हरेकृष्ण हरेकृष्ण कृष्णकृष्ण हरेहरे । हरेराम हरेराम रामराम हरेहरे ।।

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।।

ई.सं. १८९६मा भारतको कलकत्तामा जन्मनुभएका श्रील प्रभुपादको सन् १९२२मा आफ्नो गुरु महाराज श्रील भक्ति सिद्धान्त सरस्वती गोस्वामीसँग प्रथम भेट भएको थियो । त्यत्तिबेलै गुरु महाराजले उहाँलाई अङ्ग्रेजी भाषा मार्फत वैदिक ज्ञान प्रचार गर्नका लागि भत्रुभयो । १९३३ मा इलाहावादको प्रयागमा उहाँको गुरुबाट विधिवत दीक्षाप्राप्त शिष्य बत्रुभयो ।


सन् १९६६मा श्रील प्रभुपादले अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ – ( इस्कोन ) अर्थात ISKCON ( International Society for Krishna CONsciousness ) नामक एक सँस्थाको स्थापना गर्नुभयो । जुन “हरे कृष्ण” आन्दोलनको औपचारिक नाम हुनपुग्यो । त्यसपछिका वर्षहरुमा श्रील प्रभुपादले विस्तारै हजारौंको सँख्यामा आफ्ना अनुयायीहरुलाई आकर्षित गर्दै सयौं मन्दिरहरु र आश्रमहरुको स्थापना गर्नुभयो र सयभन्दा बढी पुस्तकहरु प्रकाशित गर्नुभयो । उहाँको उपलब्धिलाई उल्लेखनिय मात्रुपर्छ किनकी उहाँले भारतवर्षको पुरातन आध्यात्मिक सँस्कृतिलाई बीसौं शताब्दीको पश्चिमी जगतमा विस्तार गर्नुभयो ।

उहाँका लेखहरु ७० भन्दा बढी भाषामा अनुवादित भइसकेका छन् । सन् १९७२ मा स्थापित भक्तिवेदान्त बुक ट्रष्ट अहिले विश्वकै सबैभन्दा ठूलो सनातन धर्म र दर्शनबारे पुस्तक प्रकाशन गर्ने सँस्था भएको छ । सन् १९९१ को अन्त्यसम्ममा ४५० करोडभन्दा बढी लेखहरु बिक्री भइसकेका छन् ।

१४ नोवेम्वर सन् १९७७मा देहावसान हुनुअगाडि उहाँले इस्कोनलाई राम्रो निर्देशन दिनुभएर विश्वव्यापी रुपमा १०० भन्दा बढी आश्रम , विद्यालय , मन्दिर , सँस्था र कृषि समुदायका सङ्गठनहरुको विकास गराउनुभयो ।

कृष्ण भावनामृत सिद्धान्तका ८ प्रमुख बुँदाहरुः-

१)“परम सत्य” विश्वमा समस्त ठूला शास्त्रहरुमा उल्लिखित छ जस्तै बाइबल , कुरान , तोरा आदि । तथापी सबै प्रकट धर्मग्रन्थहरु मध्ये सबैभन्दा पुरानो चाहिँ वैदिक साहित्य र प्रमुखतः भगवत गीतानै हो । जसलाई भगवानको वास्तवीक वाणीहरुको साहित्यिक आलेख मानिन्छ ।


२) भगवान कृष्ण सनातन , पूर्ण–ज्ञानवान , पूर्ण–शक्तिमान , पूर्ण आकर्षक र समस्त मानव र अन्य जीवहरुको वीजप्रद पिता हुनुहुन्छ । उहाँनै समस्त जीवन , प्रकृति र भौतिक व्रम्हाण्डको साहाराको शक्ति हुनुहुन्छ ।

३) हामी वास्तवमा यो शरीर होइनौं तर सनातन चिन्मय आत्मा हौं — भगवानको अभित्र अंश — त्यसैले अनादि छौं । यसलाई बुझ्नका लागि तपाइँले आफैलाई म कोहुँ , कहाँबाट आएँ आदि प्रश्न गरेपछि यसको उत्तर खोज्ने क्रममा यसको सटिक उत्तर प्राप्त गर्नुहुनेछ ।

