शहीद
१
ऊ शहीदको आत्मा हो । जीवात्मामा धर्म र पापको दुइटै फल हुन्छ । राम्रो काम धर्म हो भने नराम्रो काम पाप हो त्यसैले धर्म गरे राम्रो हुन्छ त्यो नै स्वर्ग हो अनि पाप गरे छटपट हुन्छ त्यो नै नर्क हो । जब कोही व्यक्ति मन, वचन, कर्म अनि बुद्धि भएर पनि भ्रष्ट भएर माथि उक्लिएर जान चाहन्छ र आफू मात्रै मोजमस्ती गर्न चाहन्छ , यस्तोले गर्दा नै समाजमा सबैको हित हुन नसकेको हो । त्यसैले यस्ता अकर्र्मीयहरूले गर्दा शहीदहरूलाई खपिनसक्नु यातना भयो । त्यसैले उनीहरू शहीदको वक्रदृष्टिमा परे । शहीदले उनीहरूलाई सहेनन् र उनीहरूलाई शत्रुवर्गमा राखे । शहीदहरू भित्रभित्र भुसको भित्री आगोजस्तै एउटा फिलिङ्गोको ज्वालामुखीको पर्खाइमा दन्किरहे ।
यातनाको पराकाष्ठामा भोको भएर शरीरलाई गलाएर महात्माजस्तो बसेर मात्र हुँदैन भनी सम्पूर्ण जीवात्माप्रति दया, माया, करुणा बर्साएर मात्रै शहीदले प्यारो जीवन धानिरह्यो । ऊ निष्पाप भयो । अन्तरात्मालाई सन्तुष्ट पार्नु भनेको नै राम्रो काम अनि शहीदको आत्मा अनुकूल मानिरह्यो । नराम्रो काम गर्ने जत्तिकै रवाफिलो भए तापनि शाही सेना जसरी आत्मसन्तुष्टि हुँदैन । त्यसैले आत्मसन्तुष्टिको सम्बन्ध राम्रो कामसँग भएकाले शहीदसँग निकट अनि प्रगाढ भयो ।
जतिसुकै कष्ट किन नहोस्, आत्मसन्तुष्टि पार्ने कुरा सदाचार पनि एक हो । यदि कसैलाई कसैले दुव्र्यवहार गरेको छ भने ऊ कहिल्यै पनि आत्मआनन्दित हुन सक्दैन । ऊ जतिसुकै ठूलो भए पनि, जतिसुकै ठूलो शक्ति उसमा भए पनि भित्रभित्रै प्रताडित भइरहन्छ , गरिबको आँसुले उसलाई पोलिरहन्छ । शहीदले जसरी सत्य बोल्नु पनि एक सदाचरण हो, यसमा धेरै शक्ति हुन्छ , ऊर्जा हुन्छ । उथलपुथल पार्ने महासङ्ग्रामी ज्वार हुन्छ । असत्य बोल्दा त्यसले पाप बढाइरहेको हुन्छ । अन्यायलाई बढावा भइरहेको हुन्छ । धेरै शहीदहरूको बलिदानीले सत्यको बलमा यस्ता सच्चा सपूतले देशलाई एउटा नौलो गोरेटोमा अवश्य नै लानेछ ।
हाम्रो शरीर सफा लुगा हो, मुलायम छ यो धेरै । यस्ता राजालाई मात्र पोस्ने शाही सेनामा दुश्चक्र मनका मैलाहरूले शरीरलाई मैलो बनाउँछ भने शहीदका सफा मनले देश र जनताको सेवाले शरीरलाई शुद्ध पवित्र बनाई शरीरलाई अझ सेतो अर्थात् स्वच्छ तथा सफा बनाउँछ । शहीदले जसरी इन्द्रियलाई बशमा जसले पार्न सक्छ , ऊ यस संसारको पापरूपी मायामोहमा कहिल्यै फस्दैन अनि जसरी पनि देश र जनताको हितमा लागी असल तथा सदाचरित भई असल व्यक्ति बन्न सक्दछ । यस्तो जाने तापनि तरै पनि यस पृथ्वीलोकमा शाही सेनारूपी दमनकारी पापहरू व्याप्त छन्, पापीहरू पनि व्याप्त छन्, सेतो कपडारूपी कुमालेको माटोजस्तो हाम्रो देह उनीहरूको जस्तो पापको रङ्ग हुन्छ त्यसको छिटा आफूलाई लाग्छ । आफूले त्यसमा हिलिनुपर्ने हुन्छ । त्यस्ता रछानेलाई पन्छाउन शहीदको मार्गमा जानैपर्ने हुन्छ ।
अहिंसा पनि त्यस्तै मार्ग हो, यसमा दया, माया, करुणा प्रचुर मात्रामा हुन्छ । यी जसमा हुँदैन त्यो नै असत्य हो । शहीदले व्यथा झेलेर आत्मसात् गरे जसरी सहनशीलता त झन् अहिंसाको छलाङ्ग नै हुने भयोे । अरूभन्दा बढी खोज्ने असन्तोष, आफू ठूलो भनी हेप्ने अभिमान, जीवन यस्तै हो भन्ने थाहा पाई पाई विह्वल हुने शोक, अरूको मेहनत जस्तो आफू पनि नगर्ने जे पनि विनामेहनत सित्तैँमा खोज्ने ईष्र्या, जसले नाघ्न सक्छ , अरूलाई दबाउन नसके क्रोधले भए पनि दबाउन खोज्नु, कर्तव्यभन्दा विपरीत हुनु जस्ता अकर्मण्यहरू शहीदले जसरी जसले नाघ्न सक्छ , उसले नै यस्तो छलाङ्ग लगाउन सक्छ ।
शहीदको बाटोमा हिँडेपछि शङ्काभन्दा आत्मविश्वास ठूलो गर्न सक्नुपर्छ । अहङ्कारभन्दा ठूलो हाम्रो भन्ने भाव ल्याउन सक्नुपर्छ । त्यसर्थ सत्यको बाटोमा हिँडी सदाचरणी भएमा घमण्ड आउँदैन विद्वान् भई बुद्धिमान्, अभीष्ट ज्ञानवान् भई रिसरागरहित भई सम्पूर्ण गुणहरूले युक्त हुन्छ र यसको प्रकाशले सारा जगत्बाट शहीदका बलमा अन्धकार नाश हुन्छ । देश र जनताको हित हुन्छ ।
ठूलाठूला महान् व्यक्तिकोसरि देवताभन्दा महादेवताका पनि महादेवता शहीदहरूको महान् चरित्रले महानवाणी मुखरित भइरहन्छ । यसले सर्वत्र कल्याणको मार्ग देखाउँछ । हो ! यति पवित्र भावना हुन्छ शहीदमा । शहीदको सङ्गतैले पनि मननैले पनि जो कोहीलाई असल बनाइदिन्छ ।
हो शहीद हो ऊ ! एक हिसाबले हेर्दामा उसको न कोही छ , ऊ नितान्त महात्मा जस्तो एक्लो पनि छ तर ऊ सबैको भलाई गर्छ , सबैलाई आफन्त ठान्छ , वास्तवमा उसको जता गए पनि अरूको भन्दा आफन्तै आफन्त प्रचुर मात्रामा छ । अरूको के छ ? के छ ? तर उसको देश र जनता अनि न्याय र समानता सबै आफ्नै अभिन्न परिवार छ ।
बलिदानीका लागि डर भन्ने शव्द उसको शब्दकोशमा थिएन । “तर म नजिकिन डराउँछु , मनपर्नेहरू मेरा सबै हुन्, नजिक बनाउन मलाई मनपर्दैन किनकि जब नजिक बनाउँछु उसमा आफूले परिकल्पना गरे जस्तो पाउँदिन । भनाइको मतलब उनीहरू बाहिरी आवरणमा जस्तो आदर्शवादी देखिन्थ्यो यथार्थमा नजिकिएपछि त्यस्तो हुँदैनथ्यो ।” अहिले आएर शहीदको गुनासो यस्तै यस्तै भयो ।
एक जना धुम्रपान विरोधी व्यक्तिप्रति मोहित भएर शहीदले उसलाई भेट्न जाँदा ऊ त झन् गाँजा तानिरहेको थियो । उसले अर्का धर्मको प्रचार गर्ने सात्त्विक मान्छेलाई भेट्न जाँदा ऊ त कसैलाई नभन्नू है ? भनेर रक्सीमा लट्ठिरहेको थियो । उसले हिरोनीलाई आँखा लाउने भिलेनलाई धुलाइ गर्ने हिरोलाई भेट्न जाँदा ऊ भने वास्तविक जीवनमा थुप्रै जनासँग गतिछाडा भई पात्तिरहेको थियो । उसले आदर्शवादी पुस्तक लेख्ने साहित्यकार अनि लेखकहरूलाई भेट्न जाँदा उनीहरूले आदर्शको धज्जी उडाइरहेकोे देखेको थियो ।
उसले आफूलाई मनपर्ने, मनखाने, मनछुने हरेक व्यक्तिहरूलाई भेट्न जान्थ्यो तर उनीहरू प्रचारमा जस्तो थियो त्यस्तो कहिल्यै भएन । जस्तो राम्रो सन्देश छ भनी सिनेमा हेर्न जाँदा त्यसमा उसले कुनै पनि राम्रो सन्देश देखेन, छाडा कुरा बढी देख्यो । आफ्नो देश देखी लज्जित भयो । त्यस्तै भनेका जस्तो व्यवहारमा पनि आदर्शवादी र जनताको नजरमा पनि आदर्शवादी छ भने त्यो जीवनको पारि हुन्थ्यो । शहीदको देश त अर्कै थियो कि जस्तो लाग्थ्यो उसलाई । यस्ता थुप्रै विचलनहरू उसले देख्यो र सामना गर्दै गयो ।
वर्ग रूपान्तरण भएन । श्रमजीवी जनता उत्पीडनमा परिरहे । भ्रष्टाचार कमिसनखोरको बिगबिगी भयो । सामाजिक क्षेत्रले राष्ट्रघात भोग्नु परिरहेको थियो । समाज भनेको सम्पत्तिवान् मानिसका लागि मात्र भयो । कपास, शिक्षा, स्वास्थ्य, गाँस, वास, रोजगार आदि जस्ता जनतालाई नभई नहुने न्यूनतम कुराहरू अर्थात् मूलभूत कुराहरू सर्वसाधारण जनताको पहुँचबाहिर भयो । बेरोजगारको समस्या विकराल हुन गयो । कालो धनमा मोज गरी लुट मच्चाउनेहरू मोटाउन थाले । पैसा हुनेको पैसा प्रचुर मात्रामा बढ्दै जाने तर पैसा नहुनेको जीवनस्तर झन्झन् खस्कँदै जाने हुन थाल्योे । तल्लो वर्गमाथि दमन व्याप्त हुन थाल्यो । उनीहरूमाथि आउने कुनै सेतु देखा परेन । धनी र गरिबबीचको अन्तराल आकाश र पाताल जस्तो हुन थाल्यो । देश अधोगतितिर जान थाल्यो ।
यस्ता विचलनहरूले गर्दा देशमा अन्याय अत्याचार पार गरी पराकाष्ठा नाघ्दा न्यायप्रेमी जनता जुर्मुराउन थाले । ज्यानलाई हत्केलामा राखेर सबै जना सङ्गठीत भई सलहझैँ अगाडि बढ्न थाले । देशका लागि धेरैले बलिदानी गरे । अत्याचारी सरकारले सङ्कटकाल घोषणा ग¥यो । सर्वसाधारण जनतालाई अन्धाधुन्ध धरपकड र गिरफ्तार ग¥यो । जनताले अन्याय भयो भनी उजुरी दिए । उल्टै उजुरी दिएकाहरूलाई पनि आतङ्ककारी भनी धरपकड गरे । अत्याचारको बिगबिगी भयो, सीमा नाघीकन अन्याय हुन सुरु भयो । सोझासिधा जनतालाई कति झूटो मुद्दामा फसाए कति, त्यसको लेखाजोखै थिएन । देशका लागि रक्तबीज बनी न्यायका लागि सबै सपूतहरू अग्रमोर्चामा चौबीसै घण्टा खटिरहे, डटिरहे, लडिरहे ।
व्यथा ! व्यथा !! व्यथा !!! धेरैले व्यथा झेले । सच्चा सपूतहरूले त झनै ठूलो पराकाष्ठा झेले । देश र जनताका लागि केही न केही त अवश्यै हुन्छ भन्ने आसका साथ शहीदले त्योभन्दा बढी व्यथा झेली अग्रमोर्चामा डटिरहे ।
२
चिया बेच्ने सर्वसाधारणलाई समेत छोडेन
म फुटपाथमा साधारण सानो चिया पसल राखेर जीविका चलाउँदै आएको थिएँ । एक हुल शाही सेनाहरू आएर मेरो सामान सबै छ्यालब्याल पार्दै मलाई घिसार्दै लगे । केट्ली बुटले थिचेर कच्याककुच्युक पारे । सिसाका गिलासहरू फुटे, अन्य सामानहरू सबै छ्यालब्याल पारे अनि मलाई बुटले लाठीले अविरल कुट्याकुट्यै गरे । मलाई निर्घात मरणासन्न हुने गरी पिटे । मलाई उनीहरूले डङ्ग्रङ्ग पार्दै घिसारेर लगी जिपमा राखे । मलाई कता लगे केही थाहा भएन । म बेहोस भइसकेको थिएँ तर उनीहरूको चुटाइ ममाथि बर्सिरहेको थियो । अलिकति होसमा आउँदा मलाई व्यारेकमा भेट्न मेरी श्रीमती हस्याङफस्याङ गर्दै आएकी देखेँ तर उनलाई पनि मेरै अगाडि हामीले गर्नै नहुने जघन्य काम गरेजस्तो गरी गर्नसम्मन गाली गरी मरणासन्न हुने गरी छातीमा बुट बर्साए अनि निर्घात कुटपिट गरे । क्रूरताले दिएको झापडले दिएको पीडा, चीत्कार, व्यथाले त्यहाँका कसैलाई पगालेन । त्यहाँ शाही सेनाहरूकै हालीमुहाली थियो । उनले साथमा सानी छोरी पनि लिएर आएकी थिइन् । १०…१२ वर्षकी छोरीलाई पनि भद्दा गाली गरेर आमाछोरी दुवैलाई बलात्कार गरे अनि बलात्कार गरेको उजुरी नदिए छोड्ने बताए अनि धम्क्याए । म फेरि बेहोस भइसकेको थिएँ । यस्तोमा मलाई झनै यिनीहरूले यातना दिए । फेरि होस आउँदा मेरो मुखबाट रगत बगिरहेको थियो । दाँत टेढो भएर फुक्लिएला जस्तो भई धस्सिएर गिजामा अड्किरहेको थियो । मलाई घुँडा टेकाएर बसाले, बाँसमा दुवै हात बाँधे । फेरि पिट्नसम्म पिटिसकेपछि त्यहाँबाट रगताम्मे भएपछि फुकाले । उपचार गर्न लाने भनी पछाडि हात बाँधेर हतकडी लगाई आँखामा पट्टी बाँधी त्यहाँबाट मलाई अर्कै गुल्ममा लगे । त्यहाँ के उपचार गथ्र्यो ? फेरि त्योभन्दा बढी चुटाइ सुरु भयो, भुँडीमा ढाडमा लातका लात बर्साए । बाँसले पनि हिर्काए । “बाबुराम, प्रचण्ड कहाँ छ बता !” भनी लट्ठीले चिउँडोमा घोची अन्य नेताहरूको पनि नाम सुनाए । धेरै प्रलोभन देखाए । उनीहरूमध्ये कसैको पनि ठेगाना बताए छोड्ने कुरा गरे । त्यही भनाउनलाई नै मलाई जिउँदै राखेका थिए र म त्यसैले निकै सकससँग बाँचिरहेको थिएँ । उनीहरूले भनेको कुरा नआएपछि झन् माओवादी नै ठानी लातका लात हानी अँध्यारो बङ्करभित्र घिसारेर फ्याँके । त्यहाँ मजस्तै थुप्रैलाई राखेको पाएँ । कति त त्यहीँभित्रै मरिसकेका थिए । कुहिएका लासहरू दिगमिग लाग्ने किसिमका थिए, डुङडुङ्ती गनाइरहेको थियो । त्यसरी नै उनीहरूले कति लास बेपत्ता पार्थे कत्ति ! जीउभरि नीलडामै नीलडाम अनि सङ्क्रमण भएकाले सबै घाइतेहरूले त्यहीँ दिसापिसाब गरिरहेका थिए । छिनछिनमा मेरो पेट भित्रसम्म दुख्ने गरी पानीको फोहोराजस्तो वान्ता भइरहेको थियो । दिगमिग पार्ने त्यस्तो ठाउँमा मर्नु र बाँच्नुको दोसाँधमा थिएँ म । मेरो शरीर पूरै नीलो भइसकेको थियो, शरीरमा फोका उठिरहेको थियो । घाउबाट पिप निस्केर सङ्क्रमण भइसकेको थियो । उठेर हिँड्न नसकी ढल्दा अभिनय गरेको भनी झन् चुटाइ खानुपथ्र्यो । कहिल्यै कता जोल्टिन खान पुग्थेँ त कहिल्यै कता । अन्याय भयो भनेर बोल्नै हुँदैनथ्यो बोलेपछि त कसैलाई मुखमै करेन्ट लाइदिने त कसैलाई मुखमै बुटका बुट हानी मुखलाई ढुङ्गा पारी बेहोस पार्ने त कसैलाई मुखमै पिसाब गरेर मानसिक यातनाको पराकाष्ठा गथ्र्यो ।
खाना कुखुरालाई दाना राखेजस्तो गरी फ्याल्न ल्याउँथ्यो । घोडालाई जस्तो नत्थी राखेर पनि बेलाबेलामा कोर्रा बर्सन्थ्यो । अभद्र व्यवहार गरी उनीहरूको गुप्ताङ्गमा छ्वाएर खानेकुराहरू दिँदै गर्ने गेस्चरले गर्दा जे खानेकुरा पनि देखेपछि नै धेरैपछिसम्म पनि दिगमिग हुन्थ्यो । देशमा परिवर्तन भइसकेको १० वर्ष भइसक्दा पनि अझै तिनीहरूले गरेको अभद्र व्यवहारले स्वच्छ खानेकुराहरू अहिले हेर्दा पनि बिरामी हुने गर्छु । त्यस्ता सैनिकसँग अनुहार मिल्ने कोही व्यक्ति अनि टिभीमा कलाकार देख्दा कति पटक म उदासीनमा जान्थेँ र आफूलाई होसै नभई कत्तिबेर उनीहरूलाई गाली गरी चिच्याइरहन्थेँ । त्यसले गर्दा मैले त्यस्ता अनुहार मिल्ने व्यक्ति अनि त्यही सैनिकहरूको नाम भएकाहरूसँग बोल्दा अझै त्रसित हुनेले गर्दा मनको अशान्तिबाट टाढा रहन त्यस्ता अशोभनीय व्यक्तिहरूबाट दस माइल टाढै बस्थेँ । टिभीमा पनि त्यस्ता व्यक्तिहरू देख्दा मेन लाइनै अफ गरिदिन्थेँ ।
त्यसपछि यो समस्या भएको भनी भन्दाखेरि आफ्नै पर्सनालिटी डाउन हुने किसिमको थियो । किनकि त्यो एकदमै दुव्र्यवहार थियो । आफ्नो उपचारका लागि नभनी पनि नहुने थियो । भनेमा फेरि आफ्नै घाउ कोट्याएर नुनचुक छरेजस्तो हुन्थ्यो । त्यसैले मैले अत्यन्त सकससँग इसाराले मात्र । “मा… मु… लाँ… आदि यस्तै किसिमले दुव्र्यवहार गथ्र्यो भनी कटु सत्य पोखेँ । यसरी छोएर भन्थ्यो, अश्लील गेस्चर गथ्र्यो भनी इसारा गरी देखाएर, उनीहरूले चाहिँ लगातार घण्टौँसम्म मुसार्दै भन्थ्यो भनी नछोईकन हाउभाउले भनेँ ।” त्यहाँ यसरी यस्ता पराकाष्ठाको मानसिक सन्तुलन विचलन गर्ने दुव्र्यवहारहरू सभ्य व्यवहारमा दुखेसो पोखेँ । एक जना कैदीले त भनेको थियो, “यिनीहरू सबै कामी बाहुन् हुन् ।” साँच्चै त्यो के भनेको भन्ने, पछि मात्रै चाल पाएँ अनि धेरै मानसिक बिरामी भएँ । जेलबाट छुटिसकेपछि यी कुरा मानसिक डाक्टरकहाँ जाँदा “पहिले तिमी बोल्न सक्दैनथ्यौ । अहिले यति भए पनि बोल्न सक्ने भयौ” भने । ‘अब त आफ्नो दुखेसो पोख्ने ठाउँ पाएँ’ भनी ढुक्क भएको थिएँ तर त्यसपछि मलाई कसैले जँचाउन लगेनन् र यस्तो मानसिक स्थिति ठिक पार्न भनी एक्लै जँचाउन जाँदा पनि आफूलाई परेको दुव्र्यवहारको पराकाष्ठाको दुःख मात्रै पनि कसैसँग साट्न पाइनँ । त्यो बेला यसरी प्रतिकार गरी प्रत्यक्ष बताएको भए म आज जिउँदो हुन्नथेँ यो कसरी थाहा हुने ? यस्ता यातना नखपेका डाक्टरहरूले ! उनीहरू थ्यौरी मात्र जान्दछन् म त प्राक्टिकलमा यातना भोगेको मान्छे ! त्योबेला एउटै आस थियो त्यो हो परिवर्तन ! त्यसैको आसमा जिजीविषा पलाइरहेको थियो ।
अहिले पनि खानेकुरा खानलाग्दा बिरामी हुन्छु । मानसिक सन्तुलन गुमाउँछु । जतिसुकै सफा गरेको अनि राम्ररी पकाएको खानेकुरा भए पनि दिगमिग हुन्छ । उनीहरूले गरेको दुव्र्यवहारयुक्त अश्लील कुरा अनि गेस्चरहरूले मनमा धेरै पिरलो हुन्छ । परिवारका सदस्यहरूले “किन खानेकुरा देख्नेबित्तिकै अनुहार बिगारी कालोनीलो बनाउनुहुन्छ ?” भनी सोध्छन् । कतिचोटि यस्तो सम्झेपछि खाना नखाई फ्यालिदिन्थेँ । तीनचार दिन भोकै बसिदिँदा बरु आराम हुन्थ्यो त्यो खानाले मलाई सास्ती हुन्थ्यो । उनीहरूले पनि मेरो पीडा बुझ्न सकेनन् र यसले झन् दुखेको घाउमा नुनचुक छर्ने काम भइरह्यो । जो पनि आउने पहिले “के गरी सास्ती गथ्र्यो ?” भनी सोध्ने । भन्न सक्ने अवस्थामा म कहिल्यै समर्थ भइनँ । यति सोध्दा नै मेरो विक्षिप्त मानसिकता झन् वितण्डित हुन्थ्यो । परिवारका सदस्यहरूले पनि मानसिक डाक्टहरहरूसँग मिली मैले थाहा नपाउने गरी खानामा डिप्रेसनको कडा औषधी घोलेर खुवाउँथे । जब मैले खाना खाएपछि आफू थरथरी काँपेको चाल पाएँ मैले ममाथि मानव अधिकारको घोर उल्लङ्घन भएको चाल पाएँ । किनकि त्यो औषधीको साइडइफेक्ट थियो । डाक्टरसँगको मेरो प्रत्यक्ष अनुपस्थितिमा जनावर पालेजस्तो गरी उनीहरूले मेरो उपचार गरिरहेका थिए । पछि मेरी श्रीमतीले सुद्ध खानामा थाहा नपाउने गरी औषधी मिसाएर खुवाउने गरेको चाल पाएपछि मैले आफूलाई नितान्त एक्लो महसूस गरेँ । घनिष्ट भनाउँदा परिवार अनि आफन्तहरूले मेरा घाउहरू निको पार्नुपर्ने ठाउँमा झनै बल्झाए ।
यसले गर्दा मेरा परिवारहरू अनि आफन्तजनहरू आफ्ना लाग्न छोडे । मेरा लागि देश र जनता आफ्नो परिवार लाग्न थाल्यो । हुन पनि मैले देश र जनताका लागि यति पराकाष्ठासम्मको कष्ट झेलिसकेको थिएँ । अब म देश र जनताको साझा सम्पत्ति भइसकेँ । यति भनी सम्झाइबुझाइ गर्दा फेरि जो कोहीलाई पनि राजनीति हुने अनि “राजनीतिको कुरा नगर्” भन्ने । यसरी नै देशका बारे सोच्नेहरू नभएर अहिले पनि परिवर्तनका लागि हामीजस्ताले गरेको बलिदान खेर गइरहेको छ । देश र जनताको प्रगति द्रुततर गतिमा हुन धेरै समय लागिरहेको छ । देश लुट्नेहरू अहिले पनि मोजमस्तीमै व्यस्त छन् । उनीहरूलाई यही कारणले कारबाही हुन सकेको छैन । गरिब जनता साह्रै सोझा भएर पनि उनीहरूकोे सङ्ख्या धेरै भए पनि आवाज उठाउन सक्दैनन् । मानसिकतामा कमजोरी भएपछि देश र जनताका बारेमा सचेत नभएपछि , उचित शिक्षा नपाएपछि ठालुहरूले मात्र मोज गर्ने नै भए । संविधान आएर मात्र हुँदैन कार्यान्यवयन भएन भनी लागू गराउन, नेतालाई खुट्टा नकमाउन दिन घचघच्याइरहनु आवश्यक छ । यसै दौरानमा मेरो पीडा नबुझेकाले १०…११ जनाजति अरू डाक्टरकहाँ काउन्सिलिङ गर्न गएँ ती सबैले सकारात्मक कामप्रति प्रोत्साहनको बदला उदासीनको मात्रै औषधी दिन्थे ।
सबभन्दा बिग्रेको कुरा के भने हामीजस्तालाई काउन्सिल भनी उनीहरूको विचार जबर्जस्ती लाद्न खोजे । फेरि मनोचिकित्सासम्बन्धी काउन्सिल गर्नेहरूले हामीजस्ताका पीडालाई कहिल्यै बोल्न सकेनन् । कारण के थियो भने उनीहरूले जे पढेको भए पनि तीन महिनाको सानो प्रशिक्षण लिएर काउन्सिलर भएकाले यस्तो भयो । यो नियम हटाउन जति नै प्रतिकार गर्दा पनि भएन । मेरो विचारमा ६ महिनाको प्रशिक्षणले पनि हुँदैन तर उनीहरू तुरुन्तै क्यरगिभरको प्रमाणपत्र लिएर सहायक चिकित्सक हुन्थे । डाक्टर, नर्स बन्न कति कठिन हुन्छ ! त्यस्तै मनोचिकित्सक हुन त्योभन्दा गाह्रो कुरो हो । यो मनसम्बन्धी अनि विचारसम्बन्धी अरू अन्य जनजीविकाका मनोगत र अन्य सवालहरूसँग सम्बद्ध छ । यस्ता कुरा जाने मात्रै समस्याग्रस्त मनोगत कुरामा पारङ्गत भएर मात्रै मनोरोगीलाई बुझ्न सकिन्छ ।
मन धेरै असमन्जस्यमा प¥यो । दिमाग दोधारमा चसक्क चस्कियो कि के मेरी बुढी किन आज अर्कै लागिरहेछ ? कुरो के भने मेरी बुढीसँग मानसिक अस्पतालमा पीडा शान्त पार्न जँचाउन गएँ । पीडालाई व्यक्त गरेपछि हलुँगो हुन्छ भनेर मैले इसाराले यसरी भनी बताउन थालेँ । “मेरा व्यथाहरू नबाँडी मलाई सञ्चो नहुने निश्चित छ ।” भन्ने लाग्यो त्यसैले फेरि सालोले यसरी छोएर गरेको भनी आफ्नो पीडा नछोइकन सभ्य तरिकाले सुनाएँ । नर्सले फेरि पनि “पहिले तपाईंले यति पनि बोल्न सक्नुभएको थिएन” भनिन् । त्यसपछि घर फर्कँदा म खत्तमै भएँ । घरमा अर्को सालो आइसकेको थियो यानेकि मेरी बुढीकी अर्का भाइ । त्यो सालोले आफ्नो पाइन्ट खोलेर बेस्कन घर्षण गरेर “चिलायो बाबा !” भन्दै मेरै अगाडि नाङ्गो शरीरमा आफ्नो गुप्ताङ्गमा चिलाएको चिलायै गर्न थाल्यो । त्यो बेलादेखि त झन् श्रीमती अर्कै भई । उनले त्यो बेलादेखि मलाई समयसमयमा मानसिक अस्पतालमा लैजान छोडी । खालि विनामतलब हपार्ने मात्रै गर्न थाली ।
धेरै समय त मलाई पागलखानामा राखी तर्साउने काम गरे । त्यहाँ यातना दिन उनीहरूलाई सजिलो थियो जुन कुरा मानव अधिकारकर्मीहरूले अनुगमन गर्दा पनि थाहा पाइँदैनथ्यो किनकि उनीहरूको नजरमा मैले जति नै आफू पीडित भएको पुकार सुनाए पनि त्यो सामान्य मानिसको जस्तो व्यवहार भएन भनी अझ कठोर व्यवहार गर्न उनीहरूलाई सहज हुन्थ्यो । यसरी मलाई पागलखानामा तर्साउने अनि जुनसुकै समयमा पनि हकार्ने गरिन्थ्यो । अनि त्यहाँबाट फिर्याएर निको भयो भनी राखिएको घरमा पनि सकेसम्म मेरो नकारात्मक कुरा बढी देखाएर कसरी मलाई हतोत्साही बनाउने भन्ने कुरामा उनीहरू तल्लीन हुन्थे । मैले जति नै राम्रो व्यवहार गरे पनि, मलाई जो कोहीले पनि “यस्तो मान्छे त देखेकै छैन, तिमी नबस् मेरो अगाडि, जाऊ मेरो अगाडि नआऊ ।” भन्दै गाली गर्नेहरूको कमी भएन । अनि केही गरी म उनीहरूभन्दा केही कुरामा उत्कृष्ट भएँ भने मेरो खराब दिनको सुरुवात भइहाल्थ्यो । किनकि उनीहरूबाट छाडा गेस्चरको व्यवहार हुन्थ्यो । मोबाइलबाट मेरो फोटो खिँच्दा पनि कति धेरै राम्रो आउँथ्यो तर त्यो सुखद क्षण धेरै टिक्दैनथ्यो किनकि उनीहरूले मेरो सबैभन्दा नराम्रो देखिने फोटो भाइरल गरिदिन्थ्यो । आफू जति नै सक्षम भएको साबित गर्न खोज्दा पनि सकेसम्म कताबाट कताबाट मेरो नकारात्मक कुरामा जोड दिएर मलाई हतोत्साही बनाइदिन्थ्यो । अनि आफूभन्दा सानाहरूले पनि गाली गर्ने, हपार्ने गर्दथे । यसरी आफूसँगै बसेकाहरूले तर्साउने गरेकाले जो मानिस देखे पनि डर लाग्ने हुन थाल्यो । यसले गर्दा एक्लो बस्ने बानी हुन थाल्यो । यस्तै मनोवृत्ति बन्न थाल्यो ।
पीडा शान्त पार्न जे गरे पनि नसकिने भयो किनकि यो शारीरिकभन्दा मानसिक कहर थियो । यसलाई शान्त पार्न डाक्टरले औषधी दिँदा पनि जबजब निको हुने क्रममा म फुर्किन्थेँ कि अब म स्वस्थ्य मानसिकताबाट अरूहरूको नजरमा पागल हुँदिन भन्ने लाग्थ्यो तबतब डाक्टरले फेरि कडा डोजको औषधी सिफारिस गरिदिन्थ्यो । जब मैले त्यो डाक्टरबाट चेकअप गराउन छोड्थेँ तैपनि कडा डोजको औषधी म बस्ने ठाउँकाहरूले लिएर आएर जबर्जस्ती खुवाउन ल्याउँथ्यो । अनि मैले विद्रोह गरे पनि प्रतिरोध गरे पनि अर्को डाक्टरकोमा जानुपर्ने हुन्थ्यो । त्यहाँ पनि नियमित ६ महिनाजति औषधी खान थालेपछि अनि मैले विवेकी नम्र व्यवहार गर्दै डाक्टरलाई पगाल्न भरमग्दुर कोसिस गर्थेँ । जब मेरो मानसिक समस्या ठिक भयो भन्ने लाग्थ्यो र शरीरलाई हल्का महसुस हुन्थ्यो फेरि त्यो फेरेको डाक्टरले पनि यो कडा औषधी खानुबाहेक मसँग अरू उपायको बिकल्प छैन भन्थ्यो । यसरी बारम्बार छसात डाक्टरहरू एकदमसँग लडे पनि फेर्नुपर्ने भयो । अहिले त मलाई उदासीनको अनि निद्राको औषधी के के हो ? भन्ने सबै थाहा भइसक्यो । त्यसैले मलाई जो पनि डाक्टरले केही महिनामै कडा डोज दिने कुरा चाल पाएँ । अनि मैले डाक्टरको फन्दामा नपर्ने निधो गर्ने निश्चय गरेँ । यहाँबाट मेरो मानसिक स्थिति ठिक हुने क्रम सुरु हुन थाल्यो । डाक्टरले कसको इसारामा यस्तो गर्ने हो अनि किन डाक्टर यसरी विवश हुने हो यो मैले बुझ्नै सकिनँ । यस्ता विकेका डाक्टरहरूलाई छोडी मैले आफैले आफ्नो उपचार गर्न थालेँ कि अब मैले थोरै डोजको निद्राको औषधीको भरमा आफूलाई आराम अनि मानसिक रूपमा स्वस्थ्य बनाउन पाइरहेको छु तर कुन बेला कस्तो दबाब आउने हो त्यसको प्रतिकार गर्न तयारी रूपमा बसिरहेको छु । वास्तबमा अहिले म कुनै चिकित्सकको भरमा परेको छैन, मेरो उपचार म स्वयम्ले नै गरिरहेको छु र अहिले नै म सबभन्दा आराम महसुस गरिरहेको छु । “प्राकृतिक कारणले या मेरो कारणले मलाई कुनै शारीरिक रोग लागेको होइन” यो कुरामा विशेष ध्यान दिइयोस् तर यत्ति धेरै प्रताडित बनाई जबर्जस्ती अस्वस्थ्य बनाई दसौं वर्ष दिमाग खल्बल्याउने औषधी दिएकाले गर्दा त्यसको साइडइफेक्टले गर्दा लागेको रोगबाट अब म अनभिज्ञ छैन र मैले निद्राको औषधी छोड्नै नहुने भएको छ । निद्राको औषधी छोड्दा मलाई त्यत्तिकै निद्रा नलाग्ने हुन्छ तर डाक्टरले पहिले दिने जस्तो कडा डोजको औषधी खानु परेको छैन । यसरी मैले आफैँले आफैँलाई नियाल्न थालेँ, निगरानी गर्न थालेँ अनि स्वउपचार पनि गर्दै जान थालेँ । त्यसपछि देखि म निरन्तर निको हुने क्रममा छु ।
त्यसपछि फेरि उनीहरूको अर्को प्रकारको दमनको सुरुवात भयो । अनि मैले फेरि पनि धरै पाइनँ । अब भने उनीहरूले म जहाँ गए पनि निहुँ खोज्न आउने गर्न छोडेनन् । “जसलाई पनि तँलाई घाउ भयो भने कस्तो रगत आउँछ ?” भनी सोध्ने । उनीहरूलाई “सेतो आउँछ” भन्नु पर्ने रे । अनि उनीहरु छाडा कुरा गरेर अट्टहासले दङग पर्ने । रातो आउँछ भन्ने जतिलाई अत्यन्तै कठोर यातना र खप्की दिने । म भने सकेसम्म उनीहरूबाट पन्छिरहेँ । विवेकी, नम्र अनि सौम्य बन्न धेरै नै कोसिस गरिरहेँ । फेरि कस्तो भने आफ्नो कमजोरी भन्नै नहुने, देखाउनै नहुने त्यसैमा टेकेर सबै जना प्रताडित बनाउन लागिरहने, लालायित भइरहने । अनि जब म उनीहरूको नजरमा हतोत्साहको मानसिकतामा जान्थेँ “तैँले अब केही गर्न सक्दैनस् । तेरो जीवन खत्तम भयो । तँ अब कहिल्यै माथि उठ्न सक्दैनस् । तँ बरबाद भइस् ।” भनी उनीहरूले मलाई असक्षम साबित बनाउन पाउँदा आफू माथि पुगेको महसुस गरी गर्वित हुने । अनि मग्न भई प्रफुल्लित भई नाकको पोरा फुलाउँदै ठूलै युद्ध जितेसरि गौरवान्वित भई मलाई जिस्क्याउन आइरहने । म त आजित भइसकेको थिएँ । उदाहरणको रूपमा “मलाई अश्लील कुरा गर्न मनलाग्दैन, यस्तो कुरा नगर्नुहोस् । यस्तो गेस्चर पनि नगर्नुहोस् ।” भनी अनुरोध गर्थेेँ । “मेरो अगाडि चुरोट नतान्नुहोस् मलाई चुरोटको धुवाँ पटक्कै मन पर्दैन । एलर्जी हुन्छ । स्वास्थ्यलाई पनि राम्रो होइन ।” भनी अनुनय गर्थेँ । उनीहरूले पराकाष्ठासम्मको उल्टो व्यवहार गर्थे, हदैसम्मको फोहोरी व्यवहार गर्थे तर उनीहरूलाई यही मलाई प्रताडित गर्ने र मक्ख हुने राम्रो हतियार हुन्थ्यो । यहाँसम्मकि याचना गर्दा गर्दा एक समय कोही सहयोग गर्नेहरू नभएर म एक्लैले इमर्जेन्सीमा परेकी मैले जस्तै धेरै कहर खपेकी प्राणप्यारी आफ्नी श्रीमतीलाई गर्भवती हुँदा अस्पतालमा जँचाउन लग्दासमेत तिनीहरूले त्यहाँसमेत चुरोटको धुवाँको मुस्लो ह्वास्स गनाउने गरी मेरो मुहार भरी फ्याँक्दा म झण्डै ढलेको थिएँ । यस्तोमा प्रहरी प्रशासनहरू किन मौन ? मैले बुझ्नै सकिनँ । कति आगो ओकलेर गाली गर्थेँ तर उनीहरूले अनि मसँगै उठबस गर्ने आफन्त भनाउँदाहरूले समेत झन् मलाई पागल साबित गर्न सजिलो हुन्थ्यो । म पागल भएको ठानेर उनीहरू रमाउँथे । उनीहरूलाई झन् हाँसेर आनन्दित बन्न थप मौका हुन्थ्यो । यस्ता मान्छेहरूको जाली नीतिले म आजित भइसकको थिएँ ।
जतिसुकै राम्रो काम किन नहोस् मैले भनेको भएपछि उनीहरूलाई गर्नै नहुने । नराम्रो काम आफूबाट जानी नजानी हुन गएमा वा चुकेमा अनि अरूले खुत्याइदिएमा अथवा नराम्रो काम भयो भनी सुझावको आग्रह भएमा वा गरेमा यस्तो काम नगर्नमा मेरो कहिल्यै गुनासो भएन र हुँदैन पनि तर सानो गल्ती नभएको कुरालाई गल्ती देखाएर तिललाई पहाड बनाएर मलाई त्रसित बनाउन उनीहरू पल्केका छन् । म त्यस्तोलाई शिक्षाको रूपमा लिने मान्छे तर हितकारी कार्यलाई पनि नगरी उनीहरूले मनपरी गरिदिँदा मेरो मन कुँडिएर दुखेको छ । मानिसहरूप्रति वितृष्णा जागेको छ । यो कुन तरिकाको मप्रतिको उनीहरूको व्यवहारको झाँकी हो मैले बुझ्नै सकिनँ । वास्तबमा उनीहरूले मजस्ताहरू सबैलाई जुनसुकै ठाउँ पनि खुल्ला जेल बनाए । तैपनि सरकारी सञ्चार माध्यमले “एक दुई जना त्यस्ता हुँदैमा सबैलाई लान्छना लगाउनु गलत हुन्छ ।” भनेर फलाक्या फलाक्यै छ तर मेरो भागमा त जो आए पनि कानै चिरेको भन्दा पनि हुन्छ । कहिल्यै पनि यस दुःखबाट अनि कैदबाट पार पाउला जस्तो छैन ।
यस्तो त भनिरहेँ तर घोर निराशा छ । शारीरिक कष्टको कहर खपिनसक्नु छ । साथ दिनेहरू कोही आएको भान हुँदैन । आफन्तहरू त झन् “यसलाई हामीले उपचार गरिदिएकाले नै ठिक भएको नत्र त यसको जीवन खेर गइसकेको थियो ।” भनी प्रताडित पार्न सधैँ तल्लीन हुन्थे । उसलाई एकदम विश्वास थियो र छ पनि कि उसको मानसिक स्थिति उनीहरूको नजरको जस्तो त्यतिसम्मको गिरेको अनि बिग्रेको पटक्कै थिएन । के देश र जनताप्रति इमानदार हुनु आफू बिग्रनु हो ? सबै आआफ्नै स्वार्थमा मग्न भएजस्ता छन् । शरीरभरिका कष्ट खप्दाका नसाहरू सुन्निएका अनि जताततै ती चोटका मांसपेशीहरूका गाँठागुँठीले जताबाट पल्टिए पनि चैन हुँदैन । मानसिक अवस्था मजबुत बनाए पनि एक प्रकारको जटिल अवस्था छ शरीरमा । आ ! मरिदिऊँ कि अनि त सबै यो संसारको जञ्जालबाटै मुक्त हुँला कि भन्ने लाग्छ । अर्कोतिर भागेर पनि हुन्छ र ? कायर मानसिकताले हुन्छ र ? सङ्घर्ष हो जीवन जीवनसँग कहिल्यै हार खानु हुँदैन भन्ने पनि लाग्छ ।
यस्तोमा कहाँबाट कहाँबाट जिजीविषा पलायो । डुब्न लागेको मान्छेलाई पनि एउटा सिन्कोले सहायता गर्दो रहेछ । कताबाट कताबाट कहीँ समाचारमा सुनेको आधारमा म मानव अधिकार आयोगमा पनि जोडिन पुगेँ । त्यहाँ मैले “मानव अधिकारसम्बन्धी जान्नुपर्ने कुराहरू” शीर्षकको किताब प्राप्त गरेँ । त्यस किताब पढेर आफ्नो मानव अधिकार धेरै नै हनन भएको कुरा थाहा पाएँ । अहिले बिस्तारै मलाई कहर दिनेहरूलाई मानव अधिकार भनेको यो हो भनेर आफ्नो लेखनद्वारा केही झिनो रूपमा भए पनि सम्झाउन सकेकाले गर्दा अहिले उनीहरूसँग सङ्गत गर्दा पहिलेजस्तो दुव्र्यवहार कम गर्न थाले । कम प्रताडित भएपछि अलि डर कम हुन थाल्यो । आफ्नो अधिकारका लागि डटिरहनुपर्ने रहेछ नत्र त पहिले पहिले उनीहरूले यत्ति तर्साएर राखेका थिए कि उनीहरूका आवाज त के घरका मान्छेको जुत्ता, चप्पलको आवाजले पनि झस्केर तर्सिन्थेँ । जुत्ता, चप्पलको आवाज त कहिल्यै नआइदिए हुन्छ जस्तो लाग्छ अहिले पनि । तीखो अनि कर्कस आवाजसँग अहिले पनि झस्किन्छु अनि तर्सिन्छु । मेरा लागि मानव अधिकारबारेको अध्ययनले केही भए पनि ढाडस भयो ।
मानव अधिकार आयोगमा गएर हाम्रो देशमा भएको शान्ति सम्झौताका बारेमा धेरै कुरा थाहा पाएँ । त्यहाँ म जस्तालाई शान्ति सम्झौताका कुराहरू सिकाउँदा रहेछन् । एकातिर राजाले आफ्नो अधिकार कटौती गर्न सहमत भए भने अर्कोतिर माओवादीले हतियार बिसाउन सहमत भए । दुवैतिरबाट एक एक कदम पछि हटेर देशमा शान्ति पुनस्र्थापना भयोे । देशमा भएको जटिल द्वन्द्व यो शान्ति सम्झौताले अरू देशमा भन्दा धेरै चाँडो जादूमय तरिकाले द्वन्द्व समापन भयो भन्ने यी कुरा त मानव अधिकारकर्मीहरूबाट थाहा पाएँ तर प्रमुख समस्या भनेको निम्नस्तरिय जनताको जीवनस्तर उकास्ने प्रश्न हो ? जबसम्म यसमा ध्यान दिइन्न अर्को विद्रोह उठ्ने पक्का छ भन्ने मलाई लागेको छ । अहिले सबैले आआफ्ना मन्त्रालय बाँडेर लिएर मात्रै नेताको भुँडी भर्ने काम भएजस्तै भए यी दुई पक्षको सम्झौता पनि । मैले त जनतालाई खालि हात मात्र भएजस्तो पाएँ । अहिले त झन् द्वन्द्व कालमा जति पनि निम्न वर्गप्रति सहानुभूतिको क्रियाकलाप क्लेश मात्र पनि हुन सकेको देखिनँ । त्यो बेला बरु माओवादीले पनि आफ्नो वर्चस्व कायम राख्न अनि पछिसम्मका लागि राम्रो छवि देखाउन निम्नवर्गीय जनतालाई ज्यान हत्केलामा राखेर राहतका क्रियाकलाप जारी राखेका थिए । त्यस्तै सत्ताधारीहरूले पनि आफू टिक्न जनतालाई केही न केही राहतमुखी कार्य जारी राखेका थिए । अब द्वन्द्व नभए पनि उनीहरू दुवै पक्ष राहतका क्रियाकलाप नगरी यथास्थितिमा शान्ति सम्झौताको कार्यान्वयन भएको भनी अनि यसबाट समाधान भएको भनी जनतालाई रुमल्याइरहेका छन् । मलाई कस्तो लाग्यो भने ती सब नेताहरू प्रतिस्पर्धात्मकरूपमा कसले कुर्सी हत्याउने भनी लागिरहेका छन् । यिनीहरू सबैजनाले यस्ता प्रतिस्पर्धामा मात्र ध्यान दिएकाले गर्दा जनताका यावत समस्याको समाधान गर्ने कर्तव्य भुलिरहेका छन् । ठुलाठुला भ्रष्टाचारीहरू कहिल्यै पक्राउ परेको थाहा छैन । मुख्य कुरा अहिले झनै निम्नस्तरका जनताको जनजीविकाको समाधानको सवालमा भए भरका सबै पक्ष मौन हुनु एकदम असफल पक्ष हो । यो समस्या समाधानको सवालका लागि दुवै पक्षलाई पक्ष र विपक्षको कुनै पनि दबाब भएन । शान्ति त शान्ति भयो तर यो मूल चूरोबाट हेर्दा मुर्दा शान्ति मात्रै हुन पुग्यो ।
आफूले भोग्नुपरेका यी पराकाष्ठासम्मका यातना, प्रताडना, उत्पीडनका शारीरिक तथा मानसिक कहरका बारे यसरी व्यथा पोखी लेखिरहँदा पनि शरीरभरिका सकसहरूलाई सहन गर्न नसकी घरी यता पल्टेर, घरी उता पल्टेर ऐया ! ऐया !! भन्दै आँसु झार्दै लेखिरहेको छु । यी पीडाहरू व्यक्त गरिसकेपछि एक न एक दिन कुनै न कुनै सम्बन्धित निकायले त सुनिदेलान् अथवा नसुनिदिएमा पनि यी कुरा जानिबुझिसकेपछि सर्वसाधाण जनताले सतर्क रहन मद्दत मिल्नेछ भन्ने आशा गरेको छु ।
देश र जनताकै मानव अधिकार हननका यी राजनीति कुराहरू समाधान नहुने नै भए तर छिमेकीले एक इन्च जग्गा पनि पेल्न नछोड्ने प्रवृत्तिजस्तै अझै पनि मेरा प्रत्येक मानव अधिकारहरू पनि कुण्ठित गर्नेहरू बग्रेल्ती भेटिन्छन् । त्यसैले मैले हरदम सजग भई नै रहनुपर्ने रहेछ भन्ने थाहा पाएँ । यी कुराहरू थाहा भएपछि म यसरी आफैँले पौडी खेल्न सिकेँ नत्र म डुबिसक्थेँ । आफैँलाई मनोवैज्ञानिक किसिमले हेर्न थालेँ । हरेक माध्यमबाट व्यथाहरू प्रत्यक्षअप्रत्यक्ष पोख्न थालेँ । ती पिर, यातना, जालिझेली, तिकडमजस्ता कुत्सित चालबाजीहरूबाट अलि भए पनि छुटकारा पाउन अहिले आएर निद्राको औषधीले गाढा सुत्न थालेपछि बिस्तारैबिस्तारै मेरो मानसिक पीडामा केही हल्का सुधार आइरहेको छ । जिन्दगीमा यत्तिसम्म आत्मबल गिर्ने समय आएको थियो कि, यत्तिसम्म खत्तम हुने समय आएको थियो कि ब्ल्याकहोलले खाएर निलिदेलान् कि भनेर आफैमा झुसिल्कीराको जस्तो हतासको अवस्था आएको थियो । जब यसरी अँध्यारोले मुठ्ठीमा लिएको थियो तब आकाशको उचाइसम्म उडान भर्ने आत्मबल एकाएक पलाएको थियो, जब झुसिल्कीरा पुतली बनेको थियो । त्यसैले कुनै पनि अवस्थामा हामी कति पनि विचलित हुनु हुँदैन भन्ने भेउ पाएँ ।
सुन्दर, सभ्य, शालीन त्यो मनोरम संसार कल्पनामा मात्र हुने भयो । त्यो संसार गोताखोर भई धुइँपत्ताल खोजबिन गरे पनि नपाउँला जस्तो भयो । यति फोहोरी खेलको राजनीति भयो अनि देश र जनताका बारेमा सोच्नेले यत्ति धेरै कहर झेल्नु प¥यो कि यसप्रति सायद आमजनतामा वितृष्णा निराशा भएको यसै कारण पनि होला तर राजनीति सफा गर्न हरेकले आआफ्ना ठाउँमा कोसिस गरेमा यो सुध्रिन कति पनि बेर लाग्दैन भन्ने मलाई कताकता लागिरहेको छ । किनकि यसरी सुध्रिएन भने हाम्रो देश सधैँ निर्धो अनि अविकसित मात्रै भइरहनुपर्ने छ । यदि विकसित भई सुध्रिएमा आफ्नो खुट्टामा आफैँ उठ्न सक्नेछ र सम्पन्न देश भए पछि पैसावाल मानिसलाई अरूले राम्रो व्यवहार अनि टेरपुछर लाउने गरे जस्तै ती संसारका आम देशसँग राम्रो सम्बन्ध भई देशले अझ द्रूततर गतिमा विकसित भई सारा जनता सुखी हुनेछन् । फेरि यस्ता दृष्टान्त दिनेहरू पनि धेरै आए तर व्यवहारमा सबैले लागू नगर्दा देश अजकल्टोमा परेर निराशाजनक भुमरीमा फसिरहेको बिडम्बना छ ।
“हैट ! हामी एकजनाले गर्दा हुने हो र
? छोडौँ” भन्ने प्रवृत्तिले पनि देशलाई गद्दारहरूले लुट्न सजिलो भइरहेको छ
। देश र जनताका सवालमा मौन हुने अनि जुनसुकै पक्षका नेता भए पनि बाहिर
बाहिर लडेजस्तो गर्ने “तँ कुटेजस्तो गर् म रोएजस्तो गर्छु ।” जस्तो नाटक
गर्ने । आफूआफू भित्र बाँडीचुँडी खाने । राहत पुग्नुपर्ने निम्न अनि
उत्पीडितजनलाई सधैँ राहत शून्य पार्ने प्रवृत्ति व्याप्त छ । त्यसैले
उनीहरूका लागि त हामी सधैँ आँखाका कसिङ्गर नै भइरहने भयौँ कि आम जनतालाई
उत्पीडनमा पार्ने यो जञ्जाल हटाउन अत्यन्तै कठिन अवश्यै छ तर यो महासमरको
यात्रामा अविचलित भई अझै सशक्तसँग जुझिरहनुपर्ने आजको समयको माग हो । आजको
अत्यन्तै ठूलो आवश्यकता हो । यति धेरै त झेलिसकेँ अब अरू कष्ट सहनुपरेमा
देशले काँचुली फेर्दछ भने किन यो कालो निशाचर रात चिरेर लालीमा प्रभात
ल्याउन कम्मर नकस्ने ? देशले केही नपाउने कहर कति धेरै खपिरहनुपर्ने ? अब
देशले आफ्नो अधिकार पाउनका लागि जति पनि धेरै कष्ट छन् त्यो मैले भोग्नु
परे पनि स्वीकारिसकेको छु । अनि तपाईंहरू तपाईंहरूको आआफ्नो ठाउँबाट सुरु
गर्नुहोस् । मैले त कर्तव्यपथमा दायित्त्व पूरा गरेँ के तपाईंले
आफ्नोतर्फबाट अलिकति भए पनि प्रयास गर्नुभएको छ ? बेलैमा सोचौँ यो दुई
दिनको जिन्दगीमा राम्रो काममा आफूलाई पनि सहभागी बनाऔँ । आफ्नो कर्म गर्न
नछोडौँ ।
३
काम देखाउन र दुव्र्यवहार गरी मज्जा लुट्न कतै मतलब नभएकी लक्ष्मी पनि परिन् परिबन्दमा !
“‘तैँ होइनस् माओवादीलाई मद्दत गर्ने ? आतङ्ककारीको मतियार ! अब त्यसको नतिजा भोग् ।’ भन्दै शाही सेनाहरू आएर मध्यरातको समयमा मैले पढिरहेको कथाको किताब धुजाधुजा पारे । तथानाम गाली बर्साए । विनापुर्जी, विनासूचना मलाई पढिरहेको बेला एक हुल सैनिकहरू आएर घिसार्दै बिछ्यौनाबाटै लछारपछार पारेर भ¥याङबाट पनि घिसारेर लगेर आँगनमा बसाले । दुवै हात पछाडि बेस्कन बाँधे । खुट्टामा क¥याक्क आवाज आउने गरी बुट बजारे । आँखामा पट्टी बाँधे । मेरो कुर्ता फुकाले । मलाई त प्रलय नै भएजस्तो भयो । फेरि आलीमा उत्तानो पारिराखे । बम हुन सक्छ भन्दै परिवारहरूका सदस्यहरूका अगाडि मेरो स्तनमा चलाए । धेरै अभद्र व्यवहारहरू गरे । फेरि लगिसकेपछि सिकारी कुकुरलाई मेरो शरीरभरि नङ्ग्राले खोस्रन लगाए । कुकुर समयसमयमा झम्टिँदै मेरो शरीरमा नाङ्गो नाच देखाउन आउँथ्यो । मैले यदि लात्तीले प्रतिकार गरेँ भने मेरो शरीरमा संवेदनशील अङ्गहरू सुमसुम्याएर दुव्र्यवहार गर्न आउँथे । उनीहरूलाई त्यसैमा मजा आउँथ्यो । फेरि हामीजस्ता थुप्रैलाई ट्रकमा खसीबोका लाखे जसरी लाखे । त्यस्तो ठाउँमा पनि हाम्रो गोप्य अङ्ग हेर्न आउँथ्यो र बम भनी सुमसुम्याउँथ्यो । कस्तो अर्कालाई कष्ट दिने उनीहरूको हँसिमजाक ! न खाना खाने ठेगान भयो न दिसापिसाब गर्ने ठेगान भयो । पशुपन्छीलाई खोरमा बरु आनन्द हुन्थ्यो होला जनावर पालेको भन्दा पनि असुविधा गरी हामीलाई राखे । त्यस्तोमा पनि जिउने उपाय खोजिरह्यौँ । उनीहरूको यही सर्त थियो कि “हामीले उनीहरूलाई प्रचण्ड र बाबुराम तथा अन्य थुप्रै माओवादी नेताको नाम लिएर सोधे कि उनीहरूको ठेगाना बताउनुपर्ने रे” “उक्त पार्टीमा लाग्नुको मकसद के हो ?” रे र उनीहरूले यही आस गरेकाले मात्र हाम्रो ज्यान सकससँग भए पनि बाँचिरहेको थियो । थाहा छ भनूँ भने आफूलाई केही थाहा थिएन । थाहा नभएको कुरा थाहा छैन भनेपछि फेरि अमानवीय यातना सुरु भइहाल्थ्यो । देशको अस्मिता लुटाउन नमानेकाले गर्दा माओवादी बनाई खुट्टा त यति बिजोग बनाए कि सेकुवा बनाउन सेरिए जस्तो गरी हड्डीसम्म देख्ने वनाए । दुखाइ सहन नसकेर छिनछिनमा बेहोस भइरहन्थ्यौँ । शरीर पूरै ढुङ्गाजस्तो हुन्थ्यो । नारकीय जीवन अति नै धेरै झेल्यौँ । यो त मैले अप्रत्यक्ष किसिमले मात्र व्यक्त गरेकी हुँ । प्रत्यक्षको पराकाष्ठा अझ कत्ति धेरै क्रूर थियो ती यातनाहरू सम्झँदा पनि अझै बेहोस हुन्छु ।
त्यहाँ एउटी पम्फा नाम गरेकी बहिनी पनि दुबै हात र दुबै खुट्टामा रगत आउने गरी हतकडी र नेल बाँधेर ल्याएकी थिइन् । उनलाई उनीहरूले साँचोसाँचो बताएमा माफी दिइनेछ भनी कबुल गरे । अनेकौँ किसिमले फकाए । उनले पनि त्यही सर्तमा आफूलाई थाहा भएअनुसार सोझो मनले माओवादीका बारे सबै कुरा बताइन् । पछि उनीहरूले उनलाई गरेको यातना सम्झिँदा पनि जिउ नै सिरिङ्ग हुन्छ । धेरै भोकाउन दिएपछि उनलाई धेरै छाडा व्यवहार गरेर खाना खुवाउन कुखुराको दाना जस्तो खानेकुरा छर्केर खान बोलाए । जब उनले घस्रेर त्यही खाना खान गइन् त उनको स्तनमा लातका लात बर्साएर, छाती नै स्तन निकाली भ्वाङ पारिदिए । कति बीभत्स थियो, कल्पना गर्न पनि नसकिने । आफ्नै घाउमा नुनखुर्सानी छर्केसरि हुने । पम्फा बहिनी क्षतविक्षत भएर शहीद भइसकेपछि जनआन्दोलनमा घाइते योद्धाहरूको फोटो प्रदर्शनीमा मैले उनको त्यही क्षतविक्षत शरीरको तस्विर देख्दा पुराना सकसका रातहरू सम्झेर झण्डै ढलेकी थिएँ । जब यससम्बन्धी दृश्यहरू देख्थेँ या अरूले कुरा कोट्याउँथ्यो मेरो मानसपटलमा उनीजस्ता थुप्रैका यादहरू घाउ बनेर गिजोलिरहन्थ्यो । म यस कारण कहालीलाग्दो यातनाबाट उम्किएँ कि मैले सहिरहेँ । जस्तोसुकै अभद्र व्यवहार गर्दा पनि शिष्ट भइरहेँ । उनीजस्ताले सहन नसकेर व्यक्त गर्दा बलिदानी हुनुप¥यो । हे शहीद ! हो शहीद भइन् उनी । देश र जनताको सत्य र न्यायलाई योगदान गर्नुमा हामीजस्ताका भन्दा उनीजस्ती शहीदको धेरै योगदान छ ।
नजरबन्दी अवस्थाको कारागारमा धेरै समयपछि मिठो खाना बनाएर खान खोज्दा उनीहरूको यस्तो दुव्र्यवहार सहनुप¥यो कि मेरो त होसै उडेको थियो । म तर्सेर त्यहीँ डङ्ग्रङ्ग ढलेकी थिएँ । त्यहाँ वेश्यालयबाट नारकीय जीवन भोगेकी कञ्चन नाम गरेकी एउटी बहिनी पनि ल्याएकी थिइन् । उनले पनि विनाकारण सफाइ पाउनुपर्ने ठाउँमा विनाकसुर कैद गरी उनीहरूको मनोरञ्जनको साधन बनाइएको थियो । कञ्चनको यातना पनि कहालीलाग्दो थियो । एकदिन एउटा राम्रो मौका जुर्यो कञ्चन र म सँगै मिठो खाने मनसाय थियो । म त नजरबन्दीमै थिएँ तर कञ्चनले “हामीले वर्षौैंपछि आज मिठो खाना खाने जुट्यो दिदी !” भनेकी थिइन् । उनीहरूले त्यै पनि कसरी हो कसरी ? थाहा पाएर यति यातना दिए कि ती बहिनीले भनेअनुसार भनेजस्तो गरेन भनेर उनलाई वेश्यालयमा ग्राहकले अनि उनलाई “कमारा बनाएकी बाईले गरेको भन्दा कैयौँ गुणा पराकाष्ठाको घृणित कुकार्य, दमन र दुव्र्यवहार भो आज दिदी !” “के हामीले मिठो खाना खानै नपाउने हो त दिदी ?” भन्थिन् कञ्चन । कञ्चन भन्थिन्, “दिदी ! तपाईंले त योभन्दा बढी यातना खपेर देशको जिउँदो शहीद भइसक्नुभो, म जस्ती तुच्छ व्यक्तिको त के हो र ?” । त्यसपछि उनी विद्रोह गरी भागेर नुहाउने ठाउँमा गइन् । एकदुई महिनामा हामीले विरलै नुहाउन पाउँथ्यौँ । त्यहाँ कञ्चनले बाल्टिनको पानीको फोहोर थिग्र्याएर जाडो महिनामा चिसो पानीले त्यो दिन धेरै नुहाएकी थिइन् , नुहाइरहँदा रिसले जिउ तताइरहेकी थिइन् । यसरी उनले तीनचारपटक नुहाउँदा पनि रिसले आफूलाई शान्त पार्न सकिरहेकी थिइनन् । विद्रोहले कञ्चनको जीउ तातेको तात्यै भइरहेको थियो ।
अहिले मेरो हातखुट्टा जाम छ भने कुकुरले चिथरेर मेरो शरीरभरि अहिले पनि धर्कैधर्काको दाग नभएको कुनै ठाँवै छैन । शरीर पनि धेरैजसो समय झमझम गर्न थाल्छ । अलिअलि गरी आफूले चलाउन सकेका अङ्गहरू बिस्तारैबिस्तारै चलाउँदैचलाउँदै गरेपछि धेरै बेरपछि मात्र शरीरका शिथिल अङ्गहरू चलाउन सक्ने हुन्छ । गाह्रो, गह्रुँगो काम गर्न अहिले पनि निकै सकस हुन्छ । अलि बल गरेपछि पिसाब आउँछ । “युद्ध र प्रेममा सबै जायज हुन्छ” भन्थे नि एउटै त्यो सहारा थियो । यस्तै अत्याचारको पर्दाफास भइ जानेछ र अनि हामीजस्ताको बलिदानीले देशले अवश्यै कोल्टे फेर्नेछ भन्ने आसका साथ त्यसैमा ज्यानको प्राण अड्काइरहेका थियौँ । हद पार गरीकन धेरै यातनाहरू सह्यौँ ।
घरमा हुँदा सधैँ बिहान कलेज जान्थेँ । घरमा गृहिणी भई जीवनयापन गर्दै आएकी थिएँ । अरू कुनै दिनचर्या थिएन । सङ्कटकालको समय राज्यले घोषणा गरेको हुनाले अन्त कतै गएकी थिइन । घरको भान्छाको काम सकेपछि केही न केही पढेर सुत्ने मेरो दिनचर्या भइरहेको थियो । यो किताब पढ्ने मान्छे धरै शङ्कास्पद छ भनी हद पार गरीकन पराकाष्ठासम्मको बर्बर शारीरिक, मानसिक यातना दिए । किताब पढ्नु नै उनीहरूलाई आतङ्क हुने, यो कस्तो न्याय हो मैले अहिलेसम्म बुझेकी छैन ।”
यस्तो थियो ती सुशील लक्ष्मीको व्यथा ! लक्ष्मी जहिले पनि कसैको स्पर्श मात्रैले पनि झस्किन्थिन् र अगाडि जे भेट्टायो त्यसैले प्रतिकारमा उत्रिन्थिन् । घरपरिवारका सदस्यले सुद्ध खानेकुरा खुवाउन भनी ल्याउँदा पहिलेको शाहीसेनाको पराकाष्ठाको दुव्र्यवहारमा तरङ्गित भई, “मलाई नछोऊ, मलाई नछोऊ, मलाई समाउँछस् तैँले, अगाडि नआइज ? बरु म खानै नखाई बस्छु , यस्तो दुव्र्यवहारको खाना त खाँदै खान्न !” भनी खाना सबै अगाडि जो छ उसैको शरीरभरि हु¥याइदिन्थिन् । अगाडि जे भाँडाकु्ँडाहरू छन् त्यसैले प्रतिकार गरी हिर्काइदिन्थिन् अनि फेरि घोर उदासीन भई तपतप आँसु निकाल्थिन् अनि अनुहार कालो नीलो पार्थिन् ।
कोही पुरुष अगाडि जाँदा “तैँले मेरो लोग्ने मारिस् । नआइज मेरो अगाडि । कति आत्मादेखि भन्थेँ । गइहाल तँ मेरो मुटुलाई नचिन्ने मान्छे । तँ मेरो गाउँमा पनि नआइज । मेरा बाबालाई पनि मारिस् । तँ हत्यारा ! सहानुभूतिको एक थोपा पनि नभएको तँ दमनकारी । जा तँ यहाँबाट गइहाल् ।” यसरी स्मरणहरू अघिल्तिर ल्याउँदा उनी दुःखका पहाडले न त माइती न त बस्ने घरमा नै उनलाई शान्ति हुन्छ । उनी यातनाले पीडाले छटपट छटपट भएर आँसु नै सुक्ने गरी रुन्थिन् । फेरि कपाललाई फिँजाएर सर्पझैँ रिसको फणा फैलाउँथिन् । “जा जा जा तँ गइहाल् ।” कोही मान्छे नहँुदा पनि हावाको झोँकामा पनि यसरी त्रसित हुन्थिन् उनी ।
उनलाई पनि “पहिले के भएको थियो ? बिचरी !” भनी सोध्न आउनेको कमी छैन । यस्तोमा उनी घरीघरी यसरी नै एकदम विक्षिप्त हुन्छिन्, विह्वल हुन्छिन् । त्यसैले पनि उनलाई उनका आसेपासेहरू आफ्ना लाग्दैनन् । मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, महिलाहिंसा विरुद्धका सङ्गठनहरू पनि उनलाई ऊर्जा दिन र मानसिक घाउमा मलम लगाउन आइरहन्थे । उनी पनि धेरै वर्षसम्म बेलाबेलामा यिनै सङ्गठनमा आबद्ध भई उनीजस्तै पीडितहरूका लागि भावनात्मक, रचनात्मक र भौतिक रूपमा आफूले सक्दो सहयोग गर्दै आएकी थिइन् । यसले गर्दा यस्तो पीडा भोग्ने मै मात्र रहिनछु भन्ने ज्ञान भएकाले उनमा जीवनमा सङ्घर्ष गर्ने आत्मबल बढेको थियो । उनी यस्ता सङ्गठनका कार्यक्रमहरू कुनै पनि नछुटाई भाग लिँदै आइरहेकी थिइन् ।
“आज मेरा श्रीमान् बेपत्ता छन् । त्यही कालदेखि बच्चाहरूलाई स्याहार गर्ने सकस छ । खुट्टा टेक्न गाह्रो छ । यी दुइटा लट्ठीले टेका लिई हिँडिरहेकी छु । पार्टीमा कुरा पठाएकी छु । म आफैँ जान शरीरले दिँदैन निकै सकस छ । धेरै बल गर्नु हुँदैन पिसाब रोकिन्न । हामीजस्ता आधा शहीदहरूलाई गोली ठोकेर जसले भए पनि मार्न आए बरु आनन्द हुन्थ्यो । शहीदलाई जति पनि चैन भएन ।” उनी जसलाई पनि यसै गरी आक्रोश पोख्छिन् ।
एकदिन उनले आफ्ना व्यथा पोखेर कथा लेखेर उक्त संस्थाहरू सबैमा देखाइन् । कसैले पनि पढ्नसम्म पनि पढेको उनलाई थाहा भएन । एकदिन उनकै कानले “यस्तो कथा लेखेर त पढ्नेलाई मात्र पीडा हुन्छ । बीभत्स घाउले पाठक झनै आक्रान्त हुन्छन् । यस्तो लेख्नुभन्दा त नलेख्नु नै जाती ।” भनेको सुनेपछि उनको अलिअलि व्यथा पोखेर शान्त हुन लागेको घाउ झनै बल्झियो । उनलाई यिनीहरू सबै डलरको खेती गर्ने संस्था भन्ने लाग्न थाल्यो । यी आफूलाई परिवारजस्तो लागेकाहरू सबैले उदासीन भएका भनी उसलाई सहानुभूति दिएको भानमा होच्याएर हेर्न थाले । लेख्दा अलि पीडा शान्त भएको उनले भेउ पाइन् अनि तर यतिले पनि यिनको मानसिक सन्तुलन ठिक भएन । फेरि उनलाई घाउ कोट्याउने, नरम भएजस्तो गरी यस्ता सुझाव दिएर अप्रत्यक्ष होच्याउने भएकाले यी सङ्गठनहरू पनि पराई लाग्न थाल्यो अनि उनले त्यस्ता सङ्गठनहरूमा जान छोडिदिइन् , सदाका लागि त्यागिदिइन् ।
डाक्टर भएर पनि क्रान्तिकारीको पगरी गुथाई आतङ्ककारी बनाइएको एक जना उनीजस्तै भुक्तभोगीले यी उनीजस्तीका कुरा मनोवैज्ञानिक रूपमा यस्ता पीडितहरू खोजीखोजी व्यक्तिगत रूपमा उपचार गर्न सुरु गर्न थाले । सो डक्टरले उनीजस्ती कसैलाई पनि “तिमीलाई के भएको थियो ? अब के गर्छौ ? यसरी बसेर हुन्न ।” भनी कहिल्यै बिरामीको मनोबल गिराएनन् । उनले सबै बिरामीलाई “हजुरलाई जे गुनासो गर्न मन लाग्छ गर्नुहोस्, दुःख पीर बाँड्नुहोस् । मलाई भन्नैपर्छ भन्ने पनि छैन तर बह जसरी, जुन तरिकाले भए पनि पोख्नुहोस् । यो तरिका नै तपाईंहरू जस्ताको दुखेको घाउ निको पार्ने अचुक औषधी हो । यही नै यसको उपाय हो ।” भनेर “सक्नुहुन्न भने लेखेर भए पनि गुनासो गर्नुहोस्, त्यो पनि सक्नुहुन्न अर्कै नाम हाली कथा लेख्नुपर्छ ।” भनी मिजाससँग सुझाए । उनले यसरी आफ्नो उत्प्रेरणामूलक क्रियाकलाप जारी राखे ।
धेरै हतास भई मनोबल गिराएकाले उनले कथा लेख्न छोडिसकेकी थिइन् । उनमा लेख्ने आँट मरिसकेको थियो । उनले फेरि लेख्न सुरु गरिन् । यस्तोमा “आफ्ना पीर व्यथा आफूलाई जस्तो लागेको हो त्यस्तो प्रत्यक्षअप्रत्यक्ष पोख्न पाउँदा ती बिरामीहरू बिस्तारैबिस्तारै ठिक हुँदै आए ।” “घरपरिवार सबै दोहोरो राजनीतिक द्वन्द्वमा मारिएकाले अझै मजस्ता बाँचेकाहरू कति बेहाल छन् ।” “तर मजस्ताले कागजमै मात्र आफ्ना कहरहरू व्यक्त गर्दा पनि निकै कष्ट हुने, घाउमा नुनचुक छर्केसरि बल्झिने भई मनोवैज्ञानिक विक्षिप्तता हुने यी अधिकारकर्मीहरूले कहिल्यै बुझेनन् ।” पीडितहरूको गुनासायुक्त मनोभावहरू यस्तो रह्यो ।
अधिकारकर्मीहरूले नबुझे तापनि आफ्ना तरिकाले उत्साहित गर्दै गए । यस प्रकार उनलाई उत्साह जगाएपछि उनले पनि कष्ट झेलेरै भए पनि लेखनलाई निरन्तरता दिन थालिन् । यही उपचार विधि विकसित हुँदै निःशुल्क रूपमा व्यथा पोख्न पाउने संस्थाहरू काठमाडौँको टिचिङ अस्पताल, ललितपुरको पाटन अस्पताल अनि राष्ट्रिय महिला आयोगहरू सक्रिय हुन थाले । उनले अहिले भने यी ठाउँहरूमा निःशुल्क व्यथा पोख्न थालिन् । बिस्तारैबिस्तारै दसौं वर्षपछि उनी ठिक हुने क्रममा छिन् । तैपनि कहिलेकाहीँ उनी अकस्मात् विक्षिप्त हुन्छिन् ।
४
यी दुई त प्रतिनिधि पात्र मात्रै हुन् जसका पराकाष्ठासम्मका यी खप्की अनि यातनाहरू कानुनसम्मत किसिमले नाम बदलेर कुनै व्यक्ति विशेषलाई आक्षेप नलाग्ने अनि उत्पीडितको मनोबल नगिर्ने गरी गोप्यता भङ्ग गर्न नमिलेका कुराहरू भङ्ग नगरी अभिव्यक्त गरिएका हुन् । मूलतः कुसंस्कारी प्रवृत्ति यसको मूल जड हो अनि यसलाई प्रसय दिने संस्था पनि । यस्ता अभियोग लागेकाहरू, घाइतेहरूसँग सम्बद्धहरूको सत्यतथ्य पत्ता लगाउन सत्यनिरूपण तथा मेलमिलाप आयोग पनि गठन भयो तर उनीहरूलाई लगाइएको झूटो मुद्दाले गर्दा उनीहरू धेरैको नजरमा आतङ्ककारी जस्ता भए । उनीहरूलाई बन्दी भएका समयमा थुप्रै ठाउँमा होसमा अनि बेहोसमा ती क्रूरतम यातना दिनेहरूले जालझेलमा पारेर साइन गर्ने अनि ल्याप्चे लगाउन विवश बनाइएको थियो । यस्ता जालझेल अनि अन्याय अत्याचारहरूको प्रतिकार गर्दा इमानदार व्यक्तिहरू लाखौँ घाइते भएका थिए । लाखौँ अङ्गभङ्ग भएका थिए । लाखौँ अपाङ्ग भएका थिए । त्योभन्दा बढी शहीद देश र जनताका अधिकारका लागि प्रत्यक्षरूपमा अग्रमोर्चामा लागेका थिए अनि अन्याय अत्याचारको पराकाष्ठा झेले, शहादत भए । यस्ता व्यक्तिहरू लाखौँ बेपत्ता भएका थिए । रगतको खोला बगेको थियो । बमबारुदले सब ठाउँ क्षतविक्षत भएको थियो । यसरी एक लाख जति जनता शहीद भए तर त्यसको राम्रोसँग लेखाजोखा भएन ।
उत्सर्ग अनि बलिदानीपछि शहीदमा दर्ज नभई कैयौँ बेपत्ता छन् । शान्ति प्रकृया भएको १५ वर्ष बितिसक्दा पनि मानव अधिकार आयोगको बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगले अझै ५६ जिल्लामा अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ । अझै रोल्पाबाट मात्रै सबभन्दा बढी व्यक्ति जवान बेपत्ता भएको २०७८ भदौ १४ गतेको समाचार अगस्ट ३० को अन्तर्राष्ट्रिय बेपत्ता दिवसमा जानकारी गराएको पाइयो । बेपत्ताका परिवारहरूले बेपत्ता परिवारको मागलाई सधैँ बेवास्ता गर्दै रहेको माग सबभन्दा बढी रोल्पाबाट मानव अधिकार आयोगमा रोल्पाबाट आयो । यसै सन्दर्भमा मानव अधिकार आयोगले पनि फेरि रोल्पाबाटै बेपत्ता परिवारका लगत लिन थाल्ने अनि बेपत्ताहरूको पनि सही तथ्याङ्क निकाल्ने कार्य तीव्र पार्ने पनि जनाएको छ तर अझै पनि राज्यसत्ताले, सेनाले अनि पुलिस प्रशासनले गरिरहेको बारम्बार हस्तक्षेप कार्य अबदेखि नगर्न पनि चेतावनी दिएको छ ।
शहीदले जनतालाई दास बनाउने कुरोको विरोध गरे । ऐसआरामको जीवनको प्रलोभनमा परी कहिल्यै सम्झौता गरेनन् । जनताका दुःख, पीडा देखी विक्षिप्त भए । सामन्तीहरू विरुद्ध रगत उमाली हुङ्कारको गर्जन निकालिरहे । उत्पीडितहरूका पीडा, जुलुम कुनै पनि हालतमा हटाउन लागिरहे । बरु बलिदानी दिए तर झुकेनन् । जनताको शिर उँचो राखे । अश्लीलताका पराकाष्ठा झेले तर कहिल्यै कर्तव्यच्युत भएनन् । देश र जनतालाई आफ्नो छातीमा राखी अगाध स्नेह दिइरहे । कमजोर वर्गप्रति सहानुभूति ! व्यक्तिवादी चरित्र विरुद्ध उत्री सामुदायिक हितमा लागी आम जनताको जनजीविकाको सवालमा जीवनस्तर उकास्न सदा अभिप्रेरित भई कपास, गाँस, वास, स्वास्थ्य, शिक्षा, रोजगार ग्यारेन्टी हुनुपर्छ भनी ज्यान दाउमा राखे । गरिब जेहनदार वर्गप्रति जनताको स्वाभिमान नतोडिने गरी राहत हुनुपर्छ भनी डटिरहे ।
शहीद ! शहीद !! शहीद !!! कति भए कति बलिदान । न्याय र समानताका लागि एक लाखजतिले उत्सर्ग गरे । त्यहाँमाथि शाही सेनाको दमनको पराकाष्ठा सम्झिँदा पनि एक महिनासम्म मथिङ्गल खल्बलिन्छ । होस ठेगानमा आउन गाह्रो हुन्छ । निकै सकसमय थिए ती पलहरू । कठिन बर्बर दमन अनि यातनाहरू ! जनताले परिवर्तनका लागि भनी झेले । के मात्र गरेनन् ती रक्तपिपासुहरूले !
“के के मात्र गरेनन् यी रक्तपिपासुहरूले ! यसको एक एक हिसाब गर्नै पर्छ ।” भनी शहीद कड्किए ।
“राति १ बजेको सुनसान समयमा गोठमा आई सादा पोशाकका सुरक्षकर्मीले “माओवादी कार्यकर्ताको तालिम केन्द्र जाने बाटो बिर्सिएकाले देखाइदिनू” भनी केही परसम्म पुगेपछि गोली हानी कैयौँलाई गायब पारेको । बन्दीहरूबीच सामान्य विवाद भएको हल्लाका आधारमा सुरक्षाकर्मीले १०…१२जनालाई अन्धाधुन्ध गोली हानी छटपटाइकन मारेको । खाल्डे भीरमा घाँस काट्न गइरहेको अवस्थामा सशस्त्र सुरक्षा फौजले गोली हानी हत्या गरेको । गिरफ्तार गर्नसक्ने अवस्था हुँदाहुँदै गोली हानी सुरक्षाकर्मीले मारेको र १…२ वर्षे नाबालकलाई समेत गोलीले दागेको । सांस्कृतिक कार्यक्रम गरेको त देख्नै नहुने अनि त्यस्ता ठाउँमा चारैतिरबाट घेरा हाली आक्रमण गरेको र लखेट्ने क्रममा खेतमा जो भेट्यो उसैलाई ६…७ जना राखी लाइन लगाई गोली हानी मारेको । शान्तिपूर्वकको विरोध प्रदर्शनमा अत्यधिक शक्ति प्रयोग गरी कब्जामा लिई निर्घात कुटपिट गरी प्रहरीद्वारा गिरफ्तार गरी हिरासतमा लिएपश्चात् समेत पटकपटक यातना दिई हत्या गरेको । आइएनजिओले विद्यालयमा वितरण गरेको कार्यक्रममा समेत एक्कासि सुरक्षाकर्मी आई गोली चलाएको र विद्यार्थीहरूलाई कब्जामा लिने क्रममा उनीहरू भाग्दा कान समातेर तानी लाइन लगाई गोली हानी हत्या गरेको । खाना खाई बाहिर आँगनमा चुठ्न लाग्दा सेनाको टोलीले गोली चलाएको र वरिपरिका सबैले “माओवादी होइन पाहुना हो” भन्दाभन्दै पनि पुनः अर्को गोली हानी घटनास्थलमै मारेको र निजकी श्रीमतीले के भयो भनी बाहिर निस्कँदा उनलाई पनि ठहरै पारेको । विद्यालयमा गोष्ठी भइरहेको स्थलबाटै सुरक्षाकर्मीले पक्राउ गरी मारेर लाश बेपत्ता पारेको । सादा पोशाककाहरू पनि माओवादी क्रान्तिकारी भनी कार्यक्रममा लैजाने भनी नियन्त्रणमा लिन सकिने सर्वसाधारणलाई समेत अमानवीय तरिकाले हत्या गरेको । लस्करै गाउँको घर जान हिँडिरहेका बेला सेनाको टोलीले जबर्जस्ती पक्राउ गरी जथाभाबी अन्धाधुन्ध कुटपिट गरी सबैका भएका नगद अनि लगाएका सुनचाँदी खोसी कैयौँ दिनसम्म ब्यारेकमा विनापुर्जी थुनी सबैलाई निरन्तर विभिन्न शारीरिक र मानसिक यातना दिएको । एकै घरका जम्मा तीन सदस्यलाई सुरक्षा फौजले घर घेरा हाली पक्राउ गरी १०० मिटर पर बीच बाटोमा खुकुरी प्रहार गरी हत्या गरेको ।
रोल्पाका भएकाले २३ बालबालिकालाई बर्बर सामूहिक हत्या गरेको । बाँसको बिगे्रको घोच्चिने लठ्ठीले शरीरका विभिन्न भागमा कुटपिट गरी हिरासत कक्षमै शारीरिक र मानसिक यातना दिई मारेको । चौरासी पूजाको निम्तोमा समेत माओवादीको भेष गरी रातभर गाउँमा डुलाई बिहान प्रहरी कार्यालयमा ल्याएपश्चात् यातना दिई हत्या गरेको । कैयौँ बच्चाहरू अज्ञात व्यक्तिले अज्ञात स्थानमा राखेको बमलाई नचिनेर खेलौना भनी खेल्दा त्यसको छर्राले घाइते भई यातना भोगी मरेको ।
सबभन्दा बढी मानव अधिकार हनन गरिएको दुर्नाम कहलिएको भैरवनाथ गणको यातना पराकाष्ठासम्मको थियो । त्यहाँका जल्लादहरूले धेरै धेरै सोझासिधा जनतालाई तड्पाई तड्पाई मारे । के के गरे के के गरे तिनीहरूले ! गैरकानुनी थुनामा अत्यधिक मात्रामा थुनुवाहरूलाई निरन्तर निर्घात कुटपीट गरी, बुटले हानी, पाइपको लट्ठीले कुटी, फोहोर उम्लेको पानीमा टाउको डुबाई पराकाष्ठासम्मको यातना दिने अनि दिनरात भोकभोकै छटपटाए पनि खाना नखुवाउने, उपचारको बेवास्ता गर्ने, मार्ने धम्की दिने जस्ता शारीरिक र मानसिक यातना दिई मार्ने गरेको । आँखामा पट्टी बाँधी कुट्ने, करेन्ट लगाउने, जाडोमा चिसो पानीको ड्रममा राख्ने, गुप्ताङ्गमा पोल्ने, लिङ्गमा करेन्ट लगाउने, खाना नदिने, वर्षदिनभन्दा बढीसम्म आँखामा पट्टी बाँध्ने, वर्षदिनभन्दा बढीसम्म नुहाउनलाई पानी नै नदिने गरेको । रगत सुकेर कुहिएर गनाएकाले गर्दा झिंगै झिैगा भन्किएर गनाएको कोठामा बुबाको मृत्यु हुँदा समेत काजक्रिया गर्न नदिने गरेको अनि देख्नेलाई चरम मानसिक यातना दिई मारेको । आँखामा पट्टी बाँधी शरीरका विभिन्न भागमा पिट्ने, मुखमा फोहोर पानी खन्याउने, भुइँमा सुताएर माथिबाट कुल्चने अनि अमानवीय तरिकाले बुटले लातका लात हान्ने, करेन्ट लगाउने, शरीरका विभिन्न भागमा ब्लेडले चिर्ने आदि गरी गैरकानुनी थुनामा राखी असह्य पारी मारेको । ड्रमको पानीमा डुबाउने, हड्डी भाँचिने गरी यातना दिएर उपचारै नगराएको । गुहु, पिसाब जीउभरि दलेर खुवाएर विक्षिप्त पारी मारेको ।
खेतमा काम गरिरहेको अवस्थामा पनि सुरक्षाकर्मीले मारेर भोलिपल्ट छिमेकीलाई नै खोला किनारमा गाड्न लगाएर “लास निकाले तिमीहरूको पनि हत्या गर्ने” भनी दाहसंस्कार सुद्ध गर्न नदिएको । यस्तोमा गस्ती टोली देखी डराई भागेर लुक्न जाँदा घरबाट बाहिर निकाली निर्घात कुटपिट गरी आँखासमेत फुटाई रक्ताम्मे बनाई गाडीमा राखी मारी आतङ्ककारीको सुरक्षा कार्बाहीमा मृत्यु भएको सरकारी समाचारद्वारा प्रचार गरेको । कानको जाली च्यातिने गरी कान निमोठी दुवै कान नसुन्ने बनाइदिएको ।
यसरी क्रूर अमानवीय यातना दिएकाले गर्दा कतिपय यातनामा पीडितहरूले यातना खप्न नसकेर आत्महत्या गर्न विवश भएको । कतिपयलाई हत्या गरेर आत्महत्या गरेको सरकारी सञ्चार माध्यमले कुप्रचार गरेको । कतिपयलाई छोडिसकेको भनी सेनाले सूचना टाँस गरे पनि हिरासतमै निरन्तर यातना दिइरहेको । कतिपयले नजरबन्दी अवस्थामै पराकाष्ठाको यौन दुव्र्यवहार गरेका कारण तथा निर्मम यातना दिएको कारण आफैँले आफैँलाई मट्टितेल खन्याई आत्महत्या गरेको । कतिपयलाई जनदबाबमा छोडिए पनि तुरुन्तै फेरि अर्को मुद्दा लगाउने र फेरि पराकाष्ठासम्मको शारीरिक र मानसिक यातना दिएको । नक्कली माओवादी बनाई दोहोरो भिडन्तका नाममा देख्नेहरूलाई नै हत्या गरेको । सुरक्षाकर्मीले माओवादी लखेटेको जस्तो गर्ने अनि हेर्नेहरूलाई समेत मारेको । बीचको पक्ष अनि शाही सेनाद्वारा माओवादी बनी पसल गोदाम आदि पूरै कति लुटे कति, घर कति जलाए कति, बमले घरहरू कति ध्वस्त पारे कति ! कति सर्वसाधारण क्षतविक्षत पारे कति !” यसरी क्षतविक्षत हुँदै रगतले कुँदिएर बदलाभावले लाखौँ राता मान्छेहरू जन्मे, देशका लागि जनताका लागि अनि न्यायका लागि राता न्यायमूर्तिहरू बलिदानी हुन तँछाडमछाड गरी उत्सर्ग हुन थाले ।
जताततै समाज हितको विवेकले कुँदिएर मुक्तिका लागि रातै राता मान्छेसरि शहीद देखिन थाले । शहीद जुझारु भई एकाएक कड्कियो, “यस्ता बर्बर दमन धेरै सह्यौँ हामीले । जनताका लागि बलिदानी हुन अझै तयार छौँ । तेरो मेरो होइन यो हाम्रो हो । म भन्छु शहीदको देश हो यो हाम्रो । शहीदको एकएक थोपाको रक्तबीज हुँ म । गोर्खे, बहादुर, वैदेशिक श्रमिक, यो कदापि स्वीकार्य छैन मलाई । म शहीदको रक्तबीज हुँ । जो देशका लागि मरिमेट्छ , जो इमानदार छ , जो वफादार छ , जो देशका लागि उत्सर्ग गर्न हरदम तयार रहन्छ , ऊ नै सच्चा शहीद हो । सच्चा शहीदलाई दुर्घटनामा मरेको मुर्दाको आरोप नलगाऊ, उसलाई शहीदको दर्जा देऊ, अहिले तिमीले पाएको स्वतन्त्रता उनकै देन हो । त्यसैले म भन्छु , शहीदको देश हो यो मेरो । दसबर्से जनयुद्धमा कत्ति शहीद भए ? थाहा छ ? कति अङ्गभङ्ग भए, कति अपाङ्ग भए, कति छर्रा भिरेर बाँचिरहे, कति अझै जीवनमरणको दोसाँधमा छन् । कति बेपत्ता भए । एक लाखभन्दा बढी यसरी शहीद भए, कति प्राणको आहुति दिए । यो थाहा पाइराख विदेशीका दलाल नोकरशाही दुश्चक्र तिमीहरू । त्यसैले म भन्छु देशको अगाध स्नेहले ओतप्रोत भई घ्वाघ्र्वार्ती बलिदानी दिएको शहीदको देश हो यो मेरो ! जनताको देश हो यो मेरो !!
सुन्यौ बदनामी शासकहरू ! सुन्यौ गद्दारहरू !! सुन्यौ ब्वाँसाहरू !!! हाम्रो आलो रगतमा कति होली खेल्छौ तिमीहरू ? हे जिउँदा नरपिचासहरू ! त्यसैले मलाई शहीद हुनुमा धेरै गर्व छ । शहीदहरूले देशका लागि धेरै दिलोज्यान दिएका छन् । जो पनि शहीद भनी बदनाम नगर । जनयुद्धमा यसरी एक लाख जति शहीद भए । अझै पनि न्याय दिलाउन हुङ्कार छ छातीमा । आफ्नो देश र दुःखी जनताका लागि हामी थुप्रै मरेका हौँ, न नै तिमीहरू जस्तो शोषकी रवाफिलो विदेशी भूमिका लागि विदेशीको दास अनि लाहुरेजस्तो मरेका ? न हामीले निम्छरो भिक्टोरिया क्रसको आस गरेका हौँ न नै निम्छरो परमवीर चक्रको आशा गरेको, मात्र हामीले देश र जनताको प्रगति, उन्मुक्ति र उन्नति खोजेका हौँ । त्यसैले सुन तिमीहरू ! शहीदको देश हो यो मेरो । सच्चा शहीदको देश हो यो मेरो । जय धर्तीमाता ! जय जनता ! जय समानता !!!”
यसरी देशमा यस्ता लाखौँ शहीदहरूको अथक अविचलित तथा जुझारु पाइनको देनले प्रजातन्त्र, बहुदल, लोकतन्त्र हुँदै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, आत्म निर्णयको अधिकार सहितको समावेशिता हुँदै देशमा ठूलो परिवर्तन आयो, मिर्मिरे बिहानीको सुरुवात भयो, उथलपुथल भयो ।
भन्छन् ठूलो परिवर्तन त आयो, जनताको घरदैलोको वडावडामै सिंहदरबार पनि आयो तर फेरि पनि उही पुरानै कर्मचारीतन्त्र हावी भएकाले गर्दा जनताले राहतको सास फेर्नै पाएनन् । नयाँनयाँ प्रविधि पनि उच्च प्रविधि पनि भित्रियो, पुराना प्रशासकहरू फेरिएनन् । यो अहिलेका सत्ता सञ्चालकहरूको ठूलो कमजोरी भयो तर त्यस नयाँ प्रविधिसँग घनिष्ठ (फेमेलिएर) बन्न कर्मचारीहरू सकेनन् किनकि उनीहरूलाई त्यो प्रविधिबारे ज्ञान थिएन भने उच्च प्रविधि जान्ने नयाँ पुस्ताले काम पाएनन् । देश अधकल्चोमा अड्कियो, फेरि देश बिस्तारै धरापमा भास्सिँदै फस्दै जान थाल्यो ।
तर त्यसैले त समाज रूपान्तरण भएन । सबैले शहीदको अपमान गरिरहे । अहिले शहीदको प्रश्न छ तिमीहरूलाई :— हामीले यसरी बलिदानीले दासताका जञ्जिरहरू तोडी बचाएका तिमीहरू ! के तिमीहरूले शहीदको गुणको गुणन गर्न सक्छौ ? देश र जनताप्रतिको तिमीहरूको उत्कट अभिलाषा के भयो ? सबै संरचनाहरू हिजो जस्तो थिए आज पनि त्यस्तै किन ? ए नेताहरू ! परिवर्तन यो सबैको हो भनी किन फलाक्यौ ? हिजोका शहीदका शत्रुहरूसँग पनि किन राम्रो व्यवहार हुनुपर्छ ? किन उनीहरूलाई आजसम्म सजाय भएन ? अनि किन उनीहरूलाई पनि तिमीहरूको लोकतन्त्रले जोगायौ ?
हरे ! अझै पनि गरिब दुःखी हिउँदमा पनि पसिना निकाली काममा खटिरहेका छन् । कसैको घरमा भने चौरासी व्यञ्जनको मोज छ । अधिकांश भने रापिलो भई काम गरी आउँदा घरमा खानलाई सधैँ सङ्कट हुन्छ । दुःखको पहाड कठिन आँसुले तर्दै छन् अझै पनि गरिब जनता । समय बितेपछि केही होला कि भन्यो, प्रजातन्त्र, बहुदल, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, आत्मनिर्णयको अधिकार कागजी संविधानमा आउँदै गरी समयले जति कोल्टे फेरेको भनिए पनि जीवनस्तर ज्युँका त्यँुँ असमञ्जस्यमा छ । कार्यान्वयन अनि लागू भएको छैन । यी सबभन्दा पुरानो नोकरशाही कर्मचारीतन्त्र धेरै बलियो छ । यिनीहरूको भ्रष्टाचार अनि लुटेरा शैलीमा कुनै परिवर्तन भएको छैन । त्यसैले अझै पनि सबै सर्वसाधारणहरू कमारासरि काममा जोतिँदा पनि घर फर्कँदा पैसा कति पनि जोगिन्न । सधैँ किराना पसलमा बाँकीको बाँकी तिर्दैमा पनि अझै बाँकी नै हुन्छ । यस्तो लाग्छ जब मृत्यु आउँछ अनि मात्र सताउने साहुहरूबाट छुटकारा पाइनेछ । सधैँ भोको पेटमा काममा दगुरिरहेका छन् बिचराहरू ! तर जतिसुकै कठिन काम गरे पनि हरे ! अझै पनि धन शून्य छ गरिबको खल्ती । भयो अझै शहीदको अपमान ।
देशमा परिवर्तन गर्ने भनेर थुप्रै प्रजातान्त्रिक, वामतान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक अनि राजतन्त्रीय पार्टीहरू लागे । यिनीहरूले जनतालाई थुप्रै आश्वासनहरू बाँडी सिँढी बनाई पटकपटकको शहीदका बलिदानीबाट सत्ताको रसास्वादन गरे । आजसम्म पनि आम उत्पीडित, गरिब, निमुखा जनताको हालत पहिले जस्तो थियो उस्तै छ । उनीहरूको जीवनस्तर कुनै पनि दलको शासनले माथि उक्सेन । ती सर्वसाधारण जनता पहिले जस्ता थिए अहिले पनि त्यस्तै अत्यन्तै मुस्किलमा जिइरहेका छन् । मात्र उनीहरू एकले अर्कालाई हिलो छ्यापी पानी माथिको ओभानो बनिरहे । निम्न वर्गहरूको जीवनस्तर परिवर्तन नहुँदा शहीदको सधैँ अपमान मात्र भइरह्यो । यसरी शहीदको मान गर्न पूरै असफल भए । अपमान गरी रहे ।
जिउँदा शहीद नामकाहरू ! शहीद भएका शहीद नामकाहरू !! बेपत्ता भएका शहीद नामकाहरू !! सर्वसाधारण दुवै धारमा पिल्सिएका शहीदनामकाहरू ! समस्त उत्पीडितजन !! सबैको अपमान छ यहाँ । यस्ता असमानताहरू तत्कालै निर्मूल हुनु आवश्यक छ । हो ! निर्मूल हुनु आवश्यक छ । दलदलमा फस्न नदिई सदियौँ देखिका यी शहीदको आवाज न्याय र समानताको युग आउन नितान्त आवश्यक छ । समयको माग नै यही हो । एक मात्र सत्य र निस्पक्ष आवाज नै यही हो । यही नै जनआवाज हो । यही नै देशको पनि आवाज हो । यही नै शहीदको पनि आवाज हो । समाजले कोल्टे फेरी बिउँझनै पर्छ । एउटा नयाँ युगको सुरुवात हुनै पर्छ । गगनभेदी पुकार, नारा अनि सबैभन्दा न्याय नै यही हो ।
शहीदको सपना साकार हुनै पर्छ । “म पछि परे पनि देश पछि पर्नु हुन्न ।” यस्तो भावना सबैमा जागृत हुनुपर्छ । “आफूलाई देशले के दियो ? देशलाई किन दिने ?” यसरी निकृष्ट भएर नसोचौँ । त्यसतर्फ नहेरौँ बरु “देशलाई आफूले के दियौँ र के दिन सक्छौँ ?” त्यसलाई नियालौँ र प्रतिबद्ध बनौँ । आफू विदेशीको दास भएर वैदेशिक श्रमिक भएर एकाततिर तिमीहरूलाई त आनन्द होला तर देश कुन अनि कहाँ दलदलमा धस्सियो थाहा छ ? देशको पुकारसँग मतलब छैन तिमीहरूलाई ? देशको हविगत सुधार्न तिमीहरूले देशैमा बसेर सङ्घर्ष गर्न सिक । अनि हुन्छ हामी सबैको नाक उचो । अनि टेक्छ देशले आफ्नो खुट्टा ! अनि हुन्छ सगरमाथाजस्तो उचो छाती । प्रत्येक व्यक्ति देशलाई विकासको मार्गमा लैजाने सारथी अनि चालक बनौँ । अवश्य नै शहीदले बालेको अँध्यारो विरुद्धको झिल्कोलाई पूरै उज्यालो प्रकाश बनाउनु आवश्यक छ । शहीदका सपना निस्तेज पार्नु हुन्न, साकार पार्नुपर्छ , बिपना बनाउनुपर्छ । बाधा, अड्चन, भुमरी, सुनामी, तुफानबाट, आँधी बेहरीबाट जोगाई शहीदले देखाएको सही बाटोमा देशलाई लानुपर्छ । कपुतहरू हटाई सपूतको संसार बनाउनुपर्छ । कुरा होइन काम, फट्याइँ अनि अशान्त होइन सत्य अनि संयमित हुनैपर्छ । शहीदले रोजे जसरी बिकृति अनि विसङ्गति हटाउने विवेकीको समृद्ध संसार चाहिन्छ न कि मन्डले, कुन्डले, गुन्डाराज । जनताको न्यायको झण्डा, जनताको उन्मुक्तिको झण्डा काँधमा लिएर निरन्तर अघि बढ्नुपर्छ । निशाचर कालो रातको अन्त्य हुनुपर्छ । न्यायिक लाली प्रभात छाउनै पर्छ । क्रान्ति त्यस्तो हुनुपर्छ जहाँ नयाँ युग आउनुपर्छ । ढुकढुकीमा देश र जनतालाई राखी सबैले आत्मसम्मान पाउनुपर्छ । फोहोरी संसार हट्नुपर्छ । सुन्दर सभ्य, शालीन संसार आउनुपर्छ । शहीदप्रतिको विश्वास डगमगाउनु दिनु हुँदैन ।
हाम्रो छाती संसारकै अग्लो हो आफ्नै सगरमाथाको ! गुलामीलाई तोड्नुपर्छ अनि नेलहरू छिनाएर स्वतन्त्र संसार ल्याउनुपर्छ । अन्याय, अत्याचार, बर्बर दमन विरुद्ध आवाज उठ्नै पर्छ । संसारमा आम जनता विरुद्धका तुवाँलाहरू हट्नै पर्छ । शहीदका रक्तरञ्जित भएका बेलाका स्वरहरू विस्फोट गरी शासकहरूलाई सुनाइ नै रहनुपर्छ । हरेक विचलनहरूप्रति खबरदारी गरी सावधान गराइ नै रहनुपर्छ । शहीदको प्रत्येक क्षतविक्षत शरीरको परवाह नगरी गरेको गन्तव्यप्रतिको निष्ठालाई डगमगाउनु दिनु हुँदैन । रगत एक थोपासम्मको हिसाब गर्नुपर्छ । भुइँमान्छेको हक हितका लागि सधैँ तत्पर भइरहने अनि उहाँहरूको हक हितका लागि डटिरहने शहीद जसरी हामी पनि सगरमाथाको शिर उँचो राखी हिँड्नु आवश्यक छ । जनतालाई विजयको न्याय दिलाउनुपर्छ । शहीदमा अत्याचारी प्रवृत्तिविरुद्ध विगुलको हुँकार हुन्छ अनि परिवर्तन र क्रान्तिप्रति अविचलित आस्था हुन्छ । शहीदको शिर झुक्न दिनुहुन्न । आफ्नो मुटु समान देशलाई नेलबाट मुक्त गर्नुपर्छ । मडारिरहेका काला बादलहरूलाई पनि हटाउनै पर्छ । सानाठूला कोही नरहुन् समानता कायम रहुन् । देश र जनता एकै परिवार बनुन् । संकीर्णता, रूढिवादका जीर्ण पर्खाल हटाउनै पर्छ । शहीद जसरी न्यायका लागि हिँड्नु गन्तव्यतिरको यात्रा हो ।
