Posts

फेसबुकमा फोटोहरु जेपायो त्यही बनाई पोष्ट गर्नेहरुलाई तपाइँ केही लेखिदिनुहुन्छ कि ?

यी फेसबुकमा फोटोहरु जेपायो त्यही बनाई पोष्ट गर्नेहरुलाई तपाइँ केही लेखिदिनुहुन्छ कि ? विजु सुवेदी “विजय” को प्रत्युत्तर  “सबभन्दा बढी चाहीँ प्रचण्डको गर्या छन् । ६०१ ले ९ अर्ब तलब अनि अरु यताउति गरी ५० अर्ब जति लुटे । प्रचण्डले १० खर्ब जति लुटे यसको हिसाब बैद्य पक्षलाई अहिलेसम्म दिन सकेका छैनन् प्रचण्डले । तर प्रचण्ड भन्दा १२०० गुणा व्रम्हलुट गर्ने वृन्दावनको ज्ञाने वाँदरको भने खासमा गर्नुपर्ने थियो त्यो गर्या छैनन् । गर्ने मानसिकतानै छैन । एक किसिमको पहिलेदेखि भोग्दै आएको अहिले पनि त्यस्तै दास मानसिकता छ , राजतन्त्र हटेर पनि । यो हावा कुरा भनेर नउडाइदिनुहुन विशेष अनुरोध गर्दछु । रायमाझी आयोगमा यसको हिसाब प्रष्ट रुपमै छ तर तयो पनि सामसुम पार्या अवस्था छ ।  यिनीहरुले हामी बिचरा नेपालीहरुको देशै झलमल्ल हुने पैसा लुटेका छन् । त्यो हामी सबै नेपालीहरुको खून पसिनाको कमाइ हो । त्यो सबै हामी सबै नेपालीहरुले आधिपेट खाएर तिरेको कर हो । यसका लागि कानून छैन नभनी त्यो पैसा यथासिघ्र लगानी गर । यी लुटिएका सम्पत्तिहरुबाट देश झलमल्ल पार । अनि विद्युत बेची खान पुग्छ नेपाली जनताले । म यहाँ...

निःशुल्क पानी खुवाऔं

Image
अचेल गर्मीको पारो चढ्दैछ । घाँसीले कुवा खनाए आदिकवि भानु भन्दा  धन्य भए मैले एउटा यो पानी निःशूल्कको सानो फोटो बनाएको छु यहाँहरुले पनि गर्मीले तातेकाहरुलाई राहत दिनेकि ? यसलाई टाँसेर भानुभन्दा धन्य बत्रे कि ? अचेल सबैले पानी ख्वाउन थालेका छन् मैले यो सानो प्रयास गरेको छु कम्प्युटरबाट पनि केही गर्न सकिन्छ भनेर मेरो एउटा यो सानो प्रयास हो हजूरहरु यसलाई तुरन्त प्रिन्ट गरिहाल्नुस् पानी तुरुन्त वितरण गरी हाल्नुस् २०६९ जेष्ठ १७ गते बुधवार बिजु सुवेदी “विजय” bijusubedi@gmail.com

कविता :– मीठो प्रतीक्षा

 कविता :– मीठो प्रतीक्षा बिजु सुवेदी “विजय” bijusubedi@gmail.com पहिलोपल्ट जब मैले फोन लगाएँ आउँछु भनेकी छन् बगैंचामा भेट्न मेरो यो पहिलो भेट हुनेछ सुन ए ! चिरबीर अनि कोकील चरीहरु सुन ए ! रुख , झर्झर् पातहरु सुन ए ! कल्पनाको आकारदिने बादलहरु सुन ए ! सुगन्धीत  खुश्बु पवन सुन दिलको मेरो पुकार सुन  ए ! सित्तल नीलो आकाश सुन ए ! सहारा दिने धर्ती आमा प्रतिक्षा गरिरहेछु म जस्को रमणीय तलाउमा म सेतो हाँस भएर पर्खाइमा पानीको तरङ्ग फैलाई तैरिरहेछु उनी सेतो हँसिनी भएर नभ तलाउमा आउनेछिन् हामी दुईबाहेक कोही हुने छैनन् यो तलाउमा आउँदिनन् जबसम्म मेरो सामु अगाडि उनी हरदम आत्माको आवाजबाट गाइरहन्छु एउटा पनि स्वास बाँकी रहेसम्म छातीमा जबसम्म तबसम्म आवाज दिइरहन्छु यी फूलहरुसँग नाचेर आवाज दिइरहन्छु यी पुतलीहरुसँग नाचेर आवाज दिइरहन्छु मेरी प्रिय................. ओ मेरी प्रिय.................. मेरी प्रिय.................. ओ मेरी प्रिय रागिनी................. २०६९/०२/१६ बिजु सुवेदी “विजय”    कुलेश्वर , काठमाण्डौं bijusubedi@gmail.com

BrekingNews 24880 likes&64 comments on my page

Bijay Subedi· 24,880 like this 6 घण्टा अघि ·     आज २०६९ जेष्ठ १५ गते गणतन्त्र दिवसको शुभकामना सहित म बिजु सुवेदी “विजय” ले रिपोर्टिङ्ग गरी अहिले भरखरै तयार पारेको बिशेष समाचार ।     अन्ततः संबिधानसभा विघटन भएको छ । संबिधानको अन्तर्वस्तुमा अन्तिम समयमा पनि सहमत हुन नसकेपछि जेठ १४ गते राति १२ बजे संबिधानसभाको आयु समाप्त भएको हो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसको औपचारिक घोषणा गर्नुभयो । अब आउने मंसिर ७ गते संबिधानसभाको चुनाब गराउने घोषणा पनि प्रधानमन्त्रीले गर्नुभयो । निकै भावुक मुद्रामा राष्ट्रपतिलाई सम्बोधन गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले संबिधानसभा मार्फत संघिय लोकतान्त्रिक गणतन्त्र सँस्थागत गर्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो ।     उहाँले सहमती पनि नगर्ने र प्रक्रियामा पनि जान नचाहने पुरातनवादीहरुका कारण संबिधान बत्र नसकेको आरोप लगाउनुभयो । प्रधानमनत्री भट्टराईले भत्रुभयो :— “ यसको आधार के हो भने गएको आम निर्वाचनमा संघियताका पक्षधरहरुको उपस्थिति कम रह्यो । यसकै कारणले पनि संबिधान अड्क्यो । २ तिहाइ बहुमतले निर्णय हु...

हरेकृष्ण हरेकृष्ण कृष्णकृष्ण हरेहरे । हरेराम हरेराम रामराम हरेहरे ।।

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।। ई.सं. १८९६मा भारतको कलकत्तामा जन्मनुभएका श्रील प्रभुपादको सन् १९२२मा आफ्नो गुरु महाराज श्रील भक्ति सिद्धान्त सरस्वती गोस्वामीसँग प्रथम भेट भएको थियो । त्यत्तिबेलै गुरु महाराजले उहाँलाई अङ्ग्रेजी भाषा मार्फत वैदिक ज्ञान प्रचार गर्नका लागि भत्रुभयो । १९३३ मा इलाहावादको प्रयागमा उहाँको गुरुबाट विधिवत दीक्षाप्राप्त शिष्य बत्रुभयो । सन् १९६६मा श्रील प्रभुपादले अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ – ( इस्कोन ) अर्थात ISKCON ( International Society for Krishna CONsciousness ) नामक एक सँस्थाको स्थापना गर्नुभयो । जुन “हरे कृष्ण” आन्दोलनको औपचारिक नाम हुनपुग्यो । त्यसपछिका वर्षहरुमा श्रील प्रभुपादले विस्तारै हजारौंको सँख्यामा आफ्ना अनुयायीहरुलाई आकर्षित गर्दै सयौं मन्दिरहरु र आश्रमहरुको स्थापना गर्नुभयो र सयभन्दा बढी पुस्तकहरु प्रकाशित गर्नुभयो । उहाँको उपलब्धिलाई उल्लेखनिय मात्रुपर्छ किनकी उहाँले भारतवर्षको पुरातन आध्यात्मिक सँस्कृतिलाई बीसौं शताब्दीको पश्चिमी जगतमा विस्तार गर्नुभयो । उहाँका ...

कविता :- सत्य

म सत्ययुगको मान्छे त्रेतायुगको बिरुद्ध त बोल्ने मान्छे म थोरै बोल्छु धेरै पनि बोल्दिन थोरै बोलेर त मेरो कुरा कसैले सुन्दैनन् भने धेरै सत्य किन उडाउन दिऊँ धेरै व्यक्ति झूठ बढी बोल्छन् सत्य मीठो मान्दैनन् त्यसैले तीतो सत्य भन्छन् तर म बढी बोल्दा पनि सत्यनै बोल्छु सत्य थोरै बोल्दा त मलाई पागल भन्छन् धेरै सत्य बोले योभन्दा धेरै यातना दिन्छन् त्यसैले म निचोड बोल्छु सत्यले प्रहार गर्छु सचेत गराउँदछु सत्य भन्छु सत्य बोल्दा सधैं ताजगीको महसूस गर्दछु सत्यलाईनै न्याय मान्छु डरलाग्छ त बस् असत्यदेखि तसर्थ मेरो प्राण सत्यको खोजीमा हरदम लागिरहन्छु दुनीयाँको आन्दोलनहरुमा सत्य बिष्फोट भएको देख्छु म खुशीले गद्-गद् हुन्छु फेरि असत्यको सरकार बन्छ म फेरि एक्लो हुन्छु म फेरि एक्लो हुन्छु बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाण्डौं bijusubedi@gmail.com

कविता :- देश दुख्यो नि चरर

मोटरसाइकलमा सरर श्रीमतीसँग सफर श्रीमतीको साडी फरर मेकअप आयो है हरर क्या रमाइलो शहर टायर बल्यो है हरर मुस्लो निस्क्यो नि खरर आँसु आयो है तरर कालोपत्र सबै कहर ऊ भयो नि थरर रिपोर्टिङ्ग भयो नि खरर आन्दोलनको लहर देश दुख्यो नि चरर आँसु आयो है बरर जनता भुट्यो नि परर रगत बग्यो नि नहर क्रान्ति हुन्छ भत्रे ठहर भयो मशानघाटको शहर भयो शहर जहर बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाण्डौं bijusubedi@gmail.com नोट :– ०६२÷०६३ को जनआन्दोलनको १३ औं दिनमा मैले देखेको दृष्य कवितामा उतारेको ।