Posts

“तपाईंको सुरक्षा हाम्रो चासो”

“तपाईंको सुरक्षा हाम्रो चासो” —विभिन्न जातजाति, धर्म धर्मावलम्बीहरूले मनाउने चाड–पर्वलगायत अन्य समयमा समेत हुनसक्ने चोरी डकैतीलगायतका अपराधबाट बच्ने उपायहरू --घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नुभन्दा अगाडि ढोका वा झ्यालहरूमा चुकुल, गजवार वा पर्दा राम्ररी लगाएको छ छैन भन्ने बारे ध्यान दिनुहोस् । --सपरिवार घर छोडी बाहिर जानुपर्दा आफ्नो विश्वासिलो व्यक्ति वा छिमेकीलाई जानकारी दिई जानुहोस् । --ढोकामा आग्लो, गजवार वा बलियो छेस्किनी लगाउने व्यवस्था मिलाउनुहोस् । --घरको सुरक्षाको लागि सुरक्षाका उपकरणहरू जस्तैः सम्भव भएसम्म आपतकालीन साईरन, सिसीटिभीको वा स्थानीय स्तरमा उपलब्ध अन्य सुरक्षाका उपकरणहरुको व्यवस्था गर्नुहोस् । --ढोकामा बाहिर देखिने ताल्चा लगाउँदा चोरलाई घरमा मान्छे छैन भन्ने जानकारी हुने र त्यस्तो ताल्चा फुटाउनसमेत चोरलाई सहज हुने हुँदा घर, पसलको ढोकाको भित्रि भागमा लगाइने भित्रि ताल्चा क्ष्ललभच यिअपको प्रयोग गर्नुहोस् । --चोरी डकैती हुनको लागि चोर, डाँका, बहूमूल्य बस्तु र मौका एकैपटक मिलेमा मात्र सम्भव हुन्छ । त्यसैले हाम्रो सतर्कमा र व्यवस्थाले यी तीन तत्वलाई एकसाथ मेल...

लघु कथा :– दाह्री काटेर जाऊ ।

लघु कथा :– दाह्री काटेर जाऊ । कथाकार :– बिजु सुवेदी “विजय” पल्लाघरे साहिँला बा बित्नुभाथ्यो । आज मधुरले मलामी जानु पर्नेभयो । मधुरको बुबा भने माथ्लाघरे काइँला पण्डित वितेकोमा मलामी जानुपर्ने भयो । “दाह्री काटेर जाऊ है मधुर ?” “हुन्छ बुबा” मधुरले आज्ञा शिरोपर गर्यो । तर एकैछिनमा उसको बुबा मलामी जानुभएपछि उसले सोचाइ परिवर्तन गर्यो “बुबाले दाह्री काटेर मलामी जानु भो भन्दैमा, दुःखको बेला त झन् दुःखीपन पो देखाउनु पर्छ । आ ! म त नकाटी जान्छु । माफ गर्नुस् है बुबा !” दाह्रीकै कारण मलामीमा उसले साराको खिसिटीउरी खटन सहनुपर्यो । उसले जे सोचेको थियो त्योभन्दा उल्टो भइदियो । २०७१ भाद्र ३० सोमबार बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

सृष्टिकर्ता किंकर्तव्य–विमूढ (लघुकथा)

लघुकथा :– सृष्टिकर्ता किंकर्तव्य–विमूढ कथाकार :– बिजु सुवेदी “विजय” सम्पूर्ण ग्रहहरुमा भूइँचालो लाग्न थाले,  सम्पूर्ण ग्रहहरुका धरति फाट्न थाले, आकाश फाट्न थाले, ताराहरू झरे अनि भयो दारुण प्रकृतिको लीला । त्यत्तिबेला गुरुत्वाकर्षण शक्तिको मेसो कतै थिएन । छताछुल्ल ग्रह, तारा, नक्षत्रहरू विष्फोटन हुन थाले । समुन्द्र आकाशमा बहन थाले । बादल हिउँको ढिक्का बन्न थाले । जीवजन्तुहरूले आँखा, मुखबाट आगो बर्साई नामोनिशान समाप्त भइसकेका थिए । ग्रहहरूको बडो भयङ्कर हाहाकार कोकोहोलोको छ्याङ्गल्याङ्ग ब्याङ्गल्याङ्गको आवाजले सृष्टिकर्ता बिउँझिए । गुरुत्वाकर्षणलाई गाली गर्नसम्मन् गरे तर गुरुत्वाकर्षणले वास्तै गरेनन् । कारण के थियो भने गुरुत्वाकर्षणले चाहीँ मरी–मरी २४सै घण्टा खट्नु पर्ने अनि खटन पनि खानु पर्ने अनि संसार दुःखमय हुँदा केही पनि गर्न नसक्ने । तर सृष्टिकर्ता भने मोजमस्ती मै सिमित भै सबै ठाउँमा असमानता बढाउँदै लाने । त्यसैले फेरि गुरुत्वाकर्षणले भने “हेर्नुस् सारा संसार दुःखमय भइसकेको छ त्यसैले यो छ्याङ्गल्याङ्ग ब्याङ्गल्याङ्गले तिम्रो सत्ता हल्लाउन मैले यो गरेको हुँ । कृपा गरेर संसारलाई ...

यसरी संबिधान बनाऔं ।

लेख :- यसरी संबिधान बनाऔं । लेखक :- बिजु सुवेदी “विजय” अहिले जताततै जसले पनि“संबिधान बन्दैन, संबिधान बन्दैन” भनिरहेको अवस्था छ । तर यही कालो बादलको निराशामा पनि मैले यहाँ आज चाँदीको घेराको आशाको टलक केलाउने प्रयास गरेको छु । संबिधान सभा १को हलो जहाँ अड्केको थियो, अहिलेको संबिधान सभा २मा पनि त्यही ठाउँमा अड्केको  अवस्था छ । दलहरू एमाले, कांग्रेस, माओवादी लगायत ८ दलहरूले दिल्लीमा गरेको १२ बुँदे सम्झौतापछि नेपालमा जुन १९ दिने शान्तिपूर्ण जनआन्दोलन भयो त्यही आन्दोलनलाई केन्द्रमा राखेर संबिधानको आधार परिधि निर्माण गर्नुपर्ने कुरामा ३ करोड नेपालीहरूको आशा एवं विश्वास छ भन्ने मान्नुपर्ने हुन्छ । किनकी यो आन्दोलन नेपालमा भएका आन्दोलनहरु मध्ये सबैभन्दा बढी दलहरू मिलेर सहमति जनाएको आन्दोलन हो र यसले नेपालका सबैभन्दा बढी नेपालीहरूलाई समेट्दछ । त्यसर्थ यो आन्दोलनको मूल्य एवं मान्यतालाई आत्मसाथ गरेर अघि बढ्नु पर्दछ । हुनत यो बाहेक यसपछि मधेश आन्दोलन तथा थरुहट आन्दोलनको पनि सम्बोधन हुनु अपरिहार्य छ । दुनियाँमा संबिधान ठूलो क्रान्तिको आन्दोलनले पनि बनेका छन् त्यसर्थ हाम्रो...

समीक्षा :– रात फुलेको याम पढ्दा

Image
समीक्षा :–रात फुलेको याम पढ्दा लेखक :– विजु सुवेदी “विजय” मैले पछिल्लो पटक हालै साङ्ग्रिला बुक्सले बजारमा ल्याएको दीपशिखाजीको रात फुलेको याम उपन्यास पढी सकाएँ । यस उपन्यासको कथा पढिसकेपछि केही नलेखी बस्न सकिएन त्यसैले आफूलाई लागेका कुराहरु बेतोडसँग लेखिरहेको छु । यसमा दशवर्षे जनयुद्धको सजिव चित्रण छ । कथा अत्यन्तै मार्मिक छ । यसमा कथामा नायकले भोगेका अत्यन्तै कठोर सघर्षको चित्रण छ । यस्तो सघर्षको पराकाष्ठाले सायदै कुनै पनि विश्वका सर्वश्रेष्ठ भनाउँदो हलिउडको चलचित्रमा भएको यातनाको पराकाष्ठालाई समेत यस कथाका नायकले झेलेको सघर्षका अगाडि निक्कै फिक्का बनाएको छ । त्यसैले वास्तविकता भनेको वास्तविकता हो । चलचित्र भनेको मात्र अभिनय हो । यस कथाका नायकले त्यस्ता कैयौं जटिलभन्दा जटिल परिस्थितिलाई छिचोलेको छ । त्यसैले यसका नायकको आत्मवलको जो कोहीले पनि कदर गर्नैपर्छ । यस कथाको म पात्रका बुबालाई माओबादीले मारेको हुन्छ र जब जनसेनालाई खत्तम पार्ने योजनाले सुराकी गर्छ एकदिन जनसेनाले सदरमुकामबाटै गिरफ्तार गर्छन । बन्दी बनेको म पात्र जनसेनासँग पग्लिन्छ अनि गरिब दुःखीको सत्ता ल...