४) “समस्त प्राणी बन्धु हुन्” भत्रे विचारलाई तबमात्र अभ्यास गर्न सकिन्छ । जब हामी समस्त प्राणी भगवाननै साझा अन्तिम पिता भएको अनुभूति गर्दछौं । यसरी हामी शाकाहारी हुन्छौ किनकी समस्त प्राणी हामी सबैका एउटै परिवारका सदस्यहरु हुन् ।

५) हाम्रा समस्त कार्यहरु परमेश्वरलाई अर्पण गरेर यज्ञको रुपमा सम्पत्र गरिनुपर्छ । जुनसुकै कार्यहरु हामी गर्दछौं , जे चिज हामी खान्छौं , जुन कुरा हामी चढाउँछौं , जस्तोसुकै तपस्या हामी सम्पत्र गर्छौं त्यसलाई हामीले भगवानप्रति अर्पण गरेर सम्पत्र गर्नुपर्छ ।

६) शाकाहारी भोजन जसले हामीलाई  शुद्ध पोषण गर्दछ , सधैं खानुभन्दा अघि भगवानलाई अर्पण गर्नुपर्छ । यसरी शाकाहारी खानेकुरा प्रसाद बन्दछ र यसको ग्रहण गर्नाले हामीलाई शुद्ध बनाउँदछ ।

७) हामीले प्रमाणिक आध्यात्मिक विद्यालाई पालन गरेर शुद्ध , असीमित आनन्दमय चेतनाको स्तर हासिल गर्न सक्छौं र यसै जीवनमा समस्त चिन्ताबाट मुक्त हुन सक्छौं । हामीले चेतनालाई शुद्ध पार्न धुम्रपान , खैनी , गुटखा आदि सूर्तिजन्य पदार्थहरु तथा मदिरा जस्ता कुनैपनि मध्यपानका नशाहरु सेवन गर्नु हुँदैन ।

८) वर्तमान समय अर्थात कलियुगमा भगवानको प्रेमको एउटा प्रौढ अवस्थाको विकास गर्न उहाँका पवित्र नामहरुको भजन गर्न सिफारिस गरिएको छ । धेरै मानिसहरुलाई हुने सजिलो तरिका चाहिँ “हरे कृष्ण” महामन्त्र – ( अरु समस्त मन्त्रहरुलाई हाम्रा धर्मग्रन्थहरुमा मन्त्र भनेर मात्र मान्यता दिइएको छ तर यस मन्त्रलाई महामन्त्रको मान्यता दिइएको छ यसैबाट पनि एकदम स्पष्ट हुन्छ ) को कीर्तन गर्नुनै हो ।

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।
हरे राम हरे राम राम राम हरे हरे ।।

उहाँको इच्छालेनै सृजना हुन्छ , उहाँको इच्छालेनै पालना हुन्छ , उहाँको इच्छालेनै मायाको कारागार हुन्छ र उहाँको इच्छालेनै संघार हुन्छ  जुन भगवान श्रीकृष्णको यो “ हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।।” महामन्त्र जप गरेर चेतनालाई खुलाउन सक्छौं । यो महामन्त्र यति शुद्ध छ कि यो मन्त्र लिनलाई कुनै दीक्षा लिनु पर्दैन र यो महामन्त्र जसलाई पनि भत्र मिल्छ । माथिका यी ८ नियमहरु पालना गरेर महामन्त्र जप , कीर्तन गर्यौ भने यस महामन्त्रको अत्यधिक आनन्दमय प्रभाव तपाइँहरु आफैले अनुभूति गर्न सक्नुहुन्छ । इस्कोनमा सम्पूर्ण शरीरले भगवानलाई यस महामन्त्रको कीर्तनमा जोड जोडसँग उफ्रेर शरीरनै भगवानलाई अर्पण गरेर अनुरागका साथ महासुखको सागरमा तरङ्गित गर्ने चलन छ । जुन सनातनदेखिको कीर्तन गर्ने चलन हो र यसले सबैलाई लाभ हुन्छ ।

हामीले नाचगान र उल्लासका साथ उफ्री–उफ्री मच्ची–मच्ची यसरी ईश्वरमा लागि नाच्दा हाम्रो चेतना झन बढ्दै जान्छ र हामीले अझ धेरै सृजनात्मक कार्यहरु गर्न सक्षम हुन्छौं तर आजको दुनियाँमा धुम्रपान , सूर्तीजन्य पदार्थ तथा मध्यपानकाम नशाद्वारा लठ्ठ भई चेतना गुमाई अधिकाँश मानिसहरुले आफ्ना चेतनालाई दिनानुदिन ह«ास गर्दै अर्धचेतनशीलमै उन्मुक्त भई पार्टी भोजहरुमा नाची मनोरञ्जन गर्ने गर्दछन् । यो उनीहरुको अज्ञानीपनका कारण भएको हो । एकपटक शुद्ध आचरण भई भगवानका लागि साधनाको सर्वोत्कृष्ट माध्यम कीर्तनद्वारा उन्मुक्त भई नाच्यौं भने त्यो जति महाआनन्द कतै हुँदैन र यो त झन् चेतनशील आनन्द हुन्छ ।

भगवद् गीतालाई समस्त धर्मको सार मानिन्छ । जसलाई यस सँस्थाका सँस्थापक श्रील प्रभुपादले अङ्ग्रेजीमा यथारुपमा अनुवाद गर्नु भएको छ जुन बिश्वका प्राःयजसो सम्पूर्ण भाषामा रुपान्तरण भई अत्यधिक रुपमा विक्रिको रेकर्ड कायम गरिरहेको छ । धर्म नमात्रे नास्तिकहरुले पनि भगवद् गीतालाई यस संसारको सबैभन्न्दा वरिष्ठ , उच्च तथा सवोत्कृष्ट साहित्यका रुपमा स्वीकारेका छन् । जसमा अर्जुनले भगवानसँग हाम्रो मनमा जीवन–जगतसँग सम्बन्धी जे जति असमाधान रुपमा प्रश्नहरु तरङ्गित भई उत्पत्र भएका छन् ती सबैलाई एक एक गरी रेसा–रेसा केलाई–केलाई अत्यन्त गहनरुपमा सम्पूर्ण जिज्ञासा राख्नुभएको छ । भगवानले पनि बडो आनन्दसँग सम्पूर्ण प्रश्नका  पूर्ण उत्तरहरु  बडो सहजताकासाथ दिनुभएको छ । त्यसैले यो भगवत गीता सम्पूर्ण पढिसकेपछि हाम्रो यस सँसार तथा बाह्यसँसार सम्बन्धी जे जति भएका सम्पूर्ण जिज्ञासाहरु मेट्दछ र आनन्दको शुरुवात हुनथाल्दछ ।

मैले पनि माथिका  ८  नियमहरु पालना गरी  २०६० सालदेखि इस्कोनको सदस्यता लिएको छु । यस सँस्थाको नेपालको केन्द्रिय मन्दिर हरेकृष्णधाम बुढानीलकण्ठमा अवस्थित छ । हाल इस्कोन नेपालका अध्यक्ष श्री राघानुगा भक्तिदासप्रभु हुनुहुन्छ ।

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।
हरे राम हरे राम राम राम हरे हरे ।।    

मैले यस महामन्त्रको महाआनन्दको आस्वादन गरेको छु यहाँहरुले पनि इस्कोनको सदस्य भई यस महाआनन्दको आस्वादन गरी सबैलाई लाभ प्रदान गर्ने कि ?

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।    
हरे राम हरे राम राम राम हरे हरे ।।

इस्कोन हरेकृष्णधाम बुढानीलकण्ठ , काठमाण्डौ , नेपाल फोन नं ४३७३७८६ ,४३७३७८७,४३७३७९०


२०६९/०२/०३
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

नोट :— यो लेख २०६९ जेष्ठ १५ गते सोमबार स्वतन्त्रता र मानवअधिकारप्रति समर्पित समाचार र बिचारप्रधान साँस्कृतिक पत्रिका “साप्ताहिक अमलेख” मा सम्पादकलाई चिठ्ठी स्तम्भमा “हरे कृष्ण.....आन्दोलन : एक झलक” शीर्षकमा प्रकाशित गरिदिनुभएकोमा “साप्ताहिक अमलेख परिवार”मा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा