नयाँ सरकारलाई शुभ-कामना !!
नयाँ सरकारलाई शुभ-कामना !!
ओखलढुङ्गा, गोरखालगायतका क्षेत्रहरुमा नेता, कार्यकर्ताहरमाथि जबर्जस्ती धरपकड गरी झूठा मुद्दा लगाउने काम यही ओलीको सरकारको कार्यकालमा भयो । यस्तो गर्नमा एमालेसँग सम्बद्ध कानुन व्यवसायीहरु खुलेर लागे । पुरै माओवादी सखाप पार्ने तथा माओवादीका शुभचिन्तकहरुलाई समेत जेल चलान गर्ने तानाबाना उनीहरुले बुन्न थाले । फेरि उनीहरुले माओवादीले सत्ता छाड्नै सक्दैन , छाड्यो भने छाडेकै दिन सकिन्छ भनी दम्भ प्रदर्शन गरी माओवादीसँगको १४ बुँदै, ९ बुँदे तथा ३ बुँदे भद्र सहमतीहरु उलंद्दघन गर्न थाले । त्यसैले एमालेसँगको सहमती तोड्न माओवादी बाध्य भए । यो एमालेको एकलौटी अहंकारको परिणाम हो ।
यसरी आफ्नो सत्ताबाट माओवादी बाहिरिएर सदनमा एमाले अल्पमतमा परिसकेपछि ओली सरकारले यसरी बहुमत गुमिसकेपछि पद नत्यागी संसदीय प्रणलीलाई उपहास गरी असहज बनाएकोले तथा हालै आएर यसको सामना गर्न संसद अबरुद्ध गर्ने अडान लिएका कारण एमाले अझै लोकतान्त्रिक पार्टी नभएको थप पुष्टी भएको छ ।
जनयुद्धको आलोघाउ अझै निको भइसकेको छैन । ओली तथा ओली गुटका एमालेले यसमा नुनचूक छर्ने काम गरेको छ । दशवर्षे जनयुद्धको जगबाट भएको १९दिने जनआन्दोलनले संसदको ६०१ सदस्यमा राजतन्त्रका पक्षमा ४जना राप्रपाका सांसदहरु मात्र उपस्थित थिए । यसरी ९९ दशमलब ९ प्रतिशत जनताद्वारा बढारिसकेको राजतन्त्र ब्युँताउने जब प्रयास गरेर १० वर्षे जनयुद्ध तथा १९ दिने जनआन्दोलनका जनमतलाई झुठा मुद्दा लगाउने कोशिश गरिन्छ भने त्यसको प्रतिकार गर्नेपर्छ । अहिले पनि ऊबेला गरेको शाहीसेनाको अत्याचारका कारण जनताहरु अझै सन्तुलित भइसकेका छैनन् । त्यसको साइडइफेक्टहरु अझै बाँकी छन् । हामीजस्ताको त्यो घाउ निको हुन अझै समय लाग्छ । हामी उपलब्धीलाई हेरेर प्रफुल्लित भइरहेका छौं किनकी हाम्रो देशमा एउटा सामन्ती राजतन्त्रको युगको अन्त्य भइसकेको छ । यसैमा हामीले सन्तुष्टिका सास फेरिरहेका छौं । दशवर्षे जनआन्दोलन शुरु हुँदादेखि माओवादीलाई गालीमात्र गरेका भरमा ओली तथा उनका गुटहरुले सत्ताको स्वाद चाखेको कुरा घामजसतै छर्लङ्ग छ । त्यसैले देशका लागि परिवर्तनका खातिर सच्चा प्रगतिशील बाटोथर्फ लम्कन जनताहरु एक थोपा रगत भएसम्म जुझ्नेछन्, जुझिरहनेछन् । सबैलाई चेतना भया ।
अहिले माओवादी र काँग्रसको सहकार्य भइरहेको छ । पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीलाई तिमी किन प्रधानमन्त्री बनेको भनेर राणाहरुले तुच्छ किसिमले सोधेको प्रश्नको जवाफमा भनेका थिए “ हजूरहरुलाई थाहा छ म एक मध्यम वर्गको मानिस हुँ । मलाई सधैं पैसाको अभाव भइरहने भएता पनि खान लाउन पनि ठीकै किसिमले पुगेको छ । हाम्रो नेपालमा मेरो स्तरसम्म नपुगेका अधिकाँश जनताहरु छन् । मेरो प्रयास ती जनताहरुलाई मेरो स्तरसम्म पु¥याउने मेरो उद्देश्य हुनेछ ।” भन्न खोजेको कुरो के भने यस्ता बिचारका कांग्रेस नेता कार्यकर्ताहरुसँ सहयात्रा गरेर अघि बढ्न सकिन्छ ।
जनहितका कार्यहरु तीब्र गतिमा होस् र अग्रीम शुभ-कामना छ माओवादीलाई तथा साथ दिएकामा अहिलेको सबैभन्दा ठूलो दल काँग्रेसलाई पनि ।
२०७३ साउन ६ विहीवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
Comments
Post a Comment