Posts

कविता :–एक्लो

Image
एक्लो छु म एक्लो यो दुनियाँमा म एक्लो कोही साथी छ भने त्यो मरो छायाँ कोही सत्य बोल्छ भने त्यो उल्टो ऐना केही अँगालो छ भने भरिलो श्वासको इञ्जिन छ भने मुटुको सिपियु त भइहाल्यो दिमाग कहाँ छ त्यो माउस चलाउने अनन्त अनभिज्ञ ! यो उमेरभन्दा धेरै लामो छ समय गन्तव्यमा कहिल्यै पुगेको हैन चलायमान छ , दौडिरहन्छ हरदम रोकाएर हेर्न सकेको छैन यो अञ्जान शहरमा परिचित कोही छैन दिन रित्तोरित्तो सुल्टो आकाशको भाँडोजस्तो रात धुवाँधुवाँ घोप्टो आकाशको कैदीे जस्तो धुवाँ सारा पञ्छाउँदै कहिले हुनेहो हरदम प्रभात !र् हावा उस्तैउस्तै सर्वत्र नाचिरहेछ कसैलाई वास्ता दिइरहेछ अत्तरको कसैलाई ह्वास्स दिगमिगाहटको पानी पनि उस्तैउस्तै छ कतै जमिरहेछ, कतै पग्लिरहेछ कतै वाफ बादलिरहेछ आगो पनि उस्तैउस्तै छ कसैलाई पोलिरहेछ कसैको खाना पकाइरहेछ खुसी छ, त्यो पनि देखिन्न दुःख छ त्यो पनि देखिन्न इच्छा छ त्यो पनि देखिन्न बुद्धि, ज्ञान, ऐश, आराम छ सम्झना, विर्सना , तिर्सना सपना, बिपना, कल्पना सोच, खोज, मनमोज छ बाठो छ, लाटो छ गोरो छ, कालो छ गद्दार छ, स्नेही पनि छ असमानता, समानता साथीत्व, वेइमानीत्व बेवास्ता ! सकारात्मक, मध्यविचार, नकार...

शुभ–कामना नव वर्षको

Image
शुभ–कामना नव वर्षको —विजु सुवेदी ‘विजय’ पालुवा पलाउँछ बिहानी आउँछ रात पञ्छिँदै जान्छ शिशिर जान्छ बसन्त आउँछ सबैमा उमङ्ग ल्याउँछ उच्छवास ल्याउँछ नवीन भाव ल्याउँछ त्यसैले क्यालेण्डर बदल्ने मात्र होइन प्रकृतिको देन हेर्नुपर्छ जिन्दगी बदल्नु पर्छ समयको रफ्तार बढ्दै जान्छ पालुवा फेरि फक्रन थाल्छ निरन्तर चलिरहन्छ बगेको खोला हो जिन्दगी पुरानो, नयाँ, राम्रो, नराम्रो बहँदै बहँदै आउँछन् शितको थोपा पातमा टल्कने हीरा हो जिन्दगी राम्रो कुरा आँगाल्दै जानुपर्छ नराम्रो कुरा विर्सिदिनुपर्छ जतिसुकै आग्रह गर जतिसुकै सलाम गर बगेको समय फर्किन्न त्यसैले जिन्दगीमा जे जे भयो राम्रो कुरा लिनुपर्छ नराम्रोबाट चेत्नुपर्छ गल्ती नगर्ने प्रण गर्नुपर्छ आफू सुध्रिँदै जानुपर्छ नयाँ ताजगी, नयाँ मनोहर नयाँ आभाष, नयाँ पराक्रम नयाँ प्रण, नयाँ अभिनव नयाँ वर्षमा नवीनभाव आउनुपर्छ सदा कायम गर्नुपर्छ मरेर जिउने होइन इमान डगमगाउनु दिनु हुन्न बाँचेर जिउनुपर्छ जतिपनि छन् प्रयास ती छोड्नु हुन्न अहिले २०–१९ छ त के भो यसलाई सुधार्दै लानु छ हरबाधा हटाउँदै जानु छ योभन्दा प्रगती गर्दै जानु छ २०–२० बनाउँदै २०–२१गर्दै प्रगती गर्दै छुक...

यसरी असल लेखक बनौं

दुःख सहन्छ त पीडा रहन्छ । कसैले मन फुकाउन बह कहन्छ त कसैले कुनै कुरामा उठाउनै आवश्यक कुरामा आवाज नउठाउँदा आक्रोशित भएर आवाज उठाउँछ । यस्तो आवाज ठाउँमा उठाउन सक्नुपर्छ । अनि मात्र ऊ सफल हुन्छ । तर आजभोलि प्रायः सबैजसो असफल भएको देखिन्छ । यसैका कारण दुःख सहेका प्रायः व्यक्तिहरु प्रतिरोध गर्न विर्सिरहेका छन् । म १ कक्षा पढ्दा कवि दुर्गालाल श्रेष्ठको नेवारी कविता यहाँ नेपालीमा भन्न उपयुक्त ठानेको छु  :– घाउ भएर त रोएको हुँ । दुखेकोले त स्वर निकालेको हुँ । म मरेको छैन, हामी मरेका छैनौँ भनेर मात्रै प्रस्तुत गरेका हौँ । यस्तो आवाज उठाउँदा अवश्यनै सञ्चार माध्यमको आवश्यक हुन्छ । यो आवाज उठाउने कुरो अवश्य नै राम्रो कुरो हो । समाजलाई जगाउने कुरो हो । हामीले बेलाबेलामा मात्र होइन, निरन्तर समाजलाई झक्झकाइरहन्ु पर्दछ । अनि मात्र हाम्रो समाज उज्यालो प्रगतीशील बाटोतर्फ निरन्तर अगाडि बढ्न समर्थ हुन्छ । यस्ता समाजलाई उठाउने कुराका लागि विभिन्न कार्यक्रमहरु, पत्रपत्रिका, चलचित्र, टेलिभिजनका समाचारबाट पनि हुन्छन् । तर यसरी जुनसुकै माध्यमबाट समाजलाई प्रस्तुत गर्दा पनि समाज टसको मस हुँदैन । यस लेखकला...

मान्छे बन्न नसक्ने कसरी लेखक हुन्छ ?

Image
संसारका ठूला लेखकहरूको काम लेख्ने मात्रै होइन, बोल्ने पनि हो । तर नेपालका लेखकहरू नगरकोटीको भाषामा गुफा पस्नुलाई गौरव ठान्छन् र त्यसो गरेर उनीहरू संसारका प्रसिद्ध लेखकहरूको दाँजोमा पुग्ने सपना देख्छन् । योभन्दा हास्यास्पद कुरा अरू के होला ? तालिबानको चरम दमन सहन नसकी अभिभावकसित बेलायत भागेका खालिद हुसेनीले काइट रनर, एन्ड माउन्टेन इकोज र थाउजेन्ड्स स्प्लेन्डिड सन्सजस्ता विश्वप्रसिद्ध आख्यान मात्र लेखेका छैनन्, ‘दि खालिद हुसेनी फाउन्डेसन’को स्थापना गरेर अफगानिस्तानमा युद्धको चपेटामा परेका बालबालिकाका लागि सहयोग रकम पनि जुटाइरहेका छन् । उनी आख्यान लेख्नका लागि वर्षौं भूमिगत हुँदैनन् बरु दिनहुँ आफ्नो फेसबुक पेज र ट्विटरमा अपडेट हुन्छन् । किताब मात्र होइन, युद्धको विरोध र मानवताको पक्षमा निरन्तर सामाजिक सञ्जालहरूमा पनि लेख्छन् । उनको यस्तो लेखनीले उनलाई हलुका बनाएको छैन बरु झन्झन् जिम्मेवार लेखक भनी संसारभर चिनाएको छ । तर, हाम्रा ठूला भनिएका लेखकहरूले सामाजिक सञ्जाललाई आफ्नो र स्वास्नीको फोटो सार्वजनिक गर्ने साधनका रूपमा मात्र प्रयोग गरिरहेका छन् । उनीहरू यति साँघुरा छन् ...

कस्तो ! सिसिफस !! जिन्दगी !!!

देशको कानुन बलियो छ तर कागजमा मात्र सिमित छ । अहिलेको सरकारमा धेरै अधिकार छ , यसलाई चाहिनेभन्दा बढी अधिकार भनी मापन गर्न सकिन्छ । किनकी अहिले अधिकारको सदुपयोग हुन सकिरहेको छैन । सरकार तस्करी, ब्यापारी भ्रष्टाचारीहरुको हातमा छ । यसले गर्दा देश बर्बादीतिर गइरहेको छ । दुईतिहाइभन्दा बढीको सरकार छ , गरे भने गर्न नसकिने कुरो केही पनि छैन । सरकारमा बसेकाहरुले गरेका सबै कामहरु सरकारमा बसेकाहरुले नै राम्रो–राम्रो भनी सबैले तारिफ गरिरहेका छन् । नराम्रा अनि आफुबाट कमी–कमजोरीहरु भएका भए , त्यसलाई स्विकारेर गल्ती नदोहो¥याउनु सक्नुपर्ने हो । तर पहिलेको सत्ताजस्तै कुनै क्रमभङ्ग नभइकन यो सत्ता पनि जसले गुणगान गाउँछ , ऊ मात्रै सरकारको सेरोफेरोमा परिरहेका छन् । यसले गर्दा सरकारमा बस्नेहरुको एक किसिमको दम्भ प्रकट भइरहेको छ । सल्लाह–सुझावहरु, कमीकमजोरीहरु मनन नगरी आफुलाई मात्र ठीक भन्ने कार्य भइरहेको छ । यो नित्तान्तै गलत हो । यसले देशलाई उन्नतितिर होइन अवनति तर्फ डोर्याउँछ । कुर्सीको मोहले गर्दा जति भूल भएपनि देश प्रगतिमा गइरहेको छ , नयँ युग आएको छ , सामाजिक सुरक्षाको युग आएको छ, भनेर पुरै सञ्चार माध्य...

