फागुन ७ औचित्य समाप्त भइसकेको छ । हरेक वर्षझैँ फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ तर यसको औचित्य समाप्त भइसकेको छ । किनकी २००७ सालमा क्रान्ति भएन । यदि क्रान्ति भएको भए राजतन्त्र रहने थिएन । राणाले लिएको सत्ता राजालाई मात्र हस्तान्तरण भयो । चार सहिदको सालिक माथि पनि त्रिभुवनको सालिक राखेर सहिदको अपमान गरियो । ती उनै त्रिभुवन हुन् जसले संविधान सभा तुहाए । उत्तीबेलै संविधान सभाको माग भएको थियो । हरेक वर्ष झैँ यस वर्ष पनि फागुन ७को प्रजातन्त्र दिवस आएको छ तर सहदको अपमान मात्र ... भइरहेको छ । प्रजा यानेकी जनतालाई रैती बराबर गरिएको छ । यस ००७ सालको आन्दोलनपछि त्योभन्दा ठूलो४६/४७ आन्दोलन , त्योभन्दा ठूलो दश वर्षे जनयुद्ध तथा ०६२/०६३ जनआन्दोलन भइसकेको छ । कैयौँ सहिद भइसकेका छन् । कत्ति अपाङ्ग छन् । कत्ति बेपत्ता छन् । पहिले पहिले गोर्खे, बहादुर, लाहुरेको देश मात्र भने्र चिनिने अब सहिदको देश भइसकेको छ । हामीले आफ्नै देशका लागि रगत बगायौँ । सहिदको देश भइसकेको छ तर सहिदको सपना साकार भएको छैन । आज विश्वले नेपालले संविधानसभाबाट कस्तो किसिमको व्यवस्था ल्याउँछ भनी हेरिरहेको अवस्...