धुलोमुनि जन्मिएको उज्यालो
धुलोमुनि जन्मिएको उज्यालो — “खाली असनहरू र भरिएको मौनता” आज ट्रान्स्परेन्सी इन्टरनेशनल डे । सहरको केन्द्रमा रहेको पुरानो सभाहलको ढोकासम्म पुग्दा म निकै उत्साहित थिएँ— “आज त केही नयाँ परिवर्तन सुन्न पाइनु पर्छ, केही आगो झैं बल्ने शब्द सुन्न पाइनु पर्छ,” मनले भनेको थियो । तर जब म ढोका खोलेर भित्र पसेँ— सभाहलमा चर्को ताली, क्यामेराको झिलिमिली, पत्रकारको भीड सबै पहिले नै सकिसकेका रहेछन् । म ढिला आएँ हैन, कार्यक्रम नै मन्तरजस्तो छिटो—रित्तो—औपचारिक रूपमा हुँदै सकिएको रहेछ । सबैभन्दा अगाडि मञ्चमा बसेका तेलिलो अनुहार, घडीका चमक र कोटका कर्डन बोकेका उही अफन्ते–एजेन्डा–क्वोट कमिशनधारीहरु भर्खर मात्र “भ्रष्टाचारविरोधी प्रतिबद्धता” घोषणा–पत्रमा हस्ताक्षर गरेर हैसियत झल्कने गाडी चढेर गइसकेका थिए । म भने— “भ्रष्टाचारविरोधी” साधारण नागरिक, म जस्तै अरू सानातिना आवाज बोकेका मानिसहरू— हाम्रा लागि त कार्यक्रम सुरु हुनै नपाई समाप्त भइसकेको । भित्रका कुर्सीहरू अघिल्ला ‘विशेष अतिथि’ का तौलले अहिलेसम्म हलमलाइरहेका थिए । पछाडिका असनहरू भने हामी जस्ता साधारण नागरिकका लागि खाली—अधैर्य—र निरन्तर प्रतीक्ष...