दुई लघुकथा :– फाइदाको कुरा र शुद्ध शाकाहारी

दुई लघुकथा :– फाइदाको कुरा र शुद्ध शाकाहारी


लघुकथा :– फाइदाको कुरा
बिजु सुवेदी “विजय”

सानीमा भण्डारी छुवाछुतका विरुद्ध काम गर्ने महिला अधिकारकर्मी हुन् । उनी दलीतले आयोजना गरेको भोज भतेरमा गाउँका कुनै व्रांम्हणहरुले साथ नदिए पनि उनी एक्लीले  आपूm व्राम्हण भए पनि सहभागिता जनाई मीठा मीठा खानेकुराहरु खाने गर्छिन् ।

आफ्नो घरमा भने नछुने भएको बेला आफ्नो श्रीमान्ले बसालेको दूध उम्लिएर पोखिँदा पनि टुलुटुलु हेरेर बस्छिन् ।

२०७०/०३/०९


बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

लघुकथा :– शुद्ध शाकाहारी
बिजु सुवेदी “विजय”

बद्री बाजे शुद्ध शाकाहारी हुन् । माछा, मासु , अण्डाले छोएको भ्याख पनि उनी खाँदैनन् । माछा, मासु , अण्डाले छोएमा मन्त्र पढेर नुहाएर सुन पानी छर्केपछि मात्र उहाँको पागलपन ठीक हुन्छ तर उहाँ छालाको जुत्ता लगाएर हिँड्नुहुन्छ ,  उहाँको जजमानको सूची भएको डायरीको गाता तथा उहाँले हेरेर आरती , भजन गाउने डायरीको गाता पनि छालाको छ ,  त्यस्तै उहाँले यसो हात पल्टाएर साइत हेर्ने उहाँको हातको घडीको ब्याण्ड पनि छालाको छ ।

२०७०/०३/०९

बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा