Posts

खुशीराम पाख्रिन(पुरस्कार प्राप्त कृति)

बाउआमा भेटेनी मार्नेछु भन्ने कसमै खाएर नबगाऊ रगत विदेशी सिमा रेखामा गएर पैसा र तक्मा पेन्सनको धाकमा इज्जतै गुमाउँछन् कुन स्वाभिमानी देशको मान्छे यसरी विक्दछन् त्यो विश्वयुद्ध गोर्खाली जठ्ठा असँख्य गुमाई संसारमा घाम नअस्ताउने विदेशलाई बनाए नमरी बाँचे फर्केर आउँला भनेर नजाऊ भाडामा सिपाहीँ जन्माउने देश नेपाललाई नबनाऊ ।। छातीमा फूल फुल्न नपाउँदै डढेलो लगाउँछन् देशका खम्बा बलिष्ठ युवा यसरी धपाउँछन् गाउँबेशी सबै शून्य छ यहाँ सबैको घर खाली चाहार्दैछन् आज विश्वको कुना कुनामा नेपाली संसारका न्यायीक जनताको टाउको छप्काउन नजाऊ किनबेचमा चल्ने अचेतन जन्तु गोर्खाली नबनाऊ ।। देशको हालत सहीसक्नु छैन फर्केर हेरिदेऊ अर्काले दिएको दासताको बिल्ला कलङ्क सम्झिदेऊ बर्मा,रोम , इराक , जर्मनीसम्म गोर्खाली पुर्याई लाखौंलाख यहाँ नेपाली छोरी विधुवा बनाई पैसामा साट्ने नेपाली जीवन सारै नै सस्तो छ मरेर पाइने परम्वीरचक्र हेर न कस्तो छ मरेर पाइने परम्वीरचक्र कतिमा सस्तो छ ।। --------खुशीराम पाख्रिन---------(पुरस्कार प्राप्त कृति)

पुस्तकमेला २०७० खुल्यो

Image
काठमाडौंको राष्ट्रिय सभागृहमा हिजो बिहीवार २०७० मंसीर १३ गतेदेखि मंसीर २२ गतेसम्म एकहप्तासम्मका लागि “राष्ट्रिय पुस्तकमेला २०७०” सुरु भइसकेको छ । नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले पहिलोपटक आयोजना गरेको उक्त प्रदर्शनी शिक्षा–मन्त्री माधव पौडेलले उदघाटन गरेका थिए ।  नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रबाशक संघले यसअघि अन्तर्राष्ट्रिय प्रकाशकहरुलाई समेत निम्त्याउँदै “बृहद् पुस्तक प्रदर्शनी” गर्दै आएको थियो । नेपालमा प्रकाशित पुस्तकहरुको औद्योगिक रुपमा विकास गराउन र अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच बढाउन यो प्रदर्शनी गरिएको संघका महासचिव लिखत प्रसाद पाण्डेले उद्घाटनको कार्यक्रमका बेला बताएका थिए । “हाम्रो उद्देश्य मुलुकमै प्रकाशनमा आत्मनिर्भर बनाउनु हो ।” उनले भनेका थिए । अन्तर्राष्ट्रिय पहुँचमा पुर्याउनु पनि अर्को लक्ष्य छ ।” उनले अरु थपे । प्रदर्शनीमा  संघ आवद्ध ३३ नेपाली प्रकाशनगृहहरुको सहभागिता छ । तिनमा साझाप्रकाशन , एकता पब्लिकेशन , हिमाल किताब , फाइन प्रिन्ट , पब्लिकेशन्स् नेपालय , रत्नपुस्तक भण्डार , साङ्ग्रिला बुक्स , तलेजु प्रकाशनआदि प्रकाशकहरु लगायत...

