मैले साहित्य र लेखमा कलम चलाउन थालेको ०६२/०६३को जनआन्दोलन देखि हो तर त्योभन्दा अगाडि मलाई यस विषयमा तीब्र इच्छा भएर पनि खुलेर लेख्न नपाउने भएकोले परिवर्तन पछि मात्रै लेख्ने नीधो गरेको थिएँ । अनि परिवर्तनभन्दा अगाडि मैले आफूलाई मन परेका तथा चिनेजानेका लेखक साहित्यकारहरुलाई थुप्रै समालोचना , लाइक , कमेन्ट गरी हौसला दिएको थिएँ । परिवर्तन त खासै भएको छैन तर सरकार भत्रे चलन १८००० शहीदहरुको वलिदानीले गर्दा भएको हो नेताले गर्दा चाहिँ होइन है । किनकी यिनीहरुका सत्ता लिप्साले यिनीहरुको मुहार छर्लङ्गै जनताले देखेर बुझिसकेका छन् । तर जब मेरो लेख्ने तीब्र क्रम शुरु भयो ती लेखक , साहित्यकारहरुबाट मैले कुनै प्रोत्साहनको समालोचना , लाइक , कमेन्ट केही पाइन बरु उल्टै उनीहरुले मलाई ब्लक गरे । बल्ल मैले पत्ता लगाएँ उनीहरुले लिन मात्र जानेका रहेछन् दिन जानेका रहेछन् । यसरी मैले नेपाली बौद्धिक भनाउँदा लेखकहरु र साहित्यकारहरुको वास्तवीकता पत्ता लगाएँ । राम्रो लेख्ने हरुलाई त प्रोत्साहन गर्नुपर्छ नि ? त्यत्ति मात्रै कहाँ हो र जब मैले एउटा पुस्तक प्रकाशन गर्ने तयारी गरँ सबैजसो लेखक , सात्यिकारहरुबाट बध...