Posts

बधाई छ सुनकली

Image
मुगु जिल्लावासी जसले २ वर्ष अगाडिसम्म पनि मोटरगाडी , शहर देखेका थिएनन् । नेपालकै सबैभन्दा गरिब जिल्ला यो , खेतीपातीले  १८ घण्टा अनवरत काम गरेमा मात्रै ४ महिना खान पुग्ने अरु समय भगवान भरोसा त्यहाँ । सुनकली त्यहाँकी चेली त्यो त्यस्तो नाम हो जसले नेपालै चिनाए । यो खबर विश्वभर फैलिसकेको छ । विश्वभरीबाट यसबारे डकुमेन्ट्री को माग भइरहेको छ । अब वृत्तचित्रले झनै चम्कनेछिन् सुनकली । बधाइछ तिमीलाई धेरै–धरै । यतिबेला हर्षका आँस्रुधारा बगाउँदै लेखिरहेको छु म तिम्रा बारेमा , तिमी जस्तो सुपुत्री जन्माइदिनु भएकोमा नेपाल आमा तथा तिम्रा जन्मदिने बाबा–आमालाई हर्षका आँसुले सलाम गरिरहेको छु । सांसदहरुले जिल्ला विकासका लागि करोडौं पैसा पाए पनि विकास त्यहाँ पुग्न सकेको थिएन तर लाख कठिनाइका बाबजुद तिमीले गरेर देखाइदियौ । एकदिन हिँडेर मैदानमा पुगेर फुटबल खेलको अभ्यास गर्दागर्र्दै यो तिम्रो महिला टीमले गाउँमा प्रथम हुँदै नेपालभरीबाट मुगु जिल्लालाई प्रथम बनाए । कप जितेर मुयु पुर्यायौ । मुगीहरुलाई पनि शहर देखाइदियौ । एकदिनको बाटो हिँडेर खेलको अभ्यास गरेकाले सबै टीमहहरु हाफटाइम अगाडि नै थाकिसकेका थिए तर ...

माओवादी सहित पाँच दलहरुबीच कार्यगत एकता

Image
कार्यगत एकताका लागि दुई माओवादीको प्रस्ताव एमाओवादी सहित पाँच दलहरुबीच कार्यगत एकताका लागि सहमति भएको छ । ठूला पार्टीहरु माओवादी र एमाओवादीले कार्यगत एकताका लागि बुद्धनगरमा भएको पहिलो वार्तामा राखेका प्रस्तावहरू सामयिक भएकोले यहाँ प्रकाश ित गरेका छौं । कार्यगत एकता बारे माओवादीको प्रस्ताब हाम्रो तपसिलका राजनीतिक दलहरु निम्न साझा सहमति अनुसार कार्यगत एकता गरी जनसङ्घर्ष तथा जनपरिचालनका कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेका छौं । (१) उद्देश्य आवश्यकता # राष्ट्रियता जनतन्त्र र जनजीविकामा आधारित जल्दाबल्दा विषयमा आन्दोलनमा जाने । # क्रान्तिका सहिद , बेपत्ता योद्धा , घाइते , अपाङ्गसित सम्बन्धित बिषयलाई उठाउने # जनताको संबिधान निर्माणका लागि संबिधानसभा बाहिर सर्वपक्षीय राजनैतिक सभाको गठनका लागि सहमत गर्ने । # जनयुद्धकालीन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगलगायतका विषयहरुलाई लिई आवाज उठाउने । (२) संयुक्त समितिको गठन # उक्त विषयहरुलाई लिएर जनसङ्घर्ष तथा जनपरिचालन गर्नका लागि संयुक्त समिति गठन गर्ने । # सो समितिको नाम संयुक्त राजनीतिक सङ्घर्ष समिति राख्ने । # सो समितिमा सम्...