मेरो अपील

मतगणना भइरहेको छ । मतको परिणाम काँग्रेस र एमालेको पोल्टामा आइरहेको छ । यसको अर्थ हुन्छ जनताले प्रचण्ड , ज्ञानेन्द्रको तानाशाही र लुटेरा सत्तालाई परास्त गरिदिएका छन् । काँग्रेस र एमालेको सत्ता जनताले धेरै हेरिसकेका थिए । उनीहरुले नेपालका टनकपुर , महाकाली बेचेको जनतालाई राम्ररी थाहा थियो । नदीनाला उनीहरुले भारतलाई बेचेका कारणले हाम्रो देशले विश्वको दोस्रो जलस्रोतको धनी देश भएर पनि लोडसेडिङ्गको मारमा बस्नु परेको छ । हाम्रो देशमा यसपाली उठ्ने  सबै ठग दलहरुलाई भोटदिन मननलागे पनि निर्वाचनमा भाग लिन्न भन्नेहरुलाई खत्तम पारुँला झैं सेना परिचालन भएकोले गर्दा थर्कमान जनताहरुलाई  आतंककारी बैद्य पार्टी भन्लान् भनेर अथवा उनीहरुलाई जेलमा कोच्लान् भनेर बिद्रोह गर्न नसकेकोले गर्दा सोझा सीधा जनताहरुले भोट खसाल्न गए । एउटा कुरा ख्याल गरिदिनुस् यदि  राजा ,काँग्रेस र एमालेले चाहेका भए हाम्रो देश अहिलेसम्ममा लोडसेडिङ्गबाट मुक्त भएर बिजुली भारत र चीनलाई बेच्न पुग्थ्यो । तर ठीकै छ  निर्वाचन परिणामको पूर्व सन्ध्यामा नेपाली जनतालाई धन्यवाद दिनै पर्छ । धन्यवाद नेपाली जनता , यहाँहरुले प्रचण्...

लुटेराहरुलाई किन दिने भोट ?

जनतालाई ठगी खाने सामन्तलाई चोट लुटेराहरुलाई किन दिने भोट ? गरीब जनता कमाइ नपाइ मर्दैछन् भोक प्यासी दुःखीहरु हार गुहार गर्दैछन् रोगै नलाइ औषधीका बिलहरु थुपारी साँसद र मन्त्रीहरु जुकासरी मोटाउँदैछन् नदेखा भ्रष्टाचारी लुटेका ती नोट महलमा बस्नेलाई किन दिने भोट ? रातो पासपोर्ट बेचेर तस्करलाई पोस्दैछन् राजश्वलाई छलेर पजेरोमा चढ्दैछन् रातारात करोडौं करोड काला धन थुपारी जनता ठग्न फेरि पनि भोट मागन आउँदैछन् उखेलेर फालौं अब यो बिषालु बोट पजेरोमा गुड्नेलनई किन दिने भोट ? जनताको रगतले धर्ती सारा भिजाउने महाकाली सुम्पेर भारतलाई रिझाउने बिदेशीले सीमा मिच्दा चूपचाप बसेर विस्तारबादको साथ सधैं घुँडा टेकी बसेर ३ करोड जनतालाई पार्यो ठूलो चोट हत्याराहरुलाई किन दिने भोट ? जनतालाई लालसलाम सामन्तलाई चोट लुटेराहरुलाई किन दिने भोट ? .....जीवन शर्मा .......

चुनाव बहिष्कार गरौं ।

बिदेशी निर्देशनको चुनाव बहिष्कार गरौं । राष्ट्रिय स्वाधीनताको रक्षा गरौं । राष्ट्रिय सहमती कायम गरौं । बिधिको शासन र सहमतिय सरकार निर्माण गरौं । राष्ट्रिय सँयुक्त सरकारको गठन गरौं । सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गरौं  । मुलुकलाई भयानक मुठभेद र द्वन्द्वको भुमरीमा धकेल्ने सँबिधानसभाको बहिष्कार गरौं । गणतन्त्रात्मक सँबिधान निर्माणका लागि सहमती हुन बाँकी रहेका मूलभूत सिद्धान्तहरुमा सहमती कायम गरौं । ३३ दलीय मोर्चाका तर्फबाट बिजु सुवेदी “विजय” को पनि आव्हान जनसमुदायहरुलाई ।

लघुकथा :– उल्लु , हाँस र हँसिनी

Image
लघुकथा :–  उल्लु , हाँस र हँसिनी बिजु सुवेदी “विजय” एकजोडी  हाँस र हँसिनीको रमणीय जोडी सधैं तलाउमा सयर गरेर आनन्दित भइरहन्थे । सधैं त्यही ठाउँमा दिन बिताइरहनुपर्ने भएकोले उनीहरुलाई त्यो तलाउ नियास्रो लाग्न थाल्यो । एक दिन उनीहले घुम्न जाने बिचार गरे । उड्दै–उड्दै  उनीहरुले घुम्दै–घुम्दै दृष्यहरु नजरपान गर्दै मनोरञ्जन लिँदै गए । अन्त्यमा थकित भएपछि साँझपख उनीहरुले आरागर्न तलाउ खोजे तर कहीँ पनि तलाउ नभेटेपछि उनीहरुले एउटा बृक्षमा आराम गरे । उनीहरु उक्त बृक्षको माथिल्लो हाँगामा सुत्न खोजे । सधैं तलाउमा सुतिरहने तर यहाँ हाँगामा सुत्नु पर्दा उनीहरुलाई सकस परेको थियो । अझ त्यसमाथि एउटा उल्लु कराएको करायै गरी त्यही रुखमा बसिरहेको थियो । त्यसपछि उनीहरुले “ यो उल्लु कराएकोले गर्दा हामीले थकाइ मारी सुत्न पाएनौं , रातभरी कराएर अलिकति पनि थकान मेट्न दिएन । यो उल्लु भनेको अपसकुन भनेको त्यसै हो र उल्टो तालको सँग जीवन विताउनु पर्यो भने सारो पो हुन्छ त” भनेर रातभरी उनीहरुले उल्लुको कुरा काटिरहे । हुँदा–हुँदा कुरा गर्दा–गर्दैं उल्लु कराएको करायै तथा हाँस र हँसिनी बू...

लघुकथा :– तलब हराउँदा

Image
लघुकथा :– तलब हराउँदा बिजु सुवेदी “विजय” ऊ सधैं सार्वजनिक बसमा चढेर अफिस जान्थ्यो । अनि काम सकेपछि बसबाट घर फर्कन्थ्यो । बसमा धेरै भीड हुन्थ्यो । पाकेटमारले खल्ती रित्याउँला भनेर आफूसँग भएको पैसा भित्रको खल्तीमा राख्ने गथ्र्यो । बसभाडा बापतको रु.पन्ध्र बस चढ्नु अगाडि नै हातमा उसले मुठ्ठीमा च्यापेर राखेको हुन्थ्यो ता कि पैसा निकाल्दा पकेटमारले चट् नपारोस् भनेर । त्यसैले ऊ आफूलाई निकै चलाख सम्झन्थ्यो । एकदिन उसले अफिसबाट रु. दश हजार तलब लिएर आएको थियो । घरजानलाई उ बस चढ्यो । बसमा एउटा मात्र सिट उसैको लागि नै खालि गरिदिए जस्तो उसलाई लाग्यो र ऊ त्यही सिटमा आरामसँग बस्यो । त्यहीबेला एकजना अधबैंसे बूढी आइमाइ सकिनसकि लामो सुस्केरा हाल्दै “हरे राम , हरे राम ” भन्दै बसमाथि उक्लिन् । बूढी हजूरआमा हेर्दाखेरी सारै मायालाग्दी थिइन् । कसैले उक्त बूढी हजूरआमालाई सिट छोडिदेलान् कि भनेर उसले चारैतिर हेर्यो तर कसैमा पनि दया नपलाएको देखेर उसले “हजूरआमा यहाँ बस्नुस्” भनेर आफ्नो सिट छोडिदियो । ऊ आफू भने बसको माथिको डण्डीको पाइप समातेर यात्रा गर्यो । आफ्नो घरनिरको स्टपमा बस रोकेपछि आफ...