Suggestion for Asteroid 1950 D.A.क्षुद्रग्रहबारे केही सुझाव(यो मेरो लेख नागरिक दैनिकमा आज प्रकाशित भएको हो ।)
क्षुद्रग्रहबारे केही सुझाव(यो मेरो लेख नागरिक दैनिकमा आज प्रकाशित भएको हो ।)
“‘३२,८०० माइलको गतिमा क्षुद्रग्रह पृथ्वीतिर हुत्तिँदै, हानिँदै आइरहेको छ । टेनिसी विश्वविद्यालयले उक्त क्षुद्रग्रहको नाम १९५० डि.ए. दिएका छन् । ८६६ वर्षपछि उक्त क्षुद्रग्रह सन् २८८०को मार्च १६मा अर्थात वि.सं. २९३६को फागुण १९ गते पृथ्वीमा ठोक्किनेछ । यसरी ठोक्किँदा ४४,८०० मेघाटन बिष्फोटक पदार्थ बिष्फोटन हुने शक्ति उत्पन्न हुनेछ । जसका कारण सम्पूर्ण मानव जीवन समाप्त हुनेछ ।’ यो बैज्ञानिकहरूको दाबी छ ।”
यो समाचारले म अत्यन्त स्तब्ध एवं भावुक भएँ । पृथ्वीमा मानवले गरेका उपलब्धीहरू क्षणभरमै नष्ट हुनेछन् । हामी मानवहरुले गरेका नाम, इतिहास, यस, कीर्ति आदि सबै पृथ्बीबाट मेटिनेछन् । हामीले अब यस्तो कार्य गर्नु पर्नेछ कि मानवको अस्तित्व मेटिाँदा पनि मानवले उक्त महाबिष्फोटनपछि यस पृथ्बीका लागि, संसारका लागि, सम्पूर्ण व्रम्हाण्डका लागि केही गर्न सकियोस् ।
मानवको अस्तित्व बचाउन पहिलो त बैज्ञानिकहरू सबै मिलेर उक्त महाविष्फोट हुने समयमा उक्त क्षुद्रग्रहलाई अन्तरिक्षमा नै बिष्फोटक पदार्थद्वारा आक्रमण गरेर बाटो मोड्न सक्यौं भने सफलता प्रप्त हुन्छ ।
पहिले पनि डाइनोसरमय पृथ्वी थियो । त्यस्तै घटनापछि फेरि जीवन पुननिर्माणको सिलसिलाबाट मानव सभ्यता विकास भएको थियो । यसलाई मनन गर्नै पर्छ । त्यसैले दोस्रो भनेको यदि महाविष्फोटनलाई रोक्नै नसके तापनि विष्फोटन हुने समयभन्दा पहिले पृथ्वीवासीलाई अनुकूल कुनै अन्य ग्रहमा केही समयका लागि बसाईं सराई गर्ने र त्यसपछि महाबिष्फोटनपछि फेरि पृथ्वीमै मानव सबै अवतरण गरी पुनः निर्माण प्रक्रियाको थालनी गर्ने र बसोवार अनुकुल वातावरण बनाउने ।
तेस्रो भनेको यदि बसाईं सराई पनि गर्न सकिएनछ , उक्त क्षुद्रग्रहको बाटो पनि मोड्न सकिएनछ भने अनि सम्पूर्ण मानव समुदायको नष्ट भइसकेपछि पनि मानवले गरेका उपलब्धिहरूलाई सहिद भएर जोगाएर जाने । किनकी डाइनोसरमय पृथ्वी अहिले मानवमय पृथ्वी भएजस्तै फेरि बचेखुचेका जीवहरूबाट कालान्तरपछि विकसित भई योभन्दा विकसित जीवमय पृथ्वी पनि हुन सक्नेछ ।
आशा छ, यस्तो महाबिष्फोटको महाप्रलय नहोस् , यही कामना गरौं ।
२०७१ भाद्र ११ गते बुधवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
(यो मेरो लेख नागरिक दैनिकमा आज प्रकाशित भएको हो ।)

Comments
Post a Comment