होलीरङ्ग एक महामहोत्सव
होलीरङ्ग एक महामहोत्सव धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूर्णिमाको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रूपमा होली सप्ताह सुरु हुन्छ र आज हामी होलीको प्रत्यक्ष अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होली पूर्णिमाका दिन यसले पहाडमा धुमधामको रूप लिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट धुमधामको रूप लिन्छ । जसरी होलीको बेला नाचगान ढोल, मादर, मञ्जीरा, ध्रुपद, धमार होस् या खैंजडी आदिबाट मोजमस्ती गरिन्छ , यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभिन्न हिस्सा हुन्छ । मध्ययुगमा राधाकृष्णले होली खेलेको दृश्य राजपूत, मुगल, मिनियेचर शैलिका चित्रहरू काँगडा कलमको मुख्य कथ्य र प्रेरणा स्रोत हो । हरेक ठाउँमा होलीले गर्दा वीतराग, वीतशोक, वीतमोह हुन्छ । होली खेल्दा ढोलकको थापका साथ कसैले “जोगिरा सरर” गरेर त कसैले “होली खेलेँ रधुवीरा अवधमें, किनके हाथ कनक पिचकारी, किनके हाथ अविरा” भनेर आनन्द र उमङ्गको यो धमाका फाग, फगुवा, होली, वारमासा गीतका साथ पूरै रमझमका साथ प्रेम बाँडिरहेका हुन्छन् । होली रङ्गैरङ्गमा खेलिने भएको हु...