Posts

नेपाल कायापलट गर्ने मार्गचित्र

 नेपाल कायापलट गर्ने मार्गचित्र नेपाल ! शब्दैमा सबैलाई पाल्ने देशको सुगन्ध छ । अनि प्रकृतिका खानीहरू व्याप्त छन्, त्यसैले त नाम अनुसारकै नेपाल छ । यस्तो भएरै पनि हामीले तेस्रो विश्व भएर अनि विकासोन्मुख, अविकसित देश भनी सहेर बस्नु परिरहेको छ । हाम्रो प्रतिव्यक्ति आय अत्यन्त कम छ । नेपालको विकासमा कुन नेपाली खुसी नहोला । यसका लागि सबैले आआफ्नो तर्फबाट योगदान दिन तँछाडमछाड गर्नसक्नुपर्छ । नेपालले सानो एउटा पदक पायो भनेपछि पनि हामी कति खुसी हुन्छौँ तर नेपाल देश पुरै भारतमा निर्भर भई बस्नुपरेको अवस्था छ । भारतलाई यस मानेमा यसैमा फाइदा छ , त्यसैले हामीलाई परेको असुविधा हामीले नै उजागर गर्नुपर्छ । आज यहाँ भारत, सार्कलाई हेरेर हामी हाम्रो नेपाललाई कसरी समुन्नत गर्न सक्छौँ यही केन्द्रविन्दुमा यो लेख सुरु गरिरहेको छु । हाम्रो देशका जलका खानी जुन विश्वकै दोस्रो ! यसबाट धेरै लाभ लिन सकिन्छ । उत्तरका पुरै हिमालयका शृङ्खला विश्वलाई ट्रेकिङका लागि आकर्षण गर्ने ! अनि पहाड पुरै जडिबुटीका भण्डार नै हुन् । हावापानी त्यत्तिकै राम्रो ! प्रकृतिका तालतलैया, पहाड, गरा, थुम्काथुम्की, उपत्यका, हिमालआदि मनोर...

तेस्रो लहरबाट सचेत बनौँ ।

 तेस्रो लहरबाट सचेत बनौँ । विश्वमा अहिले कोरोनाको तेस्रो लहर व्याप्त छ । त्यसैले सबैले यसलाई साम्य पार्न आआफ्नो ठाउँमा कर्तव्यपरायण हुनु आवश्यक छ । मुख्यतः राजनीतिक दलहरूले अहिलेको परिस्थितिको सामना गर्न, सचेतना जगाउन आफ्ना राजनैतिक क्रियाकलाप यो लहर साम्य नभएसम्मका लागि स्थगित गरी जनतालाई यो सङ्क्रमणबाट जोगाउन आआफ्नोतर्फबाट जोडतोडका साथ पहल हुनु आवश्यक छ । अझ सँयुक्त प्रतिबद्धताको घोषणा आएमा जनताले सह्राहना गर्नेछन् । जुनसुकै कुरा पनि हामीले अनलाइनबाट, भर्चुअलबाट गर्न सकिन्छ भने किन नगर्ने ? यसरी सबै सम्वेदनशील भइजाने हो भने छिमेकी चीनले जसरी अति सम्बेदनशील अनि सजक भई हामीले पनि कोरोना विरुद्धको लडाइँमा सफलता हासिल गर्दै जान सफल हुनेछौँ । चाहिने कुरामा हामी कडा पनि हुन सक्नुपर्छ अनि मात्रै सफलता प्राप्त हुन्छ अनि जनतालाई सुविधा हुन्छ । विश्वका हरेक ठाउँमा भएका यस्ता क्रियाकलापहरूबाट हामीले सिक्न सक्नुपर्छ । कोरोनाको तेस्रोे लहर आइरहेको छ । लकडाउनभन्दा पनि स्मार्ट लकडाउनको कन्सेप्ट विकास हुँदै गइरहेको छ तरै पनि आम जनतामा हुलमुल बाँध्न नहुने भन्ने सचेतनाको कमी छताछुल्ल देखिन्छ । एक ...

शहीद

१ ऊ शहीदको आत्मा हो । जीवात्मामा धर्म र पापको दुइटै फल हुन्छ । राम्रो काम धर्म हो भने नराम्रो काम पाप हो त्यसैले धर्म गरे राम्रो हुन्छ त्यो नै स्वर्ग हो अनि पाप गरे छटपट हुन्छ त्यो नै नर्क हो । जब कोही व्यक्ति मन, वचन, कर्म अनि बुद्धि भएर पनि भ्रष्ट भएर माथि उक्लिएर जान चाहन्छ र आफू मात्रै मोजमस्ती गर्न चाहन्छ , यस्तोले गर्दा नै समाजमा सबैको हित हुन नसकेको हो । त्यसैले यस्ता अकर्र्मीयहरूले गर्दा शहीदहरूलाई खपिनसक्नु यातना भयो । त्यसैले उनीहरू शहीदको वक्रदृष्टिमा परे । शहीदले उनीहरूलाई सहेनन् र उनीहरूलाई शत्रुवर्गमा राखे । शहीदहरू भित्रभित्र भुसको भित्री आगोजस्तै एउटा फिलिङ्गोको ज्वालामुखीको पर्खाइमा दन्किरहे । यातनाको पराकाष्ठामा भोको भएर शरीरलाई गलाएर महात्माजस्तो बसेर मात्र हुँदैन भनी सम्पूर्ण जीवात्माप्रति दया, माया, करुणा बर्साएर मात्रै शहीदले प्यारो जीवन धानिरह्यो । ऊ निष्पाप भयो । अन्तरात्मालाई सन्तुष्ट पार्नु भनेको नै राम्रो काम अनि शहीदको आत्मा अनुकूल मानिरह्यो । नराम्रो काम गर्ने जत्तिकै रवाफिलो भए तापनि शाही सेना जसरी आत्मसन्तुष्टि हुँदैन । त्यसैले आत्मसन्तुष्टिको सम...

किशोरावस्था एक चु्नौती

 किशोरावस्था एक चुनौती मैले झेलेको समाजले यो कुरामा बोल्नु हुँदैन भनी त्यसलाई बेवास्ता गरेर झन् समस्यामाथि समस्या थपाएको पाएको थिएँ । समाजलाई विकास गर्न कसैले आउँदैन हामीले नै विकास गर्ने हो भन्ने सबैको मनमा उच्च भाव हुनु आवश्यक छ । आफुले भोगेका कुराहरुलाई दोहोरिन नदिन, आउँदो पुस्ताले भोग्न नदिन, आफुले सक्दो सशक्त पाइला चाल्नु पर्दछ । यही मेसोमा “किशोरावस्था एक चुनौती” पार गर्न जो कोही पनि हण्डर खाएर हवसबाट गुज्रेर अनि मात्रै आफु समाजमा पहिलेको सामान्य अवस्थामा आएको कुरा कसैले नकार्न सक्दैन । पौडी खेल्न नजान्नेले समुन्द्रको बीचबाट पार पाउनु जत्तिकै कठिन छ यो समय । यसका लागि उचित शिक्षा नै आवश्यक हुन्छ । हरेक व्यक्ति किशोर अवस्थामा पुगेपछि आफु वयस्क अवस्थामा पुगेको आभास पाउँछ र यही बेला ऊ प्राकृतिकरुपले अनैतिकतातर्फ भट्किन, भड्किन र आफ्नो बालापनलाई भत्काई वयस्कतातर्फ उन्मादले जवानीलाई उर्ल्याउन पुग्छ र मनोदशा बिग्र्याई भङ्गालोमा पुग्न विवश हुन्छ । यो समय ठुलै बिमान, ठुलै रकेट विचरण गर्न ठुलो अभिभावकत्त्वको वैज्ञानिक पाइलटको जसरी गाइडेन्सको अति आवश्यकता हुने समय हो । रसराग, रसरङ्गमा ...

नि:शेष

 नि:शेष शून्यमा आकाश,  आकाशमा शून्य । आकाशमा सम्पुर्ण, सम्पुर्णमा आकाश । शून्यमा पनि त्यै, कोही विलिँदैन क्यै । भित्रको भित्र बाहिर, बाहिरको बाहिर भित्र । वृहत् हुन्छ शूक्ष्ममा, शूक्ष्म हुन्छ बृहत्मा । दृश्यमा त्यो अदृश्य, अदृश्यमा त्यो दृश्य । विचित्रमा छ चित्र, चित्रमा छ विचित्र । मनको विचार अदृश्य, पुग्छ तत्कालै अनन्तको पारि, त्यसैले त्यसकै छ राज, त्यस्तै छ शून्यको काज । सर्बत्र छ व्याप्त, व्याप्तमा छ शून्य । प्रलयमा छ सृष्टि, सृष्टिमा छ प्रलय । सुरुवातमा छ अन्त्य, अन्त्यमा छ सुरुवात । वृत्तको छ संसार, अन्त्य र सुरु त्यै एउटै विन्दुमा छ । नि:शेष छ नि:शेष ! सबको सार शेषशून्य ! सबको सार शेषशून्य !! २०७८ पुस १० बिजु सुवेदी विजय

सत्य कुरा लेख्दा आइलाग्ने पाँच कठिनाइ - बर्तोल्ट ब्रेख्त

Image
  सत्य कुरा लेख्दा आइलाग्ने पाँच कठिनाइ -  बर्तोल्ट ब्रेख्त अचेल झुट र अज्ञानताको विरोध गर्न र सत्य कुरा लेख्न चाहने जोसुकैले पनि कम्तीमा पाँचवटा कठिनाइमाथि विजय प्राप्त गर्नैपर्छ । सर्वत्र सत्यको विरोध भइरहेको बेला लेखकमा सत्य कुरा लेख्ने साहस हुनैपर्छ । सत्य सर्वत्र छद्म रूपमा रहने भए तापनि लेखकमा सत्यलाई चिन्ने उच्च सजगता हुनैपर्छ । लेखकमा सत्यलाई हतियारको रूपमा प्रयोग गर्ने सीप हुनैपर्छ । लेखकमा ती मानिसहरूको छनोट गर्ने बुद्धिमत्तापूर्ण शक्ति हुनैपर्छ, जसका हातमा सत्य प्रभावकारी हुन्छ र लेखकमा त्यस्ता मानिसहरूका बीचमा सत्यलाई फिँजाउने चतुर्‍याइँ हुनैपर्छ । फासीवादअन्तर्गत रहेका लेखकहरूका लागि यी अत्यन्तै चुनौतीपूर्ण समस्या हुन् तर यी समस्या ती मानिसहरूका अगाडि विद्यमान छन्, जो भागेका वा निर्वासित छन् । यी समस्याहरू ती देशहरूमा कार्यरत लेखकहरूका सामु पनि विद्यमान छन्, जहाँ नागरिक स्वतन्त्रता छ । १. सत्य कुरा लेख्ने साहस जोसुकैले लेखे पनि उसले कुन अर्थमा सत्य कुरा लेख्नुपर्छ भने उसले सत्यलाई दबाउनु वा ढाकछोप गर्नु वा जानाजान कुनै पनि कुरा असत्य लेख्न...