उमा :– इतिहास बङ्गयाउने प्रयास

माओवादी जनयुद्धकालमा पत्रकारिताका क्रममा पूर्व तेह«थुमदेखि पश्चिम सल्यानसम्म दर्जनौं जिल्लामा पुग्दा म त्यसबेलाका माओवादी योद्धामा रहेको अद्भूत साहस सपना र लक्ष्य देखेर चकित हुन्थेँ । मैले भेटेका र कुराकानी गरेका ९९ प्रतिशतभन्दा बढी त्यस्ता छापामार तथा जनसेनामा आपूmले लिएको बाटोप्रति गर्व मात्र थिएन । दृढता पनि थियो । त्यो प्राप्त गर्नलाई त्यस्ता कैयौं छापामार अधिक मेहेनत मात्र गर्दैनथे , को पहिला बलिदान हुने भनेर प्रतिस्पर्धासम्म गर्थे । ती बडो आत्मविश्वासका साथ लड्थे चाहे तीनको भागमा मृत्यु नै किन नपरोस् । अपवाद बाहेक कार्यकर्ता तहका छापामारले प्रहरी तथा सेनाको गिरफ्तारीमा पर्दासमेत सूचना चुहाएर छाला जोगाएनन् , बरु आफ्नो जीवनको न्योछावर गरे ।

आठवर्ष अघि जब माओवादी स्थायिरुपमा शान्तिवार्तामा आयो तब यसमाथि बृत्तचित्र तथा चलचित्र बनाउने क्रम पनि तीब्र भयो । माओवादी जनयुद्धमा गरीब तथा उत्पीडितले गरेको त्याग समर्पणभाव तथा बलिदान केही टाठाबाठाका लागि चर्चा बटुल्ने र कमाइ खाने भाँडो भएको छ । एकातिर जनयुद्धको वास्तविक कथा भनेर कलाबिहीन तरीकाले नारा भट्याउने प्रबृत्ति हावी छ । चलचित्र क्षेत्रमा खासै ज्ञान नभएका त्यस्ता केही मानिस जनयुद्धका सारा विषयवस्तु गञ्जागोल तरीकाले प्रस्तुत गरेर चलचित्रका नाममा प््रहसन देखाइरहेका छन् । अर्कोतिर जनयुद्धमाथि आधारित भत्रे ट्याग झुण्ड्याएर होहल्ला गर्ने र पैसा कमाउने प्रबृत्ति हाबी छ । चलचित्र सम्बन्धी अध्ययन तथा अनुभव बटुलेकाहरु त्यो युगान्तकारी आन्दोलनलाई दृष्टिबिहीनहरुले हात्ती छामेर अनुमान गरेजस्तै आपूmलाई लागेको दाबी गरिरहेका छन् । परिणामतः यी दुबै प्रबृत्तिले जनयुद्धको वास्तविकता चलचित्रमार्फत बाहिर आउन दिएकै छैन र सचेत नेपाली जनयुद्धमाथि बनेका “ब्याटलसिप पोटेम्किन” , “द बर्थ अफ रिपब्लिक” , “हजार चौरासीकी माँ” जस्ता यथार्थवादी चलचित्रको प्रतिक्षामा छन् ।

जनयुद्धमा आधारित चलचित्रको नाममा बिगत केहीवर्षदेखि चलिरहेको ब्यापारको पछिल्लो शृङ्खलामा छिरिङरितार शेर्पाको “उमा” थपिएको छ । धेरैले शेर्पाको कलापूर्ण प्रस्तुतिलाई हेरेर जनयुद्धको सजिव चित्रण भनेर आफ्नै अज्ञानता र पक्षधरता पस्किरहेका छन् । माओवादी जनयुद्धलाई सदैव एउटा अपराधको रुपमा चित्रित गर्नेहरु शेर्पाले गजब गरे भनेर प्रशंसाको पुल बाँधिरहेका छन् । वास्तबमा “उमा” मार्फत छिरिङरितारले एउटा गौरवशाली इतिहासलाई बङ्ग्याउने प्रयास गरेका छन् र उनले यो निकै सुन्दर ढङ्गले गरेका छन् ।

