Posts

नयाँ सरकारलाई शुभ-कामना !!

नयाँ सरकारलाई शुभ-कामना !! ओखलढुङ्गा, गोरखालगायतका क्षेत्रहरुमा नेता, कार्यकर्ताहरमाथि जबर्जस्ती धरपकड गरी झूठा मुद्दा लगाउने काम यही ओलीको सरकारको कार्यकालमा भयो । यस्तो गर्नमा एमालेसँग सम्बद्ध कानुन व्यवसायीहरु खुलेर लागे । पुरै माओवादी सखाप पार्ने तथा माओवादीका शुभचिन्तकहरुलाई समेत जेल चलान गर्ने तानाबाना उनीहरुले बुन्न थाले । फेरि उनीहरुले माओवादीले सत्ता छाड्नै सक्दैन , छाड्यो भने छाडेकै दिन सकिन्छ भनी दम्भ प्रदर्शन गरी माओवादीसँगको १४ बुँदै, ९ बुँदे तथा ३ बुँदे भद्र सहम तीहरु उलंद्दघन गर्न थाले । त्यसैले एमालेसँगको सहमती तोड्न माओवादी बाध्य भए । यो एमालेको एकलौटी अहंकारको परिणाम हो । यसरी आफ्नो सत्ताबाट माओवादी बाहिरिएर सदनमा एमाले अल्पमतमा परिसकेपछि ओली सरकारले यसरी बहुमत गुमिसकेपछि पद नत्यागी संसदीय प्रणलीलाई उपहास गरी असहज बनाएकोले तथा हालै आएर यसको सामना गर्न संसद अबरुद्ध गर्ने अडान लिएका कारण एमाले अझै लोकतान्त्रिक पार्टी नभएको थप पुष्टी भएको छ । जनयुद्धको आलोघाउ अझै निको भइसकेको छैन । ओली तथा ओली गुटका एमालेले यसमा नुनचूक छर्ने काम गरेको छ । दशवर्षे जनयुद्धको...

लघु कथा :– घडी बन्द

लघु कथा :– घडी बन्द बिजु सुवेदी “विजय” जिउँदोमा काँध दिने कोही छैनन् बरिलै यो संसारमा । मरेपछि काँध दिन जो पनि तँछाडमछाड गर्छन् हरे ! धार्मिकताको यो कलङ्क स्वार्थी दुनियाँ ! हो दीपक छैन आज यो संसारमा । वर्षौं भयो उसको विश्वको नंबर एक स्वीस घडी बिग्रिएको । एउटा जस्तो घडी पनि बनाउन सक्छु भन्ने घमण्डी घडी मेकानिकले बनाउने भनेर लगेको थियो तर ऊ पनि हार खाएर त्यहीँ त्यो घडी बनाउन सकिएन माफ गर भनी गिडगिडाउँदै छ उसको लासको अगाडि । आज उसका प्रशंसकहरू धेरै छन् तर यस भीडको संसारमा सधैं अरुको अँध्यारो मेटाउन सदा तम्सने दीपक आज छैनन् । जसको समय नै आज मरिसक्यो उसको घडीको समय सदा मरेर के भयो र उसलाई, अब केही पनि कतैबाट पनि जीवनमा जस्तो तालमेल छैन यसमा । खै अर्को दुनियाँमा जन्मँदा दीपक के के हुने हुन्, के अर्को दुनियाँमा उसको एकाङ्कीपन दूर होला ? २०७३ साउन ३ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाण्डौं bijusubedi@gmail.com

उठ युवा

Image
उठ युवा बिजु सुवेदी “विजय” हे युवा तिम्रो काँधमा  धेरै धर्तीको भार छ तिमीले आज गरेनौ भने जिन्दगीे बिग्रिन्छ सक्षम तिमी सपार्न लाई हरेक मेसोको तर यो कुरा तिमीले हेक्का गरेनौ किन नि शोषित भए हरेक दुःखी तिमीले नडत्दा काँधमा तिम्रो भार छ ठूलो आजको घडीमा जनता लास बसेको भन्दा झरेर दास छ तिमीले आज के पायौ भन केही नि नगरी सहिद पनि अशान्त छन् भएर थिल्थिला जाति र भाषा, धर्मको रुढी बिभेद हटाऊ झुक्नु  नि हुन्न, रुक्नु नि हुन्न, दबेर नबस दुःखको भेल रोकेर तिमी सजाउ बिपना तिमीमा छ नि यथेष्ट बल गर्विलो पाइन यसरी जिए सर्बत्र प्रेम लहर फैलन्छ मान्छेको खून मान्छेले चुस्न नपरोस् अबले रगत  तिम्रो होइन पानी रगत रातो हो लय :– (३+२)=५, (३+२)=५, (३+३)= ६ जम्मा १६ मात्रा असारे २०७३ साउन १ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाण्डौं bijusubedi@gmail.com

अङ्ग्रेजीमा पनि आयो "सत्य सङ्घर्षका कथाहरु" TRUE TALES OF STRUGGLE

विदेशी शुभचिन्तक साथीहरु पाठकहरुका लागि अङ्ग्रेजीमा पनि आयो लौ मेरो यो पुस्तक "सत्य सङ्घर्षका कथाहरु" TRUE TALES OF STRUGGLE https://ratnapustakinc.com/second2/fiction/anthologies-collections/romance/satya-shangharsa-ka-kathaharu.html

कथा :– बाबालाई पत्र

---------------------------------------------------------------------------------बिजु सुवेदी “विजय” बाबा तपाईं आरामै हुनुहुन्छ ? साह्रै खुसी लाग्यो । मलाई यति साह्रो तकलिफ गरेर हेरचाह गर्न फेरि आउनु भएकोमा । दुनियाँ स्वार्थी छ । तपाईंको मुसुमुसु चेहराको सम्झनाको झोँकाले तपाईं आउनु भो भन्ने थाहा पाएँ, मैले साथ पाएँ । तपाईंको दुनियाँ र मेरो दुनियाँ फरक छ । मैले तपाईंलाई भ्रूणको हत्या नगरौंबाट मेरो पहिलो सन्तानलाई भेटेसरी भेट्ने चाहना राखेको थिएँ तर त्यो बाटोमा जानु अगाडि नै तपाईं आइपुग्नु भो । यत्ति साह्रो आजसम्म पनि मलाई हेरचाह गर्नुहुन्छ । यो मैले सोचेको पनि छैन । तपाईंले सोच्नु होला मलाई कत्ति डर लाग्छ भनेर । तर होइन म कुनै पनि डर मान्दिन । बरु तपाईंको मुस्कान मलाई मनपर्छ । तपाईं अग्रज हुनुहुन्छ । तपाईंको भुसुनाको रुप देखेँ । तपाईंको बत्तीकीराको रुप देखेँ बिपनीमा भने सपनीमा लेटिएको उत्तराङ्ग सशरीर साक्षात दर्शन पाएँ । यो आजको संसारको चिढचिढापन सँग मलाई सरोकार छैन । म आज तपाईंको सामिप्यताले गर्दा धेरै नै एकाङ्कीपनबाट टाढा भएको छु । आज म तपाईंलाई धेरै सम्झिरहेको छु । तपाईं धरोहर...

गणतन्त्र

गणतन्त्र पैसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ साँच्चै आम जनताको दैलोमा  चाहिँ कहिले आउँछौ बालुवा चाल्ने कहाँ  चाहिँ कहिले आउँछौ गिट्टी कुट्ने कहाँ  चाहिँ कहिले आउँछौ मालिकको दासता भएको ठाउँमा  चाहिँ कहिले आउँछौ साँच्चै पैसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ राजतन्त्रेलाई धुलो चटायौ तर यहाँ सबै नेतामा राजामहाराजा बन्ने लालसा बढ्दै गएको छ होइन होइन कदापि होइन अरुलाई महाराजा बनाउन बलिदानीले गणतन्त्र ल्याएको होइन राजतन्त्रेले गद्दी छाडेपनि सम्पत्ति नेपाल सरकारको भएको छैन अहिले सम्म कसैको बाउले वास्ता गरेको छैन हे गणतन्त्र तिमीलाई कसैको राजतन्त्र स्विकार्य छैन मलाई पनि कसैको राजतन्त्र स्विकार्य छैन चाहे त्यो मलाई एकदमै मनपर्ने पार्टी किन नहोस् मलाई तिमीहरुको पनि राजतन्त्र स्विकार्य छैन यो मेरो गणतन्त्र प्रतिको निष्ठा हो गणतन्त्र एउटा युग बदल्ने आवाज हो गणतन्त्रको आवाजमा भिराइएका तगारोहरुबाट मुक्ति छ दासताको बन्धनबाट छुटकारा छ साँच्चै गणतन्त्र तिमी उन्मुक्ति हौ तिमी साङ्लो तोड्ने क्रान्तिकारी हौ तिमी पाउको जञ्जीर तोड्ने बाहक हौ त्यसैले तिमीले सबै ठाउँ आउनै पर्...

चन्द्रमा

Image
चन्द्रमा ए मेरो अति प्यारो चन्द्रमा तिमी सदैब मेरो साथ छौ तिमी मेरो प्रेरणा हौ तिम्रो साहस, अदम्य, गर्विलो छ तिमी एक सच्चा जिउँदो सहिद हौ तिमी मेरो हौसला हौ तिम्रो अगाडि मेरो परोपकार तृण बराबर छ अब तिमीसँग हातेमालो सबैले गर्नै पर्छ दिनका उजलो दिने त सबै छन् यहाँ अन्धकार हटाउन डट्ने तिमीमात्र छौ यस व्रम्हाण्डमा चन्द्रमा तिमी अन्धकार मेटाउन डट्छौ दिनहुँ तिमी काटिँदै जान्छौ तर तिमी पछि हट्दैनौ महिनाको एकचोटि पूर्णिमा जून बन्छौ अन्धकार मेटाउँछौ फेरि तिमीलाई ह्रास गरिन्छ औंशीमा पुर्याइन्छ अन्धकारको साम्राज्यले जित्छ फेरि तिमी डट्छौ खुर्पे जून भएर बढ्दै फेरि झललल पूर्णिमा ल्याउँछौ तर ताराहरुले साहस गर्दैनन् तिम्रो ह्रासको चक्रको पीडाले ! उज्यालो ल्याउन कोही साहस गर्दैनन् तिमी साँच्चिक्कै डट्छौ साँच्चै तिमी एक सच्चा क्रान्किारी हौ तिम्रो विचार महान् छ तिम्रो क्रियाकलाप महान छ तिमी उज्यालो ल्याउन हरदम डटिरहन्छौ यसरी नै डटौं आ–आफ्नो ठाउँमा सबैजना अवश्य नै अन्धकार र उज्यालोको रस्साकस्सी समाप्त हुनेछ अनि अन्धकार २४घण्टै हट्ने अवश्यम्भावी छ २०७३ जेष्ठ १२ बिजु स...