Posts

सातौं गणतन्त्रको शुभ–कामना !

आज गणतन्त्र दिवस हो । गणतन्त्र दिवसका उपलक्ष्यमा शान्तिका परेवा उडाइए । विचरा ती शान्तिका परेवाले कहाँसम्म उडेर शान्ति फैलाउने हुन् । फेरि राजतन्त्रमा शान्तिका परेवा उडाइएजस्तै अर्को राजतन्त्रको फेरीमा कैद बनाइरहेका छन् शान्तिका परेवारुपी हामी विवस आम नेपाली जनता ! एउटा कुरामा भने उपलब्धी भएकै हो । यो गणतन्त्र मनाउनुको कुनै तुक छैन भने पनि यो गणतन्त्र भनेको एउटा युगको सुरुवात हो । २४० वर्षे राजतन्त्रको युगमात्रै समाप्त भएको हैन । यो २४० वर्षभन्दा आगाडिका तमाम राजतन्त्र पनि झिनो अवस्थामै भए पनि समाप्त भएको अवस्था हो । देशमा अहिले हामीले कसैलाई पनि र कसैका पूरै परिवारहरुलाई सरकार ! सरकार ! हजूर ज्यूनार गरिबक्सियोस् । खाइबक्सियोस् जस्ता बक्सियोस् जस्ता  सामन्ती र त्यसका  भरौटे परिवारहरु मानिसलाई पनि भगवानको रुपमा स्तुती गर्ने परम्परा हटिसकेको अवस्था छ । त्यसैले यो आजको नयाँ युगको सुरुवात भएको दिन हो । यो ऐतिहासिक युगान्तकारी दिन ल्याउन १० वर्षे जनयुद्ध तथा १९ दिने लोकतान्त्रिक आन्दोलनमा एकलाखभन्दा बढी वीर नेपाली जनताहरु सहिद भएका थिए । ती सहीदहरुलाई श्रद्धाञ्जली दिनु भनेको यो...

“जीवन काँडा कि फूल” लाई नियाल्दा

Image
“जीवन काँडा कि फूल” लाई नियाल्दा आज "जीवन काँडा कि फूल" पढी सकाएँ । झमक जस्ता अपाङ्गले हामी जस्ता हात खुट्टा भएकाहरुलाई अपाङ्ग बनाइदिएकी छन् , हुतिहारा सावित गरिदिएकी छन् । किनकी उनले सबलाङ्गले भन्दा धेरै गरेर देखाइदिएकी छन् । लेखेर धेरै गरे र देखाइ दिएकी छन् । गरेर धेरै देखाइ दिएकी छन् । उत्कट अभिलाषाले सबै इच्छा सफल पारेकी छन् । अनि उनले अपाङ्गलाई दुनियाँले हेर्ने दृष्टिकोणलाई (विश्व परिवेशले पनि) बदलिदिएकी छन् । जस्तो सुकै आपद विपद परिआएता पनि आफ्नो कर्तब्यमा दृढ रहनुपर्छ र अन्ततः सफलता हात पर्छ भन्ने दृष्टान्तको पाठ पनि सबै पाठकलाई उनले यो कृतिबाट दिन सफल भएकी छन् । उनले भगवानको अस्तित्त्वलाई स्विकारेकी छैनन् तर जुन सङ्घर्ष गर्ने उत्प्रेरणा विद्रोही चेत उनले प्राप्त गरिन् त्यो भगवानकै देन थियो भन्ने मलाई लाग्दछ । एक प्रकारले भगवानमा निर्भर नहुनु भनेको पनि “कर्म गर फलको चिन्ता नगरी कर्मबीर बन्नु ” जस्तै हो । आफ्नो कर्तव्यबाट कुनै पनि हालतमा च्युत नहुने , विचलित नहुने तथा दृढ इच्छाशक्ति भएकी झमक घिमिरेको यो आत्म संस्मरणपरक बहुचर्चित यस कृतिले अहिले...

नेपालको स्वदेश गान

Image
नेपालको स्वदेश गान गीतकार :– बिजु सुवेदी “विजय” लय :– असारे ३,२ , ३,२, ३,३ जम्मा १६ विश्राम ५, ५ , ६ जम्मा १६ चिरेर हेर छाती यो मेरो नेपाल रहेको जहाँमा हेर हेरन जता नेपाल धड्केको दक्षिण तिर तराई भूमि उत्तर हिउँको काली र मेची पश्चिम पूर्व हेर न बगेको छिमेकी देश उत्तर चीन दक्षिण भारत मिलेर बसी मित्रता गाँसी सौहाद्र्र बनेको बुद्धको शान्ति शिवको तप यसमै अटेको सगर–माथा विश्वको छानो चुलेर बसेको सबैमा हामी मिलेर बसी डटेर रहेको गणत–न्त्रको नेपाल हाम्रो काँचुली फेरेको २०७० बैशाख १० गते बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com तपाईं, Mahadev Adhikari , Tika Kharel Subedi , Saagar Silwal र अरू 9 जना जनाले यो मन पराउनुभो Mark Shrestha Chinakhan banla. , esan ganatantra woyan na sakaraak hyupa dhasa mawala. 14 घण्टा अगाडि · मनपरेन · 1 Bijay Subedi Allareequal “कविता राम्रो छ तरै पनि गणतन्त्र आएता पनि सकारात्मक परिवर्तन भने आएन” भन्ने यहाँको भनाइप्रति म सहमत छु । सल्लाह सुझावका लागि धेरै–धेरै धन्यवाद छ मार्कजी ...

कविता :– गरौं केही (हाइकुको छाल)

Image
कविता :–  गरौं केही (हाइकुको छाल) कवि :– बिजु सुवेदी “विजय” छन्द :– ५ , ७ , ५ हाइकुको तालमा गाउने बूढाको मर्म , काममा जोतेको छ , मस्ती छन् सब फर्केमा घर , भाडाले सातो लिन्छ , रित्तिन्छ गोजी नफर्क घर , पठाऊ बरु ड्राफ्ट ,  हुनेछ जोहो राम्रो छ घर, नभन भए ऋण , मान्दछन् सब थोत्रो छ घर , नभए पनि ऋण  , घृणा गर्दछन् बुबाको इच्छा , पूरा भएन सधैं , छोरो पिरमा इच्छा आकांक्षा , बुबाको जीवनमा , पूरा भएन छोरो भएर, केही पो गर्नलाई , समय छैन मरी सकेर ,  बुबा सर्वस्व भनी , पूज्दछ फोटो सधैं फोटोमा , बुबाको यस्तो भक्ति , सुध्रेन कर्म भ्रष्टाचारले ,  नेताको भुँडी भ्याट्ट , देश सुध्रेन राजा हटेर ,  दासी गिदी हटेन , थिचोमिचो छ देश रोएछ  , भ्रष्टाचार हाँसेछ  , नेता मातेछ कुर्सी पाएसी  , जनता बिर्सिन्छ  , यो नेताको मात पार्टी छोड्दछ  , राजावादी बन्दछ , नेताको खेल प्रतिपक्षीमा  , जनता भन्दछ  , यो नेताको बात कुर्सीकै लागि , सदा अर्पण भो यो , नेताको जात गाडी भाडामा  ,  बोर्डिङ्ग पढेकोले ,  छुट लिएछ दुःखी बि...

एकत्रिंशोऽध्याय :(३१) :- ।। श्री स्वस्थानी व्रत वर्णन ।।

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।। ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै– र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः । ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।। श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका– मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता । सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।। मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् । यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।। नमो भगवते तस्मै व्यासायमिततेजसे । यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् । देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।। साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् । कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।। ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।। चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता । सुवर्णवद्विकासाभा स्वस्थ...

त्रिंशोऽध्याय:(३०) :- ।। नवराज चन्द्रावतीमिलनवर्णन ।।