लघुकथा :– ऊ


लघुकथा :– ऊ


बिजु सुवेदी “विजय”




एउटा राजा थियो , रजा बन्न मन नपर्ने । ऊ सधैं भेष बदलेर जनता बनेर हरेक ठाउँ सर्वेक्षण गथ्र्यो र आफ्नो बाबुको आदेश पालनअनुसार तथा देशका चलिआएको कानूनअनुसार राजा भइरहेको थियो । उसले जहाँ सर्वेक्षण गर्दा पनि जनताहरु केही बोल्दैनथे । भनिराख्नु पर्दैन मात्र भन्थे । “आँ गर्दा अलङ्कार बुझिहाल्छ नि” भन्थे ।




तर एकदिन उसले आफ्नो उत्कट अभिलाषा पूरा गर्न उक्त देशका एकजना व्यक्तिलाई धेरै धेरै कर गरेर सोध्यो । उसले भन्यो “ हाम्रो देशको राजा धेरै राम्रो छ । तर यो कुरा नफैलाउनुस् राजाले थाहा पायो भने उसले आत्महत्या गर्नेछ । किनकी उसलाई राजा भनेको मन पर्दैन । उसलाई जनता नै भन्नुपर्छ रे । बास्तवमा हामीजस्तै भएकोले राजा धेरै राम्रो छ ।”




त्यसको भोलिपल्ट राजाको आत्महत्याको खबर फैलियो । साँच्चिकै राजाले आफूलाई राजा भनेको सहन गर्न नसकेर आत्महत्या गरेको थियो । त्यसपछि कत्ति साशकहरु आए , कत्ति ऊभन्दा पहिलेका साशकहरु पनि भए ती सबैले साशन चलाएको जनताले कहिल्यै रुचाएनन् , यिनीहरुका कारणले जनतालाई सधैं दुःख ।




यहाँ कथाकारले उसलाई भन्नु मन नपर्ने शब्द नभनी ऊ भनी सम्मान गरिएको छ । रबिको हालत अहिले पनि यस्तै छ । ऊ यसैमा अति सन्तोष छ। किनकी उ शोषक बन्न स्वीकार्दैन ।




2071/03/04


बिजु सुवेदी “विजय”


कुलेश्वर, काठमाडौं


bijusubedi@gmail.com
— watching The Legend of Bhagat Singh at Kuleshor

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा