नेपाली चलचित्रका कुरा हल्कारा रामकृष्ण पोखरेल, विक्रम सापकोटाद्वारा लगानी गरिएको विक्रम सापकोटा चलचित्र कम्पनीद्वारा निर्मित, लेखक तथा निर्देशक पनि विक्रम सापकोटा नै भएको महेश त्रिपाठी र विनिता थापा मगर अभिनित “हल्कारा” चलचित्रले साढे ३ लाख मात्र उठाउन सकेको देखिन्छ । बौद्धिक जगतले प्रशंसा गरेको चलचित्र “हल्कारा”को सबै कुरा कलात्मक चलचित्रसरि भए पनि त्यसलाई मिहीन ढङ्गले प्रस्तुत गर्न चुकेको देखिन्छ । अनि मुख्य उत्कर्षको सुरुको दृश्यमा बिच्किएका नायकलाई प्रस्तुत गरिरहँदा नायकलाई पहाडमा उकालो लागेको देखाइएको छ भने त्यस्तै कथाको मजबुन देखाउने नायक सुध्रेका भूमिका प्रस्तुत गरिरहँदा सद्दे काम गर्नुपर्छ भन्नेजस्तो देखाइरहँदा सोही पहाडबाट ओरालो लागेको देखाइएको छ । यसले त समाज प्रगतीउन्मुख हुनुपर्छ भन्ने सन्देशको ठिक उल्टो मजबून हुन पुगेको छ । प्रसाद १, २ सुवास थापा प्रडक्समा निर्देशक दिनेश राउत लगानी सुवास थापाकै, विपिन कार्की, निश्चल बस्नेत तथा नम्रता कार्की अभिनित “प्रसाद” । फेरि सुवास थापा प्रडक्सनमै सुदर्शन थापाले निर्देशन गरेको सुदर्शन वस्नेतले लगानी गरेको विपिन कार्की, केकी अधिकारी...