आऊ दाजुभाई दिदी बहिनीहरू उठ

आऊ दाजुभाई दिदी बहिनीहरू
उठ

गरीब दुःखीहरुले सुख पाओस्
परिश्रम गरेर खान पाओस्
देशलाई विकसित रुपमा सधैं बढाइरहन पाऊँ
हाम्रो देश किन पछाडि छ ?
बिषालु गोमनले डसेको छ देशलाई
देशमा कलङ्कहरु जन्मिएका छन्
नामर्दहरुले देश चलाएका छन्
अझै पखेटा फतफताउन दखोज्दैछन्
यिनीहरुलाई हुर्मत नसिकाइ भएको छैन
देश निरर्थक भइरहेको छ
देशका विषालु गोमन सर्पहरुले,
देशलाई कलङ्कित पारिरहेको छ
त्यस्ता गोमनहरूलाई निमिट्यान्न पार्नु जरूरी छ
देशमा किन भ्रष्टाचार छ ?
देश किन यथास्थितिवादमा छ ?
देश किन कलङ्कित छ ?
देश किन गद्दारहरूको हातमा छ ?
देश किन पाल्टू कुकुरहरुको हातमा छ ?
यिनीहरुलाई हुर्मत सिकाउनु जरुरी छ
कोही कोही आफ्नै घरपरिवार भित्रै पनि छन्
यिनीहरुले देशलाई कलङ्कित नबनाइदिए बेश होला
यिनीहरुले यत्ति बुझे बेश
यिनी जतिसुकै देवता भनी कुर्लिए पनि
वास्तबमा यिनीहरु दानव नै हुन्
त्यसैले त देश सम्बेदनशील अवस्थामा छ
हे देशलाई वलात्कार गर्ने दानबहरु हो !
तिमीहरु अब जाऊ कसको गुलामी गरेको हो ?
त्यो डाँकाको सम्बेदनशील अङ्ग चाट्न जाऊ
दासहरूलाई कति दास बन्न मन हेर !
उनीहरुलाई हक दिलाऊँ भन्दा
अझै हामीलाईनै बदनाम गर्न तम्सन्छन्
अझै पनि चिहानमा गाडेको मूर्दा उढाउन खोज्छन्
देश निरङ्कुशता तर्फ धकेल्न खोज्छन्
हेर शहीदहरुलाई !
शहीदहरुले देशका निम्ति धेरै गरेका छन्
उहाँहरुले गर्दा हामीले शीर ठाडो गर्न सकेका छौं
अझै उहाँहरूलाई शैतानहरुले लडाकु भन्दैछन्
यसरी शहीदलाई बदनाम गर्न तम्सन्छन्
यस्ता छन् मानवरुपी दानवहरू
विकासको पथमा देशलाई लम्काउनु छ
काला जञ्जिरहरु तोड्नु छ
देश स्वतन्त्र पार्नु छ हामीले
तिमी भेडा होइनौ
तिमी बाघ हौ
हेर आफूलाई
अन्ध परम्पराको पछि नलाग
देश स्वतन्त्र पार्नु छ हामीले
देशलाई परतन्त्री चत्रमा फसाउनु हुँदैन
त्यसैले देशको दुर्दशा भयो
देशलाई किन वलात्कार गर्छौ तिमीहरु,
यहाँ देश रोएको बेला
देशलाई किन नङ्गयाउन खोज्छौ ?
देशलाई किन गरीब तुल्याउँछौ ?
देशलाई किन लुट्न खोज्छौ ब्वाँसाहरू
देश हो हाम्रो सगरमाथाको विशाल
तिमीहरूको अन्त्यको दिन आउँदैछ
तिमीहरुले गरेको अत्याचार अती भइसक्यो
तिमीहरूलाई निमिट्यान्न नपारेसम्म
देशले सुस्केरा फेर्न सक्दैन
हे देश !
तिमीले जितेको हेर्न चाहन्छु म
ब्वाँसाहरू खत्तम भएको हेर्न चाहन्छु म
देश बदल्न आऊ सबैजना हिम्मतिलो भई
आऊ लालकिरण ल्याऊँ
देश बदल्न आऊ सबैजना
कुत्सितहरूलाई लघार्न आऊ सबैजना
कुत्सितहरूलाई लघार्न आऊ सबैजना

२०७१ असार ४ मध्यरात
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा