आज यो गीत उज्यालैका लागि

 आजका लागि गीतबाट सबैलाई ताजगीपुर्ण बनाएर सुरम्य संसारमा लैजाने कोसिस गरिरहेको छु । कति सफल भएँ मूल्याङ्कनका लागि अनुरोध छ सबैमा ।

साथीहरु !!! आज यो गीत उज्यालैका लागि हो ।
यो गीत मेरो सबैको दिलको अँधेरो मेटाउनैका लागि हो ।।
आँधीहुरी ल्याउने छु ,
सबैलाई नचाउने छु ,
सबैलाई लोभ्याउने छु ,
सबैको मन बहलाइरहेको छु ।
ल्याएको छु प्रैमै प्रेम,
सिवाय योबाहेक केही नि छैन,
ओठको प्रेमील आवाजले ज्यानै लिन तयार छु ।
हो ! ज्यानै लिन...
साथीहरु !!! आज यो गीत उज्यालैका लागि हो
यो गीत मेरो सबैको दिलको अँधेरो मेटाउनैका लागि हो
जतिसुकै चित्तै बुझाए पनि,
म कहाँ रोकिन्छु र !
धमाका गरिरहेको छु ,
गाउन छोडिन्नँ कदापि ।
फुर्किएर उफ्रिरहेको छु ,
हद पार गरीकन गाइरहेको छु ,
न कहिल्यै भयो ,
न कसैले गाए ,
त्यस्तो गीत गाइरहेको छु ,
हो ! त्यस्तो गीत...
साथीहरु !!! आज यो गीत उज्यालैका लागि हो
यो गीत मेरो सबैको दिलको अँधेरो मेटाउनैका लागि हो
मै मरी गए पनि ,
यो गीत शक्तिसाली बनाइरहेको छु ,
संसारले सम्झनेछन् ,
यो हो आफ्नै गाउँठाउँको गीत ,
सुगन्धित बहारको गीत ,
भित्री मुटुसँग गाँसेको छु प्रित ,
प्रेमील गीतले पागलै बनाउने छु ।
सबैलाई उठाएर जियाउने छु ,
सबैलाई नचाउने छु ,
ठूलो बिष्फोट गरिरहेको छु
सधै दिलमा बस्ने छु
सबैमा छाउने छु
हो ! सबैमा...
साथीहरु !!! आज यो गीत उज्यालैका लागि हो
यो गीत मेरो सबैको दिलको अँधेरो मेटाउनैका लागि हो
२०८० असोज २९
बिजु सुवेदी विजय

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा