बधाई छ सुनकली



मुगु जिल्लावासी जसले २ वर्ष अगाडिसम्म पनि मोटरगाडी , शहर देखेका थिएनन् । नेपालकै सबैभन्दा गरिब जिल्ला यो , खेतीपातीले  १८ घण्टा अनवरत काम गरेमा मात्रै ४ महिना खान पुग्ने अरु समय भगवान भरोसा त्यहाँ ।
सुनकली त्यहाँकी चेली त्यो त्यस्तो नाम हो जसले नेपालै चिनाए ।
यो खबर विश्वभर फैलिसकेको छ ।
विश्वभरीबाट यसबारे डकुमेन्ट्री को माग भइरहेको छ ।
अब वृत्तचित्रले झनै चम्कनेछिन् सुनकली ।
बधाइछ तिमीलाई धेरै–धरै ।
यतिबेला हर्षका आँस्रुधारा बगाउँदै लेखिरहेको छु म तिम्रा बारेमा , तिमी जस्तो सुपुत्री जन्माइदिनु भएकोमा नेपाल आमा तथा तिम्रा जन्मदिने बाबा–आमालाई हर्षका आँसुले सलाम गरिरहेको छु ।
सांसदहरुले जिल्ला विकासका लागि करोडौं पैसा पाए पनि विकास त्यहाँ पुग्न सकेको थिएन तर लाख कठिनाइका बाबजुद तिमीले गरेर देखाइदियौ ।
एकदिन हिँडेर मैदानमा पुगेर फुटबल खेलको अभ्यास गर्दागर्र्दै यो तिम्रो महिला टीमले गाउँमा प्रथम हुँदै नेपालभरीबाट मुगु जिल्लालाई प्रथम बनाए ।
कप जितेर मुयु पुर्यायौ ।
मुगीहरुलाई पनि शहर देखाइदियौ ।
एकदिनको बाटो हिँडेर खेलको अभ्यास गरेकाले सबै टीमहहरु हाफटाइम अगाडि नै थाकिसकेका थिए तर सुनकलीको टिममा ९० मिनेटै तन्दुरुस्ती कायम थियो ।
प्रयास गरेमा हुने रहेछ भनेर रुपन्देहीकी तेरियाले पनि देखाइ सकिन् । उनको नाच हेर्दैमा पनि आँखा रसाउँछ अझै पनि । सुनकलीले पनि पुरुषप्रधान समाजलाई इष्र्या गर्न वाध्य बनाइदिइन् ।
त्योभन्दा पनि कहाँहो कहाँ अहिलेको विश्व कपलाई नै फिक्का पारिदिए यो मुगी टिमले अनि खारिएको हीरा सुनकलीले ।
सुनकली त क्याप्टेन नै भइन् ।
उनलाई त मुगीहरु सबै मेस्सी भन्छन् जसमा मेस्सी थाहा नपाउनेहरु अधिकांश छन् ।
बालुवा र हिउँ भएको मैदानमा तथा विकासले आँखा नचियाएको स्थानमा त्यो पनि एक दिन लगाएर गई अनवरत गरेको प्रयासको यो राम्रो फल हो ।
राजारानी मात्र घोडा चढ्ने मुगुमा सबै टिमकाहरुले घोडा चढे जिल्लावासीको स्वागत पाए  ।
स्वागतमा पूरै जिल्ला उर्लिए ।
समस्या एउटा छ त्यो हो मुगी चेलीले चाँडै बिहे गर्ने ।
त्यसैले यस विहे परम्परालाई पञ्छाएर यो टीमलाई दरिलो बनाएर सगरमाथाको चुचुरोसम्म पुर्याउनु पर्छ ।
सुनकली चेली तिम्रो जति वर्णन गरेपनि थोरै हुन्छ ।
अहिलेसम्मनु् जति पनि समाचारमा तिमी र तिम्रा वारेमा आएका हरेक शब्द फिक्का भएका छन् ।
प्रयास गरेमा के नहुने रहेछ त ?
हामी सबै युवाले यहाँ के हुन्छ र ? भन्दै विदेशको मुख ताक्नुभन्दा तेरिया , सुनाकली जन्माउँदै जानुपर्छ ।
यो आजको समयको माग हो ।
हाम्रो देश हामीले आफ्नै काँधमा थाप्नु पर्छ र डोर्याउनु पर्छ ।
अरुले कोइला देखे पनि उनी खारिएर हीरा नै ब
निसकिन् । हुनत कोइला पनि कार्वन नै हो हीरा पनि कार्वन नै हो । त्यसमा खारिएकोपन छ सुनकलीमा ।

नाच नजान्ने आँगन टेढो नगरौं ।
प्रयास , प्रयास , प्रयास , अनवरत प्रयास
गरेमा के नहुने रहेछ त ?

२०७१ असार १६ सोमबार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा