जनप्रवाह (प्रकृतिको बहाव → चेतनाको विस्तार → जनताको विशाल मार्च → उत्कर्ष)
जनप्रवाह (प्रकृतिको बहाव → चेतनाको विस्तार → जनताको विशाल मार्च → उत्कर्ष) कुनै पात्र छैन, कुनै संवाद छैन, कुनै राजनीति छैन । केवल प्रकृति छ— जसको बहावबाट पछिका सर्बत्र बगिरहेको अनुभूति दिइरहेको थियो । हो, यो प्रकृतिको वहाव नै थियो । प्रकृति मेरुदण्ड हो । बिहान आफैँ आइपुग्दैन— रातलाई बिस्तारै पछाडि धकेल्दै आउँछ । आकाश नीलाम्य हुनुअघि धुम्म हुन्छ । त्यो धुम्मपनमै दिनको निर्णय लुकेको हुन्छ । पहाडको काखबाट नदी बग्छ । ऊ हतारिँदैन । ऊ रोकिँदैन । ढुंगासँग ठोक्किन्छ , फेरि बाटो फेर्छ तर बग्न छोड्दैन । किनारमा घाँस निहुरिएको छ । रवि नआउँदै ओसका थोपा उसको टुप्पामा टाँसिएका छन् । त्यो ओस न बोल्छ , न चम्किन्छ— तर सबैभन्दा पहिले त्यही हिरिलो भएर खस्छ । हावाले पिपलका पात छोइरहेको छ । पात हल्लिन्छ , रुख उभिन्छ । रुखले हावालाई रोकेन । यो जिन्दगीके आवशयकताको गतिलो सामञ्जस्यतामा हावाले रुखलाई ढाल्न खोजेन । त्यही सहअस्तित्वमा जीवन टिकेको छ । टाढा काग करायो । त्यो काग ! काग !! काग !!! कराइ अपशकुन होइन— जागरण हो । रवि पहाडको धारबाट धेरै सावधानीसाथ झुल्किन्छ । वादलको कपासको सिरकबाट उठ्छ । मानौँ उसलाई ...