Posts

पेद्दी

 राम चरणको मैले हेरेको पहिलो सिनेमा पेद्दी हो । यस सिनेमाले उठान गर्न खोजेको कुरा अन्तिमको उत्कर्षमा देखाइएको छ । जुन एकदमै जायज छ । त्यसका लागि सिनेमा नै हेर्न नै पर्छ । एकदमै राम्रो छैन , वाहियात छ बकबास छ , भन्ने हल्ला जुन दिग्गज बलिउडहरूले जुन लगाएको छ त्यो सरासर वाहियात छ बरू त्यो उनीहरूको बलिउड सिनेमा साउथको सिनेमा भन्दा राम्रो छ भनी गलत तरिकाले यसपाली पनि बदनाम गर्ने प्रयास मात्रै हो भन्ने सिद्ध हुन्छ । त्यसरी कहिल्यै बलिउड सिनेमा प्रति कोही पनि आकर्षित हुनै सक्दैन । त्यसका लागि त साउथका सिनेमामा जस्तो लगन, अत्यधिक मेहनत हुनु पर्छ । सिनेमामा राम चरणले प्राण भरेका छन् । सम्पूर्ण सिनेमा उनले नै समालेका छन् र राम्ररी पनि । आज बलिउड सिनेमा खस्कने क्रममा छ भने साउथको सिनेमाले एक पछि अर्को मानक राख्दै आएको छ । पेद्दीले यसको १ इटा थपेको छ । समय मै बलिउडले अनि नेपाली सिनेमाले पनि साउथबाट सिक्नु पर्ने कुरा धेरै छन् । त्यस्तै यो सिनेमा भयङ्कर ऊर्जा दिने खालको छ । पुस्पा सिनेमा हेरेपछि मलाई राम्रो लागेको सिनेमा यही हो । जान्वी कपूरको रोल पनि दमदार छ । यसको कथा बस्तु सशक्त भएका कारण आफ्...

पानी नचल्ने खुन

  कथाः " पानी नचल्ने खुन" आरनको आगोदेखि समावेशी नेपालको सपनासम्म "खुन" अर्थात् राष्ट्र निर्माणमा बगेको श्रम , पसिना र बलिदान ; " पानी" अर्थात् सामाजिक स्वीकृति , मानव मर्यादा र समान सम्बन्ध । शताब्दीयौँसम्म देशको निर्माणमा खुन चले पनि पानी नचल्ने विडम्बनालाई यसले प्रतिनिधित्व गर्छ । कथाको अन्तिम उत्कर्ष— " खुन चल्छ , अब पानी पनि चलोस्" — सँग यसको गहिरो सम्बन्ध रहन्छ ।   हिमालहरू कहिल्यै हतारिँदैनन् । उनीहरू लाखौँ वर्षदेखि उभिएका छन्—सेताम्मे शिरमा हिउँ बोकेर , चट्टानभित्र पृथ्वीको इतिहास लुकाएर । उनीहरूले साम्राज्यहरूको उदय र पतन देखेका छन् । राजाहरूको अभिषेक देखेका छन् । युद्धका बिगुल सुनेका छन् । जनआन्दोलनका नाराहरू सुनेका छन् । तर उनीहरूको मौनता कहिल्यै भङ्ग भएको छैन । विहानीको पहिलो किरण सगरमाथाका चुचुराहरूबाट बिस्तारै तल झर्छ । पहाडका ढिस्काहरू छुँदै , जङ्गलका शिरहरूलाई सुनौलो बनाउँदै , खोल्साहरूमा झरेर पानीलाई उज्यालो दिन्छ । त्यही उज्यालो टाढा-टाढाका गाउँहरूमा पुग्छ । ढुङ्गाले छाएका छानाहरूमा फैलिन्छ । गोठका ढोकाहरूमा ठोक्किन्छ...