शेलीका उत्कृष्ट कविताका टुक्राहरु

Image
छर्छौ तिमी, बाली उठाउने अर्कै छ कमाउछौ तिमी, पैसा थुपार्ने अर्कै छ बनाउँछौ तिमी, हतियार भिर्ने अर्कै छ छर बिउ, तर अत्याचारीलाई बाली उठाउन नदेऊ कमाऊ पैसा तर अल्छिलाई लाउन नदेऊ बनाऊ हतियार, तर आफ्नै रक्षाका लागि लेऊ । निन्द्रा धेरै भयो, अब सिँहझैं भई जित्नै नसकिने सँख्यामा उठ शीतका थोापा झैं झटकारेर फाल तिमीहरु धेरै छौ, अत्याचारी थोरै छन् । ए बतास ! आज हिउँद छ भन्दैमा के वसन्त टाढा छ र ? (यी विश्वप्रसिद्ध कवि शेलीका उत्कृष्ट कविताका टुक्राहरु हुन् )

Suggestion for Asteroid 1950 D.A.क्षुद्रग्रहबारे केही सुझाव(यो मेरो लेख नागरिक दैनिकमा आज प्रकाशित भएको हो ।)

Image
क्षुद्रग्रहबारे केही सुझाव(यो मेरो लेख नागरिक दैनिकमा आज प्रकाशित भएको हो ।) “‘३२,८०० माइलको गतिमा क्षुद्रग्रह पृथ्वीतिर हुत्तिँदै, हानिँदै आइरहेको छ । टेनिसी विश्वविद्यालयले उक्त क्षुद्रग्रहको नाम १९५० डि.ए. दिएका छन् ।  ८६६ वर्षपछि उक्त क्षुद्रग्रह सन् २८८०को मार्च १६मा अर्थात वि.सं. २९३६को फागुण १९ गते पृथ्वीमा ठोक्किनेछ । यसरी ठोक्किँदा ४४,८०० मेघाटन बिष्फोटक पदार्थ बिष्फोटन हुने शक्ति उत्पन्न हुनेछ । जसका कारण सम्पूर्ण मानव जीवन समाप्त हुनेछ ।’ यो बैज्ञानिकहरूको दाबी छ ।” यो समाचारले म अत्यन्त स्तब्ध एवं भावुक भएँ । पृथ्वीमा मानवले गरेका उपलब्धीहरू क्षणभरमै नष्ट हुनेछन् । हामी मानवहरुले गरेका नाम, इतिहास, यस, कीर्ति आदि सबै पृथ्बीबाट मेटिनेछन् । हामीले अब यस्तो कार्य गर्नु पर्नेछ कि मानवको अस्तित्व मेटिाँदा पनि मानवले उक्त महाबिष्फोटनपछि यस पृथ्बीका लागि, संसारका लागि, सम्पूर्ण व्रम्हाण्डका लागि केही गर्न सकियोस् । मानवको अस्तित्व बचाउन पहिलो त बैज्ञानिकहरू सबै मिलेर उक्त महाविष्फोट हुने समयमा उक्त क्षुद्रग्रहलाई अन्तरिक्षमा नै बिष्फोटक पदार्थद्वारा आक्रमण गरेर बाटो ...