Posts

कथा :—गुच्चिने अँखौटा

Image
कथा :—गुच्चिने अँखौटा कृपया शान्त भएर सुन्नुहोस् कि यो ६ आँखे बयान हो । यसलाई सकेसम्म सत्यताका साथ प्रस्तुत गर्ने कोसिस गरिएको छ । सत्यताको पनि कोसिस ! अचम्म लाग्नसक्छ । यस मानेमा कि यो घटना करिब २८ वर्ष अघिदेखि सुरु भएर अहिलेसम्म जारी भएकाले हो । तर यसलाई ती पहिलेका ६ आँखे यादहरूलाई लिपिववद्ध गर्नुपर्ने दरोकार हुन गयो किनकि यस बारे जसले पनि मनगढन्ते कहानी बनाउन सुरु गरेकाले हो । यसबारे हामी ६ आँखेले गीताको कसम वा, कुरानको कसम वा, बाईबलको कसम वा, दुनियाँका जतिपनि धर्मका महान् व्यक्तिका कसम अनि जतिपनि राता किताबका कसम वा, नास्तिकको कसम वा, विज्ञानको कसम वा, माँ कसम वा, आफूलाई टेका दिने धरती माँको कसम । ल सुन्नुस् ! मैले आफैले बढी आत्मसात् गर्ने सम्पुर्ण ब्रह्माण्डीय कानुनको कसम ।  ६ आँखेका करामत, ६ आँखे कहिले के कहिले के, ६ आँखेको भयो बेहाल, ६ आँखे अब छुट्टिन्छ, ६ आँखे एक चुनौती, के यस्तै चलिरहन्छ ?, ३ प्राण १ ज्यान, हुनसम्म भएछ नि लौ, ६ आँखे अझै किशोरै, मोहरा मात्रै हुन् यिनीहरू, राज्य पाउन पो लड्ने त यस्तो के बालापन हो, प्रेममा जस्ले जे पनि त्याग्छ , कुत्सित प्रेम आदि थुप्रै शीर्ष...

२.१४ (घ) प्रगतिवादी कथा

 मेरो कथाको कथा शीर्षकको कथा सम्बन्धी कार्यपत्रमा यो प्रगतिवादी कथासम्बन्धी व्याख्यालाई पनि समेटेको छु । २.१४ (घ) प्रगतिवादी कथा धार्मिक कथामात्र लेख्ने परम्परा तोडी आधुनिक कथा लेख्ने परम्परा वि.सं १९९० देखि सुरु भयो । त्यो बेलादेखि कथामा फाट्टफुट्ट जनभावना पनि मुखरित हुन थाल्यो । शासकवर्ग जनविरोधी भएकाले त्योबेला जनता जनवादी चेतलाई अप्रत्यक्षरूपमा व्यक्त गर्थे । २००६ सालमा पहिलो प्रगतीवादी कथा ‘गरिब’ प्रस्तुत गर्दा राणाशासन जीर्ण भएर पतन हुने समय भएकाले मात्र प्रकाशन भएको थियो । हिन्दी साहित्यकार रामविलास शर्माका अनुसार, “प्रगतिशील साहित्यको माने त्यो साहित्यसँग छ , जु्न साहित्यले समाजलाई अघि बढाउँछ , मानवको विकासमा सहायक हुन्छ । ‘के प्रगतिशील हुँदैमा साहित्य श्रेष्ठ हुन्छ त ?’ भन्ने प्रश्न सोधिनुको अर्थ सायद के हुन्छ भने साहित्यिक नभएर पनि कहिलेकाहीँ कुनै कृति विषयवस्तुकै कारणले प्रगतिशील र त्यसैले श्रेष्ठ मानिन्छ । ... हामीलाई त्यस्तो साहित्य चाहिन्छ , जसले एकातिर कलाको उपेक्षा नगरोस्, रस सिद्धान्तका नियामक जुन आनन्दको माग गर्दछन् त्यो साहित्यबाट मिल्नै पर्दछ , यद्यपि त्यसको एक ...

छिट्टै आउँदैछ । comming soon !

Image
 

कथा ः पगरी गुथाइ

कथा : पगरी गुथाइ  पगरी गुथाइ कार्यक्रम गर्नै पर्ने भयो । हुन त नातिको बर्तमनसँगै पगरी गुथाइ कार्यक्रम गर्ने छोरासँग वाचा गरेका थिए बुढाले । छोरोले पनि भ।मग्दूर प्रयास पनि गरेको थियो तर संघारमा आएर बुढाले आफुमात्रै मान पाउने चाल रचे । वर्तमन क्यानशिल गरे । छोरा र बुहारीले बधाई दिएको लिखत निमन्त्रणा कार्ड छोराले नै टाइप गरी दिनुपर्ने रे । बुढाले नै लेखेर ल्याए अनि “टाइप गर” भनी छोडे । “पछिसम्मलाई चिनो हुन्छ” रे । छोरालाई यो एउटा कौतूहल अनि अचम्मित तुल्यायो कि जुन धन्यवाद अनि उनलाई “भगवान् मेरो भनी वाचा गरेँ” भनी लेख्न लगाउन खोजिएको कार्डमा “अन्य छोरा, छोरी उनीहरुका जहान ज्वाइँ अनि बुहारीले यस्तो निमन्त्रणा कार्डबाट ज्ञापन गर्नु आवश्यक छैन” भनी बुढाले ठाडै भने र “तिमीहरु दुईजनाको मात्र नाम राख्नू” भनी उसको जहानका अगाडि भने । बुढाले छोरोलाई “कार्डमा यो राख्नू कार्डमा ऊ राख्नू , तिमीलाई थाहा छँदै छ राम्ररी मिलाएर बनाइदिनू” भन्दै एकदिन अगाडिसम्म पनि अनुरोध गर्न आएका थिए । विहानको पुजाको पगरी गुथाइ कार्यक्रममा छोरालाई राजा भनी बोलाइयो । सबै दर्शकहरुले खिन्न अनुहार लगाए । पारस भन्ने राजोपा...

गाइजात्रे प्यारोडी

  नेता ! को कता को कता गजब छ राजनीति छैन लाजनीति जनता ! नहोस् यता न उता जसले खुवाउँछ उसलाई भोट दिनी सिद्धान्त भन्ने कहीँ कतै छैन जता पाइन्छ कुर्सी त्यतै छ चैन २० प्रतिशतबाट पार्टी बनाई रामचन्द्र पौडेल प्रधानमन्त्री हुने रे २० प्रतिशतको थ्रेसहोल्ड खारेज गर्न सर्वोच्चमा ६ उजुरीको फैसला बाकी छ रे अनि त्यसपछि अस्तीजस्तै ब्याक टु ब्याक आउने रे जे गरे पनि सबैले लोकतन्त्रकै रक्षा गरेका रे योभन्दा संसदीय व्यवस्थाको नौटङ्की के होला एकतन्त्रीवालालाई हँसाउने यो नौजाली माया होला आरपार दाजुभाइको साइनबोर्ड नभएको मीठाई पसल छ रे एउटाले पुरानो मीठाई पसलको साइनबोर्ड लगाई कुस्त कमाए अर्कोले ताजा मीठाई पसल साइनबोर्ड लगाई आफ्नो दिन फिराए मीठाई त मीठाई पसल तर खान नहुने रङ्ग कसैलाई थाहा छैन पुरानो कुहेको रोटी पनि पिसेर के के पाक बनाए के के जनता कि त दाजुकोमा गए कि त भाइकोमा गए जनता कि त पक्षमा गए कि त प्रतिपक्षका भए नेता त झन् को केमा गए अझै पत्तो छैन सिद्धान्त भन्ने कुरा कहीँ फत्ते भा हैन गाइजात्रे सप्ताह आयो हो जनता प्यारोडी गाउँ है प्यारोडी हाँसीहाँसी खित्का छोडी गलाऔँ है अब नौ नाडी २०७८ भाद्र ३ रातको...

गायक बन्ने कि ?

 गायक बन्ने कि ? गायक बत्रे चाहना मेटाउन सजिलो छ तर गायक बत्र गारो छ । यसको मतलब सङ्गीत सम्बन्धी ज्ञानको अभाव हुनु नै हो । आजकालको जमाना नै कम्प्युटरको छ । जस्तो सुकै गीत गाए पनि कम्प्युटरबाट इडिट गरेर त्यो गीतलाई राम्रो त पार्न सकिन्छ तर त्यही गीतलाई जस्ताको तस्तै स्टेजमा गाउन सक्ने गायक नै भेटिंदैन । रेडियो नेपालबाट मात्र गीत बज्ने समयताका स्वर परीक्षामा मात्र पास भएकाहरूले गीत गाउन पाइन्थ्यो । जसले गर्दा त्यो समयताका सुगम सङ्गीतको राम्रो विकास भएको थियो तर अहिले च्याउ जस्तै उम्रेका एफ एम स्टेशनहरूमा जो कोहीको पनि गीत बजाउन पाइने भएकोले गर्दा श्रोताहरूले स्वस्थ मनोरञ्जन पाइरहेका छैनन् भन्दा दुईमत नहोला । जस्ले गर्दा सङ्गीतको स्तर ज्यादै खस्किएको अवस्थामा पुगेको छ ।  सङ्गीत राम्रो भयो भने सङ्गीतबाट रोग समेत निको हुन्छ भने सङ्गीत राम्रो भएन भने निरोगी व्यक्ति पनि बिरामी पर्न सक्छ । ऊबेला सङ्गीत स्वच्छ मनोरञ्जन हुन्थ्यो भने अहिले सस्तो मनोरञ्जन हुन गएको छ । नेपालको भन्दा धेरै सङ्गीतको विकास भएको सङ्गीतको उद्गम स्थान भारतको सन् ६०–७०को दशक ताकाको फिल्मी सङ्गीतभन्दा अहिलेको त्यहा...

देउवा सरकारका चुनौती

सर्वोच्च अदालतको असार २८को फैसलापछि ओलीको एकलौटी सर्वसत्तावादी केपी ओली प्रवृत्तिको व्यक्तिगत राजनीतिको अन्त्य भएको छ । व्रह्मनालमा पुगेको संविधानको रक्षा भएको छ । यसको वाछिटा अझै आउनेछन् । यसबाट सजग हुनैपर्छ । जसरी केपी ओलीले एकलौटी रुपमा संविधानको वास्ता नगरी संसदको समर्थन नलिई निरन्तर अध्यादेशबाट शासन चलाए । त्यसको परिणामतः उनले कुर्सी जोगाउन सकेनन् । संविधाविनानै जसरी सत्ता चलाउन उद्दत भए पछिसम्म पनि यसको  न्यायप्रेमी जनताले अघोषित कू भनी ओली सत्ताको कालो करतूतलाई विरोध गरि नै रहनेछन् । जसरी यस सर्वसत्तावाद विरुद्ध एमालेका माधव..झलनाथ समूह, जसपाका उपेन्द्र..बाबुराम समूह, माओवादी केन्द्र आदि पार्टीहरू लागे, त्यसैगरी मानवअधिकारवादी अनि नागरिक समाजहरू पनि गोलवद्ध भए । यसरी यी सबै समूह मिलेर मात्रै ओलीलाई परास्त गर्न सफल भए । यसरी नै देशको नवनिर्माणमा पनि यस एकतालाई डगमगिन नदिई अघि बढ्न सबैजना मिलेर विधिको शासन अङ्गाल्नु आजको टड्कारो आवश्यकता हो । नत्र यो कुर्सीको  अभिप्सा मात्रै हुने छ । यस्तो गरेमा जनताले उनीहरूलाई पनि पछि माफी दिने छैनन् । यी सबै माथिका पार्टीहरूको लोकतन्त्...