माओवादी जनयुद्धका क्रममा एउटै परिवारका छोरा नेपाली सेना र अर्का माओवादी जनसेनामा रहेको एउटा अपवादपूर्ण तथ्य समातेर शेर्पाले सिङ्गो कथा बुनेका छन् । तर यसो गरेर उनले सेनामा लड्ने पुरुषमार्फत तत्कालीन सत्ताको ठूलो बचाव गर्दै मओवादीमा अनुपम त्याग प्रदर्शन गरेका सबै महिलाको अपमान गरेका छन् । छिरिङ महोदय, जनयुद्धमा समर्पित महिलाले उमाजस्तो दोधार र पश्चात्तापमा कहिल्यै लेडेनन् बरु पितृसत्तात्मक सामन्ती सत्ता बिरुद्ध लडेर तीनले इतिहास रचे । नालापानीको युद्धपछि पुरुषसँगसँगै लडेर बनाएको त्यो कीर्तिमान नेपाली इतिहासमा सदैब स्मरण हुनेछ ।

चलचित्रमा माओवादी आन्दोलनको वास्तविक उद्देश्य देखाउने केही उपकथा तथा सजिव पात्रहरु त राखिएको छ तर ती आफ्नो वास्तविक माओवादी विरोधी उद्देश्य लुकाउने “सुगरकोटेड” विष समान छन् । उडन्ते कथामा राखेका खासगरी माओवादी पात्रले बोलेका संवाद त छेउटुप्पो नै मिल्दैनन् । न त माओवादीले गाउँ तथा सहरमा अपनाएको फौजी कार्यनीति तथा रणनीतिको कुनै झिनो प्रतिबिम्बित हुन्छ । पहिले गुण्डागर्दीमा रहेको तर माओवादीमा छिरेको डनले बैङ्क कब्जा गर्दा बैङ्ककै गार्डकी छोरीलाई बलात्कार गर्न खोजेको प्रसङ्ग होस् वा त्यसलाई नजरअन्दाज गर्नुपर्छ भत्रे विनितको भनाई अथवा पाँच कक्षा पढ्दा आपूmहरुलाई अपहरण गरेर जबर्जस्ती छापामार बनाएर राखिरहेको एकजना महिलाको बयान, यी सबै माओवादी जनयुद्धको बदनाम गर्न त्यसबेलाका सत्ता र मूलधारका मिडियाले गरेका प्रचारबाजीका भद्दा नक्कल मात्र हुन् ।

चलचित्रमा शेर्पाले मुख्य पात्र उमाले अर्का पात्रसँग सारीरिक संबन्ध राखेको देखाएका छन् । यसरी अनैतिक सम्बन्ध राख्नेहरुलाई कुनै दण्ड दिनुको सट्टा अझ ठूलो कारवाहीका लागि जिम्मेवारी दिएको देखाएका छन् । यो सर्वथा उट्पट्याङ छ । जनयुद्धमा यसरी अनैतिक सम्बन्ध राख्नेलाई कमसेकम तीन महिना श्रमशिविरमा राखिन्थ्यो । यस्तो कारवाहीमा परेकालाई पश्चिम नेपालतिर मओवादी वृत्तमा “अङ्ग्रेजीमा फेल” भएको भनिन्थ्यो । नेपाली जनमत पनि त जानकार छ , कसरी यस्ता अनैतिक सम्बन्ध राख्ने बडे नेतादेखि सामान्य कार्यकर्ताको राजनीतिक जीवननै चौपट परेको थियो भनेर । जनयुद्धबारे केही थाहा नभएकालाई त उनी भ्रमित पार्न सक्लान् तर त्यसको एक छेउ भए पनि बुझ्ने र अध्ययन गर्नेहरुलाई उनको चलचित्रले बेस्सरी रिस मत्र उठाउँछ ।

