२०७३ तीतेजिरे गाइजात्रे कार्यक्रम
उहिले
बाजेका पालामा मकै हुन्न थियो रे डालामा, अहिले त हामा पालामा सुन चाँदी
डालामा, पैसैपैसा डालामा , डलरै डलर डालाडालामा भन्ने दिन आउँला कसका
पालामा , भन्नुस् कसका पालामा । नेपाल विश्वको नंबर एक धनी देश बनेको कहिले
होला भन्ने सपना बुनेको यस गीत प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठका
छोरा यमन श्रेष्ठको गायन प्रस्तुतिबाट २०७३ तीतेजिरे गाइजात्रे कार्यक्रम
सुरु भएको थियो ।
त्यसपछि मनोज गजुरेलबाट सरकार कमसेकम ५–५ वर्षको हुनुपर्छ भनेर व्यङ्गात्मक भाषणको प्रस्तुति भएको थियो । त्यसपछि शिवहरि पौडेल, चोथाले आदि कलाकारको “म्यारिज ब्युरो” प्रहसन प्रस्तुति भएको थियो । त्यसपछि शैलेन्द्र सिँखडाको व्यङ्गातमक कविता प्रस्तुति भएको थियो । त्यसपछि नेपाली चलचित्रका प्रसिद्ध सङ्गीतकार टीका भण्डारीको रचना, सङ्गीत र नृत्यको एकल प्यारोडी प्रदर्शन भएको थियो । त्यसपछि जितु नेपाल, दमन रुपाखेतीको समूहको व्यङ्गातमक प्रहसन प्रस्तुति भएको थियो जसमा वेरोजगार नशामा लागेको कुरा मामुलि रुपमा लिएर कार्वाही गर्नु नहुने बरु ठूला ठूला देश लुटाहा, ठूला ठूला तस्करी, स्मगलरहरुलाई पहिले कार्वाही गर्नुपर्ने कुरा उठाइएको छ । त्यसपछि अख्तियार प्रमुख लोकमान सिँह कार्कीको चर्तिकला पुनः हास्य कलाकार मनोज गजुरेलद्वारा क्यारिकेचर गरिएको छ । जसमा मनोज गजुरेल पहिलेपहिलेका अरु प्रसिद्ध व्यक्तिहरुको क्यारिकेचर जस्तै सफल देखिन्छन् । यसैमा मनोज गजुरेलले पोख्तता हासिल गरेकोमा उनी बधाईका पात्र बनेका छन् । यसमा यदि अख्तियारले नेपालका ठुलाठुला भ्रष्टाचारीहरुलाई कारवाही गर्न सकेका भए हाम्रो देशको कायापलट हुनेमा दुईमत छैन भन्ने कुरा उठान गरिएको छ ,।
बीचबीचमा पर्दा बन्द हुँदा हास्य कलाकार राजाराजारामको प्रहसनात्मक, काव्यात्मक उद्घोषण शैलीले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउन सक्षम छ । कार्यक्रमलाई सफल बनाउनभन्दा पनि दर्शकहरु तान्न एउटी नृत्याङ्गनाको “व्लाष्ट हुन्छ मेरो जवानी” शीर्षकको डिस्को गीतमा उत्तेजनात्मक नृत्य पनि राखिएको छ । अन्त्यमा बेमान तथा दीपाश्रीको झगडाको व्यङ्ग्य, अर्का हास्य कलाकारको गोविन्द के.सी.डाक्टरको आमरण अनसन, ज्योति काफ्लेको के.पी ओली अनि दिपकराज गिरी को प्रचण्डको दोहोरी पनि भरपुर मनोरञ्जन दिलाउन सक्षम छ । त्यस्तै दिपकराज प्रचण्ड र दिपाश्री नर्सको गहिरो प्रेम पनि यहाँ दर्शाइएको छ ।
समग्रमा भरपुर मनोरञ्जन दिलाउन सक्षम भएपनि दोहारो अर्थ लगाउने भल्गर शब्दहरुको भरपूर प्रयोग गरिएको छ जसका कारण परिवारका साथ बसेर हेर्न अप्ठेरो महसूस हुन्छ । यस्तै बेला हो बौद्धिक वर्गलाई अभिनयको मनोरञ्जनतिर तान्ने तर यस मामिलामा सम्पूर्ण कलाकारहरु असफल छन् । यस मामिलामा कलाकारहरुले राम्ररी सोचर आफ्नो कलाचेतलाई माथि उठाउन योगदान पु¥याउनु धरै सोचविचार गरेर मात्र गर्नुपर्ने देखिन्छ । कलाकारहरुले यस्तो नानीदेखि लागेको बानीलाई बौद्धिकताको स्तरमा ल्याउनुपर्ने देखिन्छ । यो तीतेजिरे २०७३ प्रहसन भदौ १८ शनिवारसम्म प्रज्ञाभवन कमलादीमा प्रस्तुत हुनेछ ।
अन्त्यमा एउटा लेखकको नाताले मेरो परिवारलाई टिकटको पास रत्नपुस्तक भण्डारका अध्यक्ष गोविन्द श्रेष्ठमार्फत उपलब्ध गराउनु भएकोमा उहाँहरुप्रति आभार व्यक्त गर्दछु ।
२०७३ भदौ ४
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
— with /'Prabhat Subedi' / Sonत्यसपछि मनोज गजुरेलबाट सरकार कमसेकम ५–५ वर्षको हुनुपर्छ भनेर व्यङ्गात्मक भाषणको प्रस्तुति भएको थियो । त्यसपछि शिवहरि पौडेल, चोथाले आदि कलाकारको “म्यारिज ब्युरो” प्रहसन प्रस्तुति भएको थियो । त्यसपछि शैलेन्द्र सिँखडाको व्यङ्गातमक कविता प्रस्तुति भएको थियो । त्यसपछि नेपाली चलचित्रका प्रसिद्ध सङ्गीतकार टीका भण्डारीको रचना, सङ्गीत र नृत्यको एकल प्यारोडी प्रदर्शन भएको थियो । त्यसपछि जितु नेपाल, दमन रुपाखेतीको समूहको व्यङ्गातमक प्रहसन प्रस्तुति भएको थियो जसमा वेरोजगार नशामा लागेको कुरा मामुलि रुपमा लिएर कार्वाही गर्नु नहुने बरु ठूला ठूला देश लुटाहा, ठूला ठूला तस्करी, स्मगलरहरुलाई पहिले कार्वाही गर्नुपर्ने कुरा उठाइएको छ । त्यसपछि अख्तियार प्रमुख लोकमान सिँह कार्कीको चर्तिकला पुनः हास्य कलाकार मनोज गजुरेलद्वारा क्यारिकेचर गरिएको छ । जसमा मनोज गजुरेल पहिलेपहिलेका अरु प्रसिद्ध व्यक्तिहरुको क्यारिकेचर जस्तै सफल देखिन्छन् । यसैमा मनोज गजुरेलले पोख्तता हासिल गरेकोमा उनी बधाईका पात्र बनेका छन् । यसमा यदि अख्तियारले नेपालका ठुलाठुला भ्रष्टाचारीहरुलाई कारवाही गर्न सकेका भए हाम्रो देशको कायापलट हुनेमा दुईमत छैन भन्ने कुरा उठान गरिएको छ ,।
बीचबीचमा पर्दा बन्द हुँदा हास्य कलाकार राजाराजारामको प्रहसनात्मक, काव्यात्मक उद्घोषण शैलीले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउन सक्षम छ । कार्यक्रमलाई सफल बनाउनभन्दा पनि दर्शकहरु तान्न एउटी नृत्याङ्गनाको “व्लाष्ट हुन्छ मेरो जवानी” शीर्षकको डिस्को गीतमा उत्तेजनात्मक नृत्य पनि राखिएको छ । अन्त्यमा बेमान तथा दीपाश्रीको झगडाको व्यङ्ग्य, अर्का हास्य कलाकारको गोविन्द के.सी.डाक्टरको आमरण अनसन, ज्योति काफ्लेको के.पी ओली अनि दिपकराज गिरी को प्रचण्डको दोहोरी पनि भरपुर मनोरञ्जन दिलाउन सक्षम छ । त्यस्तै दिपकराज प्रचण्ड र दिपाश्री नर्सको गहिरो प्रेम पनि यहाँ दर्शाइएको छ ।
समग्रमा भरपुर मनोरञ्जन दिलाउन सक्षम भएपनि दोहारो अर्थ लगाउने भल्गर शब्दहरुको भरपूर प्रयोग गरिएको छ जसका कारण परिवारका साथ बसेर हेर्न अप्ठेरो महसूस हुन्छ । यस्तै बेला हो बौद्धिक वर्गलाई अभिनयको मनोरञ्जनतिर तान्ने तर यस मामिलामा सम्पूर्ण कलाकारहरु असफल छन् । यस मामिलामा कलाकारहरुले राम्ररी सोचर आफ्नो कलाचेतलाई माथि उठाउन योगदान पु¥याउनु धरै सोचविचार गरेर मात्र गर्नुपर्ने देखिन्छ । कलाकारहरुले यस्तो नानीदेखि लागेको बानीलाई बौद्धिकताको स्तरमा ल्याउनुपर्ने देखिन्छ । यो तीतेजिरे २०७३ प्रहसन भदौ १८ शनिवारसम्म प्रज्ञाभवन कमलादीमा प्रस्तुत हुनेछ ।
अन्त्यमा एउटा लेखकको नाताले मेरो परिवारलाई टिकटको पास रत्नपुस्तक भण्डारका अध्यक्ष गोविन्द श्रेष्ठमार्फत उपलब्ध गराउनु भएकोमा उहाँहरुप्रति आभार व्यक्त गर्दछु ।
२०७३ भदौ ४
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Comments
Post a Comment