Posts

न्याय चाहियो प्रभू !!!

 न्याय चाहियो प्रभू !!! “कस्तो जमाना आयो । आज म न्यायिक समितिमा पुगेँ न्याय माग्न ! मलाई आज १ बजेको समय दिइएको थियो । पीडाकर्ताहरू त्यहाँ १२ बजे आएर न्यायिक समितिका चम्चेहरूलाई चिया नास्ता खुवाउन भ्याइसकेका थिए ।” विश्वास यस्तै पीडामा डुबिरहेको थियो ।  उनीहरूले विश्वासलाई भने “तपाईं पनि केही लिने कि ?”  उसले भन्यो “अहँ ! म लिन्न ।” “किन र विश्वासजी ?”  विश्वासले भन्यो “आज शुक्रवार ! मेरो व्रत छ ।”  त्यो पिडकहरूलाई पहिल्यै थाहा थियो । त्यसैले त उनीहरूले उसमाथि यसरी खाजा खुवाउनेमा पनि प्रपञ्च रचेको थियो । किन शुक्रवारै उनीहरूले विश्वासलाई न्यायिक समितिमा बोलायो त्यो उनीहरूको मिलिभगत थियो । विश्वासलाई फेरि सोधे उनीहरूले खिसी गरेर हाँस्दै “पानी भए पनि लिने कि ?”  विश्वासले त्यो पनि लिएन । जाने बेला विश्वासले उसको एकमात्र विश्वासिलो सिएमलाई भेटेको थियो । सिएमले उसलाई पाका पारेर सूचना पठाएका थिए  “विश्वासजी ! विश्वास डगमगाउन नदिनुहोस् । पैसा नपाए नपाओस् तर हामीले झुक्नु हुन्न ।” यसले विश्वासलाई ठूलो विश्वासको जग मिलेको थियो । दरिलो आत्मविश्वास पलाएको थियो । ...

लघु कथा ः उत्तोलक

Image
  लघु कथा ः उत्तोलक ढुङ्गाले अवरोध ग¥यो । एक्साभेटरले हटाउन खोजियो तर डेग चलेन । निरन्तर झरी पर्न थाल्यो । सडकै भास्सियो । उक्त देशकै पुरै प्राविधिक र सम्पुर्ण राज्य संयन्त्र खटिए , हेलिकप्टरबाट बन्दुक हानेर पनि भएन, यो निरङ्कुश ढुङ्गाका कारण दशौँ वर्ष हटाउने कि राख्ने भनी पक्ष विपक्षमा विभाजित भएर काटामार भइरह्यो, ढुङ्गामाथि कैयौँ बम प्रहार भए । बुलेट प्रुफसरि ढुङ्गाबाट एक छिटा पनि हटेन । एकलाखले ज्यान दिए । तरै पनि एक इन्च पनि उक्त विशाल ढुङ्गा सार्न त के हल्लाउन पनि सकेनन् । विशाल ढुङ्गाका कारण ठूलो अवरोध भयो । विश्वको आधि भागको रूसकाे बाटो युक्रेनका कारण रोकिएसरि देश पुरै नाकावन्दी भयो त्यो फगत ढुङ्गाका कारण । अजङ्गको बहुला जङ्गली जनावर देखी अनि गुन्डासँग त्रसित भएसरि बाटो रोकिएर नाकावन्दीले संसारैभर मन्दी हुन थाल्यो । भूतप्रेतले साताएसरि सबै त्रसित भइरहे । झरी रोकियो । टन्टलापुर प्रचण्ड घाम लाग्यो । सडक भास्सिएको हिलोले फेरि बाटोको रूप लियो । दुई कक्षामा पढ्ने नाति पाठ घोक्दै थियो, “पहिलो दर्जाको उत्तोलक ढिकी, कैँची, तराजु । दोस्रो दर्जाको उत्तोलक सरौँतो, एक पाङ्ग्रे ठेलागाडा ...

विजय थलपतिकाे लियाेकाे अपार सफलताकाे कामना गर्दछु

 विजय थलपतिको लियो ५०० करोड कमाएको बेला हेर्ने अवसर पाएँ । विजय थलपतिले आफ्नो क्षमताको हदसम्म कठोर मेहनतद्वारा यो सिनेमालाई भारतीय सिनेमाको इतिहासमा एउटा कहिल्यै तोड्न नसकिने नयाँ उचाइमा सम्म पु¥याउन सफल भएको छ । यो सिनेमाले १००० करोडसम्म कमाउने क्षमता राख्दछ भने सिनेमाले १००% नतिजा ल्याउन सफल भएको छ । भारतीय सिनेमाको इतिहासमा यति सशक्त किसिमको सिनेमा बनेकाले यस सिनेमाबाट जो सुकैले पनि एक पटक मात्र होइन दसौँ पटक पनि भरपुर मनोरञ्जनका साथै इनर्जि पनि लिन सकिन्छ । मैले विजय थलपति एकजना मात्र चिनेर पनि यति भरपुर मनोरञ्जन, इनर्जी अनि विजय थलपति सम्पुर्ण सिनेमामा छाएकाले यो मेरो लागि अवसर नै भएको छ । योभन्दा बढी क्षमता हुनै सक्दैन जस्तो लाग्थ्यो तर विजय थलपतिले त्यसलाई पनि झूट सावित गरी त्योभन्दा झनै सशक्त अनि कडा मेहनतले यो सिनेमालाई कुनै पनि ठाउँमा नकारात्मक कुरा काट्ने नै मौका दिएका छैनन् । सिनेमामा सुरुदेखि अन्तिमसम्म कौतुहलता नै  कौतुहलताले भरिपुर्ण तथा एक्सनले भरिपुर्ण भएका कारण दर्शकलाई कतै पनि विच्किन नदिएर बाँधिएर राख्न यो सिनेमा धेरै नै सफल देखिन्छ । लियोको सिम्बोलिकरूपमा ...

आज यो गीत उज्यालैका लागि

  आजका लागि गीतबाट सबैलाई ताजगीपुर्ण बनाएर सुरम्य संसारमा लैजाने कोसिस गरिरहेको छु । कति सफल भएँ मूल्याङ्कनका लागि अनुरोध छ सबैमा । साथीहरु !!! आज यो गीत उज्यालैका लागि हो । यो गीत मेरो सबैको दिलको अँधेरो मेटाउनैका लागि हो ।। आँधीहुरी ल्याउने छु , सबैलाई नचाउने छु , सबैलाई लोभ्याउने छु , सबैको मन बहलाइरहेको छु । ल्याएको छु प्रैमै प्रेम, सिवाय योबाहेक केही नि छैन, ओठको प्रेमील आवाजले ज्यानै लिन तयार छु । हो ! ज्यानै लिन... साथीहरु !!! आज यो गीत उज्यालैका लागि हो यो गीत मेरो सबैको दिलको अँधेरो मेटाउनैका लागि हो जतिसुकै चित्तै बुझाए पनि, म कहाँ रोकिन्छु र ! धमाका गरिरहेको छु , गाउन छोडिन्नँ कदापि । फुर्किएर उफ्रिरहेको छु , हद पार गरीकन गाइरहेको छु , न कहिल्यै भयो , न कसैले गाए , त्यस्तो गीत गाइरहेको छु , हो ! त्यस्तो गीत... साथीहरु !!! आज यो गीत उज्यालैका लागि हो यो गीत मेरो सबैको दिलको अँधेरो मेटाउनैका लागि हो मै मरी गए पनि , यो गीत शक्तिसाली बनाइरहेको छु , संसारले सम्झनेछन् , यो हो आफ्नै गाउँठाउँको गीत , सुगन्धित बहारको गीत , भित्री मुटुसँग गाँसेको छु प्रित , प्रेमील गीतले पागलै बना...

सकारात्मक सोच नै सफलताको सूत्र

Image
  पुरानो साइट १४ असोज २०८०, आइतबार E-Paper Old E-paper होमपेज राष्‍ट्रिय गाेरखापत्र विशेष प्रदेश  संसद् राजनीति अर्थ  मनोरञ्जन विचार  खेलकुद  अन्य  सकारात्मक सोच नै सफलताको सूत्र   विचार बिजु सुवेदी  १३ असोज २०८०, शनिबार  १ दिन पहिले शेयर गर्नुहोस: फन्ट परिवर्तन गर्नुहोस: नकारात्मक कुराहरू जस्तो कि भय, घृणा, ईष्र्या, सन्देह, लोभ, मोह, हीनता, चुक्ली, अहङ्कार, आग्रह, द्वेष, असत्य आदि दुर्गुणले मानिसको व्यक्तित्वमा क्रूरता, दुर्बलता, कठोरता, उदण्डता, चिडचिडाहटपन, रुखोपन, अल्छीपन, अस्तव्यस्तता, धोका, स्वार्थीपन आदिले भरिदिन्छ । यसले तनाव, कुण्ठा, निराशा, लाचारी, दुःख, असफलता, रुग्णता, दरिद्रता, थकावट, असन्तोष आदि बाहेक केही दिँदैन र आन्तरिक शक्ति दुर्बल बनाइदिन्छ अनि सदा दुःखी बनाइदिन्छ । सकारात्मक पक्षहरू सामञ्जस्य, विश्वास, अभय, सहिष्णु, मृदुता, श्रद्धा, निष्ठा, सहयोग, इमानदारी, दया, करुणा, सत्य आदि सद्गुणले आचार व्यवहारमा वीरता ल्याई मानिसको व्यक्तित्व उत्साही, आशावादी, प्रसन्न, तनावमुक्त, विनम्र, सहृदयी, सहानुभूतियुक्त, अनुशासित बनाइदिन्छ । य...