युरो फुटबल फाइनलको अनुमान
युरोको उपाधी भिडन्त आज २०६९ असार १७ गते आइतबार राति १२बजेर ३० मिनेटमा हुँदैछ । उत्बृष्ट खेल प्रदर्शन गर्दै उपाधी नजिक पुगेका इटाली र डिफेन्डिङ्ग च्याम्पियन स्पेन युक्रेनको किभ रङ्गशालामा उपाधी हत्याउन आमने–सामने हुँदैछन् । यसपाली जसले जित्नेछ त्यो टिमले अस्सी करोड डलर प्राप्त गर्नेछ । यीदुबै टिम बीचको खेल अत्यन्तै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान फुटबल पण्डीतहरुले गरेका छन् ।
साविक विजेता स्पेन उपाधीमा ह्याट्रीक गर्ने सूरमा छ भने इटाली दोस्रो पटक उपाधी आफ्नो पक्षमा पार्ने योजनामा छ ।
सन् १९६४को दोस्रो सँस्करणको प्रतियोगिता आयोजना गर्दै पहिलो पटक युरो विजेता बनेको स्पेनले चारवर्ष अघि स्वीट्जरल्याण्ड र अष्ट्रियामा सम्पत्र तेरौं सँस्करणमा पनि उपाधी हात पारेको थियो । साविक विजेता स्पेनमाथि लगातार युरो कपको उपाधी जिती उपाधी रक्षा गर्ने दवाव त छँदैछ । इटालीलाई पनि दुईपटकको उपाधी जित्ने सुनौलो इतिहास रच्ने सुवर्ण अवसर पनि रहेको छ ।
सटिक पास र उत्कृष्ट तालमेलका साथै युवा जोश र अनुभवी खेलाडीको बाहुल्यता रहेको कारण पनि आजको खेल स्पेन हुने कुरा बताउँछन् नेपाली टोलीक डिफेण्डर बिराज महर्जन ः– “ अहिलेको सन्दर्भमा मैले स्पेनलाईनै सपोर्ट गर्दछु किनभने स्पेनमा चाहिँ हामीजस्तै युथ प्लेयर , एकेडेमिक प्लेयरहरु बेशी छन् । यिनीहरुमा टिम वर्क र टिम स्पिरिट छ । त्यही भएकोले वल्र्डकपमा पनि फष्टमा स्लो खेलेर पनि लाष्टमा टिम स्पिरिटका कारण वल्र्डकप जित्यो । ”
सन् १९६४मा तेस्रो सँस्करण आयोजना गर्दै स्पेनले पहिलोपटक उपाधी हासिल गरिसकेका इटलीलाई पनि कम आँक्न मिल्दैन । घरेलु खेलमा आपसी मिलेमतोको खेल खेलेको आरोपमा परिरहने इटलीका खेलाडीहरु यो पटक फाइनलमा जित्दा पनि मिलेमतोमा परेकाले कतिपटक कारवाहीमा परेका थिए । विश्वस्तरका गोलकिपर तथा विश्वस्तरका मिडफिल्डर पाएका कारण पनि इटलीले खेल जित्ने बताउँदछन् खेल विश्लेषक प्रकाश तिमल्सिना ः– “ हरेक म्याच स्ट्रगल गर्दै उनीहरु फाइनलमा पुगेका छन् । सेमिफाइनलमा अहिलेसम्मकै यस युरो श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका कारण इटलीको स्कोर हाइ छ । गोलकिपर पनि हाइक्लासका छन् ।”
विश्व फुटबल जगतमा एउटै समूहबाट सेमिफाइनलमा पुग्ने स्पेन र इटली चौंथो टोली हो । दुबै टोलीका मिडफिल्डरको टोली उत्कृष्ट रहेको छ । स्पेनले २००६ देखि कमै मात्रामा हार बेहोरेको छ भने इटालीले इङ्गल्याण्ड र फ्रान्सजस्तो टिमलाई पराजित गर्दै विश्व फुटबललाई सनसनी मच्चाउँदै फाइनलको यात्रा तय गरेको हुनाले आजको खेल निक्कै रोमाञ्चक हुने प्रष्ट छ ।
युरोकप फुटबलको महाकुम्भ मेलाको उपाधी जित्नका लागि अनुसासितसँग खेल्ने स्पेन र जुनसुकैबेला खेललाई उलटपुलट पार्न सक्ने इटलीमध्ये कस्ले जित्छ यसै भत्र गाह«ो छ । तर नेपाली खेलाडी तथा प्रशिक्षकहरुले धेरै किसिमका सीपहरु सिक्ने अवसर प्राप्त गरी आफ्नो खेलाडीहरुलाई अझ उत्कृष्ट बनाउने अवसरका रुपमा लिनु पर्दछ । नपालदी टीमले पनि के कारणले यी दुई टीम फाइनलमा गयो यसलाई राम्ररी हेरी नेपाली फुटबल जगतलाई माथि पु¥याउनु पर्ने देखिन्छ ।
यो युरोकप स्पेन र इउटलीको फाइनल खेलसँगै औपचारिकरुपमा युक्रेनको किभ रङ्गशालामा भव्यरुपमा समापन हुँदैछ ।
समचार सङ्कलक
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं

Comments
Post a Comment