लघुकथा :– असीम आनन्द

लघुकथा :– असीम आनन्द कथाकार :– बिजु सुवेदी “विजय” एकजना दानी व्यक्तिको सन्दर्भमा छ त्यो । उसले परोपकार गरी–गरी दिन विताउँथ्यो । ऊसँग सहयोग माग्न आउनेहरूको ताँती लाग्थ्यो । उसले उनीहरुलाई आफू मरेर सहयोग गथ्र्यो । उसले आफूले दिन सक्ने खालको सहयोग आफ्नो ज्यान प्राण दिन्थ्यो । यतिसम्मन् कि आफ्नो हाड छाला घोटेर सहयोग गथ्र्यो । एकदिन ऊ लखतरान भएर बाटोमै ठ्याच्च बसेर, टोपी फुकालेर आफैलाई हम्केर खुइय्य गर्दै सास फेरिरहेको थियो । अकस्मात उसले बाटोमा फुकालेर विसाएको टोपीमा कसैले एक रुपियाँको सिक्का दान दिएर गएको थियो । यो दान उसले दुनियाँमा सबैभन्दा पहिलो पटक पाएको थियो । मरेर सहयोग गर्दा पनि कसैलाई सन्तुष्टि पार्न नसकेको सन्दर्भमा त्यो एक रुपियाँको दानप्राप्तिले उसलाई असीम आनन्दानुभूति दिलाएको थियो । २०७१ असार ६ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

लघुकथा :– ऊ

Image
लघुकथा :– ऊ बिजु सुवेदी “विजय” एउटा राजा थियो , रजा बन्न मन नपर्ने । ऊ सधैं भेष बदलेर जनता बनेर हरेक ठाउँ सर्वेक्षण गथ्र्यो र आफ्नो बाबुको आदेश पालनअनुसार तथा देशका चलिआएको कानूनअनुसार राजा भइरहेको थियो । उसले जहाँ सर्वेक्षण गर्दा पनि जनत ाहरु केही बोल्दैनथे । भनिराख्नु पर्दैन मात्र भन्थे । “आँ गर्दा अलङ्कार बुझिहाल्छ नि” भन्थे । तर एकदिन उसले आफ्नो उत्कट अभिलाषा पूरा गर्न उक्त देशका एकजना व्यक्तिलाई धेरै धेरै कर गरेर सोध्यो । उसले भन्यो “ हाम्रो देशको राजा धेरै राम्रो छ । तर यो कुरा नफैलाउनुस् राजाले थाहा पायो भने उसले आत्महत्या गर्नेछ । किनकी उसलाई राजा भनेको मन पर्दैन । उसलाई जनता नै भन्नुपर्छ रे । बास्तवमा हामीजस्तै भएकोले राजा धेरै राम्रो छ ।” त्यसको भोलिपल्ट राजाको आत्महत्याको खबर फैलियो । साँच्चिकै राजाले आफूलाई राजा भनेको सहन गर्न नसकेर आत्महत्या गरेको थियो । त्यसपछि कत्ति साशकहरु आए , कत्ति ऊभन्दा पहिलेका साशकहरु पनि भए ती सबैले साशन चलाएको जनताले कहिल्यै रुचाएनन् , यिनीहरुका कारणले जनतालाई सधैं दुःख । य...

आऊ दाजुभाई दिदी बहिनीहरू उठ

आऊ दाजुभाई दिदी बहिनीहरू उठ गरीब दुःखीहरुले सुख पाओस् परिश्रम गरेर खान पाओस् देशलाई विकसित रुपमा सधैं बढाइरहन पाऊँ हाम्रो देश किन पछाडि छ ? बिषालु गोमनले डसेको छ देशलाई देशमा कलङ्कहरु जन्मिएका छन् नामर्दहरुले देश चलाएका छन् अझै पखेटा फतफताउन दखोज्दैछन् यिनीहरुलाई हुर्मत नसिकाइ भएको छैन देश निरर्थक भइरहेको छ देशका विषालु गोमन सर्पहरुले, देशलाई कलङ्कित पारिरहेको छ त्यस्ता गोमनहरूलाई निमिट्यान्न पार्नु जरूरी छ देशमा किन भ्रष्टाचार छ ? देश किन यथास्थितिवादमा छ ? देश किन कलङ्कित छ ? देश किन गद्दारहरूको हातमा छ ? देश किन पाल्टू कुकुरहरुको हातमा छ ? यिनीहरुलाई हुर्मत सिकाउनु जरुरी छ कोही कोही आफ्नै घरपरिवार भित्रै पनि छन् यिनीहरुले देशलाई कलङ्कित नबनाइदिए बेश होला यिनीहरुले यत्ति बुझे बेश यिनी जतिसुकै देवता भनी कुर्लिए पनि वास्तबमा यिनीहरु दानव नै हुन् त्यसैले त देश सम्बेदनशील अवस्थामा छ हे देशलाई वलात्कार गर्ने दानबहरु हो ! तिमीहरु अब जाऊ कसको गुलामी गरेको हो ? त्यो डाँकाको सम्बेदनशील अङ्ग चाट्न जाऊ दासहरूलाई कति दास बन्न मन हेर ! उनीहरुलाई हक दिलाऊँ भन्दा अझ...

आफ्नो बिचार—४७

आफ्नो बिचार—४७ कमरेड माओले भने जस्तै आन्दोलनको शुरुवात घरबाटै गर्नुपर्छ र मैले पनि घरैबाट प्रगतिशील बिचाार उद्वेलित पारिरहेको छु । हामी नेपालीहरुका लागि संस्कारले गाँजेको छ । गर्न सक्नेले आफ्नो रवाफका लागि संस्कृति मान्छन् तर गच्छे नभएकाहरुलाई यसैले ऋणमा चुर्लुम्म डुबाइदिन्छ । साथीभाइ आफन्तहरु यही संस्कारमा मात्र भेट्ने अनि अरु बेला चुँ सम्म नबोल्ने व्यवहार सर्वत्र व्याप्त छ । मेरो घरको सन्दर्भमा पनि एकलकाँटे नै भइरहेको छु । सायद म अन्ध परम्परा नमान्ने भएर उनीहरुका लागि पागल भएको छु । उनीहरु सरररर दैनिक क्रियाकलाप जसरी संस्कारहरु फोकटमा खर्च गरी भविष्यका लागि जाहो नगरी दुःख पाउन मनाइरहेका छन् । मलाई लाग्छ जस्तो जन्मदेखि मरणसम्म जति पनि सस्कारले हामीलाई गाँजेको छ । यसलाई निर्मूल पार्न सबैले आफ्नो घरघरबाट गर्नसक्नुपर्छ अनि मात्रै हाम्रो देशले काँचुली फेर्छ । ओशोले भन्नु भएजस्तै “तिमीलाई यो गर ऊ गर भन्दैमा गर्नु पर्दैन किनकी तिमीले पहिले मान्दै आएका सबैलाई चटक्कै बिर्सिदेऊ र आफूले जेदेखेको छ त्यसबाट निक्र्यौल गर र आफ्नो जीवनमा सप्रमाण लागू गर” । यसरी हेर्दाखेरी संस्कार भन्...

Suggestion for Nepalese Constitution

१)संबिधानमा सारा नेपालीले नबुझिने किसिमको संस्कृत भाषा नराखियोस् । भनाइको मतलब प्रत्येक संबिधान एउटै लिपी एउटै भाषामा राखियोस् । २) लखन थापादेखि हालसम्मका शहीदहरुको माग अनु्रुप तथा सात सालको संबिधानसभा भैसकेर किन तुहिएको थियो त्यसको पनि कार्वाहीको व्यवस्था गरियोस् । ३) बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था कायम गरियोस् । ४) लोकतान्त्रिक कार्यप्रणाली भएको दललाई मात्र सरकारी मान्यता दिइयोस् । ५) धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियोस् । ६) जनताद्वारा, जनतालाई, जनताको हक दिलाउने शासनलाई नै मूल शासनको रुपमा मान्यता दिइयोस् । ७) संबिधान नेपालको संम्पूर्ण भाषा तथा अन्तर्राष्ट्रिय भाषामा प्रकशित गरियोस् । ८) राष्ट्रिय झण्डा बिश्वका सम्पूर्ण राष्ट्रकै झण्डाको आकारमा बनाइयोस् । यसबाट विश्व समुदायबाट नेपाल नअलग्गिएको देखिन आउँछ । सूर्यवंशी  र चन्द्रवंशी सामन्ती साम्राज्यवादी आतङ्कको प्रतीक चन्द्र र सूर्यलाई राष्ट्रिय झण्डाबाट हटाइयोस् बरु बुद्ध र सगरमाथा राखियोस् । झण्डा चारकुने आकारको हुनु अनिवार्य छ । ९) राष्ट्रिय पञ्छी डाँफे भएजस्तै राष्ट्रिय जनावर पनि संरक्षण गर्न  योग्य जनावर जस्तै यति, ग...