नारी तिमी उठ

नोभेम्म्बर २६देखि डिसेम्बर १०सम्म महिला हिँसा विरुद्धको १६ दिने अभियान सुरु भइसकेको छ  । यो अभियान वर्षैभरि शसक्त रुपमा हुनु जरुरी छ । यसै मेसोमा आज तेस्रो दिन २८ डिसेम्बरको लागि यो रचना “ नारी तिमी उठ” प्रस्तुत छ । नारी तिमी उठ एउटी नारी शिक्षित भए परिवारलाई मात्र होइन पिँढीलाई पनि शिक्षित बनाउन सक्छिन् त्यसैले नारी विकास हुन् नारीलाई दूर दराजमा होइन पुरुषसँगै समानान्तरमा ल्याउनुपर्छ नारीले संसार राम्रो बनाउन सक्छिन् कठोर अत्याचार हुँदा धेरैधेरै तलसम्म गिराउँदा स्नेही भनेर शान्तिका प्रतिक भनेर सशनशीला भनेर धेरै खप्की खाएर बस्नु हुन्न अब नारी मौन मात्र हुनुहुन्न आज इज्जतका खानी नारी नै हुन् पुरुषले यसबाट सिक्नुसक्नुपर्छ नारीले पनि आवाज उठाउनुपर्छ नारीले सबैलाई मातृत्व प्रेमले हुर्काए तर मातालाई सम्मान गर्दैनन् सन्तानहरु नारीमाथि भेदभाव व्याप्त छ यो दुषित पर्दालाई च्यात्नुपर्छ नारीकै उत्प्रेरणाले ठुलाठुला नेता जन्मिए नारीकै रेखदेखमा नारीकै हेरचाहमा ठूलाठूला ऋषि–महर्षि भए नारीकै आडमा धरै व्यक्ति माथि पुगे तैपनि पुरुष प्रधान समाज छ पुरुष प्रधान इतिहास छ नारी सङ्कुचित बनाइएकी छ तर छैन...

नारी तिमी अघि बढ

नोभेम्म्बर २६देखि डिसेम्बर १०सम्म महिला हिँसा विरुद्धको १६ दिने अभियान सुरु भइसकेको छ  । यो अभियान वर्षैभरि शसक्त रुपमा हुनु जरुरी छ । यसै मेसोमा आज तेस्रो दिन २७ डिसेम्बरको लागि यो रचना “नारी तिमी अघि बढ” प्रस्तुत छ । नारी तिमी अघि बढ कति अँध्यारामै रम्ने बानी गर्ने उज्यालो पाटो पनि धेरै छन् हेर्नैै पर्छ त्यहाँ तिमीले घाम छ, जुनेली उज्यालो रात छ पुरुष जत्तिकै प्रकृतिकै वरदान छ नारीको समाधानका लागि एनजिओहरु छन् जागरण कार्यक्रमहरु छन् डलरको खेती खुबै गर्छन् नारीका समस्या ज्युा का त्युँ नै छन् त्यसैले आफैँ उठ्नुपर्छ एक नारीका लागि सबै जुर्मुराउनु पर्छ सबैको हक त्यहीँबाट आउँछ कुनै कुरामा कमी छैन गम्भीर मात्र बन्ने होइन समस्यासँग जुझ्ने बानी हुनुपर्छ हातमा हात मिलाउनुपर्छ काधमा काँध मिलाउनुपर्छं शहरकी दिदबिहिनी मात्र नारी होइनन् ग्रामीण आमा पनि नारी नै हुन् उनलाई पनि त्यत्ति नै हक छ जत्ति तिमीलाई छ कानुनमा न्याय छ सबैलाई ज्ञान छ आज कुन्नि के भएर कहिँ कतै पनि स्वतन्त्रता छैन समानता छैन सामाजिकता छैन पितृसत्ताको विभेद व्याप्त छ रुढिवाद छ अन्यौल छ दुराचार छ कतै बोक्सी बनाइएकी छ कतै छाउगो...