Posts

नव-वर्ष २०६८मङ्गलमय बनोस् ।

नव-वर्ष २०६८मङ्गलमय बनोस् । हाम्रो देश नेपालमा ००७ साल , १७ साल , ३६ साल , ४६/४७ साल , ०६२/०६३ सालमा ठूला-ठूला उलठ-पुलठ  भए । नयाँ युग आउन सकेन । गरिब जनता गरिबका गरिब रहे । धनी झन-झन धनी बने । प्रजातन्त्र दिवस , लोकतन्त्र दिवस , गणतन्त्र दिवस मनाइनै रहे । अबको नयाँ संबिधान बनेपछि संविधान दिवस एउटा   थपिनेछ । अहिलेसम्म जति पनि यी दिवसहरु आए वर्षभरिमा एकदिन सम्झना गर्नेमा मात्रै सिमित रहे । शहीदहरुका सपना जिउँ का तिउँ रहे । कागजमा त सबै राम्रा-राम्रा जनतालाई राहत दिने कुराहरु आए तर व्यवहारमा आएन । जनताको मनमा अटाउने संबिधान बनोस् अनि मात्रै एकदिन दिवस मनाउने बेलामात्रै चर्चा-परिचर्चा गर्ने होइन कि सधैंभरि लागू भइरहनेछ । नयाँ-वर्षले पनि यस्तै गरेर नेपाली जनतालाई व्यवहारमै राहत देओस् यही अपेक्षा गरेका छन् आम नेपाली जनताले । हरेक साल नयाँ-वर्ष आउँछ , नयाँ पात्रो आउँछ , नयाँ क्यालेण्डर आउँछ । बिक्रम संबतमा नयाँ एउटा अङ्क थपिन्छ । हामी अझ परिपक्व हुँदै जान्छौं । नयाँ वर्षको शुभ-कामना आदान-प्रदान हुन्छ । पहिलेको वर्षमा गरिएका भूलहरु नदोहोर्‍याउने प्रण गरिन्छ । पुरानो वर्षमा गरि...

ओम् नमो शिवायः।।

विविध धर्म सम्प्रदायको सर्वोत्कृष्ट जयन्ती महाशिवरात्रि शिवरात्रि पर्व किन मनाउने भनेर जान्नका लागि शिव र रात्रिको अर्थ जान्नु जरुरी हुन्छ । शिवरात्रिको पर्व वास्तवमा कुनै दश बाह्र घण्टाको रात्रिसंग संबन्धित छैन बल्की अज्ञान रात्रिसंग संबन्धित छ । रातिको समय अंधकारले छाएको हुन्छ । सबै सुतेका हुन्छन् । काम विकारबाट वसिभूत भएका हुन्छन् । रातिको समय चोर , डाँकुले पनि लुटपात मचाउँछन् । एक प्रकारले तमोगुणमय वातावरण भएको हुन्छ । तर्सथ यो भावार्थलाई हेरेर द्वापरयुग र कलियुगलाई रातको समय मान्न सकिन्छ । सत्ययुग र त्रेतायुगलाई सत्व र रजोगुण भएको समय अर्थात बिहान र दिउँसोको समय भनेर जान्न सकिन्छ । यसरी कलियुग तमोगुणको समय हुन आउँदछ ।  कलियुगको अन्त्यमा सबै अज्ञान निन्द्रामा सुतेका हुन्छन् । उनीहरु काम , क्रोध आदि सबै बिकारबाट बसिभूत भएका हुन्छन् र तमोप्रधान अवस्थामा रहेका हुन्छन् । जब जब संसारमा तमोगुणको  प्रभाव चरमोत्कर्षा पुग्दछ त्यसलाई मेटाएर  सत्वगुण तर्फलैजान परमात्माको अवतरण हुन्छ । हीरालाई काट्न हीरा नै चाहिन्छ भने जस्तै तमोगुणलाई मेटाउन परमात्मा शिवले तमोरुप लिनुपरेको हो । य...

देशप्रति

देशप्रति हामी सबैलाई देशको माया लागेको छ भोक जागेको छ त बस देशको भोक जागेको छ । शहीदले शुरु गरेको स्वदेशप्रतिको समर्पण यहीनै बनोस् सम्पूर्ण समाजमा दर्पण । एक पक्षलाई होइन र्सवपक्षप्रति आस्था जागेको छ आन्दोलनहरुको सत्यतामा पनि देश प्रेम जागेको छ । कति आए कति विलाए सबै यस धर्तिका सन्तान जति आए देश - भक्त कहिल्यै विलाएनन् अब यो जान । हामी स्वदेशका लागि जे पनि गर्न तयार हुनुपर्छ अनि त्यसको र्सवपक्षिय फल सबैलाई दिनुपर्छ । कति आए सबै विलाए गीत गजल सबै जति आए राष्ट्रिय गीत अमर भए झनै सबै । राष्ट्रियतालाई छेक्नेलाई लगार्न सक्नुपर्छ अनि मात्र देशले प्राण पाउँदछ । देशको माटो उर्वरा भए कसैले हेप्न सक्दैन देशको गीत गाउन अब कसैले रोक्न सक्दैन । गीत गाउँछु म देशप्रेमको मात्रै आजैदेखि अरु गीत गाउने हुतीहारा , बनावटी , देखावटी , झूठी । मलाई हाम्रो देशको माया छ शानले भन्छु म सबलाई देशप्रेममा डुबुल्कि लगाउन सिकाउँछु म । गर्नु परे देशका लागि हामीले जे पनि गरौं मर्नु परे देशका लागि ज्यान पनि छोडौं । शानसँग बसौं हामी देश हाम्रो भनेर मान गरौं देशलाई हामी हाम्रो देश भनेर । नीलो स्वच्छ आकाश म...