Posts

सनैया पढिसकेपछि भन्न मनलागेका कुराहरू

Image
  सनैया  पढिसकेपछि भन्न मनलागेका कुराहरू — बिजु सुवेदी विजय चैत्र २०७७ मा प्रकाशित पहिलो संस्करणको “सनैया : मरुभूमिमा जीवन खोज्नेहरूलाई पछ्याउँदै” पुस्तक मेरो हातमा छ । यस पुस्तकका लेखक हुन् दुई दशकदेखि पत्रकारितामा संलग्न होम कार्की । उहाँले कान्तिपुर पब्लिकेशन्स् लि.को कतार विभाग सम्हालेका थिए । यस पुस्तकलाई किताब पब्लिकेशन प्रा.लि. काठमाडौँले प्रकाशन गरेको छ । यो पुस्तक सौगात प्रिन्टर्स प्रा.लि. ललितपुरको प्रेसले छपाइ गरेको हो । सनैयाको आकर्षक कभर फोटो डिजाइन सचिन यगोल श्रेष्ठले गरेका छन् । ३८० पृष्ठको यस पुस्तकको मूल्य रु. ५४०/– उल्लेख छ । यो सनैयासम्बन्धी भूमिकापरक लेखमा मैले लेखक होम कार्कीजी र सनैयाको लेखाजोखा गरेको छु । साथै पाठकले उच्च मुल्याङ्कन गरिदिनुहुने नै छ भन्ने आशा एवम् विश्वास लिएको छु । यो सनैया ५०डिग्रीको रापिलो ठाउँ अनि समुन्द्री बाफको चर्को तापको ठाउँको कथा हो । काम गर्ने कामदारलाई ओसार्ने गाडीका चालकमार्फत पत्रिकाहरू कतारका आप्रवासी कामदारहरूकहाँ पुग्थ्यो । लेखक होम कार्की इमानदार भएकाले गर्दा पछि उनीसँग नेपालका आफन्तलाई तलब, औषधिलगायत अपर्झट आइपर्ने अत्...

कथा : c दलन 2

 कथा  : c दलन 2 दलनको व्यथा एकदमै मार्मिक ! अति कष्टकर श्रमलाई पनि हाँसीहासी पचाएर उसले सहजसँग दिनचर्या नै बनाइरहनुपर्ने वाध्यता ! सधैँ त्यो भुक्तभोगी दलनले आफुलाई यसरी नै समयको गतिसँगै डो¥याइरह्यो । योभन्दा अरू उपाय पनि त थिएन ऊसँग । उसले सङ्घर्षै सङ्घर्षलाई आफ्नो जीवनयात्रा बनाई यसरी नै हिँडिरह्यो । कहरै कहरको यात्रामा एकदिन २२ घण्टा स्टकको काम सकाइसकेपछि साहूसँग सधैँ झैँ २ घण्टा नजिकैको आफ्नो कोठामा गएर आउने आज्ञा माग्यो । साहूका चम्चे २ स्टाफहरू त्यो रातमा स्टाफ भोजनालयमा खाना खान जान लागेका थिए र फर्केर आउँदा उनीहरूलाई सधैँ झैँ त्यहीँ अफिसमा सुत्ने व्यवस्था मिलाइएको थियो । उनीहरूलाई दलनलाई एकछिनका लागि त्यो पनि अनुमती दिएर त्यही साहूले उसलाई आफ्नो घर जान भनी पठाएका थिए । रातको १२ बजेको चकमन्नता थियो । “तँलाई पु¥याइ त दिन्छु दलने । तर हाम्रो यो एउटैमात्र बाइक छ । तँ पछाडि बस् । हामी ३ जना ओभरलोड गरी जाऔँ । तँलाई बीचबाटोमा तेरो घरमा छोडिदिन्छौँ ।” यसपछि नागबेली आकारमा तुफान बाइक चलाएर “तँलाई बीचबाटोमा तेरो घरमा छोडिदिन्छौँ भनेपछि पुगेन !” भनी फेरि उनीहरू अट्टहासले हाँसेर चि...

कथा ः दलन

 कथा ः दलन त्यस्ता कहरका ती दिनहरू थिए उसका ! जुन बेला दलन साहुको घरको कोठामा चार पर्खालका बीच कम्प्युटरमा एकोहोरो नत्थी बाँधेको घोडाजस्तो एउटै रेसमा डाटाहरूसँग माउस र किबोर्डका भरमा हिसाबका इन्ट्रीहरू गरिरहन्थ्यो, डटिरहन्थ्योे । कुनै गल्ती नगर्दा पनि खप्की कति खानुपथ्र्यो कति ! उसलाई नसुने झैँ गर्ने बानी परिसकेको थियो । दलनले घाम नछोएको दशक नाघिसकेको थियो । उज्यालो आकाशको विशाल सिरानी नदेखेको पनि जुगौँ भइसकेको थियो । उसमा लगन यति थियो कि इन्ट्री गर्दा एउटा अङ्क पनि उसको गल्ती हुँदैनथ्यो । ऊ बिहान झिसमिसेमा अफिस जाँदा बाटोमा किताब बेच्ने भुइँपसलेहरू सक्रिय हुन्थ्यो त्यो ठाउँमा । कम्प्युटरका हरेक कुरा जान्न ऊ अफिस जाने बाटोको त्यो पुस्तकको भुइँपसलबाट कम्प्युटरसम्बन्धी आफुले हरेक नजानेका कुराहरू उसले सानो चिटमा नोट गरी ल्याउँथ्यो । कति पटक त उसले आफ्नो दशतिर खुइलिएको सानो आधी चेप्टो मोबाइलको प्रकाश र बाटाका सार्वजनिक ल्याम्पका मधुरा प्रकाशहरूका मद्दतले त्यसरी कम्प्युटरसम्बन्धी पुस्तकहरूबाट सारेर लिँदा उसले लिएको पुस्तक खोसेर “यो मान्छे यहाँ किताब लिएर के के गरिरहन्छ । किताब चाहिनेले ...

गणतन्त्रप्रतिको निष्ठा

गणतन्त्रप्रतिको निष्ठा सर्वप्रथम देश र जनताका लागि हाँसीहाँसी प्राणको आहुति दिने सच्चा सपूत ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूलाई नमन गर्दछु । श्रद्धाञ्जली व्यक्त गर्दछु । नयनाञ्जली समर्पण गर्दछु । साथै जनआन्दोलनमा घाइते, अपाङ्ग भई अहिले पनि कहर खपिरहनुभएका पिल्सिएका जनताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । देश र जनताका परिवर्तनका लागि शहीदहरूले अग्रमोर्चामा खटी बलिदानी गर्न तँछाडमछाड गरेका थिए । एउटा महान् लक्ष्यका साथ निरङ्कुश राजतन्त्र हटाई गणतन्त्र ल्याउन यसरी शहीदहरूले युग बदल्नका लागि हाँसीहाँसी बलिदानी दिएका थिए । उनीहरूको मुख्य लक्ष्य महान् उद्देश्य छिटै पूरा गर्नुमा थियो । ती नेपाल आमाका सच्चा सपूतहरूका सपना साकार पार्नु प्रत्येक व्यक्तिको दायित्व अनि कर्तव्य हो । यसमा दुईमत छैन कि यदि यसरी बलिदानी नदिएका भए अझै पनि हामी दास युगमा पिल्सिरहेका हुनेछौँ । यसैले गर्दा नै पुरानो युग ढलेर नयाँ युग आउन सम्भव भएको हो । यसरी हाम्रो देशमा विभिन्न रूपमा परिवर्तन भएको ठोकुवा गरे तापनि आम गरिब तथा निमुखा जनता अझै पनि गरिबै छन् । थिचोमिचो उस्तै छ । भेदभाव कति पनि हटेको छैन । भ्रष्टाचार झन...

बधाई मेयर बालेन्द्र शाह !!!

 बधाई मेयर बालेन्द्र शाह !!! विगत १ महिनादेखि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह सामाजिक सञ्जाल, घरदैलो जहीँ तहीँ व्याप्तरुपमा छाइरह्यो । उनको जीत सुनिश्चित भइसक्यो । यतिबेलासम्म उनले ६१७६७ भोट ल्याई कांग्रेसका सिर्जना सिं श्रेष्ठ ३८३४१ भोट पाएकी तथा एमालेका केशव स्थापितभन्दा धेरै अगाडि आइसके । काठमाडौंका मेयर भइसके । उनको विजय भइसक्यो । भोलि विहान ठीक ६ बजे घोषित हुन मात्र बाँकी छ । देशको बागडोर चुनिएका दुइचार चुनिएका राजनीतिक दलको पोल्टामा छ भन्नु गलत सावित भइसकेको छ । नेपालको केन्द्रविन्दु अनि सबैभन्दा बढी मतदाता भएको ठाउँ जहाँ ७७ जिल्लाकै व्यक्तिहरु बसोबास गर्ने थलो पनि हो । उनलाई झन्डै २ लाखको हाराहारी जनताले पत्याए, ठुलो जिम्मेबारी दिए । त्यसर्थ यो सिङ्गो नेपालको बोली हो ।  यो परिणामले अब आउने संसदीय चुनावको नतिजा परिवर्तन हुने सङ्केत देखाएको छ । नेताहरु अनि ठुला राजनीतिक दलहरु अवश्यै सचेत हुनैपर्छ । जनताले धेरै पटक राजनीतिक दल चुने तर सोचेजस्तो परिणाम नआएपछि सबक सिकाउनै पर्ने निधो गरे र बिकल्पको बाटो रोजे । यसले उच्च धनाढ्य वर्गका, स्नातकोत्तर इञ्जिनीयर, ¥यापर गायक, सामा...

सनैया र यसका लेखक हाेम कार्कीजीकाे यस पुस्तक सम्बन्धी लेखाजाेखा

  सनैयाका लागि मैले लेखेको समालोचनात्मक भूमिकाको वाचन हो यो । सनैया र यसका लेखक हाेम कार्कीजीकाे यस पुस्तक सम्बन्धी लेखाजाेखा सम्मिलित याे अडियाे प्ले गरी सुनी सल्लाह सुझाव दिइदिनुहुन म साहित्यकार विजु सुवेदी विजय अनुराेध गर्दछु । धन्यवाद !!!

नेपाल ! नेपाल !! नेपाल !!!

Image
    नेपाल ! नेपाल !! नेपाल !!!    तिमी तुल्य अरू कुनै छैन, तिमीबिना मेरो अस्तीत्त्व हुन्न ।  राष्ट्रप्रेमको अतुलनीय ऊर्जा छ ,  उमङ्ग, जोश, जाँगर भरिलो छ ।  गाइरहन्छु गीत विभोर भई,  मेरा सबै कुरा तिमी !  तिमी नै सम्पुर्ण हौ,    मेरो अति प्यारो धर्ती, नेपाल ! नेपाल !! नेपाल !!!    त्यति गहिराइ छ ,  आकाशभन्दा अग्लो अनि विशाल ।  स्वच्छ सबैभन्दा निर्मल !  अनन्तभन्दा पारि !  त्योभन्दा गहिरो अरू प्रेमै छैन ।  त्योभन्दा आत्मीय अरू केही नै छैन । पुर्वको पहिलो प्रभात,  गर्मीको शित्तल छहारी,  जाडोमा न्यानो ममत्त्व,  त्यति अथाह स्नेह पाई,  हर्षले द्रविद भइरहन्छु म ! गन्तव्य हौ मेरो तिमी,    मेरो अति प्यारो जननी,  नेपाल ! नेपाल !! नेपाल !!!    सबैभन्दा उच्च छौ,  नेपालीका शान हौ ।  संसारको सिरानीको काखमा छौ,  गर्वले पुलकित भइरहन्छु ।  माटोको सुगन्ध अमृत बर्साउँछौ,  शरीरका हरेक कणकणमा छौ,  मनमुटुको हरेक कलरवमा छौ । तिमीबिना म निःशेष हुन्छु...