फागुन ७ औचित्य समाप्त भइसकेको छ ।
फागुन ७ औचित्य समाप्त भइसकेको छ ।
हरेक वर्षझैँ फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ तर यसको औचित्य समाप्त भइसकेको छ । किनकी २००७ सालमा क्रान्ति भएन । यदि क्रान्ति भएको भए राजतन्त्र रहने थिएन । राणाले लिएको सत्ता राजालाई मात्र हस्तान्तरण भयो । चार सहिदको सालिक माथि पनि त्रिभुवनको सालिक राखेर सहिदको अपमान गरियो । ती उनै त्रिभुवन हुन् जसले संविधान सभा तुहाए । उत्तीबेलै संविधान सभाको माग भएको थियो । हरेक वर्ष झैँ यस वर्ष पनि फागुन ७को प्रजातन्त्र दिवस आएको छ तर सहदको अपमान मात्र ...भइरहेको छ । प्रजा यानेकी जनतालाई रैती बराबर गरिएको छ । यस ००७ सालको आन्दोलनपछि त्योभन्दा ठूलो४६/४७ आन्दोलन , त्योभन्दा ठूलो दश वर्षे जनयुद्ध तथा ०६२/०६३ जनआन्दोलन भइसकेको छ । कैयौँ सहिद भइसकेका छन् । कत्ति अपाङ्ग छन् । कत्ति बेपत्ता छन् । पहिले पहिले गोर्खे, बहादुर, लाहुरेको देश मात्र भने्र चिनिने अब सहिदको देश भइसकेको छ । हामीले आफ्नै देशका लागि रगत बगायौँ । सहिदको देश भइसकेको छ तर सहिदको सपना साकार भएको छैन । आज विश्वले नेपालले संविधानसभाबाट कस्तो किसिमको व्यवस्था ल्याउँछ भनी हेरिरहेको अवस्था छ । यहाँ आउने संबिधानले विश्व राजनीतिमा अवश्य पनि हलचल पार्नेछ । अहिले प्रत्येक सचेत नागरिकहरु एकदम जागरुक भएर बस्ने बेला हो । प्रत्येक सचेत नागरिकको थोरै राम्रो प्रयासले विश्वमा नै ठूलो परिवर्तन हुने देखिन्छ । अतः सबैले परिवर्तनको गतिलाई बढाएर उँभो लान मद्दत गरौँ । देशको तेस्रो अङ्ग पत्रकारिता भनेझैँ पहिलो अङ्ग राजनीति हो । त्यसैले सबैले सचेत भएर राजनीतिलाई स्वच्छ पारौँ अनि राजनीति राम्रो पारेर देशलाई अग्रगमनतिर लैजाऔँ ।

२०७१ फागुन ७
बिजु सुवेदी ‘विजय’
कुलेश्वर,काठमाडौं
bijusubedi@gmail.com
बिजु सुवेदी ‘विजय’
कुलेश्वर,काठमाडौं
bijusubedi@gmail.com
Comments
Post a Comment