Posts

महाभूकम्प

यस महाभूकम्पबाट परेको कठीनाइबाट बच्न तथा बचाउन कुनै पनि राहतका लागि टोल फ्री नम्बर 1234 मा डायल गरी सहयोग गरिदिनुहुन अनुराध गर्दछु ।

news51

प्रज्ज्वल चापागाई भक्तपुर यालाक्षेंको वालाखु टोलका भाष्करबोध मिश्र (८९) परिवारलाई नेपाली भन्दा नेवारी भाषा सहज लाग्छ। उनीहरूको त र ट को उच्चारण ठीक उल्टो हुन्छ। लवज, भेषभुषा र चाडबाडको हिसाबले पनि हुबहु रैथाने नेवार नै लाग्छ, मिश्र परिवार। मिश्र भन्छन्, “हाम्रो संस्कृति उपत्यकाको तौरतरिकासँग एकाकार भएको युगौँयुग बितिसक्यो।” हुन पनि, राजा यक्ष मल्लले दरबार हातामा चतुरमुखी यक्षेश्वर महादेव (पशुपति) स्थापना गरेसँगै भक्तपुरमा तिरहुतिया बाहुनहरूको ससम्मान उपस्थिति शुरु भएको थियो। भाष्करबोध मिश्र र उनका भाइ पूर्व न्यायाधीश महेश्वर (७०) का परिवार यक्ष मल्लले यक्षेश्वरको पुजारी बनाएका सदन झाका सन्तान हुन्। यलाक्षेंकै अर्का मैथिल पण्डित तीर्थराम झा त्रिभुवन विश्व विद्यालयमा नेवारी भाषाका प्राध्यापक थिए। हाल क्यानाडामा बसोबास गर्दै आएका झाका छोरा रामलोचन त्रिचन्द्र क्याम्पसमा नेवारी पढाइरहेका छन्। -  उपत्यकामा जुजुबाजे* पूजा अनुष्ठानको ऐतिहासिक पेशा र परिचयसँगै गाँसिएका मैथिल ब्राह्मणहरू काठमाडौँ उपत्यकामा जुजुबाजे भनेर चिनिन्छन्। ललितपुरको वालीफल, अथवहाः, वखुवहाः, यगुंवहाः, टौव...

नयाँवर्ष २०७२को शुभकामना — बिजु सुवेदी “विजय”

नयाँवर्ष २०७२को शुभकामना — बिजु सुवेदी “विजय” रोग कसैलाई नलागोस् डाक्टरले सबैलाई उपचार गरोस् लागे पनि स्वदेशमै उपचार होस् । शोक कसैलाई नपरोस् । कुलत सबैको हटोस् धारामा पानी आओस् सबैले पानी पाओस् लोडसेडिङ्ग हटोस् सबैले विजुली पाओस् सबैले पढ्न पाओस् कोही भोका नाङ्गा नहोस् धर्मको नामा, पार्टीको नाममा नेपाली बीच वैमनस्यता नहोस् नेपालको सिमाना नमिचियोस् प्रदुषण कतै नहोस् नेताले कुरा होइन काम गरोस् पत्रकारले झूठ होइन यथार्थ लेखोस् नेपाल बन्द कहिल्यै नहोस् संबिधान चाँडै बनोस् ठूलालाई चैन , सानालाई ऐन नहोस् सबैले आफ्नो कर्तव्य गर्न पाओस् नेपालको विकासको मूल फुटोस् नेपालको नाम सदा सदा चम्कोस् युवा विदेशीन नपरोस् बूढाहरु सहर पस्न नपरोस् स्वदेशमै सबैलाई रोजगारी होस् सयसैले सबैले आठघन्टा काम आठ घन्टा मनोरञ्जन आठ घन्टा आराम गर्न पाओस् सबैलाई राम्रो होस् सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामया : सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दुखःभाग्जनः ।। यही अपेक्षा छ २०७२बाट नयाँवर्ष २०७२ सफल रहोस् २०७२ फलोस् फुलोस् नयाावर्ष २०७...

गजल

मान्छे पनि रहेछन् ताल तालका खान लाग्दा रहेछन् थाल थालका बूढा, बच्चा, तन्नेरी जम्मा भएर बस्न थाल्दा रहेछन् काल कालका जुवा खेल्ने जमेर , च्याँखे थापेर दाउ हेर्दा रहेछन् खाल खालका अलि कति नमिले अड्डी लिएर आँखा गर्दा रहेछन् लाल लालका नेता जम्मै लेक्चरे , कुर्सी  पाउन चेस खेल्दा रहेछन् चाल चालका वर्ष सक्दा अन्तिम बिदा गरेर पात्रो फेर्दा रहेछन् साल सालका लय २+२+३+२+३ जम्मा १२ २०७१ चैत १३ विजु सुवेदी ‘विजय’ कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

दिनहरु विते पनि

दिनहरु वितिरहेछन् । रातहरु वितिरहेछन् । तर सधैँ रात लाग्छ । हो ! यो यथार्थ हो । दीनको दिन आउने, यथार्थ आवश्यक छ । दिनहरु विते पनि । रातहरु विते पनि । यसका लागि डट्नैपर्छ , गर्भको पीडा सहेरै पनि । दिनहरु विते पनि रातहरु विते पनि २०७१ फागुन १५ शुक्रवार विजु सुवेदी ‘विजय’

फागुन ७ औचित्य समाप्त भइसकेको छ ।

फागुन ७ औचित्य समाप्त भइसकेको छ । हरेक वर्षझैँ फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ तर यसको औचित्य समाप्त भइसकेको छ । किनकी २००७ सालमा क्रान्ति भएन । यदि क्रान्ति भएको भए राजतन्त्र रहने थिएन । राणाले लिएको सत्ता राजालाई मात्र हस्तान्तरण भयो । चार सहिदको सालिक माथि पनि त्रिभुवनको सालिक राखेर सहिदको अपमान गरियो । ती उनै त्रिभुवन हुन् जसले संविधान सभा तुहाए । उत्तीबेलै संविधान सभाको माग भएको थियो । हरेक वर्ष झैँ यस वर्ष पनि फागुन ७को प्रजातन्त्र दिवस आएको छ तर सहदको अपमान मात्र ... भइरहेको छ । प्रजा यानेकी जनतालाई रैती बराबर गरिएको छ । यस ००७ सालको आन्दोलनपछि त्योभन्दा ठूलो४६/४७ आन्दोलन , त्योभन्दा ठूलो दश वर्षे जनयुद्ध तथा ०६२/०६३ जनआन्दोलन भइसकेको छ । कैयौँ सहिद भइसकेका छन् । कत्ति अपाङ्ग छन् । कत्ति बेपत्ता छन् । पहिले पहिले गोर्खे, बहादुर, लाहुरेको देश मात्र भने्र चिनिने अब सहिदको देश भइसकेको छ । हामीले आफ्नै देशका लागि रगत बगायौँ । सहिदको देश भइसकेको छ तर सहिदको सपना साकार भएको छैन । आज विश्वले नेपालले संविधानसभाबाट कस्तो किसिमको व्यवस्था ल्याउँछ भनी हेरिरहेको अवस्...

लघु कथा :– जय ! ‘लघु कथा कुनो’ दिवस

लघु कथा :– जय ! ‘लघु कथा कुनो’ दिवस विजु सुवेदी ‘विजय’ पहिले उसले धेरै लेख्ने गथ्र्यो र उसले गरेको यस्ता लेखनीले साहित्यको धेरै सेवा गरेको लाग्थ्यो तर उसलाई त्यस्तो लाग्न छोड्यो । यसै कारण उसले लेख्न छोडेको धेरै भइसकेको थियो । राम्रो अध्ययनपछि मात्रै साहित्यलाई सेवा हुने भएकोले ऊ परख गरेर लेखनीमा लाग्ने ध्येयमा थियो तर आज ‘लघु कथा कुनो’को दिवस ! ऊ घोत्लिरहेको थियो । यसभन्दा अघि ऊ कहिल्यै यसरी घोत्लिन्नथ्यो  ।  पहिले उसले मै हुँ भन्ने घमण्डले जतिबेला पायो त्यत्तिबेला ‘लघुकथा कुनो’मा लघुकथा पोष्ट गर्ने गथ्र्यो । आज ‘लघु कथा कुनो’को चौँथो वर्षको दिन लघुकथा पोष्ट गर्ने उद्देश्यले उसले लेखिरहेको थियो । तर प्रयास सबै निरर्थक भइरह्यो । किनकी पहिले जति उसले पोष्ट गरेका ‘लघु कथा’हरु थिए , ती सबै उसलाई नियमसङ्गत लागेन । उसको ‘म’ पग्लिसकेको थियो । जसरी ऊ पहिले गायक बन्ने सुरमा जस्तो मनलाग्यो त्यस्तो गाएर गायक भइसकेपछि अध्ययन गरिसकेपछि उसले गाउनै छोडेको थियो र उसलाई ऊ गायक नभएको महसुस भएको थियो किनकी उसले पहिले गाएका गीतहरु सबै सुर न तालका थिए । त्यसरी नै यति बेलासम्म उसले ‘‘ल...