देशप्रति


देशप्रति

हामी सबैलाई देशको माया लागेको छ
भोक जागेको छ त बस देशको भोक जागेको छ ।

शहीदले शुरु गरेको स्वदेशप्रतिको समर्पण
यहीनै बनोस् सम्पूर्ण समाजमा दर्पण ।

एक पक्षलाई होइन र्सवपक्षप्रति आस्था जागेको छ
आन्दोलनहरुको सत्यतामा पनि देश प्रेम जागेको छ ।

कति आए कति विलाए सबै यस धर्तिका सन्तान
जति आए देश-भक्त कहिल्यै विलाएनन् अब यो जान ।

हामी स्वदेशका लागि जे पनि गर्न तयार हुनुपर्छ
अनि त्यसको र्सवपक्षिय फल सबैलाई दिनुपर्छ ।

कति आए सबै विलाए गीत गजल सबै
जति आए राष्ट्रिय गीत अमर भए झनै सबै ।

राष्ट्रियतालाई छेक्नेलाई लगार्न सक्नुपर्छ
अनि मात्र देशले प्राण पाउँदछ ।

देशको माटो उर्वरा भए कसैले हेप्न सक्दैन
देशको गीत गाउन अब कसैले रोक्न सक्दैन ।

गीत गाउँछु म देशप्रेमको मात्रै आजैदेखि
अरु गीत गाउने हुतीहारा , बनावटी , देखावटी , झूठी ।

मलाई हाम्रो देशको माया छ शानले भन्छु म
सबलाई देशप्रेममा डुबुल्कि लगाउन सिकाउँछु म ।

गर्नु परे देशका लागि हामीले जे पनि गरौं
मर्नु परे देशका लागि ज्यान पनि छोडौं ।

शानसँग बसौं हामी देश हाम्रो भनेर
मान गरौं देशलाई हामी हाम्रो देश भनेर ।

नीलो स्वच्छ आकाश मुनि छ हाम्रो देश
कसैसँग बिचलित नहुने छ हाम्रो भेष ।

र्स्वर्गभन्दा अति र्स्वर्ग लाग्छ हाम्रो यस धर्ति
जति हेर्‍यौं उति झन-झन राम्रो लाग्छ अति ।

चाहे सबै चिज खोस तर देश-प्रेम नखोस
सबैबीच मित्रता होस् बैरभाव कसैमा नहोस् ।

मिहिनती परिश्रमी यस देशका हुन् खानी
बाँडीचुँडी बराबरी लिने सबैका छन् बानी ।

जसले जे गरे पनि देशकै निम्ति गरौं
देशको उज्वलताको लागि यसरीनै प्राण भरौं ।

के लखन के माओबादी सबै यसकै सपूत
देशका निम्ति अब छैन कोही पनि कपूत ।

प्रगतीको नौलो उच्च सगरमाथातर्फ यसरीनै लम्कौं
अन्धकारको आकाशलाई चिरी सुप्रभाती किरण बनौं ।

सदाको लागि यस धर्तिलाई उज्यालो बनाऔं
सत्य र शान्तिको मूल मर्मलाई यसरीनै चिनाऔं ।

यो हाम्रो देश निर्माण गर्न कसैले रोक्न सक्दैन
आँधी हुरी पहाड चट्टान केइले छेक्न सक्दैन ।

अब गर्जिसकेको छ गर्जिलो बिजुलीको तेजिलो मेघ
बिकास पथमा सिँचिएर फक्रिनेछ उज्यालो खेत ।

सारादेशका वासिन्दा अब एक हुनु पर्दछ
देशको निम्ति अब सबलाई झकझकाउनु पर्छ ।

सबै जना देशका निम्ति जे जे छ लिएर उठौं
देशका बिषालु र्सपलाई छानी-छानीकन निमोठौं ।

देशको निम्ति बाँच्ने हामीले गर्व गर्नुपर्छ
यसका विरुद उत्रिनेलाई जरैदेखि उखेली जाक्नुपर्छ ।

अन्धकारमाथि प्रकाश छरी गर्ने विजय देश- प्रेममा छ
यहीनै हो हाम्रो सच्चा धर्म रोम-रोममा छ ।

चाहे दायाँ जाउँ चाहे बायाँ देशको माया गाउँ
चाहे अगाडि जाउँ चाहे पछाडि देशको राखौं नाउँ ।

चाहे तल हेरौं चाहे माथि देशलाई डाकी हेरौं
यत्र तत्र र्सवत्र गरौ जतापनि देशैलाई भाकी सपारौं ।

हामी हाम्रो देशप्रति समर्पित हुनुपर्छ
देशलाई आफ्नो भेष सधैं बनाउनुपर्छ ।

विकासको पथ पनि यसैलाई भन्नुपर्छ
यसरीनै अघि-अघि अझै बढ्नुपर्छ ।

देश हाम्रो सबैकुरा हो यसलाई भुल्नुहुन्न
देशका शत्रुहरुलाई कहिल्यै हुल्नु हुन्न ।

समाज समाज मिलाई हाम्रो देश बनाउनु पर्छ
देशलाई विश्वको शिखरभन्दा अझै उठाउनु पर्छ ।

सबै वर्ग र जातिलाई देशमा समेट्नुपर्छ
आजको नौलो बिहानीको किरण सबैतिर छर्नुपर्छ ।

देशको हितको निम्ति सङ्कुचित घेराभन्दा माथि उठ्नुपर्छ
यसरीनै पवित्र प्रेम गरी देशलाई माथि उठाउनुपर्छ ।

आकाशभन्दा विस्तृत भनी हामी धर्तिलाई मानौं
किनकी धर्तिलेनै हामीलाई सबैचिज दिएकोछ यो जानौं ।

धर्ति के माटो के यीसबै देश भनी जान्नुपर्दछ
जस्ले जन्मस्थल पुज्दछ ऊ सधैं रम्दछ यो मान्नुपर्दछ ।

हामीलाई जे चाहिन्छ त्यो धर्तिले दिएको छ
हामीलाई जे दिइन्छ त्यो धर्तिकै उपज हो ।

हाम्रो सुख सुबिधाका लागि देशले धेरै सहनुहुन्छ
त्यसैले हामीले सधैं देशलाई अङ्कमाल गर्नुपर्छ ।

यसरी हामी सबैमा देश-भक्तिको तरङ्ग दौडिएको छ
यसैमा मिसिएर हाम्रो देश फक्रिएको छ ।

देश भनेको यो देशका वासिन्दा हो यो जान
आफ्नो मातृभूमिलाई आफूभन्दा धेरै पूज्न अब धेरै जान ।

देशै नरहे त्यहाँ कसैको अस्तित्व रहँदैन
प्राणभन्दा प्यारो चिज पनि कहीँ कतै भेटिँदैन ।

हामीले देशलाई इज्जत गर्ने गरौ सधैं काम
यसैलाई भनौं हामी र मानौं अनि सुनौलो घाम ।

यहाँ हरेक चिज एवम् बस्तुहरु देश-प्रेम खोज्दछन्
अनि सबैले जहिँतहीँ आत्मसन्तुष्टिमा देश-प्रेम देख्दछन् ।

अब हाम्रो एउटै छ आफ्नो देश-प्रेम गान
यसैलाई सबैले हरपल हरसमय गुञ्जायमान मान ।

देश-प्रेम भन्ने त्यो हो जुन कहिल्यै मेटिन्न
देश-प्रेम नभएकाहरु यहाँ कोही पनि कहिल्यै भेटिन्न ।

त्यसैले देश-प्रेम देश-प्रेम यसैमा छ शान
पूर्खौंदेखि युगौंसम्म योनै छ साझा गान ।

त्यसैले देशको गीत गाउनु मनपर्छ
देशलाई सबको मीत भएको हेर्न मनपर्छ ।

सबैलाई देश-प्रेममा रमाउन सिकाउँछु
अनि आफूभित्रै सबैमा म हराउँछु ।

सबैलाई देश के हो सिकाउन मनपर्छ
सबैलाई देश हाम्रो हो भनाउन मनपर्छ ।

आज सबैलाई देश-प्रेम देखाएको छु
अनि सबैमा राष्ट्र-भक्ति जगाएको छु ।

सबैतिर यस्तै देश-भक्तिको तरङ्ग र्छर्नुपर्दछ
यसैबाट सबैलाई स्वावलम्बि बनाउनु पर्दछ ।

यसैगरी आज सबलाई देश-प्रेम बुझाउँदछु
सारा संसार एक गरी देशप्रति झुकाउँदछु ।

त्यसैले देशप्रति चाह जागेको छ
देश आकाश जति छ त्यत्तिनै मोह छ ।

आज देशलाई माया गरे यो सप्रन्छ
त्यसैले त देश-देश र्सबत्र यस्तै यस्कै स्वर गुञ्जन्छ ।

देशलाई गोडमेल गरी बहार ल्याउनु छ
अनि मात्र देश राम्रो सित हुर्कन्छ ।

देश जति बिशाल अरु अब केही छैन र्सवत्र
जे छन् सबै देशकै सबै फैलिएकाछन् क्षेत्र ।

ती पनि माटोनै हुन् हाम्रै जन्म क्षेत्र
त्यसैले त यीसबमा समाहित हुनुपर्छ ।

देशको बखान गर्दा हामी कहिल्यै थाक्दैनौं
देशलाई प्राण अर्पण गर्न हामी कहिल्यै पनि चुक्दैनौं ।

देशलाई हामी कहिल्यै झुक्न दिँदैनौ
देश-भक्तप्रतिको गर्व कहिल्यै मेटाउँदैनौं ।

देश देश देश कति राम्रो यो धर्ति
भेष भेष भेष कति राम्रो यो प्रकृति ।

जननी पनि यिनै अनि सबै हाम्रो माटो
यस्को सिवाय अरु छैन साट्ने यस्को साटो ।

पवित्र यस धर्तिमा ब्युँझिएका हामी
विलिए पनि धर्ति प्रेम मेटिँदैन कदापी ।

अझैसम्म उच्च शान देश-प्रेममा छ हाम्रो
जति दिनु उच्च मान देशलाई दिनु अति छ राम्रो ।

कर्तव्य पनि यिनै अधिकार पनि यिनै
यो देशनै हामीलाई र्सवाधिकार दिने ज्यानै ।

धर्ति , देश , माटो जति उत्तम अरु केही छैन
यस बाहेक अरु उत्तम लागेमा त्यो स्वदेशी कदापी हैन ।

देशलाई  यसरीनै क्रन्तिकारीतामा लानुछ
युगलाई बदलिएर देश हितकारी बनाउनुछ ।

तर्सथ अब हामी डटेर मुकाबला गरौं
सबैको एउटै मूल नारा देश-प्रेम भनौं ।

यसरी देशको कीर्ति उज्वलतामा लम्किनेछ
विकासको मूल खुली क्षितिजलाई चुम्नेछ ।

तर्सथ यसरी उज्यालोनै उज्यालो दिन मात्र हुनेछ
रातको अन्धकार सारा चराचरबाटै विलीन हुनेछ ।।

बिजु सुवेदी "विजय"
कुलेश्वर आवास क्षेत्र , काठमाण्डौं ।
bijusubedi@hotmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा