नुहोस् मातृभूमि सबैभन्दा माथि हुन्छ । यो प्रत्येक नेपालीको स्वाभिमान हो । यसलाई हल्का रूपमा नलिइदिनु होला । मातृभूमि बलात्कार भएको कसैले पनि टुलुटुलु हेरेर बस्न सक्दैन ।


हो ! तिमीहरूजस्ता बेइमानहरूलाई जनताले कठालो समाएर हिसाब गर्ने बेला आएको छ ।


२०७८ फागुन ११

बिजु सुवेदी विजय


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा