Posts

शब्दहरूलाई यसरी शुद्ध लेखौँ

यी शब्दहरूलाई यसरी शुद्ध लेखौँ बिकास : विकास बिस्नु : विष्णु बाग्लुङ : बागलुङ् बिषय: विषय कालोपाटि: कालोपाटी हरु : हरू कालोपाटी तिरै : कालोपाटीतिरै सुझाय : सुझाए बिज्ञान : विज्ञान पत्रीका : पत्रिका राखें : राखेँ सम्बत : सम्बत् मिती : मिति ------------------------------ ------- हुन त - हुनत अरु - अरू हरु - हरू उपाधी - उपाधि कहिल्यै उधारोमा पिउँदै - कहिल्यै उधारोमा पिउँदैनथ्यो तर्क थियो कि - तर्क के थियो भने ('कि' को प्रयोग हिन्दी शैलीको हो, 'भने' नेपाली हो) विहान - बिहान दुइ - दुई दिनभर (हिन्दी) - दिनभरि यौटा (कविता, छन्दमा मान्य) - एउटा उसको सामुन्ने - उसका सामुन्ने यौटी - एउटी आईमाई - आइमाई हिँडेको - हिँडेकी एकासी - एक्कासि ठूटो - ठुटो त्यो आईमाईलाई - त्यस आइमाईलाई आएको ठाउँमा - आएका ठाउँमा काटे जस्तो - काटेजस्तो पछाडी - पछाडि थाहा पाएको - थाहा पाएकी आइपुग्यौ । – आइपुग्यौ ? चीसो - चिसो धुलो - धूलो टकटकाउन - टकटक्याउन ------------------------------ -----------------------------...

Biju Subedi Bijay

Image
Biju Subedi Bijay  :- SelfieN

संस्मरण–४४० (२०७१–०७–२४)

Image
संस्मरण–४४० (२०७१–०७–२४) लेखक :– बिजु सुवेदी “विजय” एकदिन म सपनामा सुतिरहेको थिएँ । सपनाको सपनामा मलाई पातले भन्यो – “म पात ! जीवनको सुरुवात । मनलाई आनन्दित बनाउने, घामबाट खाना लिएर विरुवालाई खुवाउने । फेरि हेर ! मेरो अर्को आयाम ‘म पात, जीवनको मध्य । पानको पात वसन्त । मायाको सारा संसार बनाउन चाहने त्यसकारण यो मेरो प्रेमको टोकन ।’ फेरि मेरो अको आयाम हेर ‘ म पात । जीवनको अन्त्य । सुख्खा शिशिर । तरै पनि मलाई नै बाल्न दिई सबैको भोजन पाक गराई मिठ्याइ दिने ।’ फेरि हेर म पातको अर्को आयाम । ‘म पात । जति पनि म सृष्टि भएँ सबैमा म फरक । सृष्टिका यसलाई तुलना गरेर हेर । सबैका लागि यो एक उदाहरण । दैवको सिर्जनाभित्र सबै जीव भिन्न । कस्तो सबै आएब्स्ट्राक्ट कला । सबै जीवमा पनि छ । सबै मनुवामा पनि छ । तिमी मनुवामा पनि छ । सबै सृष्टि विभिन्नता तर एकता । त्यसैले सबै पात हुन् । मनन गर यो बात । कति राम्रो म पात । पात, पात, पात कति राम्रो मेरो बात ।” फेरि सररर काव्यरुपी वतास, हावा, वायु, पवन, उछ्छिटिँदै गयो यो सानो अनन्त काव्य । फेरि सपनाको सपनामा मलाई नै मैले पछ्यायो र भन्यो – प्राविधिक त...

गजल :- दुःखीलाई राम्रो होस् ।

गजल (२+२ =४)+ (२+२=४)+ ३ + ३ जम्मा १४ अक्षरमा सवाई लयमा गाउने शीर्षक :– दुःखीलाई राम्रो होस् । गजलकार :– बिजु सुवेदी “विजय” दुःखी–लाई राम्रो होओस् भनि नै रहन्छु । मेरो पीडा दुःख सबै पिइ नै रहन्छु ।। दैव अझै पनि झनै निर्दयी किन हो ? यति बेला आफू अति झोक्रि नै रहन्छु । मेरा लागि आफू अब केही नि माग्दिन आफू – भन्दा दुःखी लाई तारि नै रहन्छु । आऊ सबै यसै गरी लम्काऔं पाइला राम्रा काम गर्न लागौं भनि नै रहन्छु । हेर ! तिम्रो हाल बिग्र्यो भन्दा नि टेर्दिन दीन तिम्रो हाल सप्रे रमि नै रहन्छु । २०७१ कार्तिक १० गते सोमबार (२+२ =४)+ (२+२=४)+ ३ + ३ जम्मा १४ अक्षरमा सवाई लयमा गाउने शीर्षक :– दुःखीलाई राम्रो होस् । गजलकार :– बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

गला कस्तो छ एकचोटी नापिदिन अनुरोधका साथ

मेरो गला कस्तो छ एकचोटी नापिदिन अनुरोधका साथ यो अलि बेसुरा गाएको छु । यो माथिको अडियो बक्समा प्ले गरेर सुनिदिनुहुन अनुरोधका साथ :–। उचित मुल्याङ्कन गरिदिनुहुन पनि अनुरोध गर्दछु । मलाई यो जिन्दगीले चोट दियो गनीगनी कहिले चोट दियो आफ्नो भनी कहिले चोट दियो पराइ बनी मलाई यो जिन्दगीले चोट दियो गनीगनी भन्दथे सुकेको बगरले पनि, बर्खामा मायाको भेल पाउँछ सोचेको थिएँ दुःखमा मेरो, कसैको त आँखा रसाउँछ किनकी एकदिन सोझोको पनि , यो दुनियाँमा पालो आउँछ सोझो रुखलाई सबैले, काट्ने रैछन् छानीछानी परायाले काटे मायै नमानी, आफ्नाले काटे दुख्यो कि भनी मलाई यो जिन्दगीले चोट दियो गनीगनी नबिझ्ने गरी आँखैमा बसी , करौंती बनी रेट्दा रैछन् सुखमा हुन्छन् आफन्त सबै, दुःखमा साथ छोड्दा रैछन् यो दुनियाँको रीति नै यस्तो, बलेको आगो ताप्दा रैछन् दुःखीलाई कहिलेकाहीँ , भुल्दा रैछन् देउता पनि भन्दथे जसले मलाई भाग्यमानी, दिएनन् साथ दुई पाइला पनि मलाई यो जिन्दगीले चोट दियो गनीगनी–२ कहिले चोट दियो आफ्नो भनी कहिले चोट दियो पराइ बनी मलाई यो जिन्दगीले चोट दियो गनीगनी साभार :– हामी तीन भाइ मेरो गला कस्तो छ एकचोटी नापिदिन अनुरोधका साथ...

शब्द चित्र २०७१/०६/२२

भरौटेहरुको केही दोष छैन । उनीहरु निम्न वर्गका हुन् । उनीहरुले यसो नगरेमा उनीहरुको रोजिरोटी चल्दैन । यो उनीहरुको दासी मानसिकता पनि हो । उनीहरु विद्रोह गर्न सक्दैनन् । एकदुईले विद्रोह गरे पनि साथ दिँदैनन् र विद्रोह गर्नेलाई नै परिवारबाट अलग गरी सामन्तीसँग मिलेर आफ्नै रगतका नातालाई पनि यातनामय जीवन, अझ त्योभन्दा कठोर जीवन जिउन वाध्य पार्छन् । देशमा व्याप्त वेश्यावृत्ती, तस्करीहरुको वोलवाला छ । कानुन भनेको खत्तम अवस्थामा छ । जनताहरु व्युँझाउन देशका सपुतहरु प्नि दविएका अवस्थामा छन् । सबै सर्वसाधारण जनताहरु तस्करी र वेश्यावृत्तीको जालोमा परेका छन्  । देशका गुरुहरु सिकाएको जस्तो गर्छन् र आफू पनि व्यवहारमा लागू गर्दैनन् । भ्रष्टाचारीको अनेकौं तरिका भनेजस्तो देशमा जतिसुकै सफा सुग्घर गरे पनि फोहोरी खेल खेलिरहेका हुन्छन् । देश आज उनै तस्करी वेश्याहरुको हातमा छ । राम्रो काम गर्नेहरुलाई सताउन सम्म सताउँछन् यहाँ । शहर शहर रहेन अब । सहरमा सर्वसाधारण जनताहरुलाई दास झैं व्यवहार गरिरहेको छ । यहाँ डाक्टरलाई उपचार गर्न दिँइदैन । वैद्यलाई पनि उपचार गर्न दिइँदैन । झाँक्रिलाई पनि उपचार गर्न दिइँदैन । य...

लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू

लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू लेखक :– बिजु सुवेदी “विजय”  आख्यान विधाका कथा–लघुकथा लेख्ने लेखकहरु धेरै छन् । तर तिनका कथा, कथा भइरहेका छैनन् । जान्नेले आफू माथि पुग्नका लागि पनि यो भेद खोलेका छैनन् । धेरैजसोले कथा लेख्ने भनेरै लेखिरहेका हुन्छन् । तर त्यो कुनै निबन्ध बन्न पुग्छ भने कतै त्यो संस्मरण बन्न पुग्छ । कथा जान्नका लागि निबन्ध भनेको के हो, संस्मरण भनेको के हो भनेर जान्नु आवश्यक छ । यी सम्बन्धी बजारमा पुस्तकहरु पाइन्छन् । सो को एकचोटी अध्ययन गरेर मात्रै कथामा हात हाले बेश होेला । अझ कथा लेख्नु अगाडि लघुकथाहरु लेख्नु आवश्यक छ । जसले गर्दा सानासाना कुराहरुमा मेहेनत गर्ने बानीको विकास हन्छ । कथा लेख्दा मौलिक पनि हुनु जरुरी  छ । लघुकथा लेखनले कसरी सानोभन्दा सानो शब्द एवं वाक्यले कसरी चोटिलो एवं बृहद सन्देश दिन सक्षम हुन्छ भनेर जान्न सकिन्छ । त्यस्तै लघुकथा लेख्दा त्यसलाई सानाकथा तथा चुट्किला, छोटो निबन्ध, छोटो संस्मरण पनि बन्न दिनु हुँदैन । अनि मात्र खाँट्टी लघुकथा बन्दछ । त्यस्तै कथा, लघुकथा लेख्दा त्यसको निचोड अर्थात कथाले भन्न खोजेको कुरा भन्नुहुँदैन किनकी य...