२०७३ तीतेजिरे गाइजात्रे कार्यक्रम
उहिले बाजेका पालामा मकै हुन्न थियो रे डालामा, अहिले त हामा पालामा सुन चाँदी डालामा, पैसैपैसा डालामा , डलरै डलर डालाडालामा भन्ने दिन आउँला कसका पालामा , भन्नुस् कसका पालामा । नेपाल विश्वको नंबर एक धनी देश बनेको कहिले होला भन्ने सपना बुनेको यस गीत प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठको गायन प्रस्तुतिबाट २०७३ तीतेजिरे गाइजात्रे कार्यक्रम सुरु भएको थियो । त्यसपछि मनोज गजुरेलबाट स रकार कमसेकम ५–५ वर्षको हुनुपर्छ भनेर व्यङ्गात्मक भाषणको प्रस्तुति भएको थियो । त्यसपछि शिवहरि पौडेल, चोथाले आदि कलाकारको “म्यारिज ब्युरो” प्रहसन प्रस्तुति भएको थियो । त्यसपछि शैलेन्द्र सिँखडाको व्यङ्गातमक कविता प्रस्तुति भएको थियो । त्यसपछि नेपाली चलचित्रका प्रसिद्ध सङ्गीतकार टीका भण्डारीको रचना, सङ्गीत र नृत्यको एकल प्यारोडी प्रदर्शन भएको थियो । त्यसपछि जितु नेपाल, दमन रुपाखेतीको समूहको व्यङ्गातमक प्रहसन प्रस्तुति भएको थियो जसमा वेरोजगार नशामा लागेको कुरा मामुलि रुपमा लिएर कार्वाही गर्नु नहुने बरु ठूला ठूला देश लुटाहा, ठूला ठूला तस्करी, स्मगलरहरुलाई पहिले कार्वाही गर्नुप...