“तपाईंको सुरक्षा हाम्रो चासो”
“तपाईंको सुरक्षा हाम्रो चासो”
—विभिन्न जातजाति, धर्म धर्मावलम्बीहरूले मनाउने चाड–पर्वलगायत अन्य समयमा समेत हुनसक्ने चोरी डकैतीलगायतका अपराधबाट बच्ने उपायहरू
--घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नुभन्दा अगाडि ढोका वा झ्यालहरूमा चुकुल, गजवार वा पर्दा राम्ररी लगाएको छ छैन भन्ने बारे ध्यान दिनुहोस् ।
--सपरिवार घर छोडी बाहिर जानुपर्दा आफ्नो विश्वासिलो व्यक्ति वा छिमेकीलाई जानकारी दिई जानुहोस् ।
--ढोकामा आग्लो, गजवार वा बलियो छेस्किनी लगाउने व्यवस्था मिलाउनुहोस् ।
--घरको सुरक्षाको लागि सुरक्षाका उपकरणहरू जस्तैः सम्भव भएसम्म आपतकालीन साईरन, सिसीटिभीको वा स्थानीय स्तरमा उपलब्ध अन्य सुरक्षाका उपकरणहरुको व्यवस्था गर्नुहोस् ।
--ढोकामा बाहिर देखिने ताल्चा लगाउँदा चोरलाई घरमा मान्छे छैन भन्ने जानकारी हुने र त्यस्तो ताल्चा फुटाउनसमेत चोरलाई सहज हुने हुँदा घर, पसलको ढोकाको भित्रि भागमा लगाइने भित्रि ताल्चा क्ष्ललभच यिअपको प्रयोग गर्नुहोस् ।
--चोरी डकैती हुनको लागि चोर, डाँका, बहूमूल्य बस्तु र मौका एकैपटक मिलेमा मात्र सम्भव हुन्छ । त्यसैले हाम्रो सतर्कमा र व्यवस्थाले यी तीन तत्वलाई एकसाथ मेल खान नदिएमा कुनै पनि घटना भई क्षति हुनबाट बचाउँछ । अपराधीलाई मौका नदिनुहोस् र सुरक्षित बन्नुहोस् ।
--राति घर कम्पाउण्ड र कौसीमा पर्याप्त प्रकाशको व्यवस्था गर्नुहोस् ।
--बहुमूल्य नगद तथा गरगहना घरमा नराख्नुहोस् । बैङ्कमा राख्ने गर्नुहोस् ।
--बहुमूल्य गरगहना लगाई कुनै मेला पर्वमा हिँडडुल नगर्नुहोस् र गरगहना लगाई हिँडडुल गर्दाका बखत सतर्क रहनुहोस् ।
--कम्पाउण्ड वाल लगाउँदा र त्यसमाथि ग्रिल लगाउँदा सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने डिजाइनको लगाउनुहोस् ।
--अपरिचित व्यक्तिहरुसँग अनावश्यक वातचित नगर्नुहोस्, उनीहरुलार्ई घर कम्पाउण्डमा प्रवेश गर्न नदिनुहोस् ।
--टोल छिमेकमा रहेका बदमास र घरमा आवतजावत गर्ने अपरिचित व्यक्तिहरुमाथि निग्रानी गरी सुरक्षाकर्मीलाई खबर गर्नुहोस् ।
--घरमा काम गर्ने वा भाडामा बस्ने व्यक्तिहरुको नाम, थर, फोटो स्थायि–अस्थाई ठेगाना राख्नुहोस् र निजहरुको चालचलनमा समेत ध्यान दिनुहोस् ।
पाकेटमारी तथा लुटपाटबाट बच्ने उपायहरु :—
--अपरिचित व्यत्तिले दिएको खानेकुरा तथा पेय पदार्थ नखानुहोस्, नपिउनुहोस् । त्यस्तो खानेकुरा वा पेय पदार्थमा लठ्याउने वस्तु मिसाएको हुनसक्छ ।
--कोही कसैले नक्कली सुनलाई सक्कली सुन भनी र कागजको पोको बनाई डलर छ भनी झुक्याई वा भ्रममा पारी ठगी गर्नसक्छ भन्ने बारे सदैव सजग र सतर्क रहनुहोस् ।
महँगो गरगहना लगाएर वा धेरै पैसा लिएर एक्लै नहिँड्नुहोस् । हिँड्नुपर्ने अवस्था आएमा साथीसँग हिँड्न्होस् ।
भिडभाड हुने स्थानमा जाँदा वा किनमेल गर्न जाँदा आफ्नो पर्स (पकेट) आदिको विशेष ख्याल गर्नुहोस् ।
हिलो, फोहोरजस्ता मैलो बस्तुहरु थाहा नपाउने गरी शरीरमा लगाएको कपडामा फ्याँकी अपरिचित व्यक्तिले सोही समयमा शरीरमा भएको बहुमूल्य गहना मनीव्याग तथा बहुमूल्य बस्तु लुटी लानसक्ने हुँदा होशीयार, चनाखो रहनुहोस् ।
सार्वजनिक यातायातको साधनभित्र कोड भाषा प्रयोग गर्ने समूहसँग सतर्क रहनुहोस् ।
सार्वजनिक गाडीहरुमा चड्दा बढी पैसा बोक्नुपर्ने भएमा पैसा भएकोजस्तो भान नगराउनुहोस् ।
बढी भिडभाड भएको सार्वजनिक यातायातको साधनभित्र शङ्कास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफुले नै बढी निग्रानीमा राख्नुहोस् ।
“गाडीमा पैसा झरेको छ कसको हो ?” वा “पाकेटमार छ कि क्या हो ?” भनेपछि उक्त गाडीमा पाकेटमारको समूह छ भन्ने एकिन हुन्छ । उनीहरु मानिसले (यात्रुहरुले) पैसा कहाँ राखेका छन् भनी एकिन गर्न उक्त वाक्यको प्रयोग गर्ने गर्दछन् ।
कुनै व्यक्ति वा समूह अरु सिट हुँदाहुँदै पनि अर्काको सिटमा बढी भिडभाड गर्ने तथा सिटमा आएर झ्यालतिर थुक्ने बहाना बनाउने वा झर्नुछ भनी सिट सार्न खोजेमा उक्त व्यक्ति पाकेटमार हुन सक्छ ।
सौजन्य :– काठमाडौं, महानगरपालिका ।
“तपाईंको कमजोरी अपराधीका लागि मौका बन्नसक्छ ।”
सुरक्षित समाज निर्माणको लागि प्रहरी र समाजको सहभागिता एक्अर्काको परिपूरक हो ।
आपतकालीन प्रहरी टेलिफोन नंबरहरु १००, १०३
महानगरिय प्रहरी आयुक्तको कार्यालयको हटलाइन नंबर ९८५१२८३८३५, ९८६०३१२२१०,.९८६०३१२२१३
महानगरिय प्रहरी परिसर, हनुमानढोका, काठमाडौं प्रमुख ९८५१२०५५५५
यसबारे मेरो धारणा :– ज्ञाने, प्रचण्डे तथा बेश्याबृत्ति तस्करी जस्ता देशैभर रहेका सञ्जाललाई खत्तम पारी उनीहरुका सम्पत्ति गरीबहरुलाई बाँडेमा मात्रै यो समाधान हुन्छ । नत्र सधैं गरिबलाई ऐन धनीलाई चैन । थुइक्क सालेहरु ।

Comments
Post a Comment