जनयुद्धका क्रममा अपवादस्वरुप माओवादीतर्फबाट केही गम्भीर कमजोरी भएको छ । उनले असान्दर्भिक र अमिल्दो तरीकाले चलचित्रमा राखेको माओको “रिभोलुसन इज नट दी बेड अफ रोजेज” भनेझैं जनयुद्धमा पनि केही नीति बाहिरका घटना भएका थिए । यो माओवादी नेतृत्वले पनि स्वीकारी सकेको छ । तर माओवादी जनयुद्धको त्यसमा जीवन दिने १०,०००भन्दा बढी मानिसको तथा त्यसमा प्रत्यक्ष नै सहभागी हुने २० औं लाखभन्दा बढी मानिसको मूल प्रवृत्ति यही थियो त ? लेखक तथा निर्देशकलाई पनि थाहा होला , सामान्यतः कुनै पनि परिघटनाको चर्चा गर्दा त्यसको मूल प्रवृत्तिको चर्चा गरिन्छ , अपवादको होइन ।

छिरिङरितारले माओवादी आन्दोलनमा व्यक्त त्याग र बलिदानलाई कलापूर्ण तरीकाले बङ्ग्याएका मात्र छैनन् , घोर अपमान पनि गरेका छन् । यो उनको अल्पज्ञानले पनि हुनसक्छ । तर चलचित्रको कलापूर्ण प्रस्तुति हेर्दा उनले नियतवश गरेको देखिन्छ । आफ्नो केही अन्तर्वार्तामा उनले सातवर्ष अनुसन्धान गरेर कथा लेखेको दाबी गरेका छन् । तर जनयुद्धबारे थोरै पनि जानकारी राख्ने कसैले पनि चलचित्र हेरेपछि उनले सातवर्ष माओवादी जनयुद्धको वास्तविकता होइन त्यसको गौरवपूर्ण विगतलाई कसरी तोडमोड गर्ने भनेर पो अनुसन्धान गरेछन् , भत्रुपर्ने हुन्छ । वास्तवमा उनले जनयुद्धको बैचारिक आधार त्यसको लक्ष्य र जनयुद्धमा व्यक्त भएका बलिदानी भावना एक प्रतिशत पनि बुझ्न सकिएको देखिएको छैन ।

हिजो नेतृत्वको आश्वासनमा आफ्नो पढाइ र करियर त्यागेर हिँडेका लाखौं युवाले जनयुद्ध लक्ष्यमा पुग्न नसकेकामा निराशा व्यक्त गर्न सक्छन् । घरपरिवार भताभुङ्ग भएका कतिले आज पार्टी र नेतृत्व बिग्रियो भनेर आक्रोश पनि पोखिरहेका छन् । हिजो सशस्त्र जनयुद्ध नै आवश्यक थियो कि थिएन भनेर पनि बहस हुन सक्छ । अपवादमा केहीले जनयुद्धका बेला गरेको त्याग र खर्चेको समयप्रति प्रायश्चित्त गर्न सक्छन् । तर आजपनि यो पंक्तिकार दावीका साथ भत्र सक्छ जनयुद्धको समयमा जसले भाग लिएर लडे तिनले छिरिङरितारको “उमा” जस्तो पश्चात्तापमा लडेनन् । एउटा आदर्शका लागि जीवन दिँदा तिनले पेस्तोलमा भएको गोली निकाल्ने नौंटङ्की त झन् गर्दै गरेनन् ।

तर दुःखको कुरा त्यस्ता साहसी मानिसले देखेको सपना र बोकेको लक्ष्य पूरा हुन भने सकेनन् ।
यी माथिका लेखका सबै कुराहरु प्रति म सहमत छु र यो लेख नयाँ पत्रिका राष्ट्रिय दैनिकमा २०७० जेष्ठ १९ गते आइतवार प्रकाशित पत्रकार दीपक सापकोटाद्वारा लिखित (“उमा” ः– इतिहास बङ्गयाउने प्रयत्न) भत्रे शीर्षकको लेख हो । पत्रकार लेखक दीपक सापकोटा यो लेखका लागि धेरै धेरै बधाइका पात्र हुन् ।
यो लेख पढ्दा , यो उमा चलचित्र हेरिसक्दा , तथा यो चलचित्रलाई बाबुराम भट्टराईले सपरिवार यो चलचित्र हेरिसक्नुभएपछि चलचित्र राम्रो बनेको छ भनेर टिप्पणी गर्दा मैले महेस बिक्रम शाहको “छापामारको छोरा” शीर्षकको कथासङ्ग्रह जुन सङ्कटकालको समयमा प्रकाशन भएर मदन पुरस्कार प्राप्त गरेको स्मरण भयो । उक्त कथासङ्ग्रहमा पनि छापामारीताको औचित्य छैन तथा यो भनेको नराम्रो कार्य हो । समाजलाई परिवर्तन गर्नु आवश्यक छैन जस्ता सन्देश दिने खालका उक्त समयमा बिभित्र पत्रपत्रिकामा प्रकाशित कथाहरुकै सङ्ग्रह थियो त्यो । तर अहिले त सङ्कटकाल छैन तैपनि सम्पूर्ण मिडियाहरु, कलाकारहरु  जनयुद्धको बिषयवस्तुमा सबभन्दा बढी लगानी भएको “उमा” चलचित्रकै बखान गर्नमा लागि परेका छन् त्यसर्थ उमा चलचित्रले नेपाली चलचित्रका सबै पुरस्कार हासिल गरेपनि कुनै आश्चर्य मात्रुपर्ने छैन ।

१८,००० भन्दा बढी सहीदहरुले बलिदानी गरेकोले आँसिक मात्रामा भएपनि वाकस्वतन्त्रता मात्रै हामीले प्राप्त गर्न सकेका र्छौ । तर नेताहरुले सहीदहरुलाई लडाकुको संज्ञा दिनु घोर अपमानजनक छ यो उनीहरुको कुर्सी चढ्ने भ¥याङ मात्रै भएको छ । अहिले राजाले गल्ती गरेको छ भने पनि , बीरेन्द्रले यस्तो गर्यो महेन्द्रले यस्तो गर्यो भनेर भत्र सक्छौं हामीहरु । सम्पूर्ण सहीदहरुलाई नयनाञ्जली दिँदै सपना सकार चाँडै होस् र नेताको गोबर भरेको दिमागमा जनताको स्वार्थ हेर्ने गिदी पलाओस् भन्दै यो लोकप्रिय गी त छोडेर बिदा हुँदैछु ।

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

ओए नेताजी
बल्ल पाल्नुभो
भुँडी हल्लाउँदै
सत्ता ढाल्नुभो
हात उठाउँदै
गफ लडाउनुभो
सोझा जनतालाई
झुक्याउनु भो
ओ नेताजी
हाम्रो नेताजी
के हो नेताजी
भाषण दह्रो हात्रुभो
नलेखि संबिधान
पर सार्नु भो
आफ्नो जीवनकालमा
के गर्नु भो ?
पैसै पैसाले
घर भर्नुभो
ओ नेताजी
हाम्रो नेताजी
सल्लाह मात्रै गर्छन्
हल्ला मात्रै गर्छन्
काम गर्न छोडेर
आफै–आफै लड्छन् नेताजी
हाम्रो नेताजी
नमस्ते नेताजी
आसन ग्रहण गर्नुहोस्
उपस्थित सबैलाई
सम्बोधन गर्नुहोस्
बिचार गरेर
मुख खोल्नुहोस्
घाँटी हेरेर
हाड निलनुहोस्
नेताजी
हाम्रो नेताजी
थुइक्क नेताजी
इज्जत आफ्नो फाल्नुभो
मुसुक्क हाँसेर
लाज पचाउनु भो
आफ्नो स्वार्थलाई
पूरा गर्नु भो
सारा नेपालीको
नाक काट्नु भो
नेताजी
हाम्रो नेताजी
सल्लाह मात्रै गर्छन्
हल्ला मात्रै गर्छन्
काम गर्न छोडेर
आफै–आफै लड्छन् नेताजी
थुइक्क नेताजी
थुइक्क नेताजी




Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा