बेलाको बोली — एमसिसी फेल गरौँ ।
बेलाको बोली — एमसिसी फेल गरौँ । एमसिसी बहस पिंधदेखि टाकुरासम्म उत्कर्षमा छ । भोलि ०७८ फागुन १२को चरम उत्कर्षको संसदबाट पास गर्न लालायित दलहरूको छेपारोको रूप छर्लङ्गिने स्पष्ट खाका देखिएको छ । “यो यस्तो होला, ऊ उस्तो होला अनि चुनावमा मुल्याङ्गन गरी ठेगान लाउँला” भनी सर्वसाधारण जनता सचेत भइरहेका छन् । त्यसलाई धुमिल चरित्र देखाई चुनावको परिणाममा क्यास गर्न अनेकौँ च्याँखे थाप्न नेताहरू माहिर देखिरहेका छन् । पत्रकार जगतसमेत एमसिसीको बखानबाजीमा मस्त लागेको देख्दा उनीहरूले पनि लालीपप पाएको आभाष हुन्छ । नेताहरूले पास हुन अगाडि कडा सङ्घर्ष गरी विरोध देखाए पनि त्यो अहिले भने सेलाएको अवस्था छ । बिरोधीहरूको भने जनतालाई छारो हाल्न फितलो विरोध जारी देखिएको छ । अब भ्रष्टहरुसबलाई करिवकरिव भाग लागेको छर्लङ्ग देखिन्छ । “एमसिसी के हो ? कस्तो हो ?” त्यतापट्टि जाँदा त्यसको बेफाइदा नै बेफाइदा छर्लङ्ग देखिन्छ तर सञ्चार जगत सबै फाइदाको बखानबाजीमा लागेको छन् । सायद उनीहलाई पनि भाग आउँदो भनी भ्रष्ट भएको प्रष्ट देखिन्छ । आजकाल जनमानसमा पनि “सर ! यो बैङ्गको कामका लागि हो साइन गरेपछि पैसा आउँछ” भनी आँखा चिम्लेर २—...