कालो शासन ढलाउने प्रण पूरा गर्नै पर्छ । कर्तव्यलाई विस्मृत पार्नु हुँदैन । धेरै योद्धा गुमायौँ । शहीद भए ती सब । उहाँहरूप्रतिको सम्मान नै निर्धाप्रति हक अनि अधिकार दिलाउनु हो । अल्झने, बल्झने समय होइन, रात रह्यो अग्राख पलाउन सक्छ , त्यसका लागि होशियार हुनै पर्छ । “या त सास देऊ, या त लास देऊ” भन्ने शहीदका आमाबुबा परिवारजनलाई सम्मान गर्नै पर्छ । शहीदको ढुकढुकी नयाँ नेपाल चाहिन्छ हामीलाई । शोषण, दमन, अन्याय, अत्याचारजस्ता व्यभिचार विरुद्ध एकजुट भई उठ्नै पर्छ अनि आवज बुलन्द पार्नै पर्छ । मुठी कस्दै रगत रातो अनि तातो बनाउनै पर्छ ।
लाखौँ बन्द पर्खालले थुने पनि ती प्रतिघातहरू भत्काउँदै कफन बाँधेर आवाज घन्काउनै पर्छ । घुसपैठियाहरूलाई असफल पार्नै पर्छ । सबै एकजुट हुनै पर्छ । यस्तो यात्रा कठिन हुँदैन बरु योभन्दा राम्रो सुन्दर संसार कुनै छैन र हुँदैन पनि । कजाएर हैकम चलाएर जिउनेहरूलाई पनि श्रम बुझाउनुपर्छ , सम्झाउनुपर्छ । त्यही अनुभव गराएर मेहनतकस जनताको मार्ग देखाउनै पर्छ । श्रमिकले श्रम गरेको पारिश्रमिक ऊ आफैँले हकउपभोग गर्न पाउनुपर्छ । जुन शहीदको भित्रैदेखिको आकाङ्क्षा थियो त्यो पुरा भएपछि त्यस्तो आशाको नयाँ, नूतन अनि नवीन नववर्षझैँ सदा हुनेछ । युवा शक्ति तन्नेरीहरू जुर्मुराउनै पर्छ । धेरै भो सुतेको अब उठ्नै पर्छ । आस्था ढलाउनु हुँदैन । निराश हुुनु हुँदैन । सदा उत्साहित हुनुपर्छ । सकारात्मकताको ऊर्जाले नै सफललता हात पर्ने हो । स्वाधीनताको अग्नीपथको यात्रामा शिखरतिरको चढान जारी नै राख्नुपर्छ । शहीदपथमा लाग्ने भन्दा अरू उँचो छँदै छैन कुनै मार्ग ।
यो ठूलो अजेय शक्ति हो । यो विचार हो कहिल्यै मर्दैन । शहीद ढलाउने कुनै औजारै छैन । एकदम न्याय र समानताको विचार हो यो । यसमा कसैको आस्था डगमगिँदैन । क्रान्तिको युग, परिवर्तनको युग, प्रगतीपथको युगलाई आत्मसात् गर्नै पर्छ । चढान जारी राख्नुपर्छ । शिखर चढ्दै जानुपर्छ । अग्रगमण तर्फको यात्रामा निरन्तर बढ्दै जानुपर्छ । त्यही सुन्दर अनि सुरम्य गन्तव्य मानी त्यसतर्फ अघि बढ्नै पर्छ । शहीदप्रति ओतप्रोत हुनै पर्छ । शहीदलाई मद्दत गरौँ शहीदकै जसरी खटेर । यसरी मात्रै शहीदको सम्मान हुन्छ । शहीदप्रति सद्भावयुक्त श्रद्धाभाव अटल हुनै पर्छ । सुन्दर, सुरम्य, शालीन, शिष्ट संसार निकट छ त्यसैले शहीदलाई मनन गरौँ, शहीदको उच्च सम्मान गरौँ, शहीदको निम्ति मौन धारणबाट ऊर्जा निकालौँ, शहीदलाई सम्झौँ, शहीदको बाँकी काम फत्ते पारौँ ।
जय शहीद ! जय शहीद !! जय शहीद ! जय शहीद !!
उठौँ, डटौँ अब खप्की नझेलौँ जुटौँ लौ सब, यो शहीदको देश हो मेरो ।
अब सब जे छन् ती सब जन, न तेरो मेरो अब हाम्रो हो सब सेरोफेरो ।।
मुटु रातो, रगत रातो संसारै रातो हो सधैँ,
शत्रुप्रति बदलाभावले फेर्नुपर्छ सातो त झनै ।
एक थोपा रगतको पनि अपमान गर्न दिनुहुन्न,
रक्तबीज बनी प्रभात ल्याउनुपर्छ , निशाचर कालो रात कहिल्यै पर्न दिनुहुन्न ।
सिर्जनाका बस्तीहरूमा लालीमय कोपिला हुर्कनै पर्छ ,
जस्तै आपत परे पनि काँधमा जिम्मेबारी बोक्नै पर्छ ।
कष्ट, दुःख, झेलाई, कहर, सन्ताप सबै गोली हानी देऊ,
गरिब, निमुखा, उत्पीडितजनका लागि नवीन उज्यालो संसार सधैँ ल्याइदेऊ ।
जय शहीद ! जय शहीद !! जय शहीद ! जय शहीद !!
नोट ः जहाँसम्म हाम्रो देशको संविधानको प्रश्न छ त्यसमा हामी अहिले कार्यान्वयनको चरणमा छौँ । यसका लागि जनआन्दोलनका उपलब्धिहरूलाई रक्षा गर्दै अनि अनुशरण गर्दै जानुपर्ने हुन्छ । यसका लागि व्यवहारिकता पनि त्यतिकै आवश्यक छ । यदि हामी यसमा चुक्यौँ भने पहिलेझैँ निरङ्कुशता फर्किन पनि सक्छ । यसैले यो अत्यन्तै संवेदनशील घडी हो । मौलिक हक कार्यान्वयनका लागि विधायकी खुलापनका लागि छ्ुट्टै कानुन बनाउनु अत्यन्तै आवश्यक छ । जनआन्दोलन तथा जनयुद्धको संयोजन अरू देशका आन्दोलनका इतिहास पढेर र परामर्शमा अलिअलि समाधान भए पनि पूरै समाधान हुने कुरो होइन । यसका लागि हामीले हाम्रा यी आन्दोलनका कहरका पराकाष्ठाहरू जुन मैले यो शहीद कथामा समावेश गरिसकेको छु त्यसलाई मनन अनि मुल्याङ्कन नगरे यो अधुरो ह्ुन्छ ।
सरकारी तथ्याङ्कका आधारमा जनसेना र माओवादी सेनाको भीडन्तमा १७,०००शहीद भएको भनिए पनि राज्यसँग मृतक, बेपत्ता र पीडितहरूका आधिकारिक तथ्याङ्कसमेत छैन । यस्ता गम्भीर मानव अधिकार उल्लङ्घन भएका ठाउँमा परिवारजनलाई न्याय दिलाउने सन्दर्भमा सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय कानुन तथा नेपाल सरकारको परराष्ट्र नीतिको सन्दर्भमा पीडित पक्षलाई न्याय दिन राजनीतक समस्या समाधान भएजस्तो लिखित रूपमै भए पनि कानुनसम्म बन्न सकेको छैन । यसका लागि शहीदले खपेका कहरहरु थुप्रै पुस्तक, पत्रपत्रिकाहरुमा कथा, कविता, लेखहरु पढ्न थालेँ । आफूमा पनि एउटा सशक्त महासङ्ग्रामी ज्यार उल्र्यो, त्यसैलाई यो शहीद कथाको रूपमा अभिव्यक्त गरेको छु । शहीदप्रति झनै श्रद्धाभाव विभोर भएको छ । भित्रसम्म उद्विग्न पारेको छ । मानसपटल आह्लादित भएको छ ।
यो कथा तयार पार्न सहायक सिद्ध भएको अर्को उल्ल्ेख गर्नैपर्ने कुरा के भने यस शहीद कथामा उल्लिखित गैरन्यायिक हत्याका विवरणहरूका आधारमा कथाका रूपमा उतार्नका लागि सन्दर्भ सामग्रीहरू पनि जुटे जसको उल्लेख नगर्दा यो शहीद कथा अपूरो हुन्छ । ‘पश्चिमको भैरबनाथ’ शीर्षकको कभर ब्यानर भएको २०७६ मङ्सिर २९ आइतबारको वर्ष २० अङ्क १९ नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित ‘बर्दीका अपराधलाई उन्मुक्ति’ जनक नेपालको लेख अनि ‘थुनुवा नं. १५’ शालिकराम सापकोटाको लेख तथा मानव अधिकार आयोग यस शहीद कथाका लागि धेरै नै सहयोगी सिद्ध भयो । राष्ट्रिय मानव अधिकार आयोग, हरिहरभवन, ललितपुरबाट प्रकाशित आयोगका २० वर्ष ः आयोगका सिफारिसहरू र कार्यान्वयनका अवस्था (२०५७ जेठ—२०७७ असार) २०७७ असोजमा प्रकाशित पुस्तकमा उल्लिखित अनुसूची १ मा आयोगबाट उजुरीउपर भएको सिफारिसहरूको विस्तृत विवरणहरूमध्येको एफो साइजको ७१४ पृष्ठको ११९५वटा उजुरीको प्रत्येकको खण्ड ३ को संक्षिप्त विवरणहरूका आधारमा तयार पारेको हुँ । त्यसैले यस शहीद कथाका प्रत्येक घटना सत्यको एकदम नजिक भएको कुरा पाठकवृन्दहरूलाई अवगत गराउन चाहन्छु फेरि आफूले देखेभोगेका अमानवीय यातनाहरू पनि यसमा सामेल गरेँ । फेरि पनि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपाल राष्ट्रिय साप्ताहिक पत्रिकालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु किनकि शहीद कथाका ती अत्यन्तै बीभत्स घटनाहरूलाई सत्यतथ्य प्रमाणका आधारमै कथामा उन्न पाएँ ।
यसरी मैले यो शहीदसम्बन्धी शहीद शीर्षकको कथा पाठक माझ ल्याएको छु अनि यावत् माथि व्यक्त गरिएझैँ जनजीविकाका सवालहरूका अन्य कथाहरू पनि यसमा जोडिएर आएका छन् । यी यथार्थ कथाबाट पनि स्पष्ट हुनेछ कि शहीदले एकदमै पराकाष्ठासम्मको कठोर कहर खप्दा पनि देश र जनताको स्वार्थका लागि हाँसीहाँसी बलिदानी दिए । साधारण जीवनमै रमाइदिने, भोगविलासको जीवनको अभिलाषा नराख्ने अनि आम उत्पीडित जनताको अस्तित्व र स्वतन्त्रताका लागि तथा जनजीविका उकास्न सधैँ तत्पर भइरहने ती शहीदको कद जति उँचो छ सायदै कसैको पनि छैन । जसले निरङ्कुशता विरुद्ध लडे, जो काला साम्राज्य विरुद्ध उत्रे, जसले कहिल्यै दासता स्वीकारेनन् ती सच्चा निःस्वार्थ भावका जनसपूत देशभक्त शहीदको जति बखान गरे पनि कम नै हुन्छ । उनैले गर्दा नै गणतन्त्र सम्भव भएको हो । ती वीर शहीद सबैलाई बन्धनबाट मुक्ति दिलाउन डटे । अटल र अविचलित बनी जसले सधैँ अन्याय विरुद्ध महासङ्ग्रामी ज्वार उल्र्याए । त्यसैले ती शहीद जनजनको मनमनको हरेक ढुकढुकीमा छन् । हामीले शहीदको अथाह अनि अनन्त स्नेहको उच्च सम्मान गर्नु अपरिहार्य छ । यही शहीदको रगतबाट बनेको संविधानबाट हामीले चैनको सास फेर्न पाएका छौँ । हाम्रो देशमा परिवर्तनका लागि यस्तै शहीदले झेलेका कहर शहीद कथामा उतार्ने प्रयास गरेको छु । शहीद तिमीप्रति हामी सधैँ नतमस्तक छौँ । देश र जनताका लागि मेरो जीवन समर्पित गर्दछु ।
अवश्य नै शहीद दिवस फागुन १को समयसन्दर्भलाई उपयुक्त पारेर यो कथा प्रस्तुत गर्न पाउँदा आफूलाई अहोभाग्य ठानेको छु । वीर शहीद सबैलाई उच्च सम्मान छ , अथाह स्नेह छ , लालीमय बिहानीको आतूरताले प्रतिक्षारत हुँदै शहीद तिमीलाई ढुकढुकीदेखि प्रेम छ , क्रान्तिकारी सलाम छ ।
२०७८, असोज ३
बिजु सुवेदी विजय
iF you read total this story please reply to me about this story at bijusubedi@gmail.com
Comments
Post a Comment